Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
अर्थ
  • Home
  • अर्थ
  • नौवस्ता औद्योगिक क्षेत्रमा पुन: नक्साङ्कनको अन्तिम तयारी
नौवस्ता औद्योगिक क्षेत्रमा पुन: नक्साङ्कनको अन्तिम तयारी बस्ती बचाएर औद्योगिक क्षेत्रको काम अगाडी बढाउन स्थलगत अध्ययन सुरु
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, फागुन १३, २०८०

बाँके (नौवस्ता) : बैजनाथमा रहेको नौवस्तामा बस्ती ब्यवस्थापनसँगै औद्योगिक क्षेत्रमा नक्साङ्कनको तयारी अन्तिम चरणमा पुगेको छ । बैजनाथ गाउँपालिकाका जनप्रतिनिधि, औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेड र स्थानीय समाजसेवीले आइतबार स्थलगत रुपमा अध्ययन गरेका हुन् ।

यसअघि औद्योगिक क्षेत्र लिमिटेडका प्राविधिकले ड्रोन क्यामेरामार्फत गरेको नक्सा सर्वेको कामलाई अन्तिम रुप दिन आइतबार पुनः स्थलगत अध्ययन गरिएको हो । सो क्रममा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेड सञ्चालक समितिका अध्यक्ष बाबुराम पन्त, बैजनाथ गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष निखिल बैगार, औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडका कर्मचारी, सुरक्षा निकाय, स्थानीय समाजसेवी लगायतले स्थलगत रुपमा अध्ययन गरेका हुन् । 

स्थलगत रुपमा निरीक्षण गरेपछि अध्यक्ष शाहीले नेपाल सरकारले विगतमा औद्योगिक क्षेत्र सञ्चालन गर्ने प्रयास गरेपनि दोहोरो विवादका कारण समाधान हुन नसकेको स्मरण गर्दै बैजनाथ गाउँपालिकाको वर्तमान सरकारको पटक पटकको प्रयासले अहिले सार्थकता पाउन थालेको बताए ।

‘सुरुको चरणबाट जाने सहमती अनुसार नक्सांकन गर्ने र बस्तीलाई बचाएर कसरी सम्पन्न गर्न सकिन्छ भनेर हामी लागेका छौं,’ शाहीले भने ‘२०७९ बैशाख ३० गतेको चुनावमा पनि हामीले यो समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका थियौं, अब यो सफल हुन्छ जस्तो लागेको  छ ।’ मानव बस्ती बचाएर नौवस्ता औद्योगिक क्षेत्र चाडो सञ्चालन गर्नुपछ भनी पटक-पटक केन्द्रमा धाएको उनले स्मरण गरे ।

‘फिल्डमा खटिएर हेरेपछि अझ क्लियर हुन्छ भनेर स्थलगत अध्ययनमा निस्केका हौं, यसमा कुनै दुई चार वटा घर पर्न सक्लान्, तिनीहरुको पनि ब्यवस्थापन हुन्छ, हामी सर्बपक्षिय छलफल गरेर जनतासँग पनि बसेर फेरी राय लिन्छौं र समझदारी गरेर मात्र अगाडी बढ्छौं,’ अध्यक्ष शाहीले भने । 

Nauvasta Aaudhogik Chhetra1708885054.jpg

औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेड सञ्चालक समितिका अध्यक्ष बाबुराम पन्तले विगतमा थुप्रेै कारणले ढिला भएपनि अब यसले छिट्टै गति लिने बताएका छन् । ‘जहाँ विवाद देखिएको थियो, त्यो क्षेत्रको सिमांकनका लागि स्थलगत अध्ययन गरेका हौं,’ उनले भने ‘यो वर्ष नौवस्ता औद्योगिक क्षेत्रको लागि केही बजेट सरकारले छुट्याएको छ, त्यो बजेटबाट जमिन मिलाउने कामको टेण्डर हुन्छ ।’

नौवस्ता औद्योगिक क्षेत्र बहुवर्षिय आयोजना भएको र आगामी तीन वर्षभित्रमा काम सम्पन्न हुने जानकारी दिए । सरकारले २०७२ चैत १ गतेको मन्त्रि परिषद बैठकबाट बाँकेको नौवस्तामा लुम्बिनी प्रदेश अन्तर्गतको औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा गरेको थियो । घोषणा पश्चात सरकारले २०७५ कात्तिक ७ गते औद्योगिक क्षेत्र परियोजना कार्यालय स्थापना गरेको थियो । 


प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  २३:५३
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव मंगलबार, चैत २४, २०८२
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती सोमबार, चैत २३, २०८२
'वैदेशिक रोजगारीसम्बन्धी गुनासा व्यवस्थापन गर्न चुनौती' : मन्त्री साह
'वैदेशिक रोजगारीसम्बन्धी गुनासा व्यवस्थापन गर्न चुनौती' : मन्त्री साह बुधबार, चैत १८, २०८२
१९ अंक बढ्यो नेप्से, खुम्चियो कारोबार
१९ अंक बढ्यो नेप्से, खुम्चियो कारोबार मंगलबार, चैत १७, २०८२
वाटरपार्कमा गरिदै ‘नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल’ 
वाटरपार्कमा गरिदै ‘नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल’  मंगलबार, चैत १७, २०८२
अर्थ मन्त्रालयले एकसाथ गर्‍यो ३० उपसचिवको सरुवा
अर्थ मन्त्रालयले एकसाथ गर्‍यो ३० उपसचिवको सरुवा सोमबार, चैत १६, २०८२
नेपालगन्जमा खुल्यो १५ करोडको लगानीमा 'होटेल कान्तिपुर प्लाजा'
नेपालगन्जमा खुल्यो १५ करोडको लगानीमा 'होटेल कान्तिपुर प्लाजा' शुक्रबार, चैत ६, २०८२
राप्ती सोनारीका व्यापार व्यवसाय अनुगमन
राप्ती सोनारीका व्यापार व्यवसाय अनुगमन आइतबार, चैत १, २०८२
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो शुक्रबार, माघ १६, २०८२
लोकप्रीय
  • Week
  • Month
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
एमालेमा विशेष महाधिवेशन बोलाउन हस्ताक्षर सुरू
एमालेमा विशेष महाधिवेशन बोलाउन हस्ताक्षर सुरू
सभामुख अर्यालले सम्हाले कार्यभार
सभामुख अर्यालले सम्हाले कार्यभार
कांग्रेसले थाल्यो १५ औं महाधिवेशनको तयारी
कांग्रेसले थाल्यो १५ औं महाधिवेशनको तयारी
कांग्रेस महासमिति सदस्य शाह र प्रदेश प्रतिनिधि यादवमाथी कारबाही सिफारिस
कांग्रेस महासमिति सदस्य शाह र प्रदेश प्रतिनिधि यादवमाथी कारबाही सिफारिस
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस क्षेत्र नम्बर १ बाँकेको बैठकद्धारा शर्माको राजीनामा अस्वीकृत
कांग्रेस क्षेत्र नम्बर १ बाँकेको बैठकद्धारा शर्माको राजीनामा अस्वीकृत
नेपालगन्जमा खुल्यो १५ करोडको लगानीमा 'होटेल कान्तिपुर प्लाजा'
नेपालगन्जमा खुल्यो १५ करोडको लगानीमा 'होटेल कान्तिपुर प्लाजा'
बैजनाथ गाउँपालिकाले ३६ जना बड्घर र चौकीदारलाई बाँड्यो साईकल
बैजनाथ गाउँपालिकाले ३६ जना बड्घर र चौकीदारलाई बाँड्यो साईकल
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्