Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
अर्थ
  • Home
  • अर्थ
  • नेपालगन्ज नाकामा अझै सञ्चालन भएन आइसिपी
नेपालगन्ज नाकामा अझै सञ्चालन भएन आइसिपी
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, फागुन १५, २०८०

नेपालगन्ज : नेपाल र भारत सरकारबीच सम्झौता भएको डेढ दशकपछि नेपालगञ्ज नाकामा निर्माण भएको एकीकृत भन्सार जाँच चौकी (आइसिपी) सञ्चालन हुन ढिलाइ भएको छ । गत जेठमा भारत भ्रमणमा गएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘भर्चुअल’ माध्यमबाट आइसिपीको उद्घाटन गरेका थिए ।

निकै तामझामका साथ आइसिपीको उद्घाटन भएको आठ महिना पूरा भइसक्दा पनि सञ्चालन गर्न अझै सुरसार गरिएको छैन । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुरमा आइसिपीका ठूला पूर्वाधार निर्माण भएपनि अझै केही मसिना काम बाँकी छन् ।

आइसिपी निर्माणका लागि भारतको ‘राजदिप कन्स्ट्रक्सन कम्पनी’ ले एक अर्ब ४७ करोड (भारु) मा ठेक्का पाएको थियो । सन् २०२० नोभेम्बर २५ देखि निर्माण सुरु भएकोमा उक्त कम्पनीले दुई वर्षभित्रमा सबै काम सम्पन्न गर्ने समय पाएको थियो । तोकिएको समयभित्र काम सम्पन्न गर्न नसकेको ठेकेदार कम्पनीलाई अहिलेसम्म दुई पटक म्याद थपिसकिएको छ ।

आइसिपी निर्माणमा भारतीय परामर्शदाता कम्पनी ‘राइट्स’ले जिम्मा पाएको छ । कम्पनीका प्रतिनिधि गोविन्द नायकले यसबारेमा सबै कुरा बोल्न चाहेनन् । आइसिपीमा अब थोरै मात्र काम बाँकी रहेको उनले सुनाए । ‘अब थोरै काम मात्र बाँकी छ,’ नायकले भने ।

भारत सरकारले यसअघि सन् २००५ मा नेपालको विराटनगर, वीरगन्ज, नेपालगन्ज र भैरहवा नाकामा आइसिपी निर्माण गरिदिने सहमति जनाएको थियो । भारतकै सहयोगमा नेपालगन्ज नाकामा आइसिपी निर्माण गर्न २०६७ सालमा नेपाल सरकारले जयसपुरमा जग्गा अधिग्रहण गरेको थियो ।

आइसिपी निर्माणका लागि नेपालकोतर्फबाट सहजीकरण गर्ने जिम्मा पाएको संघीय आयोजना कार्यान्वयन एकाइ कार्यालय नेपालगञ्जका प्रमुख विजयकेशर खनालले भौतिक पूर्वाधारको काम लगभग सम्पन्न भए पनि अब नेटवर्किङ, सिसी क्यामेरा जडान जस्ता काम मात्र बाँकी रहेको सुनाए ।

‘भारत सरकारको आर्थिक सहयोगमा निर्माण गर्ने ठेकेदार र परामर्शदाता कम्पनी पनि भारतकै हुन, ठेकेदारको भुक्तानी हुन बाँकी रहेको देखिन्छ, भुक्तानी बाँकी भएको हुनाले आइसिपीमा नेटवर्किङ, सिसी क्यामेरा जडान जस्ता कामहरू हुन सकेको छैन,’ उनले भने ।

ठेकेदार कम्पनीले यही अवस्थामा निर्मित संरचना प्रयोग गरेर आइसिपीको काम काज सञ्चालन गर्न अनुमति दिए पनि अत्यावश्यक मानिने नेटवर्किङ र सिसी क्यामेरा जडान नहुँदा त्यो सम्भव नभएको खनालले बताए । ठेकेदार कम्पनीले गत जनवरी १५ बाट आइसिपी हस्तान्तरणको तयारी गरे पनि हुन नसकेको उनले बताए ।

‘अहिलेसम्म जे पूर्वाधार बनेको छ, यसबाट काम अगाडि बढाउन सकिन्छ कि भनेर हामीले अध्यागमन, भन्सार कार्यालय, पशु र प्लान्ट क्वारेन्टिन जस्ता सरोकार राख्ने कार्यालयसँग छलफल गरेका थियौं तर उहाँहरूले यही अवस्थामा काम गर्न गाह्रो हुन्छ भनेर भन्नुभयो,’ खनालले भने । भारतीय ठेकेदारले कहिले हस्तान्तरण गर्छ भन्नेमा अझै यकिन नभएको उनी बताउँछन् ।

सरकारले अधिग्रहण गरेर राखेको ८७ बिघा जग्गामा आइसिपी निर्माण गरिएको छ । कार्यालयका अनुसार दुई हजार दुई सय मिटर लम्बाइ र ६० मिटर चौडाइमा छुट्टै आइसिपीका लागि ‘एप्रोच रोड’ निर्माण गरिएको छ । आइसिपी निर्माण भएपछि सबै सेवा सुविधा एकै ठाउँमा प्राप्त गर्न सकिने भएकाले राहत मिल्ने यहाँका उद्योगी, व्यवसायी बताउँछन् ।

आइसिपी उद्घाटन भए पनि सञ्चालनमा नआउँदा उद्योगी, व्यवसायीले समस्या खेप्नु परिरहेको नेपाल जडीबुटी व्यवसायी संघका केन्द्रीय अध्यक्ष मोहम्मद याकुब अन्सारीले बताए । ‘उद्घाटन भइसकेको आइसिपी अहिलेसम्म पनि सञ्चालन हुन सकेको छैन,’ उनले भने, ‘छिटो सञ्चालनमा आएपछि हामी उद्योगी, व्यापारीलाई एउटै ठाउँबाट काम गराउन सजिलो हुन्थ्यो ।’

आइसिपी स्थलमा भन्सार कार्यालय, पशु र प्लान्ट क्वारेन्टिन, गोदाम, खाद्य प्रविधि तथा गुण नियन्त्रण, सुरक्षा ब्यारेक, बैंक काउन्टर लगायत कार्यालय रहने गरी संरचना निर्माण गरिएको छ । माल सामान बोकेर भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ दैनिक सयौंको संख्यामा ट्रक, ट्यांकर तथा कन्टेनर आवतजावत गर्छन् ।

समयमा आइसिपी सञ्चालन नहुँदा अहिलेसम्म सडकमै सवारी साधन रोकेर भन्सार जाँचपास गर्नुपरेको नेपालगन्ज भन्सार कार्यालयका कर्मचारी बताउँछन् । कार्यालयका भन्सार अधिकृत पूर्णप्रसाद लम्साल आइसिपी सञ्चालन भएपछि जाँचपासको प्रक्रिया सबै एकै ठाउँबाट हुने भएकाले कर्मचारी र व्यवसायी सबैलाई राहत मिल्ने बताए । ‘जाँचपासको सबै काम एउटै ठाउँबाट हुँदा व्यवसायीको लागत घट्छ, सबैलाई काम गर्न पनि सजिलो हुन्छ,’ सूचना अधिकारी लम्सालले भने ।

श्रमिकको हड्ताल
ठेकेदार कम्पनीले आफ्नो पारिश्रमिक रोकेको भन्दै निर्माण स्थलमा काम गर्ने कर्मचारी तथा श्रमिकले हड्ताल गरेका छन् । ठेकेदार कम्पनीले आइसिपी निर्माणका लागि अधिकांश भारतीय नागरिकलाई प्रयोग गरेको छ भने केही संख्यामा नेपाली नागरिकहरू पनि काम गर्छन् । कर्मचारीका अनुसार ठेकेदार कम्पनीले करिब चार देखि ६ महिनासम्मको पारिश्रमिक दिएको छैन । नागरिक दैनिकबाट 
 


प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  २३:१३
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो शुक्रबार, माघ १६, २०८२
सुनको भाउ एकैदिन तोलामा साढे २० हजार बढ्यो
सुनको भाउ एकैदिन तोलामा साढे २० हजार बढ्यो बिहीबार, माघ १५, २०८२
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी नेपालगन्जमा सुरु-(फोटो फिचर)
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी नेपालगन्जमा सुरु-(फोटो फिचर) बुधबार, माघ १४, २०८२
नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी गर्ने तयारी 
नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी गर्ने तयारी  बिहीबार, माघ ८, २०८२
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक बुधबार, माघ ७, २०८२
‘आठौँ प्रादेशिक घरेलु महोत्सव, गायिका सपना र थारु गायक राज कुश्मीको बेजोड प्रस्तुती
‘आठौँ प्रादेशिक घरेलु महोत्सव, गायिका सपना र थारु गायक राज कुश्मीको बेजोड प्रस्तुती बिहीबार, माघ १, २०८२
सिद्धार्थ कटेज नेपालगन्जमा गरिदैँ चौथो ‘मःमः फेस्टिवल’
सिद्धार्थ कटेज नेपालगन्जमा गरिदैँ चौथो ‘मःमः फेस्टिवल’ बुधबार, पुस ३०, २०८२
'आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी'को तयारी पुरा
'आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी'को तयारी पुरा मंगलबार, पुस २९, २०८२
कोहलपुर नगरपालिकाको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा
कोहलपुर नगरपालिकाको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा शुक्रबार, पुस २५, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्