Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
अर्थ
  • Home
  • अर्थ
  • 'योयो प्लाइउड' मा ट्रेड युनियन गठन गर्न खोजेपछि मजदुर नै बिरोधमा
'योयो प्लाइउड' मा ट्रेड युनियन गठन गर्न खोजेपछि मजदुर नै बिरोधमा
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, चैत २८, २०८०

कोहलपुर : बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १४ स्थित ‘योयो प्लाइउड’ इण्डष्ट्रिज प्रा.लि.मा ट्रेड युनियन गठन गर्न खोजेपछि उद्योगका मजदुर नै बिरोधमा उत्रिएका छन् । विगत ४ वर्षदेखि सञ्चालनमा रहेको उक्त उद्योगमा कोहलपुर नगरपालिका वडा नम्बर १४ ढोरपुर र ठाडागाउँ लगायत भारतका गरी ३ सय बढी मजदुरले काम गर्दै आएका छन ।

उद्योगमा हाल कार्यरत नरहेका गैरमजदुरको समेत नाम राखेर जबरजस्ती ट्रेड युनियन गठन गर्न खोजेपछि उद्योगमा कार्यरत अधिकांस मजदुर बिरोधमा उत्रिएका हुन् । मजदुरको सहमति बिना नै उद्योगमा कार्यरत नरहेका व्यक्तिको फर्जी नाम राखेर गठन गरिएको ट्रेड युनियन खारेजीको माग गर्दै उद्योगका मजदुरले सोमबार दिनभर नेपालगन्जस्थित श्रम कार्यालय घेराउ गरेका थिए ।  उद्योगमा कार्यरत मजदुर सुर्जा कार्की भण्डारीले आफुलाई ट्रेड युनियन नभई रोजगारी चाहिएको बताइन् ।

‘ट्रेड युनियन गठन भएर धेरै सेवा सुविधा मागेपछि उद्योग बन्द भयो, उद्योग बन्द हुँदा हाम्रो रोजगारी पनि बन्द हुन्छ,’ उनले भनिन् ‘हामीलाई ट्रेड युनियन चाहिएको होईन, रोजगारी चाहिएको छ, त्यसैले ट्रेड युनियन खारेजीको माग गरेका हौं ।’ उद्योगमा कार्यरत स्थानीय युवा राधेश्याम खटिकले ट्रेड युनियनका नाममा आन्दोलन गरेर बल्ल तल्ल चलेको उद्योग बन्द गराउने षडयन्त्र भएकाले आफुहरु ट्रेड युनियन खारेजीको माग गर्दै श्रम कार्यालय पुगेको बताए ।

Yoyo-1712755873.jpeg
स्थानीय रामछबिले खटिकले उद्योग बन्द हुँदा सबैभन्दा बढि मारमा आफुहरु पर्ने भएकाले भर्खर सञ्चालनमा आएको उद्योगमा कुनैपनि राजनीतिक आस्थाका आधारमा ट्रेड युनियन गर्न भन्दापनि उद्योगलाई स्थापित गर्न मजदुर लाग्नुपर्ने बताए । उक्त उद्योगमा नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल औद्योगिक मजदुर संघले शान्ति रानाको नेतृत्वमा मजदुर संघ गठन गरेको छ । उद्योगका प्रबन्धक पूर्णबहादुर बिष्टले संघको नेतृत्व गरेकी राना सहितका अधिकांश सदस्यहरु उद्योगमा कार्यरत नै नरहेको बताए ।

उद्योगमा कार्यरत नै नरहेका फर्जी नामको छानविन नै नगरी श्रम कार्यालयले ट्रेड युनियन गठन गरेकोमा उनको आपत्ति छ । उद्योगमा कार्यरत सबैजसो मजदुरले ट्रेड युनियन खारेजीको माग गर्दै श्रम कार्यालयमा पुग्दा समेत कार्यालय प्रमुखले कमल पौडलले गैरजिम्मेवार व्यवहार देखाएको उनको आरोप छ । 

ट्रेड युनियनकी अध्यक्ष रानाले मजदुरहरुको हकहितकै लागि आफुहरुले ट्रेड युनियन  खोलेको बताएकी छन् । ट्रेड युनियनको पक्षमा लाग्ने मजदुरलाई उद्योगले कामबाट निकालेको उनको आरोप छ । ट्रेड युनियन गठनसँगै उद्योगका मजदुरहरु नै विभाजित भएका छन् । अधिकांश मजदुरहरु उद्योग नियमित सञ्चालन गरी आफ्नो रोजगारी सुनिश्चित हुनुपर्ने माग गर्दै ट्रेड युनियन खारेजीको पक्षमा लागेका छन् ।

ट्रेड युनियन खारेजीको माग गर्ने मजदुरलाई ट्रेड युनियनका नेताले डरत्रास र धम्की दिने गरेको उद्योगमा कार्यरत मजदुर कोहलपुर १५ निवासी शोभाराम यादवले दुखेसो पोखे । ट्रेड युनियन गठनका नाममा आन्दोलन र धम्कीले कथमकदाचित उद्योग बन्द भएमा यहाँका ३ सय बढी मजदुरको रोजगारी गुम्ने भएकाले आफुहरु चिन्तित रहेको यादवले सुनाए । 


प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १९:१६
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो शुक्रबार, माघ १६, २०८२
सुनको भाउ एकैदिन तोलामा साढे २० हजार बढ्यो
सुनको भाउ एकैदिन तोलामा साढे २० हजार बढ्यो बिहीबार, माघ १५, २०८२
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी नेपालगन्जमा सुरु-(फोटो फिचर)
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी नेपालगन्जमा सुरु-(फोटो फिचर) बुधबार, माघ १४, २०८२
नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी गर्ने तयारी 
नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी गर्ने तयारी  बिहीबार, माघ ८, २०८२
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक बुधबार, माघ ७, २०८२
‘आठौँ प्रादेशिक घरेलु महोत्सव, गायिका सपना र थारु गायक राज कुश्मीको बेजोड प्रस्तुती
‘आठौँ प्रादेशिक घरेलु महोत्सव, गायिका सपना र थारु गायक राज कुश्मीको बेजोड प्रस्तुती बिहीबार, माघ १, २०८२
सिद्धार्थ कटेज नेपालगन्जमा गरिदैँ चौथो ‘मःमः फेस्टिवल’
सिद्धार्थ कटेज नेपालगन्जमा गरिदैँ चौथो ‘मःमः फेस्टिवल’ बुधबार, पुस ३०, २०८२
'आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी'को तयारी पुरा
'आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी'को तयारी पुरा मंगलबार, पुस २९, २०८२
कोहलपुर नगरपालिकाको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा
कोहलपुर नगरपालिकाको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा शुक्रबार, पुस २५, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्