Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
अर्थ
  • Home
  • अर्थ
  • लुम्बिनी प्रदेशले ल्यायो ३८ अर्ब ९७ करोड बजेट
लुम्बिनी प्रदेशले ल्यायो ३८ अर्ब ९७ करोड बजेट
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, असार १, २०८१

देउखुरी : आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि लुम्बिनी प्रदेश सरकारले ३८ अर्ब ९७ करोड बजेट ल्याएको छ । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले शनिबार उक्त बजेट प्रस्तुत गरेका हुन् । 

प्रदेश सरकारले चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख ९४ हजार र पुँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख बजेट विनियोजन गरेको उनले जानकारी दिए । आगामी वर्षमा अनुमान गरिएको खर्च बेहोर्ने स्रोत आन्तरिक राजस्वमार्फत ७ अर्ब ५१ करोड र संघबाट प्राप्त हुने राजश्वमार्फत १२ अर्ब एक करोड र संघबाट प्राप्त हुने रोयल्टी ५० करोड र स्थानीय तहबाट प्राप्त हुने राजश्व २ अर्ब ९२ करोड हुने अनुमान अर्थमन्त्री आचार्यले गरेका छन् ।

आर्थिक वर्ष २०८१/०८२ बजेटको यो आकार चालु आर्थिक वर्षको भन्दा १ अर्ब ५१ करोडले घटेको छ । लुम्बिनी प्रदेशले नीति तथा कार्यक्रममा उल्लेख गरेअनुसार नै विगतका कार्यक्रमलाई निरन्तरता दिँदै कार्यक्रमलाई विस्तार गर्ने योजनाका साथ बजेट विनियोजन गरेको छ ।  बजेटको प्राथमिकता, सिद्धान्तमा कृषि क्षेत्रलाई जोड दिएको कार्यक्रमलाई बजेटबाट सम्बोधन गर्ने प्रयास भएको छ । किसानको हात प्रदेशको साथ रहेको भन्दै कृषि क्षेत्रका लागि १० करोड बजेट विनियोजन गरिएको छ ।

यस्तै ५ करोड १६ लाख, माटो व्यवस्थापन कार्यक्रम,प्राङगारिक मलको लागि १४ करोड विनियोजन गरिएको छ । यस्तै, पहाडी जिल्ला अर्घाखाँचीमा पशुमा लाग्ने खोरत रोग उन्मुलन गर्ने अन्य पशुरोग उपचारका लागि १२ करोड ४० लाख बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षमा एक लाख पशुमा कृत्रिम गर्भाधान गराउने लक्ष्य लिएको छ ।  

यो पनि पढ्नुस् : लुम्बिनी प्रदेश सभामा बजेट प्रस्तुत-(प्रत्यक्ष प्रशारण)

यसैगरी ४० वर्ष माथिका मधुमेह, रक्तचाप रोगको निःशुल्क चेकजाँच गरिने भएको छ । प्रादेशिक अस्पतालमा सेवा विस्तार गर्दै अन्य स्वास्थ्यसम्बन्धी विगतका कार्यक्रमलाई निरन्तरता दिइएको छ । सामुदायिक विद्यालय र क्याम्पसको भौतिक पूर्वाधारका लागि एक अर्ब १० करोड रकम विनियोजन गरिएको छ ।  खानेपानीका क्षेत्रमा एक अर्ब ३० करोड रकम विनियोजन गरिएको छ ।

जल उत्पन्न प्रकोप अन्तर्गत तटबन्ध लगायतको कामका लागि ६१ करोड विनियोजन गरिएको छ । जसबाट १६ किलोमिटर तटबन्ध गरेर सात लाख जनसंख्या लाभान्वित हुने लक्ष्य लिएको छ ।  ऊर्जा र विद्युतमा १३ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । सीमा सडकको लागि १६ करोड ३५ लाख बजेट विनियोजन गरिएको छ । प्रदेश राजधानी क्षेत्रमा कार्यरत कर्मचारीको आवास क्षेत्र, कर्मचारीको सन्तानको शिशु स्यार केन्द्र लगायतमा बजेट विनियोजन गरिएको छ ।  

भिडियो हेर्नुस् :


प्रकाशित मिति: शनिबार, असार १, २०८१  १९:४७
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
राष्ट्र बैंकको आग्रह, 'तिहार बिदामा पनि बैंकिङ सेवा दिनु'
राष्ट्र बैंकको आग्रह, 'तिहार बिदामा पनि बैंकिङ सेवा दिनु' शनिबार, कात्तिक १, २०८२
भोटेकोशीको १९ करोड रूपैयाँ बराबरको १० प्रतिशत सेयर जेनजीका नाममा एउटा समूहले लियो
भोटेकोशीको १९ करोड रूपैयाँ बराबरको १० प्रतिशत सेयर जेनजीका नाममा एउटा समूहले लियो सोमबार, असोज २७, २०८२
सेयर बजारमा भारी गिरावट, कारोबार बढ्यो
सेयर बजारमा भारी गिरावट, कारोबार बढ्यो आइतबार, असोज २६, २०८२
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप  शनिबार, असोज २५, २०८२
बाँकेमा दुई करोडभन्दा बढीका खसीबोका बिक्री
बाँकेमा दुई करोडभन्दा बढीका खसीबोका बिक्री बुधबार, असोज २२, २०८२
जलविद्युत आयोजनामा क्षति भएसँगै शेयर मूल्यम गिरावट
जलविद्युत आयोजनामा क्षति भएसँगै शेयर मूल्यम गिरावट बुधबार, असोज २२, २०८२
अन्तिम समयमा सर्‍यो निगमको भैरहवा-काठमाडौंको चार्टर्ड फ्लाइट
अन्तिम समयमा सर्‍यो निगमको भैरहवा-काठमाडौंको चार्टर्ड फ्लाइट आइतबार, असोज १९, २०८२
लुम्बिनीमा शहरीकरणसँगै बढ्दो जनघनत्व 
लुम्बिनीमा शहरीकरणसँगै बढ्दो जनघनत्व  शनिबार, असोज ११, २०८२
अर्थ मन्त्रालयका सबै टिप्पणी आजदेखि डिजिटल स्वीकृतिबाट
अर्थ मन्त्रालयका सबै टिप्पणी आजदेखि डिजिटल स्वीकृतिबाट शुक्रबार, असोज १०, २०८२
लोकप्रीय
  • Week
  • Month
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्