Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
अर्थ
  • Home
  • अर्थ
  • बैजनाथको १५ औं गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मत पारित 
बैजनाथको १५ औं गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मत पारित 
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, असार ९, २०८१

बाँके (बैजनाथ) : बैजनाथ गाउँपालिकाले १५ औं गाउँसभामा आइतबार आफ्नो नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरेको छ । गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई सभाका सदस्यहरुले सर्वसम्मत रुपमा पारित गरेका हुन् ।

गाउँपालिका अध्यक्ष शाहीले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेका थिए । गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा आफ्ना महत्वपूर्ण योजना तथा कार्यक्रम समावेश गरेको छ । गाउँपालिकाले विकास निर्माणको कामलाई आफ्नो नीति तथा कार्यक्रममा प्रमुख रुपमा उठाएको छ ।

यस्तै शिक्षा, कृषि, स्वास्थ्य, सहकारी, महिला तथा बालबालिका, जेष्ठ नागरिक, दलित, मधेसी, मुस्लिम, युवा, जनजाती लगायत समुदायका क्षेत्रमा पनि महत्वपूर्ण नीति तथा कार्यक्रम समावेश गरिएको छ ।

गाउँपालिका स्तरिय गौरवशाली योजनाको प्रक्रिया अगाडी बढाई सञ्चालन गरिने, उपाध्यक्षसँग नवप्रवर्तन कार्यक्रम सञ्चालन गरिने, अध्यक्षसँग स्वरोजगार कार्यक्रम सञ्चालन गरिने, बैजनाथ गाउँपालिकाको अधिकार क्षेत्रमा रहेका सम्पूर्ण निकायहरुले राष्ट्रिय गान पछि बैजनाथ गान अनिवार्य रुपमा बजाउनुपर्ने, गाउँपालिका भित्रका बिद्यालयहरुलाई प्रविधिमैत्री बनाइने, उपाध्यक्षसँग महिला तथा किशोर किशोरीको स्वास्थ्य सुधारको कार्यक्रम अगाडी बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै गाउँपालिका स्तरीय मोबाइल सिजनेवल शित–भण्डारको अवधारणा ल्याइने, रासायनिक मलको प्रयोगलाई न्यूनिकरण गरी प्रांगारिक मलको उत्पादनलाई निरन्तरता दिइने, किसानसँग पालिका प्रमुख कार्यक्रम अन्तर्गत कृषि प्रविधि मार्फत आधुनिक खेती प्रणालीको लागि समुह, कृषि सहकारी तथा व्यावसायिक किसानका लागि बिग बजेटको ब्यवस्था गरिने, खेतीयोग्य जग्गालाई बाँझो राख्ने जग्गाधनी सँग आवश्यक परामर्श तथा छलफलबाट खेति गर्न प्रोत्साहन गरिने उल्लेख छ ।

यसैगरी पालिका स्तरिय सहकारीको नियमावली तथा कार्यविधि निर्माण गरिने, नौवस्ता औद्योगिक क्षेत्रको स्थापनाको लागि स्थानीय नागरिकको समस्या समाधान गर्न संघ र प्रदेश सरकारसँग समन्वय गरी समस्या समाधान गरिने, गाउँपालिका भित्र महिला उद्यमीहरुलाई प्रोत्साहन गर्न तालिम शिप विकास, प्रविधि हस्तान्तरण र उद्यमशिलता विकासका लागि आवश्यक सहयोग प्रदान गरिने, वैदेशिक रोजगारीबाट सिप तथा ज्ञान सिकेर फर्केका आप्रवासी कामदारहरुलाई समुदाय स्तरमा आय र रोजगारीको सुनिश्चितताको कार्यक्रम ल्याइने जनाइएको छ ।

गाउँपालिकाको नीति तथा कार्यक्रममा वर्ष उत्कृष्ट खेलाडीलाई सम्मान गरिने, युवाहरुलाई साईबर कानुन सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिने, थारु सँस्कृति संरक्षण तथा संग्रहालयको ब्यवस्थापन गरिने, बैजनाथ–५ छमनियामा थारु संग्रहालयको पुर्वाधारको लागि संघिय, प्रदेश सरकारसँग पहल गरिने र बैजथाथ थारुको उपयुक्त स्थानमा शालिक निर्माण गरिने, शिक्षा तर्फ पुराना बिद्यालय भवनलाई विस्तारै सुविधा सम्पन्न निर्माण गरिने, गाउँपालिका भित्र निर्माण हुने ठुला योजनाहरुको डिपिआर गरी निर्माण कार्यलाई अगाडी बढाइने लगायत विषयहरु नीति तथा कार्यक्रममा उल्लेख छ । 

त्यस्तै प्रस्तुत नीति तथा कार्यक्रममा हरित पूर्वाधारको विकासमा जोड दिइने, पालिकाभित्र बिद्युतीय तथा सुधारिएको चुलोको प्रयोगको अवधारणालाई निरन्तरता गरिने, एक गाउँ एक बगैचा कार्यक्रम सञ्चालनमा ल्याइने, हरित गाउँपालिकाको अवधारणा अवलम्बन गरिने, वन्यजन्तुबाट हुने मानवीय तथा कृषि क्षेत्रमा हुने क्षतिलाई न्यूनिकरणका लागि छेकबार मेस तारजाली लगाउने कार्यक्रम सञ्चालन गरिने र राहतका लागि सम्बन्धित निकायमा सिफारिस गरिने, बालबालिकासँग पालिका प्रमुख, उपप्रमुख कार्यक्रम सञ्चालन गरिने, एकल पुरुषलाई आर्थिक सहयोग कार्यक्रमलाई निरन्तरता दिदै यसवर्ष थप सहयोग ५ सय रुपैयाँ दिने नीति ल्याइने, थारु समुदायमा रहेको बडघर प्रथाको सम्मान र संरक्षण गरिने लगायत उल्लेख छ ।

सो क्रममा उपाध्यक्ष निर्मला रोकाय, प्रमुख प्रशासकीय अधिकृत विश्वराज ढकाल, विभिन्न वडाका वडाअध्यक्षहरु, वडा सदस्यहरु, कर्मचारी लगायतको उपस्थिती रहेको थियो । गाउँपालिकाको १५ औं अधिवेशनको नियमित दोस्रो बैठक सोमबार दिउँसो ३ बजे पुनः बस्ने अध्यक्ष शाहीले सभालाई जानकारी गराएका थिए । अधिवेशनको दोस्रो बैठकमा उपाध्यक्ष निर्मला रोकायले आगामी वर्षका लागि बजेट प्रस्तुत गर्ने भएकी छन् । 


प्रकाशित मिति: आइतबार, असार ९, २०८१  २३:५९
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो शुक्रबार, माघ १६, २०८२
सुनको भाउ एकैदिन तोलामा साढे २० हजार बढ्यो
सुनको भाउ एकैदिन तोलामा साढे २० हजार बढ्यो बिहीबार, माघ १५, २०८२
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी नेपालगन्जमा सुरु-(फोटो फिचर)
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी नेपालगन्जमा सुरु-(फोटो फिचर) बुधबार, माघ १४, २०८२
नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी गर्ने तयारी 
नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी गर्ने तयारी  बिहीबार, माघ ८, २०८२
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक बुधबार, माघ ७, २०८२
‘आठौँ प्रादेशिक घरेलु महोत्सव, गायिका सपना र थारु गायक राज कुश्मीको बेजोड प्रस्तुती
‘आठौँ प्रादेशिक घरेलु महोत्सव, गायिका सपना र थारु गायक राज कुश्मीको बेजोड प्रस्तुती बिहीबार, माघ १, २०८२
सिद्धार्थ कटेज नेपालगन्जमा गरिदैँ चौथो ‘मःमः फेस्टिवल’
सिद्धार्थ कटेज नेपालगन्जमा गरिदैँ चौथो ‘मःमः फेस्टिवल’ बुधबार, पुस ३०, २०८२
'आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी'को तयारी पुरा
'आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी'को तयारी पुरा मंगलबार, पुस २९, २०८२
कोहलपुर नगरपालिकाको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा
कोहलपुर नगरपालिकाको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा शुक्रबार, पुस २५, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्