Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • घर आँगनमै बैजनाथ सरकारको सर्वसुलभ स्वाथ्य सेवा
घर आँगनमै बैजनाथ सरकारको सर्वसुलभ स्वाथ्य सेवा सुत्केरीको स्वास्थ्य परिक्षण, समुदाय स्तरमा आधारभुत स्वाथ्य केन्द्रको पनि सेवा
बिमला चौधरी
बिमला चौधरी बुधबार, साउन ३०, २०८१

बाँके(बैजनाथ) : बाँकेको बैजनाथ गाउँपालिका-२ डिगियाकी ८२ बर्षिया बिरा गुरुङलाई उमेरसँगै शारिरिक अशक्तताले च्याँप्दै गएको छ । बुढेशकालमा सानोतिनो बिरामी भईयो भने छोरा नातिले अस्पताल लैजान दुःख पाउँलान् भन्ने गुरुङलाई चिन्ता थियो । स्वास्थ्य चौकी सम्म आफै पैदल जान नसक्ने अवस्थामा अहिले गाउँपालिकाबाट स्वाथ्यकर्मीहरु घरमै आएर स्वास्थ्य जाँच गर्दा उनी दंग छिन् ।

उमेरसँगै आजभोली कान कम सुन्ने र हिँडडुल गर्दा हात खुट्टा गल्ने भएकाले स्वाथ्य चौकी सम्म आफै हिँडेर जान नसकेको गुरुङ बताउँछिन् । ‘यस्तो अवस्थामा औषधी सहित घरमै आएर स्वास्थ्य जाँच गर्दा हामी जस्ता बृद्ध-बृद्धालाई धेरै सजिलो भएको छ, उनी भन्छिन्, ‘बाँचुन्जेल गाउँपालिकाबाट यस्तै सेवाको आशा गर्छु ।’ बैजनाथ गाउँपालिकाबाट घरमै स्वाथ्य जाँच गर्न आएका स्वाथ्यकर्मीले ज्वरो, टाउको दुखेको, पखाला लागेको र सामान्य स्वास्थ्य समस्या भएका जेष्ठ नागरिकलाई विभिन्न थरीका औषधी पनि निःशुल्क दिएर जाँदा अहिले सानो स्वास्थ्य समस्या लिएर अस्पताल जान नपरेको गुरुङको भनाई छ । 

बैजनाथ-३ बनखेतका १६ बर्षिय मदन रोकायलाई शारिरिक अपाङ्गताको समस्या छ । उनको दुबै खुट्टा कमजोर भएकाले हिँडडुल गर्न समेत समस्या छ । बैजनाथ ३ मा रहेको आधारभुत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरु प्रत्येक ३ महिनाको अवधिमा घरमै आएर स्वास्थ्य जाँच गर्दा उनलाई पनि सहज भएको छ ।

‘हाम्रो स्वास्थ्य अवस्था बुझ्न तीन/तीन महिनामा स्वास्थ्यकर्मी घरमै आउँछन्,’ उनी भन्छन् ‘हामी जस्ता शारिरीक अपाङ्गता भएकाहरु सकि-नसकी अस्पताल जानै पर्दैन ।’ यसअघि बिरामी हुँदा ह्वील चियर र एक जना सहयोगीको सहारामा अस्पताल जानुपर्ने बाध्यता रहेको र गतबर्ष देखि गाउँपालिकाले घरमै आएर स्वास्थ्य जाँच र परामर्श दिन थालेपछि धेरै सहज भएको मदन बताउँछन् । 

मदन जस्तै बैजनाथ-३ मदनियाकी धनसरी थारुलाई पनि शारिरीक अपाङ्गताको समस्या छ, तर उनी सामान्य हिडडुल गर्न सक्छिन् । बैजनाथ-३ स्थित आधारभुत स्वास्थ्य केन्द्रले उनलाई स्वास्थ्य समितिमा समेत राखेको छ । अपाङ्गता भएका ब्यक्तिहरुलाई घरदैलोमा सेवा दिन जाँदा धनसरीले स्वाथ्यकर्मीलाई सघाउने गरेकी छन् । उनी भन्छिन्, ‘वडामा रहेका ‘क’ वर्ग अर्थात् रातो कार्ड पाएका अपाङ्गता भएकाहरुको घर पहिचान गर्न स्वास्थ्यकर्मीलाई सघाउने गरेको छु ।’ जसले गर्दा स्वास्थ्यकर्मी र सेवा लिनेलाई सहज भएको छ । 

जेष्ठ नागरिक र अपाङ्गता भएका ब्यक्तिलाई घरदैलोमै स्वास्थ्य सेवा दिने कार्यक्रमको प्रशंसा गर्दै उनी भन्छिन्, ‘दैवले हामीलाई शारिरीक अपाङ्गता बनाएपनि स्थानीय सरकारले हाम्रो समस्यालाई बुझेर अशक्तलाई घर दैलोमै आएर स्वास्थ्य सेवा दिनु ठूलो कुरा हो ।’ गाउँपालिकाको कार्यपालिका सदस्य एवम् सामाजिक विकास समितिका संयोजक भूमिसरा राना घर आँगनमै सर्वसुलभ स्वाथ्य सेवा प्रदान गर्न गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउँछिन् । ‘सर्बसाधारणको स्वास्थ्यका सवालमा हामी अत्यन्त सम्वेदनशिल भएर लागिरहेका छौं, जनतालाई स्वास्थ्यमा कुनै कुराको कमी हुन दिदैनौं,’ उनले भनिन् । 

धनसरी जस्तै बैजनाथ गाउँपालिका अन्तर्गतका सबै महिला स्वास्थ्य स्वयं सेविकाहरुले पनि घरदैलोमा स्वास्थ्य जाँच गर्न गएका स्वास्थ्यकर्मीलाई सघाउने गरेका छन् । बैजनाथ-२ डिगियाकी महिला स्वास्थ्य स्वयं सेविका लिला पुलामी मगरले आफ्नो गाउँ, टोलमा रहेको ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिक, सुत्केरी तथा रातो कार्ड प्राप्त गरेका अपाङ्गता भएका ब्यक्तिहरुको घर पहिचान गर्न र स्वास्थ्यकर्मीसँगै सेवा दिन घर, आँगनमा जाँदा आनन्द महसुस हुने गरेको बताउँछिन् ।

‘जेष्ठ नागरिकलाई सेवा दिन जाँदा खुशीको आँशु झार्दै हामी सबैलाई आशिर्वाद दिनुहुन्छ, एउटै घरमा आधा घण्टा सम्म परामर्श र स्वास्थ्य जाँच सेवा दिन्छौं,’ उनी भन्छिन्, ‘हामी महिला स्वास्थ्य स्वयं सेविकाले दिने सेवा त छँदैछ, घाम-पानी नभनेर सेवा दिइरहेका छौंं, तर प्रत्येक तीन महिनामा स्वास्थ्यकर्मी सहित सेवा दिन जाँदा छुट्टै आनन्द महसुस हुन्छ ।’  

घर, आँगनमा दिइने यस्ता छन् सेवा  
लुम्बिनी प्रदेशको कार्यक्रम अन्तर्गत घर आँगनमा स्वास्थ्य सेवा दिइरहेको बैजनाथ गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकाको समुदाय स्तरमा घर, आँगनमा दिइने सेवा मध्ये जेष्ठ नागरिक घरदैलो स्वास्थ्य परिक्षण सेवा, घरदैलो सुत्केरी परिक्षण सेवा र घर दैलो  अपाङ्गता भएका ब्यक्तिको स्वास्थ्य परिक्षण सेवा दिईरहेको बैजनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाहीले जानकारी दिए ।

स्वास्थ्य शाखा प्रमुख शाहीले भने, ‘जेष्ठ नागरिक र अपाङ्गता भएका ब्यक्तिहरुको स्वास्थ्य परिक्षण सेवामा ७० बर्षभन्दा माथिका जेष्ठ नागरिक र रातो कार्ड पाएका अपाङ्गता भएका ब्यक्तिहरुलाई घरमै गई सामान्य स्वाथ्य परिक्षण गर्छौ,  सो समयमा भएका स्वास्थ्य समस्याहरुको औषधी उपचार समेत हुन्छ र खटिएका स्वास्थ्यकर्मीले गर्न नसक्ने खालका रोग भएमा समयमै घरमुली वा परिवारका सदस्यलाई परामर्श दिई समयमै विशेषज्ञ कहाँ पठाउने गर्छौै ।’ 

७० बर्षभन्दा माथिका जेष्ठ नागरिक मात्र नभएर स्वास्थ्य संस्था सम्म आउन नसक्ने अशक्त सबै जेष्ठ नागरिकलाई घरमै सेवा दिईरहेकाले सेवा लिने जेष्ठ नागरिकको एकिन तथ्यांक नरहेको उनले सुनाए । साथै अपाङ्गता भएका रातो कार्ड प्राप्त गरेका १ सय ९० जनालाई पनि घर, आँगनमै सेवा दिँदै आएको उनले जानकारी दिए ।

घर दैलोमा सुत्केरीको स्वास्थ्य परिक्षण 
सुत्केरीहरुलाई पनि बैजनाथ गाउँपालिकाले घरमै गएर स्वास्थ्य परिक्षण गर्दै आएको छ । सुत्केरी भएको तीन दिन र ७ दिनमा जम्मा दुई पटक गाउँपालिका अन्तर्गतका नर्सिङ कर्मचारीहरुले घरमै गएर सुत्केरी र नवजात शिशुको स्वास्थ्य परिक्षण गर्ने गरेको स्वास्थ्य शाखा प्रमुख शाहीले जानकारी दिए ।

‘हाम्रा नर्सिङ कर्मचारीहरु सुत्केरीहरुको घरमै पुग्नुहुन्छ,’ उनले भने ‘सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य परिक्षण गर्नुका साथै कुनै जटिलता भएमा उपचार गर्नुहुन्छ, अन्य समस्या भएमा विशेषज्ञ चिकित्सक कहाँ पठाउनु हुन्छ ।’ यस कार्यक्रमले मातृ तथा शिशु मृत्युदर घटाउनमा मद्दत गरिरहेको शाखा प्रमुख शाहीको भनाई छ । 

विद्यालयमा नर्सको सेवा 
संघिय कार्यक्रम अनुसार एक पालिक एक स्वास्थ्य नर्सको ब्यवस्था भएपनि बैजनाथ गाउँपालिकाले आफ्नै बजेटमा पालिका अन्तर्गतका आठवटै वडाका विद्यालयमा स्वाथ्य नर्सको ब्यवस्था गरेको छ । आठ वटै वडाका विद्यालयलाई स्वास्थ्य सेवा दिने प्रायोजनका लागि आठ जना स्कूल स्वास्थ्य नर्सको ब्यवस्था गरिएको स्वास्थ्य शाखा प्रमुख शाहीले बताए । विद्यालयमा स्वास्थ्य अन्तर्गत विशेष गरी किशोरी स्वास्थ्य, शिक्षा र अन्य कृयाकलाप सञ्चालन गर्दै आएको उनले बताए । साथै विद्यालय बाहेक गाउँपालिकाको स्वास्थ्य शाखाले समुदाय स्तरमा विभिन्न खोप कार्यक्रम पनि सञ्चालन गर्दै आएको शाखा प्रमुख शाहीले जानकारी दिए ।

आधारभुत स्वाथ्य केन्द्रले पनि समुदाय स्तरमा सेवा दिँदै 
बैजनाथ गाउँपालिका अन्तर्गत वडामा रहेका आधारभुत स्वास्थ्य केन्द्रले पनि समुदाय स्तरमा विभिन्न स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् । बिरामी जाँच, परिवार नियोजन सेवा, सुरक्षित मातृत्व सेवा लगायतका सेवा समुदाय स्तरमा दिईरहेको बैजनाथ-२ स्थित आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख खेमराज सापकोटाले बताए ।  

गाउँमै खोप केन्द्र सञ्चालन गरेर बिभिन्न खोप सेवा दिइरहेको उनले बताए । १५ महिनाका बालबालिकालाई महिनामा एक पटक खोप केन्द्र बाहिर पितमारी गाउँमा खोप केन्द्र सञ्चालन गरेर सेवा दिँदै आएको उनको भनाई छ । जन्मेदेखि पाँच बर्ष मुनिका बालबालिकालाई समुदायमा आधारित बालरोग ब्यवस्थापन र पोषण सेवा, त्यसैगरी जन्मेदेखि २३ महिना मुनिका बालबालिकाहरुको बृद्धि अनुगमन आधारभुत स्वास्थ्य केन्द्रबाट गर्दै आएको प्रमुख सापकोटा बताउँछन् ।

बालबालिकाको बृद्धि अनुगमनका लागि प्रत्येक महिना स्वास्थ्य संस्थामा बोलाएर बच्चाको तौल लिन्छौं । प्रमुख सापकाृटाले भने, ‘(एम यु एस इ) मुआक्टेपले बायाँ पाखुरा नापेर कुपोषित भए नभएको छुट्याउने काम गर्छौँ ।’ आरडिटी किटबाट मलेरिया जाँच, गर्भवतीको एचआइभी-पी एम टी-सि टी )जाँच लगायतका सेवा सँगै क्षय रोगीलाई नियमित औषधी सेवन गराउने काम पनि आधारभुत स्वाथ्य केन्द्रले गर्दै आएको प्रमुख सापकोटाले बताए । 

स्वाथ्य सम्बन्धी थप नीति तथा प्राथमिकताका कार्यक्रम 
आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि सबै गर्भवती महिलाहरुको निःशुल्क ब्लड ग्रुप जाँच, सबै विद्यालयमा किशेर किशोरीको (एच.बी ) हेमोग्लोविन तथा रक्तअल्पता जाँच, विभिन्न दिर्घरोगीहरुको लागि समुदाय स्तरमा सचेतना कार्यक्रम अर्थात् क्यान्सर, मुटु रोग, मृगौला, मानसिक स्वास्थ्य समस्या, सिकलसेल, बहुला कुकुरले टोकेमा के गर्ने ? सर्पले टोकेमा के गर्ने भन्नेबारे जनचेतना जगाउने लगायतका कार्यक्रम प्रस्ताव पेश गरेको बैजनाथ गाउँपालिका स्वाथ्य शाखाले जनाएको छ । 


प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  ०९:५१
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु
बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु बुधबार, वैशाख १६, २०८३
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर  बुधबार, वैशाख ९, २०८३
‘कानुनी प्रक्रिया पुरा गरेरै गुणस्तरीय सेवा’ : सेन्ट्रल सिटी हस्पिटल
‘कानुनी प्रक्रिया पुरा गरेरै गुणस्तरीय सेवा’ : सेन्ट्रल सिटी हस्पिटल आइतबार, चैत २२, २०८२
नेपालगन्जमा क्यान्सर उपचारका नवीन प्रविधिबारे चिकित्सकहरुबीच अन्तरक्रिया
नेपालगन्जमा क्यान्सर उपचारका नवीन प्रविधिबारे चिकित्सकहरुबीच अन्तरक्रिया शुक्रबार, फागुन २९, २०८२
कौशल्यामा पत्रकारको गरियो निःशुल्क स्वास्थ्य जाँच
कौशल्यामा पत्रकारको गरियो निःशुल्क स्वास्थ्य जाँच शनिबार, माघ १०, २०८२
कौशल्या मेमोरियल अस्पतालमा पत्रकारको निःशुल्क स्वास्थ्य शिविर
कौशल्या मेमोरियल अस्पतालमा पत्रकारको निःशुल्क स्वास्थ्य शिविर शुक्रबार, माघ ९, २०८२
बैजनाथ-४ मा यसवर्ष पनि हात्ती पाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम
बैजनाथ-४ मा यसवर्ष पनि हात्ती पाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम बिहीबार, माघ ८, २०८२
बाँकेमा १६ औं पटक थालियो हात्तीपाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम  
बाँकेमा १६ औं पटक थालियो हात्तीपाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम   बिहीबार, माघ ८, २०८२
प्रेस युनियन लुम्बिनी र कौशल्या मेमोरियल अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता
प्रेस युनियन लुम्बिनी र कौशल्या मेमोरियल अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता सोमबार, पुस २८, २०८२
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्