Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • कान्ति तालमा मोटरबोट : संकटमा दुर्लभ चराको वासस्थान 
कान्ति तालमा मोटरबोट : संकटमा दुर्लभ चराको वासस्थान  'दुई वटा मोटर बोट खरिद गरिसक्यौं' : ठेकेदार
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, साउन ३२, २०८१
नेपालगन्जको कान्ति तालमा रहेको दुर्लभ पंक्षी सारसको जोडी । तस्बिर सौजन्य : अमित रावल

नेपालगन्ज : नेपालगन्जको ‘प्राकृतिक सिमसार’ कान्ति तालको अस्तित्व नै मेटिने गरी मोटर बोट सञ्चालनको तयारीले दुर्लभ चराको वासस्थान संकटमा परेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ र २२ अन्तर्गत २५ बिघा क्षेत्रफलमा फैलिएको उक्त तालमा ठेकेदारले मोटर बोट चलाउने तयारी गरेपछि चराको वासस्थान नै संकटमा परेको हो ।

तालमा माछा पालन लगायत गतिविधि गर्नका लागि उपमहानगरपालिका कार्यालयले २०७८ सालमा स्थानीय ठेकेदार फनबहादुर गुरुङलाई १० वर्षका लागि जिम्मा दिएको थियो । ठेकेदारले यसअघि तालमा माछा पालन गर्दै आएकोमा यस वर्षबाट भने मोटर बोट चलाउन खोजेपछि तालमै आश्रय लिइरहेका दुर्लभ प्रजातिका चराको वासस्थान संकटमा परेको यहाँका संरक्षणकर्मी बताउँछन । मोटर बोट सञ्चालनमा आएपछि प्राकृतिक सिमसारका रुपमा रहेको तालमा आश्रय लिइरहेका चराको वासस्थान नरहने निश्चित रहेको उनीहरूको जिकिर छ । तालमा अहिले विभिन्न प्रजातिका स्थानीय र विदेशबाट बसाई सरेर आएका चराको उल्लेख्य मात्रामा बसोबास रहेको छ । यसका साथै विभिन्न प्रजातिका जलचर र वनस्पति पनि यहाँ उपलब्ध छन ।

‘फ्रेन्ड्स फर वाइल्ड लाइफ कन्जरभेसन’का अध्यक्ष आशिष चौधरी इन्धनबाट चल्ने मोटर बोटले चराको प्राकृतिक वासस्थान स्वतः नष्ट हुने बताउँछन् । ‘प्राकृतिक सिमसार कान्ति तालमा मोटर बोट चलाउन लागेको कुरा सुनिँदै छ, यसले तालबाट आश्रित दुर्लभ चराको प्राकृतिक वासस्थान स्वतः नष्ट हुने निश्चित छ,’ उनले भने ‘शान्त ठाउँमा बस्न रुचाउने धेरै प्रजातिका चरा यहाँ छन्, उनीहरूको वासस्थान नै कान्ति ताल हो ।’ मोटर बोट चलाउन अनुमति दिने नेपालगन्ज उपमहानगरपालिका र चलाउन खोज्ने ठेकेदारको कदमप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको संरक्षणकर्मी चौधरीले सुनाए ।

उक्त तालमा आश्रय लिइरहेका चराको हरेक वर्ष गणना हुँदै आएको छ । विगत दुई वर्ष देखी सुरु गरिएको गणना अनुसार पहिलो वर्ष यहाँ २५ प्रजातिका चरा फेला परेका थिए । यस्तै दोस्रो वर्ष घटेर २२ प्रजातिका मात्रै चरा फेला परेका छन । आगामी हिउँद सिजनमा पनि चरा गणना गर्ने संरक्षणकर्मी को योजना छ । तालमा दुर्लभ पक्षी सारस, अन्य रैथाने चरा, विभिन्न प्रजातिका सरीसृप, दुर्लभ प्रजातिको मलाहा बिरालो (फिसिङ क्याट) लगायतको वासस्थान रहेको छ । यहाँ गर्मी याममा युरोप, मध्य पूर्वी एसिया, इन्डोनेसियाबाट आएका चराले वासस्थान बनाउँछन् भने जाडो याममा साइबेरिया, उत्तरी चिन लगायत देशबाट चराहरू आउँछन् । बसाई सरेर आउने आगन्तुक चराले पनि तालमै बच्चा उत्पादन गर्ने गर्छन् ।

यस्तै दुर्लभ पंक्षी सारसले पनि कान्ति ताललाई प्रजनन स्थल बनाउँदै आएको छ । ‘दुर्लभ सारसको प्रजनन स्थल पनि हो कान्ति ताल,’ चौधरीले भने ‘कान्ति ताल सारसका लागि बाँके र बर्दियाकै राम्रो वासस्थान मानिन्छ ।’ उनका अनुसार सारसको वासस्थान बाँकेस्थित राप्ती नदीको तटीय क्षेत्र, कान्ति ताल र मानखोला रहेको छ । तर, यी मध्ये सबैभन्दा राम्रो वासस्थान कान्ति ताल रहेको चरा विद बताउँछन ।

चरा विदका अनुसार सारस पाइने जिल्ला रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया र कैलाली हो । यसअघि गणना गर्दा बाँकेमा ३३ वटा मात्रै सारस फेला परेका थिए । चरा विज्ञ समेत रहेका बाँके राष्ट्रिय निकुञ्जका रेन्जर यम रावत कान्ति तालमा मोटर बोट सञ्चालन भएपछि दुर्लभ चरासहित यहाँ आश्रित जीव, जन्तुको वासस्थान हराएर जाने हुँदा यसबाट ‘इको सिस्टम’ नै नष्ट हुने बताउँछन । ‘कान्ति तालमा स्थानीय दुर्लभ प्रजातिका चराको वासस्थान त छ नै, बाहिरबाट सिजन अनुसार आउने आगन्तुक चरा पनि हराएर जान्छन, यसले इको सिस्टम नै नष्ट हुन्छ,’ रावतले चिन्तित हुँदै भने ‘कुनै चराहरू एकान्त ठाउँमा बस्न मन पराउने हुन्छन्, मोटरबोेटको आवाजले उनीहरूलाई डिस्टर्ब हुन्छ ।’

Bird_Kanti-Tal-1723823891.jpg
उपमहानगरपालिका र ठेकेदारले मोटर बोट चलाएर मात्रै आम्दानी गर्न सकिन्छ भन्ने भ्रम हटाउनुपर्ने उनको सुझाव छ । रावतले थपे, ‘बोटिङ भन्दा पनि ताललाई नै व्यवस्थित गरियो र इको सिस्टम राम्रो गराएर प्रवेश शुल्कबाट पनि राम्रो आम्दानी लिन सकिन्छ ।’ प्राकृतिक सिमसार क्षेत्रको अस्तित्व नै मेटाउने गरी कान्ति तालमा मोटरबोट सञ्चालन भएमा दुर्लभ चरासहित जीव, जन्तुको वासस्थान लोप हुने निश्चित रहेको यहाँका संरक्षणकर्मीहरूले जिकिर गर्दै आएका छन ।

नेपालगन्जका अभियन्ता डा. विनोद कर्णले तालमा बोट चलाउने प्रयास गरिए त्यो घातक हुने बताए । ‘हामीले अनुरोध गर्दा गर्दै पनि मोटर बोट चलाउन खोजियो भने त्यो घातक हुनेछ,’ उनले भने । अर्का अभियन्ता हेमन्तराज काफ्लेले कान्ति ताल जस्तो प्राकृतिक सुन्दरताले भरिएको तालमा मोटर बोट चलाएर कुरूप नबनाउन चेतावनी दिएका छन । ताल वरिपरि वृक्षारोपण गर्न अगुवाइ गरेका अभियन्ता काफ्लेले आम्दानी गर्ने नाममा उपमहानगरपालिकाले कान्ति तालको अस्तित्व मेटाउन नहुने बताए । उपमहानगरपालिकाले ठेक्का तोडेर भएपनि ताललाई संरक्षण गर्नुपर्ने संरक्षणकर्मीहरूको सुझाव छ ।

तालको ठेक्का लिएका व्यवसायी गुरुङले भने २०७८ सालमा उपमहानगरपालिकासँग सम्झौता गरेर १० वर्षका लागि आफूहरूले जिम्मा लिएको बताए । उपमहानगरपालिकाले सम्झौता अनुसार माछा पालनसहित पर्यटन प्रवद्र्धन, बोटिङ लगायत कामहरू गरेर शुल्क उठाउन अनुमति दिएको उनले दाबी गरे । ‘माछा पालन गरेर मात्रै वार्षिक रुपमा उपमहानगरपालिकालाई शुल्क बुझाउन समस्या भएपछि यस वर्षबाट बोटिङको काम पनि सुरु गर्न खोजेका हौँ,’ उनले भने । तालमा सञ्चालन गर्ने तयारी स्वरूप २ वटा मोटर बोट समेत खरिद गरिसकेको व्यवसायी गुरुङले सुनाए । उपमहानगरपालिकाको राजश्व शाखाका अनुसार कान्ति तालको ठेक्का लिए बापत गुरुङले वार्षिक रुपमा २२ लाख ५० हजार रुपैयाँ बुझाउँछन ।


प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  २१:४६
प्रतिक्रिया दिनुहोस्
थप विशेष
गोरखामा माइक्रो दर्घटना हुँदा  ७ जनाको मृत्यु
गोरखामा माइक्रो दर्घटना हुँदा ७ जनाको मृत्यु शनिबार, फागुन ३०, २०८२
ग्याँस अभाव र समाधानबारे लिखित जवाफ दिन सर्वाेच्चकाे आदेश
ग्याँस अभाव र समाधानबारे लिखित जवाफ दिन सर्वाेच्चकाे आदेश शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन बिहीबार, फागुन २८, २०८२
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस प्रदेश सभापति पुनले खजुरामा खोल्दै नागरिक सम्पर्क कार्यालय
कांग्रेस प्रदेश सभापति पुनले खजुरामा खोल्दै नागरिक सम्पर्क कार्यालय
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्