Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
अर्थ
  • Home
  • अर्थ
  • बैजनाथको कृषिमा यान्त्रीकरणले बनायो सहज
बैजनाथको कृषिमा यान्त्रीकरणले बनायो सहज
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, भदौ २६, २०८१

बाँके : बैजनाथ-७ पेडारीका कृषक राजेन्द्र थारुले विगत दुई वर्षदेखी गोरुले जोत्न छाडेका छन् । उनको पुर्खाले हलो र गोरुमार्फत खेतबारी जोत्दै आएकोमा राजेन्द्रले नयाँ प्रबिधिका रुपमा कृषी यान्त्रीकरणको प्रयोग गरेका हुन् । अहिले खेतबारी जोत्नका लागि गोरुको ठाउँमा मिनीटेलर प्रयोग गर्छन् । परम्परागत रुपमा जोत्दै आएको खेतबारीमा आधुनिकयन्त्र प्रयोग गर्दा कम लागतमा उत्पादनमा बृद्धि भएको उनको बुझाई छ । 

बनिता कृषि, च्याउ तथा पशुपालन फार्मका सञ्चालक समेत रहेका चौधरी बैजनाथ गाउँपालिकाबाट अनुदानमा प्राप्त गरेको ६ एचपीको मिनीटेलर (हाते ट्रयाक्टर)ले तरकारी र धान खेतीमा धेरै सहयोग पुगेको बताउँछन् । उनी भन्छन् ‘यो हाते ट्रयाक्टर धेरै काममा उपयोगी छ, जोत्न, मल छर्न, गोड्न, खेतबारीको अनावश्यक झाडी सफा गर्न सबै यसैले गर्न सकिन्छ ।’ यसअघि आफ्नो एक विघा क्षेत्रफलमा खेती गर्दै आएका राजेन्द्रले हाते ट्रयाक्टर पाएपछि थप एक बिघा जमिन लिजमा लिएर खेती गरिरहेको बताउँछन् । 
राजेन्द्र जस्ता बैजनाथका थुप्रै किसानले पछिल्लो समयमा कृषि यान्त्रीकरणको प्रयोग गरिरहेका छन् ।

गाउँपालिकामा कृषियन्त्र प्रयोग गर्ने कृषकको संख्या बढ्दै गएको छ । गाउँपालिकाको कृषि शाखाले अनुदानमा कृषि यन्त्र वितरण गरेपछि प्रयोगकर्ता कृषकको संख्यामा ह्वात्तै बृद्धि भएको हो । धेरै समय खेतबारी खनजोतमा नलाग्ने र काम गर्न सहज हुने भएपछि गाउँपालिकाबाट अनुदानमा पाईने यन्त्रमा कृषकले पनि लगानी गरिरहेका छन् । कृषिमा यान्त्रीकरण भएपछि बाली उत्पादनमा पनि बृद्धि भएको किसान बताउँछन् । 

बैजनाथ-७ स्थित हरियाली कृषक समूहका १९ जना कृषकले पनि गाउँपालिकाबाट अनुदानमा प्राप्त पावर टेलरले लाभ लिईरहेको बताउँछन् । गतबर्ष बैजनाथ गाउँपालिकाबाट समूहमा प्राप्त भएको पावर टेलर समूहका सबै सदस्यले प्रयोग गरिरहेको समूहका अध्यक्ष लुहारी थारुले बताए । ‘समूहमा ट्रयाक्टर भएपछि जोत्न छिटो–छरितो भएको छ, १९ जनाले करिव २५ बिघा क्षेत्रफलमा खेती गरिरहेका छौं,’ उनले भने । पावर टेलर प्रयोग गरेपछि चार दिनको काम दुई घण्टामा पूरा भइरहेको उनको भनाई छ ।

कृषियन्त्रको सहयोगले कृषि कार्यमा सहज हुनुका साथै समयको बचत पनि भएको उनले सुनाए । कृषि उत्पादनमा विगतको तुलनामा दोब्बरले बृद्धि भएको लुहारी बताउँछन् । ‘पावर टेलरले जोतेको खेतमा बाली धेरै उब्जनी भएको छ,’ उनले भने ‘गोरुले जोतेको भन्दा धेरै राम्रोसँग माटो जोतिने भएकाले रोपाइँ गर्दा पनि एकदमै छिटो र सजिलो हुन्छ ।’

कृषिमा परम्परागत साधनको प्रयोगले पहिले–पहिले मजदुरको सहयोग लिँदा धेरै खर्च हुने गरेको अनुभव रहेको लुहारी बताउँछन् । मजदूर पनि नपाइने भएकाले कृषियन्त्र प्रयोग गरेर खेती गर्दा कम लागतमा कृषिको उत्पादन लिन सकिएको बताउँदै थारुले भने, ‘धान, गहुँ लगायतका बाली भित्र्याउँदा विगतमा धेरै जनशक्ति प्रयोग गरेर बाली भित्र्याउनु पथ्र्यो, गोरुको सहायताले दाउनु पथ्र्र्यो, खेतबाट खलियानमा ल्याउन र खलियानमा ल्याएको बाली घरमा भित्र्याउनका लागि महिनौंसम्म कुर्नुपथ्र्यो, अहिले खेतमै पावर टेलर, ट्याक्टरमा ट्रली जोडेर खलियान सम्म बाली ल्याउन सजिलो भएको छ, यन्त्रमा रिपर जडान गरेर धान गहुँ दाउन थ्रेसरको सहायताले छिटो काम हुन थालेको छ ।’ अब धान काट्ने र रोप्ने यन्त्रको आवश्यकता रहेको उनी बताउँछन् । 

कृषियन्त्रले रोजगारी सृजना
कतिपय किसानले किसानसँग पालिका प्रमुख कार्यक्रम मार्फत अनुदान पाएर कृषियन्त्र प्रयोग गरिरहेका छन् । बैजनाथ अन्तर्गत जानकी कृषि सहकारी संस्थाका अध्यक्ष दीपक थारुले बैजनाथ गाउँपालिकामा धेरै किसानले  परम्परागत हलोले जोतेर कृषि कर्म गर्न छाडिसकेको बताउँछन् । उनी भन्छन्, ‘आफूसँग नभएपनि ज्याला दिएर कृषि यन्त्रले नै खेती गर्ने परम्परा बसिसकेको छ, खेतबारी जोत्नकै लागि गोरु पाल्न सबैले छाडिसक्यौं ।’

पछिल्लो समय बैजनाथ गाउँपालिकाले यसको व्यवस्थापन गरेसँगै कृषिमा व्यवसायीकरण हुँदै आधुनिक कृषियन्त्रको प्रयोग बढ्दै गएको छ । गाउँपालिकाले कृषि सहकारी, कृषक समूह, कृषि फार्मलाई कृषि आधुनिकिकरण परियोजना अन्तर्गत कृषियन्त्र खरिदमा ५० प्रतिशत र किसानसँग पालिका प्रमुख कार्यक्रम अन्तर्गत ७० प्रतिशत अनुदान दिदै आएको छ । यसअघि गाउँपालिकाले करिव ४५ बिघा क्षेत्रफलमा खेती गर्दै आएको बागबानी मल्टिप्रपोज कृषि फार्म प्रा.लि.लाई धान रोप्ने (राईस प्लान्ट) मेसिन उपलब्ध गराएको कृषि शाखा प्रमुख प्रमोदकुमार विश्वकर्माले बताए ।

गतवर्ष बैजनाथ गाउँपालिका वडा नम्बर १ र २ मा रहेको कृषि सहकारी, कृषक समूह, कृषिफार्म लाई १२ वटा पावर टेलर, ३५ वटा मिनी टेलर, २ वटा रोटा बेटर र मकै छोराउने मेसिनकर्न सेलर ६ वटा अनुदानमा उपलब्ध गराइएको प्रमुख विश्वकर्माले जनाकारी दिएका छन् । 

यसअघि कर्नसेलर मेसिन वडा नम्बर १ र २ मा एक पटक ४ वटा र अर्को पटक २० वटा प्रदान गरिएको थियो । कृषि आधुनिकिकरण परियोजनाको तर्फबाट र स्र्माट कृषिगाउँमा गाउँपालिकाको साझेदारीमा कृषियन्त्र उपलब्ध गराइएको शाखा प्रमुख विश्वकर्माले बताए । गतवर्ष महिलाले पनि सहजै चलाउन सक्ने खालका दुई वटा ४ चक्के पावर टेलर वितरण गरिएको उनले बताए ।

किसानलाई कृषियन्त्र अनुदान दिएपछि कृषिकर्म गर्न सहज हुनुका साथै रोजगारी सृजना भएको गाउँपालिकाको आर्थिक विकास समितिका संयोजक प्रेमबहादुर शाहीले बताए । उनले भने ‘कृषियन्त्र प्राप्त गरेका किसानले आफ्नो खेतबारीमा मात्र प्रयोग नगरेर त्यसैबाट अरुको खेतबारीमा काम गरेर ब्यवसाय गरिरहका छन्,’ वडा नम्बर ४ का वडाअध्यक्ष शाहीले भने । गाउँपालिकाको कृषि शाखाले गतवर्ष अनुदान नपाएका कृषक समूह तथा कृषि फार्मलाई पावर टेलर, रिपर, सिडड्रिल, मिनी टेलर, कर्न सेलर, दाना पिस्ने तथा चारा मेसिन लगायतका कृषि यान्त्रीकरण औजार वितरणको योजनालाई निरन्तरता दिइएको छ ।

किसानसँग पालिका प्रमुख कार्यक्रम अझ प्रभावकारी
बैजनाथ गाउँपालिकाले कृषिमा आत्मनिर्भर पालिका बनाउने उद्देश्यले किसानसँग पालिका प्रमुख कार्यक्रम समेत सञ्चालन गरेको छ । गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले बैजनाथ गाउँपालिकालाई देशभरका ७ सय ५३ वटा स्थानीय तहभन्दा फरक ढंगले कृषि क्षेत्रमा काम गरिरहेको बताए । उनले स्थानीय नागरिकलाई आफैमा आत्मनिर्भर बनाउनको निम्ति बैजनाथ गाउँपालिकाले किसानसंँग पालिका प्रमुख कार्यक्रम सञ्चालन गरेको र उक्त कार्यक्रमका लागि गाउँपालिकाले ४ करोड बढी बजेट विनियोजन गरेको बताए ।

‘बैजनाथ गाउँपालिकाका ७० प्रतिशत नागरिक कृषि पेशामा आवद्ध छन्, किसानलाई कृषिमै आत्म निर्भर गराउनका लागि बैजनाथ गाउँपालिकाले किसानलाई प्रविधिसँग जोड्ने काम गरिरहेको छ,’ उनले भने ‘बैजनाथ गाउँपालिकाले कृषिलाई पहिलो प्राथमिकता दिएर सिचाइँदेखि विभिन्न कृषियन्त्र प्रयोग जस्तै समरसेल सिचाइँ, बोरिङ, पम्पसेट, डेलीभरी पाइप, सेक्सन पाईप अनुदान स्वरुप दिएका छौं ।’

उनका अनुसार सिचाइँ नभएका ठाउँमा सिचाइँ पुर्याउने र सिचाइँ पुगेको स्थानमा यान्त्रीकरणसँग जोडेर गाउँपालिकाले कृषि क्षेत्रको विकास गरिरहेको छ । किसानको गुनासोलाई समाधान गर्नका लागि गाउँपालिका किसानको घर दैलोमा पुग्ने गरेको अध्यक्ष शाहीले बताएका छन् । 

कृषियन्त्रको अत्यधिक माग
७० प्रतिशत पालिकाको लगानीमा किसानलाई अनुदानको कार्यक्रम वितरण गर्दै आएको छ । कृषि सामाग्री तथा कृषियन्त्रको माग किसानबाट अत्याधिक रुपमा आइरहेकाले माग धान्न मुस्किल भईरहेको अध्यक्ष शाही बताउँछन् । उनी भन्छन्, ‘हामीले २० जना किसानलाई लक्षित गरेर अनुदान ल्याउँदा ५० बढी कृषकको माग आउँछ, त्यसमा अनुगमन र मुल्यांकन गरेर अनुदान उपलब्ध गराईरहेका छौं ।’ छनोट भएका किसानहरु उत्सुकताका साथ पहिले नै ३० प्रतिशत रकम जम्मा गर्ने भएका कारण गाउँपालिकाले पालै-पालो सबै किसानलाई यान्त्रीकरणसँग जोड्न हौसिएको अध्यक्ष शाही बताउँछन् ।

हालसम्म बैजनाथ गाउँपालिकामा २५ प्रतिशत किसानहरु यान्त्रीकरणसँग जोडिएको अध्यक्ष शाहीको दाबी छ । गाउँपालिकाले वडा नम्बर २ र ३ लाई मकै पकेट क्षेत्र र वडा नम्बर ७ र ८ लाई तरकारी पकेट क्षेत्र घोषणा गरेको छ । गाउँपालिकाले उत्पादनका आधारमा खेती योग्य जमिनलाई पकेट क्षेत्र बनाई उत्पादन बढाउनका लागि ४ वटा वडालाई पकेट क्षेत्रका रूपमा बिस्तार गरेको गाउँपालिका अध्यक्ष शाहीले बताएका छन् । 


प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  ०८:३१
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो शुक्रबार, माघ १६, २०८२
सुनको भाउ एकैदिन तोलामा साढे २० हजार बढ्यो
सुनको भाउ एकैदिन तोलामा साढे २० हजार बढ्यो बिहीबार, माघ १५, २०८२
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी नेपालगन्जमा सुरु-(फोटो फिचर)
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी नेपालगन्जमा सुरु-(फोटो फिचर) बुधबार, माघ १४, २०८२
नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी गर्ने तयारी 
नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी गर्ने तयारी  बिहीबार, माघ ८, २०८२
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक बुधबार, माघ ७, २०८२
‘आठौँ प्रादेशिक घरेलु महोत्सव, गायिका सपना र थारु गायक राज कुश्मीको बेजोड प्रस्तुती
‘आठौँ प्रादेशिक घरेलु महोत्सव, गायिका सपना र थारु गायक राज कुश्मीको बेजोड प्रस्तुती बिहीबार, माघ १, २०८२
सिद्धार्थ कटेज नेपालगन्जमा गरिदैँ चौथो ‘मःमः फेस्टिवल’
सिद्धार्थ कटेज नेपालगन्जमा गरिदैँ चौथो ‘मःमः फेस्टिवल’ बुधबार, पुस ३०, २०८२
'आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी'को तयारी पुरा
'आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी'को तयारी पुरा मंगलबार, पुस २९, २०८२
कोहलपुर नगरपालिकाको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा
कोहलपुर नगरपालिकाको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा शुक्रबार, पुस २५, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्