Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
समाज
  • Home
  • समाज
  • सहमती नहुँदा परिवारले उठाएनन् शव, पीडितको कुरै सुन्न चाहन्न अस्पताल प्रशासन
सहमती नहुँदा परिवारले उठाएनन् शव, पीडितको कुरै सुन्न चाहन्न अस्पताल प्रशासन
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, कात्तिक १, २०७८
शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको अवस्थामा कमला धामी । तस्बिर : रमेश धामी


नेपालगन्ज : अस्पताल प्रशासनसँग सहमती नहुँदा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा परिवारले सोमबार शव उठाएका छैनन् । उक्त अस्पतालमा कैलाली, गौरीगंगा-९ मसुरिया निवासी २३ वर्षीया कमला धामीको शल्यक्रिया गरेर जुम्ल्याहा बच्चा (छोरा) निकालेपछि अचानक बेहोस् भएर मृत्यु भएको थियो । 

सामान्य अवस्थामा फर्केकी सुत्केरीको लापरबाहीकै कारण मृत्यु भएको परिवारले बताउँदै आएका छन् । अस्पताल प्रशासनसँग सोमबार दिउँसो भएको छलफलमा मृतकका परिवारले जुम्ल्याहा बच्चाको पालन पोषणका लागि राहत स्वरुप केही रकम दिनुपर्ने माग गरेका थिए । पीडित परिवारको मागलाई अस्पताल प्रशासनले ठाडै अस्वीकार गरिदिएपछि आइसियु कक्षमा रहेको सुत्केरीको शव नउठेको हो । 

मृतक कमला धामीको कोखबाट जन्मेका जुम्ल्याहा छोरा । तस्बिर  : रमेश धामी 

‘आमाको मृत्यु भइसकेपछि दुई बच्चाको लालन पालन गर्न सबैभन्दा ठुलो समस्या हुने भयो, त्यसकारण हामीले बच्चाको पालन पोषण गर्नका लागि केही राहत स्वरुप रकम दिनुपर्ने माग गर्यौं, तर अस्पताल प्रशासनले हाम्रो मागलाई ठाडै अस्वीकार गरिदिएपछि शव उठाएनौं,’ मृतकका जेठाजु रमेश धामीले भने ‘उल्टै हामीलाई हेपेर कुरा गर्नुभयो, यि टुहुर बच्चालाई लिएर हामी कहाँ जाउँ ? यि बच्चाको मानव अधिकार खै कहाँ छ ?’ धामीले अगाडी भने, ‘अस्पतालले अहिलेसम्म मृत्युको कारण बताउन सकिरहेको छैन, यिनीहरुको गल्तीले हाम्रो मान्छेको अकालमा ज्यान गयो, अस्पतालले जस्तो गल्ती गरेपनि छुट हुँदो रहेछ यो देशमा ।’ 

प्रशव बेथाले च्यापेपछि कमलाका श्रीमान र जेठाजुले असोज २७ गते कैलालीस्थित सेती अस्पतताल धनगढी पुर्याएका थिए । उक्त अस्पतालले शिक्षण अस्पताल कोहलपुरमा रेफर गरेपछि असोज २८ गते बिहान ३ बजेतिर ल्याएर भर्ना गरिएको थियो । डाक्टरसँगको सल्लाह, परामर्श अनुसार असोज २९ गते अपरान्ह ४ बजेतिर कमलालाई शल्यक्रिया कक्षमा लगिएको थियो ।

‘शल्यक्रिया गरेर जुम्ल्याहा छोरा जन्मियो, बेलुका ६ बजेतिर बुहारीलाई नर्मल वार्डमा ल्याएर सारियो,’ रमेशले स्मरण गर्दै भने ‘त्यसपछि बेलुका ७ बजेतिर बुहारी एक्कासी बेहोस् भइन्, हामी अत्तालियौं, डाक्टरलाई खोज्यौं, बल्लतल्ल राती १० बजे मात्र नर्सले आईसियुमा राखे ।’ सुत्केरीको अवस्था हेर्दा आइसियुमा राखेको भोलीपल्टै(३० गते) मृत्यु भइसकेको आशंका गरे ।

सुत्केरीको शरिर चल्न छाडेको दुई दिन भइसक्दा पनि डाक्टर र नर्सले आफुहरुलाई सोमबार बिहानसम्म औषधी किन्न लगाएको रमेशले सुनाए । उनका अनुसार शल्यक्रिया गर्नुअघिसम्म उनको सबै रिपोर्ट सामान्य थियो । अप्रेशन पश्चात कमलाले आफन्तसँग कुराकानी समेत गरेकी थिइन् ।

सुत्केरीको अवस्था जटिल बन्न थालेपछि आफुहरुले अस्पतालका डाक्टरलाई काठमाडौंको अस्पतालसँग कुरा गरिदिन र काठमाडौं लैजान तयार रहेको बताउँदा पनि बेवास्ता गरेको परिवारको गुनासो छ । आइसियुमा भर्ना भएकी बुहारीको होस् नखुलेरै मृत्यु भएको र कुन समयमा मृत्यु भयो भन्ने समेत आफुहरुलाई अस्पतालले जानकारी नदिएको रमेशले बताए ।

आइसियु कक्षमा लामो समयसम्म कृत्रिम श्वास दिएर राखिएकी कमलालाई सोमबार दिउँसो १ बजेमात्र डाक्टरले आधिकारिक रुपमा मृत्यु भएको बताएको परिवारले जनाएको छ । ‘बुहारीको मृत्यु त आइसियुमा राखेको भोलीपल्टै भइसकेको शंका लागेको छ, तर आज बिहानसम्म पनि औषधी किन्न लगाए, आइसियु कक्षमा लाश लडेको छ, बाहिर औषधी किन्न पठाए, यो अनुसन्धानको विषय छ,’ उनले भने । 

जुम्ल्याहा बच्चाको स्वास्थ्य अवस्था सामान्य छ । दुबै बच्चालाई परिवारले आफ्नो साथमा राखेका छन् । उनीहरुको हेरचाहमा अब समस्या आउने भन्दै उनीहरु चिन्तित छन् । शिक्षण अस्पताल कोहलपुरका प्रशासकीय अधिकृत सन्जु पन्तले सुत्केरीको ‘ब्रेन डेथ’ भयो भन्नेबारे आफुले सामान्य रुपमा जानकारी पाएको र पछि बुझेर बताउने यसअघि प्रतिक्रिया दिएका थिए । सोमबार बेलुका उनलाई पटक-पटक सम्पर्क गर्दा फोन उठाएनन् ।

यो पनि पढ्नुस् :

शिक्षण अस्पताल कोहलपुरमा सुत्केरीको मृत्यु, आफन्तले शव बुझ्न मानेनन्


प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  २१:२८
#शिक्षण अस्पताल कोहलपुरमा सुत्केरी मृत्यु प्रकरण
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाँकेका अधिकांस पत्रकारको आँखामा 'दूरदृष्टि' समस्या 
बाँकेका अधिकांस पत्रकारको आँखामा 'दूरदृष्टि' समस्या  सोमबार, असार २, २०८२
जन्मदिनमा नेविसंघ नेता ‘आर.एस’ रावलको रचनात्मक कार्यक्रम 
जन्मदिनमा नेविसंघ नेता ‘आर.एस’ रावलको रचनात्मक कार्यक्रम  बिहीबार, जेठ २९, २०८२
मनिपाल अस्पतालका चिकित्सक सहितको टोली नेपालगन्जमा 
मनिपाल अस्पतालका चिकित्सक सहितको टोली नेपालगन्जमा  बिहीबार, जेठ १५, २०८२
महिनावारी सचेतनाका लागि खजुरामा विशेष कार्यक्रम 
महिनावारी सचेतनाका लागि खजुरामा विशेष कार्यक्रम  बुधबार, जेठ १४, २०८२
'मस्तिष्कघात' समस्याका बिरामीलाई सञ्जिवनी कलेजमा विशिष्टिकृत उपचार सेवा-(फोटो फिचर)
'मस्तिष्कघात' समस्याका बिरामीलाई सञ्जिवनी कलेजमा विशिष्टिकृत उपचार सेवा-(फोटो फिचर) शनिबार, जेठ ३, २०८२
‘सरकार र नागरिकको योगदानबाट बीमालाई विकसित गर्न सकिन्छ’ : स्वास्थ्यमन्त्री पौडेल
‘सरकार र नागरिकको योगदानबाट बीमालाई विकसित गर्न सकिन्छ’ : स्वास्थ्यमन्त्री पौडेल आइतबार, वैशाख २१, २०८२
बाँकेको बैजनाथलाई पुर्णखोप सुनिश्चितता घोषणा 
बाँकेको बैजनाथलाई पुर्णखोप सुनिश्चितता घोषणा  बुधबार, वैशाख १७, २०८२
‘भेरी अस्पतालमै सम्भव छ मस्तिष्क मृत्यु पश्चात अंगदान र प्रत्यारोपन’
‘भेरी अस्पतालमै सम्भव छ मस्तिष्क मृत्यु पश्चात अंगदान र प्रत्यारोपन’ मंगलबार, वैशाख ९, २०८२
भेरी अस्पतालमा पहिलो पटक मृगौला प्रत्यारोपन  
भेरी अस्पतालमा पहिलो पटक मृगौला प्रत्यारोपन   मंगलबार, वैशाख ९, २०८२
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्