Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • 'पत्रकारितामा सकारात्मकता र आध्यात्मिक चिन्तन' अभिप्रेरणा कार्यक्रम सम्पन्न
'पत्रकारितामा सकारात्मकता र आध्यात्मिक चिन्तन' अभिप्रेरणा कार्यक्रम सम्पन्न
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, माघ ८, २०८१

नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँकेले 'पत्रकारितामा सकारात्मकता र आध्यात्मिक चिन्तन' अभिप्रेरणा कार्यक्रम गरेको छ । बह्मकुमारी ईश्वरीय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र क्षेत्रीय कार्यालय नेपालगन्ज सँगको सहकार्यमा मंगलबार राजयोग प्रशिक्षण केन्द्रमै अभिप्ररेणा कार्यक्रम गरिएको हो ।

शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षता एवम् महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अभिप्रेरणा कार्यक्रममा बह्मकुमारी ईश्वरीय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र नेपालगञ्ज प्रमुख ब्रहमकुमारी दुर्गा, ब्रहमकुमारी मुना र बह्मकुमारी आरतीले पत्रकारिताका क्रममा सकारात्मकताको विकास, समय र तनाव ब्यवस्थापनका लागि आध्यात्मिक चिन्तन र ज्ञानको आवश्यकतामाथि चर्चा गर्दै ब्यबहारिक कार्यान्वयनका लागि योग, ध्यान र साधनामा जोड दिए ।

बह्मकुमारी दुर्गाले अध्यात्मिकबादलाई समावेश गरेर पत्रकारिता गर्नुपर्नेमा जोड दिइन् । उनले समयको महत्वलाई बुझेर आफू र समाज बदल्ने गरी काम गर्न आग्रह गरिन् । अहिलेको समय विषम रहेको भन्दै उनले संयमित र जिम्मेवार ढंगले पत्रकारिता गर्न आवश्यक रहेको बताइन् । बह्मकुमारी दुर्गाले जीवनमा सुन्दर रोल निभाउने दृढता लिनुपर्नेमा जोड दिँदै आफूलाई सधैं तनाव, पीडा र अशान्तिबाट  मुक्त गर्नुपर्ने उल्लेख गरिन् । उनले नेपाल पत्रकार महासंघ बाँके शाखासंग सहकार्य गरेर अभिप्रेरणा जागृत गर्ने गरी यो कार्यक्रम गर्न पाउँदा निकै हर्षित भएको बताइन् । उनले ध्यान, योग र साधनामा निरन्तर जोडिन पत्रकारहरुलाई आग्रह समेत गरिन् ।

अभिप्रेरणा कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै ब्रहमकुमारी आरतीले पत्रकारितामा सकारात्मकता र आध्यात्मिक ज्ञानको आवश्यकतामा जोड दिँदै पत्रकारितालाई 'आध्यात्मिक यात्रा'को संज्ञा समेत दिइन् । उनले पत्रकारिता पनि निरन्तर 'चार्ज' हुन जरुरी रहेको बताइन् । ब्रहमकुमारी मुनाले परिवर्तनको सुरुवात स्वयं आफूबाट गर्न सके मात्र अरुलाई बदल्न सकिने उल्लेख गरिन् । उनले परिस्थिति परिवर्तन गर्नलाई मनस्थिति परिवर्तन गर्न आवश्यक रहेको भन्दै पत्रकारितामार्फत समाज बदल्न स्वयं पत्रकारहरुमा पनि सकारात्मकता र आध्यात्मिक चिन्तन हुनुपर्ने बताइन् ।

पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष चौलागाईले पत्रकारहरुले समय र तनाव व्यवस्थापन गर्दै आफ्नो कर्म गर्नुपर्नेमा जोड दिँदै मानव जीवनमा सकारात्मकता र आध्यात्मिक चिन्तन अति जरुरी रहेको बताए । पत्रकारहरुका लागि गरिएको अभिप्रेरणा कार्यक्रम निकै लाभदायी हुने विश्वास ब्यक्त गर्दै उनले यस्ता सिकाई र अनुभवबाट परिपक्वता र आत्मज्ञानको विकास हुने बताए । "यो सुखद सुरुवात हो, अब पत्रकारहरुले आफ्नो ब्यस्त दिनचर्याका बाबजुद योग, ध्यान र साधनाका लागि समय छुट्याउनुपर्दछ," चौलागाईले भने-"मनलाई शान्त नराख्दासम्म सकारात्मकता विकास हुन सक्दैन ।"

शाखा अध्यक्ष गिरीले अहिले समाज नकारात्मकतातिर ढल्किरहेको अवस्थामा पत्रकारितालाई पनि नकारात्मक उर्जाबाट मुक्त गर्दै सकारात्मकता विकास गर्न टेवा पुर्याउने, आफूभित्रको संसारलाई चिनाउने र बदल्ने माध्यम आध्यात्म भएकाले आत्मज्ञान सिकाईको प्रस्थान विन्दुको रुपमा बह्मकुमारी ईश्वरीय विश्वविद्यालयसंग सहकार्य गरेर अभिप्रेरणा कार्यक्रम आयोजना गरिएको बताए । उनले पत्रकारहरुलाई समय र तनाव व्यवस्थापनका लागि जीवनोपयोगी सीप र कला सिकाउने उद्देश्यले पनि यो कार्यक्रम गरिएको बताए ।

"पत्रकारहरुमा सकारात्मकता र आध्यात्मिक ज्ञान विकासका लागि यो हाम्रो सुरुवाती प्रयास हो, यसलाई यहाँहरुले प्रस्थान विन्दुको रुपमा लिनुपर्दछ," गिरीले भने-"निरन्तरको ध्यान, योग र साधनाका माध्यमबाट आफूलाई सधैं, विनयी, विनम्र, अनुशासित र सन्तुलित राख्न उत्प्रेरित गर्नुपर्दछ । उनले अभिप्रेरणा कार्यक्रमको सहकार्यका निम्ति ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयलाई धन्यवाद दिए ।

नेपाल पत्रकार महासंघ बाँके शाखा उपाध्यक्ष एवम् अभिप्रेरणा कार्यक्रम संयोजक तिलक गाउँलेले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा पूर्व अध्यक्षद्वय निरज गौतम र झलक गैरेले पनि पत्रकारितामा सकारात्मकता र आध्यात्मिक चिन्तनको आवश्यकता र महत्वबारे धारणा राखेका थिए । बाँके शाखाको माघ ४ गते सम्पन्न दोस्रो बैठकले 'पत्रकारितामा सकारात्मकता र आध्यात्मिक चिन्तन' अभिप्रेरणा कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

त्यसै अनुसार बह्मकुमारी ईश्वरीय विश्वविद्यालयसँग सहकार्य गरेर कार्यक्रम गरिएको सचिव कृष्ण ओलीले बताए । उनका अनुसार यो कार्यक्रम सम्पन्न गर्न शाखाले उपाध्यक्ष गाउँलेको संयोजकत्वमा सहसचिव भगतराम थारु र सदस्य रजनी योगी रहेको कार्यक्रम संयोजन समिति गठन गरेको थियो । उक्त कार्यक्रममा करिव ५ दर्जन पत्रकारको उपस्थिती रहेको महासंघले जनाएको छ ।


प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  २२:३६
प्रतिक्रिया दिनुहोस्
थप समाज
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
इनिशालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन बिहीबार, फागुन २८, २०८२
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही' सोमबार, फागुन २५, २०८२
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन आइतबार, फागुन २४, २०८२
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन 
बाँकेका विभिन्न मतदान केन्द्रको अनुगमन  बुधबार, फागुन २०, २०८२
मौन अवधिमा बाँकेमा  आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण
मौन अवधिमा बाँकेमा आचार संहिता पालना नभएको भन्दै ध्यानाकर्षण मंगलबार, फागुन १९, २०८२
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते
कार दुर्घटना हुँदा ३ को मृत्यु, २ जना घाइते मंगलबार, फागुन १९, २०८२
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह
आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह मंगलबार, फागुन १९, २०८२
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे
खाडीमा एक नेपालीसहित १२ को मृत्यु, घाइते १५० नाघे मंगलबार, फागुन १९, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँकेमा खस्यो ६३ दशमलभ ४६ प्रतिशत मत
बाँकेमा खस्यो ६३ दशमलभ ४६ प्रतिशत मत
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्