Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
अर्थ
  • Home
  • अर्थ
  • नेपालगन्जमा प्रादेशिक महोत्सवको भव्य उद्घाटन
नेपालगन्जमा प्रादेशिक महोत्सवको भव्य उद्घाटन ‘सडक विभागको जग्गा पुनः प्राप्तीमा पहल गर्छु’ : प्रचण्ड
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, माघ १०, २०८१

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा नेपालगन्जमा प्रादेशिक महोत्सव २०८१ सुरु भएको छ । उद्योेग, व्यापार, कृषि, पर्यटन, जडिबुटी, रोजगार, सूचना प्रविधि र पर्यटन, व्यवसायिक उद्यमशाला तथा कला संस्कृतिको प्रबद्र्धन भन्ने मूल नाराका साथ सुरु भएको प्रादेशिक महोत्सव-२०८१ को पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार नेपालगन्जमा डिजिटल प्रविधिको प्रयोगबाट उद्घाटन गरेका हुन् ।

नेपालमा बनेको हाइड्रोपावरको ट्रान्समिटर लाइन तान्न प्रयोग गर्ने ठूलो आकारको म्याष्ट्रिक ६०० मोडलको ड्रोनबाट नेपालको झण्डा फहराएर पुष्पवृष्टि गर्दै मोबाइल एपबाट पानसमा बत्ती बालेर प्रचण्डले उद्घाटन गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले देशमा राजनीति र आर्थिक रुपमा गतिशील बनाउनु पर्नेमा जोड दिएका थिए ।

उनले आफू प्रधानमन्त्री हुँदा नेपालगन्जमा प्रदर्शनीस्थल बनाउन सडक विभाग परिसरको १० विघा जग्गा नेपालगन्ज उद्योेग वाणिज्य संघलाई लिजमा दिएको स्मरण गर्दै आफू सत्ताबाट हटे लगत्तै सरकारले लिज फिर्ता लिएकामा चिन्ता गर्दै पुुनः जग्गा प्राप्तीका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

नेपालगन्ज क्षेत्रको विकासमा आफूले अभिभावकत्व लिदै आएको उल्लेख गर्दै यस क्षेत्रको आर्थिक विकासमा योगदान पुगोस भनेर नै नेपालगन्ज गुलरिया सडक लगायतका विभिन्न परियोजना अघि बढाउन आफूले पहल गरेको पनि स्मरण गरे । कार्यक्रममा प्रतिनिधिसभा सदस्यकिशोरसिंह राठौरले देशमा केही पनि पनि विकास नभएको र नेताहरुलाई गाली गर्ने गलत प्रवृत्ति रहेको बताए । उनले बहुदलीय व्यवस्था यता देशका कुनाकाप्चामा विकासको पुगेको दाबी गरे ।

अर्का प्रतिनिधिसभा सदस्य दीपा शर्माले भने संघीयतापछि नेपालगन्ज मारमा परेको बताइन् । उनले यस क्षेत्रको विकासका लागि आफूले हातेमालो गरेर अभिभावकत्व लिने प्रतिबद्धता जनाइन् । नेपाल उद्योग वाणिज्य महासंघ सदस्य अब्दुल वाहिद मन्सुरीले प्रमुख अतिथि प्रचण्डको ध्यानाकर्षण गराउँदै बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नका लागि पहल गर्न आग्रह गरे ।

उनले भन्सार दर परिवर्तन गर्न र आयात गरिने खाद्यान्न दैनिक उपभोग्य बस्तुमा कर नलगाउन पनि सरकारकोे ध्यानाकर्षण गरेका थिए । नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले संघीयताले मारमा परेको नेपालगन्ज क्षेत्रको विकासमा संघीय सरकारले पनि बेवास्ता गरेको भन्दै दुःख व्यक्त गरे । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका देवेन्द्र पाण्डेले आर्थिक मन्दीका बेला आयोजना गरिने मेला महोत्सवबाट उद्योगी व्यवसायीलाई राहात मिल्ने बताएका थिए ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले महोत्सवको सफलताको कामना गर्दै मिडियाले कभरेज गर्न सबै सञ्चारमाध्यम र पत्रकारसँग आग्रह गरे । संघका अध्यक्ष टंकबहादुर धामीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा महिला उपाध्यक्ष मन्दिरा पाण्डेको स्वागत मन्तव्य, महासचिव भीमबहादुर रानाभाट र परामर्शदाता ओविराज आचार्यले सञ्चालन गरेका थिए ।

महोत्सवको उद्घाटन हुनु अघि संघको त्रिभुवन चोकस्थित कार्यालय नजिकबाट सुरु भएर एक जोर हात्तीसहित, साँस्कृतिक, धार्मिक पहिचान, परम्परागत भेषभुषासहितको झाँकीबाट गरेर महोत्सव प्रदर्र्शनीस्थल सडक विभाग परिसरसम्म शोभा यात्रा गरिएको थियो । महोत्सवको पहिलो दिन जनवादी गायक जीवन शर्माले सिमली छाँयामा बसी..., झरनाको चिसो पानी..., मधेशी पहाडीजस्ता आधा दर्जन गीत गाएका थिए ।

अर्का गायक भगिरथ चलाउनेले पनि फलाम पिटे तरवार जस्ता गीतबाट मनोरञ्जन प्रदान गरेका थिए । महोत्सव प्रचार उप-समितिका संयोजक डम्बरबहादुर चन्दका अनुसार महोत्सवमा हरेक दिन ख्याती प्राप्त राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारको गीत, नृत्य, लाइभ दोहोरी र हास्यव्यङ्गसहितको बेजोड सांस्कृतिक प्रस्तुती हुनेछ । एकल नृत्य प्रतियोगिता सम्बन्धी अन्तरविद्यालय नृत्य तारा-२०८१ पनि हुँदैछ ।

आगामी २२ माघसम्म सञ्चालन हुने महोत्सवमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा उत्पादित खाद्य वस्तु र जडीबुटी, कृषि, पर्यटन, अटो मोबाइल्सल,सूचना तथा विज्ञान प्रविधि सम्बन्धी ३० वटासमेत गरी ३५० वटा स्टल रहेका छन् । महोत्सवको मुख्य आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघ, आयोजक नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं, सह-आयोजक नेपाल उद्योग महासंघ लुम्बिनी प्रदेश रहेको छ । क्यान महासंघ बाँकेले सहकार्य गरेको छ । मुख्य प्रायोजक के.एल.दुगड ग्रुप रहेको छ ।

त्यसैगरी महोत्सवको प्रबद्र्धकमा व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र काठमाडौं, जिल्ला समन्वय समिति बाँके, नेपाल पर्यटन बोर्ड, बाँकेका ८ वटै स्थानीय तह (नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, डुडुवा गाउँपालिका, राप्ती सोनारी गाउँपालिका, नरैनापुर गाउँपालिका) रहेका छन् । 
 


प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  २२:४४
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
‘महिला उद्यमीलाई अगाडी बढाउन नीतिगत काम गरिरहेका छौं' : अध्यक्ष ज्ञवाली  
‘महिला उद्यमीलाई अगाडी बढाउन नीतिगत काम गरिरहेका छौं' : अध्यक्ष ज्ञवाली   बुधबार, साउन २८, २०८२
महिला उद्यमी महासंघको लुम्बिनी प्रदेश स्तरिय समिति बिस्तार 
महिला उद्यमी महासंघको लुम्बिनी प्रदेश स्तरिय समिति बिस्तार  बुधबार, साउन २८, २०८२
महिला उद्यमी संघ बाँकेको अध्यक्षमा रेवती सिंह
महिला उद्यमी संघ बाँकेको अध्यक्षमा रेवती सिंह बुधबार, साउन २८, २०८२
महिला उद्यमी संघ कोहलपुरमा अञ्जना पाण्डे
महिला उद्यमी संघ कोहलपुरमा अञ्जना पाण्डे बुधबार, साउन २८, २०८२
जुम्लामा काँचोमै टिप्न थालियो स्याउ, ठुलो परिमाणको स्याउ बरामद
जुम्लामा काँचोमै टिप्न थालियो स्याउ, ठुलो परिमाणको स्याउ बरामद मंगलबार, साउन २७, २०८२
नेपालगन्ज-दिल्ली सिधा उडानलाई ओलीको भ्रमण एजेण्डामा राख्न माग
नेपालगन्ज-दिल्ली सिधा उडानलाई ओलीको भ्रमण एजेण्डामा राख्न माग आइतबार, साउन २५, २०८२
कर्णाली विकास बैंक घोटाला प्रकरणका मुख्य आरोपी कारागार चलान 
कर्णाली विकास बैंक घोटाला प्रकरणका मुख्य आरोपी कारागार चलान  बिहीबार, साउन २२, २०८२
कर्णाली बैँकको रकम घोटालामा संलग्न अभियुक्त विरुद्ध मुद्दा दर्ता 
कर्णाली बैँकको रकम घोटालामा संलग्न अभियुक्त विरुद्ध मुद्दा दर्ता  बुधबार, साउन १४, २०८२
नेप्से परिसूचक ३० अंकले बढ्यो
नेप्से परिसूचक ३० अंकले बढ्यो मंगलबार, साउन १३, २०८२
लोकप्रीय
  • Week
  • Month
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
ब्यवस्थित गरिदै बैजनाथ गाउँपालिकाको सेवा प्रवाह
ब्यवस्थित गरिदै बैजनाथ गाउँपालिकाको सेवा प्रवाह
नेपालगन्ज-दिल्ली सिधा उडानलाई ओलीको भ्रमण एजेण्डामा राख्न माग
नेपालगन्ज-दिल्ली सिधा उडानलाई ओलीको भ्रमण एजेण्डामा राख्न माग
महिला उद्यमी संघ बाँकेको अध्यक्षमा रेवती सिंह
महिला उद्यमी संघ बाँकेको अध्यक्षमा रेवती सिंह
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
पुर्वाधार निर्माणले फेरिदै राप्ती सोनारी
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
राप्ती सोनारीमा ‘पोषणमैत्री स्थानीय शासन’ घोषणा प्रक्रिया अगाडी बढाउन सामुहिक प्रतिवद्धता  
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्