Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • नेपालगन्जमा मस्तिष्क घात सम्बन्धी ‘स्ट्रोक मास्टरक्लास’ 
नेपालगन्जमा मस्तिष्क घात सम्बन्धी ‘स्ट्रोक मास्टरक्लास’ 
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, माघ २६, २०८१

नेपालगन्ज : मस्तिष्क घात (स्ट्रोक) सम्बन्धी महत्वपूर्ण चिकित्सा ज्ञान आदानप्रदान गर्ने उद्देश्यले आयोजित ‘स्ट्रोक मास्टरक्लास’ कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । नेपाल स्ट्रोक एसोसियन र नेपाल स्ट्रोक प्रोजेक्टको आयोजना, नेपालगन्ज न्यूरो एण्ड जनरल हस्पिटलको सहकार्यमा उक्त कार्यक्रम नेपालगन्ज न्यूरो एण्ड जनरल हस्पिटलमा भएको हो ।

पश्चिम नेपाल मै नेपालगन्ज न्यूरो एण्ड जनरल हस्पिटल पहिलो न्यूरो डेडिकेटेड अस्पताल हो र यस्तो कार्यक्रम पहिलो पटक सञ्चालन भएको हो । कार्यक्रममा न्यूरोसँग सम्बन्धित चिकित्सक, फिजिसियन, फिजियोथेरापिस्ट तथा अन्य स्वास्थ्यकर्मीको उपस्थिती रहेको थियो । सहभागीले नयाँ अनुसन्धान, प्रभावकारी उपचार पद्धति र न्यूरोलोजी क्षेत्रमा भएका नवीनतम उपलब्धिका बारेमा स्पिकरहरुबाट विस्तृत जानकारी पाएका थिए ।

मस्तिष्कघात भएका विरामीहरुको उपचारमा चिकित्सकहरुको समन्वयको अत्यन्त आवश्यक पर्ने र गोल्डेन समय भित्रमा उसको उपचार एवं ब्यवस्थापन हुन सकेको खण्डमा विरामीहरुलाई धेरै क्षति हुनबाट जोगाउन सकिने भएकोले यस प्रकारको छलफल एवं अन्तरकृया आवश्यक भएको हुँदा सन् २०१८ देखि ‘स्ट्रोक मास्टरक्लास’ विभिन्न सहरमा सञ्चालन हुँदै आएको छ । नेपालगन्जमा यो कार्यक्रमको छैठौं संस्करण हो ।

कार्यक्रममा न्यूरोलोजी तथा मस्तिष्क स्वास्थ्यमा काम गर्ने ७ जना प्रतिष्ठित चिकित्सक तथा अनुसन्धानकर्ताहरू कन्सल्टेन्ट न्युरो फिजिसियन डा. अभिषेक मान श्रेष्ठ, रेडियोलोजिस्ट डा. प्रदेश घिमिरे, नेपाल स्ट्रोक एसोसियसनका प्रेसिडेन्ट कन्सलटेन्ट न्युरोलोजिस्ट डा. राजु पौडेल, रेस क्यु कि ग्लोबल म्यानेजर रुपल सेदानी, कन्सल्टेन्ट न्युरो सर्जन डा. जोशन न्यौपाने, न्युरो फिजियोथेरापिस्ट बिस्वास श्रेष्ठ र सिनियर कन्सल्टेन्ट न्युरोलोजिस्ट डा. लेखजंग थापाले स्ट्रोक सम्बन्धी सचेतना, स्ट्रोकको रोकथाम, प्रारम्भिक पहिचान, आधुनिक उपचार प्रविधिहरू र दीर्घकालीन पुनर्वासको विषयमा आफ्ना प्रेसेन्टेसन राखेका थिए ।

कार्यक्रममा गहन छलफल, विशेषज्ञ विचारहरू तथा अन्तरक्रियात्मक सत्रहरू रहेको थियो । जसले सहभागीहरूलाई स्ट्रोक व्यवस्थापनका महत्वपूर्ण पक्षहरू बुझ्न सहयोग गरेको थियो । वक्ताहरूले प्रारम्भिक पहिचानदेखि नवीनतम चिकित्सा प्रविधिहरूसम्मका विषयहरू कभर गर्दै  समयमा नै उपचार तथा उचित हेरचाहको महत्वलाई उजागर गरेका थिए ।

स्ट्रोक मस्तिष्कमा रक्तसञ्चार अवरुद्ध हुँदा हुने गम्भीर चिकित्सा अवस्था हो, जसले शरीरको कुनै एक भागलाई अचल बनाउने, बोली क्षमतामा असर गर्ने, स्मृतिभ्रम गराउने जस्ता समस्या निम्त्याउन सक्छ । विश्वको परिप्रेक्षमा हेर्दा हरेक वर्ष एक करोड तीस लाख मानिसलाई मष्तिष्कघात हुन्छ र यसले गर्द वर्षेनी ५५ लाख  मानिसहरुलाई मृत्युको मुखमा पुर्याइरहेको छ ।  हरेक ६ सेकेन्डमा एकजनालाई मष्तिष्क घातले असर गर्दछ र हरेक ४ जनामा एक जनालाई मष्तिष्कको लक्षण देखिन्छ ।

संसारमा मष्तिष्कघात ९स्ट्रोक० मुटुको रोग पछी दोस्रो ठूलो मृत्युको कारण हो । यो आकडा हेर्दा मष्तिष्कघातको असर भयावह रुपमा देखिन्छ र खासगरी अल्पविकसीत र विकासोन्मुख देशमा सम्पूर्ण मष्तिष्कघात मध्ये ७०–८० मष्तिष्कघातका बिरामीहरु भटिन्छन् ।

सबै प्रस्तुती दिने स्पिकरहरुलाई भेरी अस्पताल नेपालगन्जका मेडिसिन विभाग प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले सर्टिफिकेट प्रदान गर्नुका साथै कार्यक्रम अत्यन्त फलदायी भएको र भेरी अस्पतालमा पनि स्ट्रोक उपचार युनिट संचालन गर्न पहल गर्ने प्रतिवद्धता जनाएका थिए । त्यस्तै नेशनल न्युरो सेन्टरकी सीइओ तथा नेपाल स्ट्रोक एशोसियसन प्रतिनिधि नुमा शर्माले एशोसियसनको बारेमा जानकारी गराएकी थिइन, भने कार्यक्रम सञ्चालन समिर मान श्रेष्ठले गरेका थिए । 
 


प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १५:२०
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु
बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु बुधबार, वैशाख १६, २०८३
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर  बुधबार, वैशाख ९, २०८३
‘कानुनी प्रक्रिया पुरा गरेरै गुणस्तरीय सेवा’ : सेन्ट्रल सिटी हस्पिटल
‘कानुनी प्रक्रिया पुरा गरेरै गुणस्तरीय सेवा’ : सेन्ट्रल सिटी हस्पिटल आइतबार, चैत २२, २०८२
नेपालगन्जमा क्यान्सर उपचारका नवीन प्रविधिबारे चिकित्सकहरुबीच अन्तरक्रिया
नेपालगन्जमा क्यान्सर उपचारका नवीन प्रविधिबारे चिकित्सकहरुबीच अन्तरक्रिया शुक्रबार, फागुन २९, २०८२
कौशल्यामा पत्रकारको गरियो निःशुल्क स्वास्थ्य जाँच
कौशल्यामा पत्रकारको गरियो निःशुल्क स्वास्थ्य जाँच शनिबार, माघ १०, २०८२
कौशल्या मेमोरियल अस्पतालमा पत्रकारको निःशुल्क स्वास्थ्य शिविर
कौशल्या मेमोरियल अस्पतालमा पत्रकारको निःशुल्क स्वास्थ्य शिविर शुक्रबार, माघ ९, २०८२
बैजनाथ-४ मा यसवर्ष पनि हात्ती पाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम
बैजनाथ-४ मा यसवर्ष पनि हात्ती पाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम बिहीबार, माघ ८, २०८२
बाँकेमा १६ औं पटक थालियो हात्तीपाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम  
बाँकेमा १६ औं पटक थालियो हात्तीपाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम   बिहीबार, माघ ८, २०८२
प्रेस युनियन लुम्बिनी र कौशल्या मेमोरियल अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता
प्रेस युनियन लुम्बिनी र कौशल्या मेमोरियल अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता सोमबार, पुस २८, २०८२
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्