Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • बाँके असफल हुँदा हात्तीपाइले रोग निवारण गर्ने सरकारको लक्ष्य प्रभावित 
बाँके असफल हुँदा हात्तीपाइले रोग निवारण गर्ने सरकारको लक्ष्य प्रभावित  पुनः औषधी खुवाउने अभियान फागुन ५ गतेदेखी सुरु गरिदै
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, माघ ३०, २०८१

नेपालगन्ज : बाँके जिल्ला असफल हुँदा हात्तीपाइले रोग निवारण घोषणा गर्ने सरकारको लक्ष्य नै प्रभावित भएको छ । बाँकेमा हात्तीपाइले रोगको जीवाणु समुदाय स्तरमा कायमै रहेका कारण सरकारको राष्ट्रिय कार्यक्रम नै प्रभावित बन्न पुगेको हो ।

सरकारले राष्ट्रिय अभियान अन्र्तगत बाँकेमा २०६६ सालदेखी हात्तीपाइले रोग विरुद्धको आमऔषधी सेवन कार्यक्रम सञ्चालन गर्दैै आएको थियो । तर, बाँकेमा हात्तीपाइले रोगको जीवाणु समुदाय स्तरमा यथावत रहेको पाइएपछि यसवर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विभागका उच्च अधिकारीकै संलग्नतामा अभियान सञ्चालन गर्न लागिएको छ । स्वास्थ्यकर्मीका  अनुसार एउटा वडामा ३ जना भन्दा बढी ब्यक्तीमा हात्तीपाइले रोगको जीवाणु रहेको पुष्टी भएमा त्यसले समुदाय स्तरमा जनस्वास्थ्य समस्याका रुपमा असर पुर्याउने सम्भावना हुन्छ ।

बाँकेको नेपालगन्ज, डुडुवा, र नरैनापुर र बैजनाथका केही वडाभित्र ३ जनाभन्दा बढी ब्यक्तिमा हात्तीपाइले रोगको जीवाणु भेटिएको पुष्टी भइसकेको छ । स्वास्थ्य कार्यालय बाँकेले सन् २०२४ मा गरेको एक सर्वेक्षण अनुसार सबैभन्दा बढी नेपालगन्ज उपमहानगरपालिकामा हात्तीपाइले रोगका संक्रमित फेला परेका छन् । त्यसपछि डुडुवा, नरैनापुर र बैजनाथ रहेका छन् । कार्यालयको तथ्यांक अनुसार कुल १९ जना संक्रमित फेला परेको नेपालगन्ज उपमहानगरपालिकाभित्र वडा नम्बर १४ मा ४ जना, वडा नम्बर १५ मा ३ जना, वडा नम्बर १६ मा ३ जना, वडा नम्बर २१ मा ३ जना तथा वडा नम्बर ४ मा २ जना, वडा नम्बर २ मा १ जना, वडा नम्बर ११ मा १ जना, वडा नम्बर १३ मा १ जना र वडा नम्बर १७ मा १ जना रहेका छन् ।

यस्तै डुडुवा गाउँपालिकामा फेला परेका कुल ८ जना मध्ये वडा नम्बर २ का ६ जना तथा वडा नम्बर १ र ४ का १÷१ जना रहेका छन् । यसैगरी नरैनापुरमा फेला परेका कुल ७ जना संक्रमित मध्ये वडा नम्बर ३ र ५ मा २÷२ जना तथा वडा नम्बर २, ४ र ६ का १÷१ जना रहेका छन् । यसैगरी बैजनाथ गाउँपालिका वडा नम्बर ४ मा पनि ३ जना ब्यक्तीमा हात्तीपाइले रोगको संक्रमण रहेको पाइएको छ । 

नेपाल सरकारले यसअघि सन् २०२० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य राखेको थियो । उक्त समयभित्र रोग निवारण नभएपछि सरकारले कार्यक्रम प्रभावित भयो । अहिले पुनः सन् २०३० सम्ममा निवारण गर्ने सरकारको लक्ष्य छ । यसका लागि सन् २०२५ भित्रमा मापदण्ड अनुसार आम रुपमा औषधी सेवन गराईसक्नुपर्छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेका अनुसार बाँकेसँगै अभियान सुरु गरेका मुलुकभरका अन्य ७६ वटा जिल्लालाई भने यसअघि नै हात्तीपाइले रोग निवारण भएको घोषणा गरिसकिएको छ । बाँकेमा रहेका ८ वटा स्थानीय तह मध्ये नेपालगन्ज, डुडुवा र नरैनापुरमा लक्ष्य अनुसारको आमऔषधी सेवन हुन सकेको छैन । बाँके जिल्ला हात्तीपाइले रोग निवारण घोषित हुन नसक्दा सिंगो राष्ट्रलाई नै घोषित गर्न नसकिएको डा. घिमिरेले बताए । 

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगतबहादुर शाहीले केही पालिकाभित्र रहेका वडामा हात्तीपाइले रोग विरुद्धको औषधी सेवन नगर्दा जिल्लालाई रोग निवारण गर्न नसकिएको बताए । ‘हात्तीपाइले रोग विरुद्धको औषधी सेवन नगरेकै कारण बाँके जिल्ला फेल भयो, अब पनि औषधी सेवन गर्नुको विकल्प छैन,’ उनले भने ‘पहिले हाम्रो शरिरमा धेरै मात्रामा हात्तीपाइले रोगको परजिवी थियो, अहिले कम भएको छ, तर पूर्ण रुपमा हटेको छैन ।’ हात्तीपाइले रोग निवारण गर्नमा बाँके जिल्ला अहिलेसम्म फेल भएको बताउँदै भने, ‘कम्पार्ड परिक्षा दिएर एसएलसीमा पास भएको जस्तै गरी अब एक पटक अन्तिम मौका छ, त्यो भनेको नै आम रुपमा सबैले औषधी सेवन गर्ने हो ।’

Angat-Shahai-1739376974.jpg
हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गर्दा स्वास्थ्यमा कुनै हानी, नोक्सानी नगर्ने शाहीले प्रष्ट्याए । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत रामकुमार महतोले औषधी नखादाँ बाँकेमा समुदाय स्तरमा हात्तीपाइले रोगको परजिवी फैलिने क्रममा रहेको बताए । नेपालगन्जका पत्रकारमाझ उनले अगाडी भने, ‘हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गरेपछि मात्र संक्रमण दर घट्ने हो, नत्र अझ बढ्ने जोखिम छ ।’  

सरकारले हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन अभियान सुरु गर्ने क्रममा बाँकेमा संक्रमण दर २२ प्रतिशत रहेकोमा अहिले २.५ प्रतिशतमा झरेको महाशाखाले जनाएको छ । बाँके जिल्लाका कारण राष्ट्रिय निवारण कार्यक्रम नै प्रभावित हुने भएपछि स्वास्थ्य मन्त्रालय र विभागले यसपटक अभियान सफल पार्न विशेष जोड दिएका छन् । जोखिममा रहेका बाँकेका यि वडामा सचेतनामुलक कार्यक्रमसँगै पुनः औषधी खुवाउने अभियान आगामी फागुन ५ गतेदेखी सुरु गरिदैछ ।

सर्बसाधारण नागरिकलाई हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गराउन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलसहित मन्त्रालय र विभागका उच्च अधिकारी समेत नेपालगन्ज आउने भएका छन् । स्वास्थ्य कार्यालय बाँकेका हात्तीपाइले रोग नियन्त्रण फोकल पर्सन दुर्गा गौतमका अनुसार फागुन ५ गते नेपालगन्ज र फागुन ७ गते डुडुवा, नरैनापुर तथा बैजनाथका जोखिमयुक्त वडामा औषधी खुवाइनेछ ।

२०६६ सालबाट खुवाउन सुरु गरिएको औषधी यसपटक समेत गरेर जोखिमयुक्त वडाहरुमा १४ औं पटक  खुवाइनेछ । बाँके जिल्लालाई हात्तीपाइले रोग निवारण गरिसकेपछि मात्र सिंगो नेपाललाई हात्तीपाइले रोग निवारण भएको घोषणा गर्ने सरकारको योजना छ । 


प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  २२:०२
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
नेपालगन्जमा क्यान्सर उपचारका नवीन प्रविधिबारे चिकित्सकहरुबीच अन्तरक्रिया
नेपालगन्जमा क्यान्सर उपचारका नवीन प्रविधिबारे चिकित्सकहरुबीच अन्तरक्रिया शुक्रबार, फागुन २९, २०८२
कौशल्यामा पत्रकारको गरियो निःशुल्क स्वास्थ्य जाँच
कौशल्यामा पत्रकारको गरियो निःशुल्क स्वास्थ्य जाँच शनिबार, माघ १०, २०८२
कौशल्या मेमोरियल अस्पतालमा पत्रकारको निःशुल्क स्वास्थ्य शिविर
कौशल्या मेमोरियल अस्पतालमा पत्रकारको निःशुल्क स्वास्थ्य शिविर शुक्रबार, माघ ९, २०८२
बैजनाथ-४ मा यसवर्ष पनि हात्ती पाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम
बैजनाथ-४ मा यसवर्ष पनि हात्ती पाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम बिहीबार, माघ ८, २०८२
बाँकेमा १६ औं पटक थालियो हात्तीपाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम  
बाँकेमा १६ औं पटक थालियो हात्तीपाइले रोग विरुद्धको औषधी सेवन कार्यक्रम   बिहीबार, माघ ८, २०८२
प्रेस युनियन लुम्बिनी र कौशल्या मेमोरियल अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता
प्रेस युनियन लुम्बिनी र कौशल्या मेमोरियल अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता सोमबार, पुस २८, २०८२
खजुराको निःशुल्क आँखा र कान शिविरमा ४ सय ८९ जनाले लिए सेवा
खजुराको निःशुल्क आँखा र कान शिविरमा ४ सय ८९ जनाले लिए सेवा मंगलबार, पुस ८, २०८२
पत्रकार महासंघले गर्यो ३० पिन्ट रगत संकलन, रक्तदाता जयसवाल सम्मानित
पत्रकार महासंघले गर्यो ३० पिन्ट रगत संकलन, रक्तदाता जयसवाल सम्मानित आइतबार, पुस ६, २०८२
'जिउँदो शिशुलाई मृत घोषणा गरेको' घटनाबारे  यस्तो छ भेरी अस्पतालको धारणा 
'जिउँदो शिशुलाई मृत घोषणा गरेको' घटनाबारे यस्तो छ भेरी अस्पतालको धारणा  शुक्रबार, पुस ४, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस प्रदेश सभापति पुनले खजुरामा खोल्दै नागरिक सम्पर्क कार्यालय
कांग्रेस प्रदेश सभापति पुनले खजुरामा खोल्दै नागरिक सम्पर्क कार्यालय
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्