Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • बाँके असफल हुँदा हात्तीपाइले रोग निवारण गर्ने सरकारको लक्ष्य प्रभावित 
बाँके असफल हुँदा हात्तीपाइले रोग निवारण गर्ने सरकारको लक्ष्य प्रभावित  पुनः औषधी खुवाउने अभियान फागुन ५ गतेदेखी सुरु गरिदै
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, माघ ३०, २०८१

नेपालगन्ज : बाँके जिल्ला असफल हुँदा हात्तीपाइले रोग निवारण घोषणा गर्ने सरकारको लक्ष्य नै प्रभावित भएको छ । बाँकेमा हात्तीपाइले रोगको जीवाणु समुदाय स्तरमा कायमै रहेका कारण सरकारको राष्ट्रिय कार्यक्रम नै प्रभावित बन्न पुगेको हो ।

सरकारले राष्ट्रिय अभियान अन्र्तगत बाँकेमा २०६६ सालदेखी हात्तीपाइले रोग विरुद्धको आमऔषधी सेवन कार्यक्रम सञ्चालन गर्दैै आएको थियो । तर, बाँकेमा हात्तीपाइले रोगको जीवाणु समुदाय स्तरमा यथावत रहेको पाइएपछि यसवर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विभागका उच्च अधिकारीकै संलग्नतामा अभियान सञ्चालन गर्न लागिएको छ । स्वास्थ्यकर्मीका  अनुसार एउटा वडामा ३ जना भन्दा बढी ब्यक्तीमा हात्तीपाइले रोगको जीवाणु रहेको पुष्टी भएमा त्यसले समुदाय स्तरमा जनस्वास्थ्य समस्याका रुपमा असर पुर्याउने सम्भावना हुन्छ ।

बाँकेको नेपालगन्ज, डुडुवा, र नरैनापुर र बैजनाथका केही वडाभित्र ३ जनाभन्दा बढी ब्यक्तिमा हात्तीपाइले रोगको जीवाणु भेटिएको पुष्टी भइसकेको छ । स्वास्थ्य कार्यालय बाँकेले सन् २०२४ मा गरेको एक सर्वेक्षण अनुसार सबैभन्दा बढी नेपालगन्ज उपमहानगरपालिकामा हात्तीपाइले रोगका संक्रमित फेला परेका छन् । त्यसपछि डुडुवा, नरैनापुर र बैजनाथ रहेका छन् । कार्यालयको तथ्यांक अनुसार कुल १९ जना संक्रमित फेला परेको नेपालगन्ज उपमहानगरपालिकाभित्र वडा नम्बर १४ मा ४ जना, वडा नम्बर १५ मा ३ जना, वडा नम्बर १६ मा ३ जना, वडा नम्बर २१ मा ३ जना तथा वडा नम्बर ४ मा २ जना, वडा नम्बर २ मा १ जना, वडा नम्बर ११ मा १ जना, वडा नम्बर १३ मा १ जना र वडा नम्बर १७ मा १ जना रहेका छन् ।

यस्तै डुडुवा गाउँपालिकामा फेला परेका कुल ८ जना मध्ये वडा नम्बर २ का ६ जना तथा वडा नम्बर १ र ४ का १÷१ जना रहेका छन् । यसैगरी नरैनापुरमा फेला परेका कुल ७ जना संक्रमित मध्ये वडा नम्बर ३ र ५ मा २÷२ जना तथा वडा नम्बर २, ४ र ६ का १÷१ जना रहेका छन् । यसैगरी बैजनाथ गाउँपालिका वडा नम्बर ४ मा पनि ३ जना ब्यक्तीमा हात्तीपाइले रोगको संक्रमण रहेको पाइएको छ । 

नेपाल सरकारले यसअघि सन् २०२० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य राखेको थियो । उक्त समयभित्र रोग निवारण नभएपछि सरकारले कार्यक्रम प्रभावित भयो । अहिले पुनः सन् २०३० सम्ममा निवारण गर्ने सरकारको लक्ष्य छ । यसका लागि सन् २०२५ भित्रमा मापदण्ड अनुसार आम रुपमा औषधी सेवन गराईसक्नुपर्छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेका अनुसार बाँकेसँगै अभियान सुरु गरेका मुलुकभरका अन्य ७६ वटा जिल्लालाई भने यसअघि नै हात्तीपाइले रोग निवारण भएको घोषणा गरिसकिएको छ । बाँकेमा रहेका ८ वटा स्थानीय तह मध्ये नेपालगन्ज, डुडुवा र नरैनापुरमा लक्ष्य अनुसारको आमऔषधी सेवन हुन सकेको छैन । बाँके जिल्ला हात्तीपाइले रोग निवारण घोषित हुन नसक्दा सिंगो राष्ट्रलाई नै घोषित गर्न नसकिएको डा. घिमिरेले बताए । 

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगतबहादुर शाहीले केही पालिकाभित्र रहेका वडामा हात्तीपाइले रोग विरुद्धको औषधी सेवन नगर्दा जिल्लालाई रोग निवारण गर्न नसकिएको बताए । ‘हात्तीपाइले रोग विरुद्धको औषधी सेवन नगरेकै कारण बाँके जिल्ला फेल भयो, अब पनि औषधी सेवन गर्नुको विकल्प छैन,’ उनले भने ‘पहिले हाम्रो शरिरमा धेरै मात्रामा हात्तीपाइले रोगको परजिवी थियो, अहिले कम भएको छ, तर पूर्ण रुपमा हटेको छैन ।’ हात्तीपाइले रोग निवारण गर्नमा बाँके जिल्ला अहिलेसम्म फेल भएको बताउँदै भने, ‘कम्पार्ड परिक्षा दिएर एसएलसीमा पास भएको जस्तै गरी अब एक पटक अन्तिम मौका छ, त्यो भनेको नै आम रुपमा सबैले औषधी सेवन गर्ने हो ।’

Angat-Shahai-1739376974.jpg
हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गर्दा स्वास्थ्यमा कुनै हानी, नोक्सानी नगर्ने शाहीले प्रष्ट्याए । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत रामकुमार महतोले औषधी नखादाँ बाँकेमा समुदाय स्तरमा हात्तीपाइले रोगको परजिवी फैलिने क्रममा रहेको बताए । नेपालगन्जका पत्रकारमाझ उनले अगाडी भने, ‘हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गरेपछि मात्र संक्रमण दर घट्ने हो, नत्र अझ बढ्ने जोखिम छ ।’  

सरकारले हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन अभियान सुरु गर्ने क्रममा बाँकेमा संक्रमण दर २२ प्रतिशत रहेकोमा अहिले २.५ प्रतिशतमा झरेको महाशाखाले जनाएको छ । बाँके जिल्लाका कारण राष्ट्रिय निवारण कार्यक्रम नै प्रभावित हुने भएपछि स्वास्थ्य मन्त्रालय र विभागले यसपटक अभियान सफल पार्न विशेष जोड दिएका छन् । जोखिममा रहेका बाँकेका यि वडामा सचेतनामुलक कार्यक्रमसँगै पुनः औषधी खुवाउने अभियान आगामी फागुन ५ गतेदेखी सुरु गरिदैछ ।

सर्बसाधारण नागरिकलाई हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गराउन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलसहित मन्त्रालय र विभागका उच्च अधिकारी समेत नेपालगन्ज आउने भएका छन् । स्वास्थ्य कार्यालय बाँकेका हात्तीपाइले रोग नियन्त्रण फोकल पर्सन दुर्गा गौतमका अनुसार फागुन ५ गते नेपालगन्ज र फागुन ७ गते डुडुवा, नरैनापुर तथा बैजनाथका जोखिमयुक्त वडामा औषधी खुवाइनेछ ।

२०६६ सालबाट खुवाउन सुरु गरिएको औषधी यसपटक समेत गरेर जोखिमयुक्त वडाहरुमा १४ औं पटक  खुवाइनेछ । बाँके जिल्लालाई हात्तीपाइले रोग निवारण गरिसकेपछि मात्र सिंगो नेपाललाई हात्तीपाइले रोग निवारण भएको घोषणा गर्ने सरकारको योजना छ । 


प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  २२:०२
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
पूर्वसचिव डा. संगीता मिश्राविरूद्ध भ्रष्टाचार मुद्दा दायर
पूर्वसचिव डा. संगीता मिश्राविरूद्ध भ्रष्टाचार मुद्दा दायर आइतबार, कात्तिक २, २०८२
स्वास्थ्यपेज डटकम छैठौं वर्षमा प्रवेश,  विशेष कार्यक्रम आयोजना
स्वास्थ्यपेज डटकम छैठौं वर्षमा प्रवेश, विशेष कार्यक्रम आयोजना शनिबार, कात्तिक १, २०८२
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता आइतबार, असोज २६, २०८२
स्वास्थ्यमा बैजनाथको छलाङ, नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा
स्वास्थ्यमा बैजनाथको छलाङ, नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा मंगलबार, असोज १४, २०८२
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ को शिविर, ३ सय ५० बढीले लिए सेवा
नरैनापुरमा कांग्रेस क्षेत्र नम्बर १ को शिविर, ३ सय ५० बढीले लिए सेवा सोमबार, भदौ २, २०८२
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन्
भेरीका ‘साहसी’ डाक्टर, जसले मृत शरिरलाई नडराएरै चिफार गर्छन् शनिबार, साउन २४, २०८२
भेरी अस्पतालमा सुरु भयो विशेषज्ञ डाक्टरको पढाई
भेरी अस्पतालमा सुरु भयो विशेषज्ञ डाक्टरको पढाई बिहीबार, साउन २२, २०८२
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर शनिबार, साउन १७, २०८२
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा 
जसले १३५ वर्ष अगाडी सुरु गरेको थियो, ७ शैयाबाट सेवा  बिहीबार, साउन १५, २०८२
लोकप्रीय
  • Week
  • Month
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्