Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • ‘मेडिकल कलेज नै आमा सुरक्षा कार्यक्रम लागु गर्न चाहदैन’ : मेयर आचार्य 
‘मेडिकल कलेज नै आमा सुरक्षा कार्यक्रम लागु गर्न चाहदैन’ : मेयर आचार्य 
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, साउन २, २०८२

कोहलपुर : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले ‘आमा सुरक्षा कार्यक्रम’ लागु गर्नै नचाहेको कोहलपुर नगरपालिकाले आरोप लगाएको छ । नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । नगरपालिकाले अस्पतालसँग दुई वर्षीय सम्झौता गरि आमा सुरक्षा (प्रसूति सेवा) कार्यक्रम यसअघि सञ्चालन भइरहेको थियो । 

आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ लागि गरिएको सम्झौता २०८२ असार मसान्तदेखि सकिएको छ । ‘आमा सुरक्षा कार्यक्रम सञ्चालन स्वीकृत प्राप्त उक्त अस्पतालले आमा तथा नवजात शिशु सुरुक्षा कार्यक्रम निर्देशिका-२०७८ को परिच्छेद ६ अनुसार कम्तीमा तीन महिना अगावै कार्यक्रम नवीकरणका लागि अनुसूची १३ बमोजिम दस्तावेजसहित स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखामा निवेदन पेश गर्नुपर्ने उल्लेख छ, निर्देशिका अनुसार निवेदन प्राप्त भएको ३५ दिनभित्र अनुगमन गरि प्रतिवेदन पेश गरेको १ महिनाभित्र नवीकरण गर्नुपर्नेमा अस्पतालले यो सबै प्रक्रियालाई मिचेर मिति २०८२ साल असार १३ गते मात्रै कोहलपुर नगरपालिकालाई नवीकरण सम्झौताका लागि पत्र पठायो,’ नगरपालिकाद्धारा जारी प्रेस नोटमा भनिएको छ ।

स्थानीय सरकारले नवीकरण प्रक्रिया प्रारम्भ गर्नु अगाडी नै अस्पतालले २०८२ असार ३२ गते आफैले सार्वजनिक सूचना निकालेर साउन १ गतेदेखि आमा सुरक्षा कार्यक्रम (प्रसूति सेवा) स्थगन गरेर नागरिकप्रति अत्यन्तै अमानवीय व्यवहार प्रदर्शन गरेको उनले बताए । यसअघि नै आमा सुरक्षा कार्यक्रम प्रभावकारी रुपले सञ्चालन गर्न नसकेको उक्त अस्पतालले साउन १ गतेदेखी कार्यक्रम नै बन्द गरेर गरिव तथा विपन्न नागरिकसँग महंगो शुल्क असुल्ने चेष्टा गरेको नगरपालिकाको ठहर छ । 

‘सुत्केरी तथा गर्भवती महिलाहरुको स्वास्थ्य सुरक्षा, उपचार सेवा र आर्थिक सहायताको व्यवस्थापन गर्ने उद्देश्यका साथ नेपाल सरकारले आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्दै आएको सर्वविदिदै छ,’ मेयर आचार्यले भने, ‘सुत्केरी तथा गर्भवती महिलाको मृत्यु दर घटाउने, सुरक्षित प्रसूति सेवा सुनिश्चि गर्ने र स्वास्थ्य संस्थामा प्रसूति गराउन यो कार्यक्रमले प्रोत्साहन समेत गर्दै आएको छ, तर मेडिकल कलेजले भित्री रुपमा आमा सुरक्षा कार्यक्रम लागु गर्न नै चाहन्न ।’

मेडिकल कलेजमा नयाँ व्यवस्थापन आएसँगै २०८१ सालदेखि शल्यक्रिया, प्रयोगशाला र अन्य जाँच पड्तालमा २० देखि ३ सय प्रतिशतसम्म शुल्क सेवा बृद्धि गरि आमनागरिकलाई आर्थिक व्ययभार थप्ने कार्य गरेको नगरपालिकाको आरोप छ । यसको मार सबैभन्दा बढी विपन्न नागरिकहरुले खेप्न बाध्य भएको मेयर आचार्यले बताए । ‘विपन्न नागरिक औषधी उपचार निर्देशिका अन्तरगत कोहलपुर लगायत अन्य जिल्लाबाट आउने बिरामीहरुको जाँचपड्तालमा समेत अस्पतालले शुल्क लिने गरेको र कतिपय सवालहरुमा इमरजेन्सी भनेर डायलाइसिसको समेत शुल्क लिने गरेको बिरामीबाट गुनासो आइरहेको छ,’ आचार्यले थपे । 

जनस्वास्थ्य ऐन-२०७५ (संशोधन) को समेत पालना नगरी मेडिकल कलेजले अस्पतालजन्य फोहोर जथाभावी विर्सजन गरि आमनागरिकको स्वास्थ्यसँग खेलावड गर्दै आएको र बीमा कार्यक्रमबाट पनि बिरामीहरुले सहज तरिकाबाट सेवा नपाइरहेको गुनासो आईरहेको उनले बताए । श्रमिकको हकहित विपरीत गएर श्रमिक ऐनहरुको समेत चरम वेवास्ता गरेर श्रमिकलाई दुःख दिँदै आएको गुनासो पनि आइरहेको सुनाए । 

‘जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएका यी तमाम विषयसँग अस्पताल प्रशासनको ध्यानाकर्षण गराउने र छलफलका लागि प्रयास गर्दा पनि अस्पताल व्यवस्थापन पक्ष उल्टै स्थानीय सरकारको अपमान गर्ने गरि सार्वजनिक ठाउँमा धारणा प्रस्तुत गर्ने, सरकार केही पनि होइन भन्ने जस्ता अभिव्यक्ती दिँदै हिड्ने गरेको पाइएको छ, नागरिकको स्वास्थ्य सुरक्षा सम्वन्धी बनेका ऐन, कानूनलाई चुनौती दिई सामाजिक भावना नभइ व्यापारिक व्यवहार प्रदर्शन गर्दै सरकारले गरेको सम्झौताको पटकपटक मेडिकल कलेजबाट ठाडो उल्लंघन हुँदै आएको छ,’ नगरपालिकाले विज्ञप्तीमा उल्लेख गरेको छ । 

मेडिकल कलेजले आमा सुरक्षा कार्यक्रम बन्द गरेपछि यही साउन १ गतेदेखि नै नगरको वडा नम्बर ११ स्थित नगर अस्पताल र वडा नम्बर १५ मा रहेको नगर स्वास्थ्य प्रर्वधन केन्द्र अकलघरुवा बाट चौविसैं घण्टा दिँदै आएको प्रसूति सेवालाई थप स्तरीय र सुरक्षित रुपमा सञ्चालन गरिरहेको नगरपालिकाले जनाएको छ । 

सोही कार्यक्रम अन्तर्गत निःशुल्क एम्बुलेन्स सेवा समेत प्रदान गर्दै आएको र नगर अस्पताल तथा नगर स्वास्थ्य प्रवर्धन केन्द्रमा सुत्केरी हुन नसकेको खण्डमा गर्भवती महिलालाई तत्काल भेरी अस्पतालसम्म लैजाने र त्यहाँबाट घरसम्म पुर्याउने व्यवस्था मिलाइएको मेयर आचार्यले बताए । ‘नगरपालिका सुरक्षित तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि अत्यन्तै गम्भीर र जिम्मेवार रहेको स्मरण गराउन चाहन्छौं, छिटो छरितो र सहज उपचार सेवा प्रदान गर्ने सवालमा हामी प्रतिवद्ध पनि छौं,’ उनले भने ।

मेडिकल कलेजले नवजात शिशु सुरक्षा कार्यक्रमका लागि सम्झौता गरि कार्यान्वयन गर्नुपर्ने, अस्पताल स्थापना हुँदाका बखत गरिएका सम्झौताहरु पूर्णरुपमा कार्यान्वयन गरिनुपर्ने, नेपाल सरकारसँग मेडिकल कलेजले सम्झौता गरि लिएको कोहलपुर नगरपालिका वडा नम्बर ५ एनसिसिएनस्थित ५ विघा ९ कठ्ठा जग्गा हाल कुनै प्रयोजनमा नआएको देखिएकाले उक्त जग्गा सरकारी संरचना निर्माणका लागि सरकारलाई नै फिर्ता गर्नुपर्ने विषयमा विषयमा कलेज तथा अस्पताल प्रशासन सकारात्मक भएमा छलफल गर्न सकिने मेयर आचार्यले प्रष्ट्याए ।

मेडिकल कलेजले अस्वभाविक ढंगबाट बढाएको सेवा शुल्क (२० देखि ३ सय प्रतिशत सम्म) तत्काल घटाउनुपर्ने, श्रम ऐनको पुर्णतया लागु गरिनुपर्ने, नेपाल सरकारको नीति अनुसार विपन्न नागरिकलाई १० प्रतिशत निःशुल्क उपचार गर्नुपर्ने व्यवस्थालाई कडाईका साथ कार्यान्वयन गर्नुपर्ने र औषधिजन्य फोहोर उचित व्यवस्थापन गर्नुपर्ने पनि नगरपालिकाको अडान राखेको छ । 


प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  २१:०८
प्रतिक्रिया दिनुहोस्
थप विशेष
तराई मधेशमा आज मनाइँदै होली पर्व
तराई मधेशमा आज मनाइँदै होली पर्व मंगलबार, फागुन १९, २०८२
बाँके क्षेत्र नम्बर २ मा जित नजिक पुगिसकेको कांग्रेसको उद्घोष
बाँके क्षेत्र नम्बर २ मा जित नजिक पुगिसकेको कांग्रेसको उद्घोष सोमबार, फागुन १८, २०८२
हिमालय बिद्या निकेतनलाई चौथो उप-प्रमुख कप बैजनाथ गाउँपालिका स्तरिय खेलकुद उपाधी 
हिमालय बिद्या निकेतनलाई चौथो उप-प्रमुख कप बैजनाथ गाउँपालिका स्तरिय खेलकुद उपाधी  बिहीबार, माघ ८, २०८२
बाँकेका तीन क्षेत्रमा ६१ जना उम्मेदवारको मनोनयन दर्ता-(नामावली सहित)
बाँकेका तीन क्षेत्रमा ६१ जना उम्मेदवारको मनोनयन दर्ता-(नामावली सहित) मंगलबार, माघ ६, २०८२
'चौथो उपप्रमुख कप खेलकुद प्रतियोगिता' भब्य उद्घाटन-(फोटो फिचर)
'चौथो उपप्रमुख कप खेलकुद प्रतियोगिता' भब्य उद्घाटन-(फोटो फिचर) आइतबार, माघ ४, २०८२
कांग्रेस सक्किने बाटो तय गर्नु बिडम्वना
कांग्रेस सक्किने बाटो तय गर्नु बिडम्वना बुधबार, पुस ३०, २०८२
'कांग्रेस भित्रको आन्तरिक द्धन्द्धको परिणाम निष्पट्ट उजाडै-उजाड मात्र हो'
'कांग्रेस भित्रको आन्तरिक द्धन्द्धको परिणाम निष्पट्ट उजाडै-उजाड मात्र हो' बुधबार, पुस २३, २०८२
बैजनाथ गाउँपालिकाले कार्यक्षेत्रमा खटायो आफ्नै प्रहरी 
बैजनाथ गाउँपालिकाले कार्यक्षेत्रमा खटायो आफ्नै प्रहरी  मंगलबार, पुस २२, २०८२
बाघको आक्रमणबाट बाँकेको कुसुममा भण्डारीको मृत्यु
बाघको आक्रमणबाट बाँकेको कुसुममा भण्डारीको मृत्यु शनिबार, पुस १९, २०८२
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस प्रदेश सभापति पुनले खजुरामा खोल्दै नागरिक सम्पर्क कार्यालय
कांग्रेस प्रदेश सभापति पुनले खजुरामा खोल्दै नागरिक सम्पर्क कार्यालय
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्