Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
अर्थ
  • Home
  • अर्थ
  • बाँकेका संघीय कार्यालयको विकास बजेट ८६ प्रतिशत खर्च 
बाँकेका संघीय कार्यालयको विकास बजेट ८६ प्रतिशत खर्च 
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, साउन ४, २०८२

नेपालगन्ज : बाँकेमा रहेका संघिय कार्यालयले ८६ प्रतिशत विकास बजेट (पुँजीगत) खर्च गरेको पाइएको छ । नेपालगन्जस्थित कोष तथा लेखा नियन्त्रण कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्म ति कार्यालयले उक्त बजेट खर्च गरेका हुन् । 

संघिय कार्यालयले पुँजीगत तर्फ ८ अर्ब १२ करोड ८८ लाख ९२ हजार ३ सय ६१ रुपैयाँ खर्च गरेका छन् । कोष तथा लेखा नियन्त्रण कार्यालय नेपालगन्जका प्रमुख कोष नियन्त्रक मोहन शरण भण्डारीका अनुसार ति कार्यालयले ९ अर्ब ४९ करोड २२ लाख ४६ हजार ५ सय रुपैयाँ अख्तियारी पाएका थिए । 

यस्तै चालूतर्फ १२ अर्ब ५६ करोड २७ लाख ६३ हजार २ सय ४१ रुपैयाँ अख्तियारी पाएकोमा ११ अर्ब ७६ करोड ५४ लाख ४७ हजार ९ सय ३७ रुपैयाँ  ५६ पैसा अर्थात ९४ प्रतिशत रकम खर्च गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा पुँजीगततर्फ ५ अर्ब ३१ करोड ३४ लाख ६४ हजार ९ सय ६९ रुपैयाँ अर्थात ८७ प्रतिशत र चालुतर्फ ११ अर्ब ३५ करोड ९८ लाख ३८ हजार ६ सय २१ रुपैयाँ अर्थात ९४ प्रतिशत बजेट खर्च भएको छ । 

बाँकेमा रहेका संघिय कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा पुँजीगत र चालूतर्फ गरी समग्र रुपमा २२ अर्ब ५ करोड ५० लाख ९ हजार ७ सय ४१ रुपैयाँ अख्तियारी पाएकोमा १९ अर्ब ८९ करोड ४३ लाख ४० हजार २ सय ९८ रुपैयाँ ६२ पैसा अर्थात ९० प्रतिशत बजेट खर्च गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय नेपालगन्जका प्रमुख कोष नियन्त्रक भण्डारीले जानकारी दिएका छन् । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा पुँजीगत र चालुतर्फ गरी १६ अर्ब ६७ करोड ३३ लाख ३ हजार ५ सय ९० रुपैयाँ अर्थात ९१ प्रतिशत बजेट खर्च भएको तथ्यांकमा उल्लेख छ । 

कोष तथा लेखा नियन्त्रण कार्यालय नेपालगन्जका सूचना अधिकारी(कोष नियन्त्रक) नारायण लम्सालका अनुसार संघिय कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा २७ अर्ब ९० करोड ७५ लाख २७ हजार ३ सय ४२ रुपैयाँ ९२ पैसा राजश्व संकलन गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा २५ अर्ब २ करोड १० लाख १८ हजार ५ सय २० रुपैयाँ ४७ पैसा र आर्थिक वर्ष २०७९/८० मा २४ अर्ब ५९ करोड २६ लाख ६९ हजार १ सय ३० रुपैयाँ १५ पैसा राजश्व संकलन भएको थियो । 

सबैभन्दा बढी बजेट खर्च गर्ने संघिय कार्यालय
संघिय कार्यालयतर्फ सबैभन्दा बढी हुलाकी सडक आयोजनाले बजेट खर्च गरेको देखिएको छ । उक्त आयोजनाले २ अर्ब ९७ करोड ६३ लाख १४ हजार बजेटको अख्तियारी पाएकोमा २ अर्ब ८९ करोड ५३ लाख ६९ हजार ५ सय ४९ रुपैयाँ अर्थात् ९७ प्रतिशत बजेट खर्च गरेको छ । उक्त कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा शत प्रतिशत बजेट खर्च गरेको थियो । 

यस्तै पूल योजना पश्चिम सेक्टर कार्यालयले १ अर्ब ५१ करोड ३६ लाख ९९ हजार अख्तियारी पाएकोमा १ अर्ब ४० करोड ८४ लाख ९१ हजार ९ सय ८२ रुपैयाँ (९३ प्रतिशत) खर्च भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा उक्त कार्यालयले ९९ प्रतिशत बजेट खर्च गरेको थियो । 

यसैगरी सिक्टा सिंचाई आयोजनाले १ अर्ब ५५ करोड ९८ लाख ३३ हजार अख्तियारी पाएकोमा १ अर्ब ३९ करोड १८ लाख ३९ हजार ६३(८९ प्रतिशत) खर्च गरेको पाइएको छ । आयोजना कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा शत प्रतिशत बजेट खर्च गरेको थियो । त्यस्तै डिभिजन सडक कार्यालयले १ अर्ब १ करोड ६४ लाख ५८ हजार अख्तियारी पाएकोमा ६३ करोड ७७ लाख १७ हजार ९ सय ७८ रुपैयाँ(६३ प्रतिशत) खर्च गरेको छ । यसअघि आर्थिक वर्ष २०८०/०८१ डिभिजन सडकले ८९ प्रतिशत बजेट खर्च गरेको थियो । 

संघिय आयोजना कार्यान्वयन इकाईले ८६ करोड ४७ लाख ३६ हजार ५ सय रुपैयाँ अख्तियारी पाएकोमा ३९ करोड ३८ लाख ५३ हजार ६ सय ९० रुपैयाँ(४६ प्रतिशत) बजेट खर्च गरेको पाइएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा उक्त कार्यालयले ३९ प्रतिशत मात्र बजेट खर्च गरेको थियो । 

त्यसैगरी संघिय खानेपानी तथा ढल ब्यवस्थापन कार्यालयले ६६ करोड ९७ लाख १० हजार रुपैयाँ अख्तियारी पाएकोमा ६५ करोड ४४ लाख ६० हजार ७ सय ४५ रुपैयाँ (९८) प्रतिशत बजेट खर्च गरेको छ । यसअघि आ.व. २०८०/०८१ मा उक्त कार्यालयले ९४ प्रतिशत रकम खर्च गरेको थियो । 


प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  २२:१०
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
प्रदेश कार्यालयले किन खर्च गर्न सकेनन् बजेट ?
प्रदेश कार्यालयले किन खर्च गर्न सकेनन् बजेट ? सोमबार, साउन ५, २०८२
बैजनाथका किसानलाई ७० प्रतिशत अनुदानमा ई-लोडिङ रिक्सा वितरण 
बैजनाथका किसानलाई ७० प्रतिशत अनुदानमा ई-लोडिङ रिक्सा वितरण  बुधबार, असार ३२, २०८२
ग्लोबल डेरी उद्योगको नेपालगन्जमा बजार बिस्तार, ‘बुद्धभूमि ब्राण्ड’ का दुग्धजन्य उत्पादन बिक्री 
ग्लोबल डेरी उद्योगको नेपालगन्जमा बजार बिस्तार, ‘बुद्धभूमि ब्राण्ड’ का दुग्धजन्य उत्पादन बिक्री  बुधबार, असार ३२, २०८२
बैजनाथको ८२ करोड २१ लाख बराबरको बजेट सर्वसम्मत पारित
बैजनाथको ८२ करोड २१ लाख बराबरको बजेट सर्वसम्मत पारित आइतबार, असार २९, २०८२
मौद्रिक नीति पछिको पहिलो कारोबार दिन नेप्सेमा उच्च अंकको वृद्धि, साढे ११ अर्बको कारोबार
मौद्रिक नीति पछिको पहिलो कारोबार दिन नेप्सेमा उच्च अंकको वृद्धि, साढे ११ अर्बको कारोबार आइतबार, असार २९, २०८२
काठमाडौं महानगरको २५ अर्ब ७६ करोडको बजेट
काठमाडौं महानगरको २५ अर्ब ७६ करोडको बजेट आइतबार, असार २९, २०८२
औद्योगिक क्षेत्र विकास संघको भवन निर्माण प्रक्रिया अगाडी बढ्यो
औद्योगिक क्षेत्र विकास संघको भवन निर्माण प्रक्रिया अगाडी बढ्यो शुक्रबार, असार २७, २०८२
सञ्चारकर्मीसँग कर सम्बन्धी अन्तरक्रिया
सञ्चारकर्मीसँग कर सम्बन्धी अन्तरक्रिया बिहीबार, असार २६, २०८२
लोकप्रीय
  • Week
  • Month
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
जुँगे महादेवको मन्दिर पुजापाठलाई खुल्ला 
जुँगे महादेवको मन्दिर पुजापाठलाई खुल्ला 
फत्तेपुर खल्लाझगडियामा राप्ती कटानको स्थलगत निरीक्षण
फत्तेपुर खल्लाझगडियामा राप्ती कटानको स्थलगत निरीक्षण
राप्ती सोनारीमा सञ्चालित योजना कार्यक्रम तथा सेवा प्रवाहको समिक्षा 
राप्ती सोनारीमा सञ्चालित योजना कार्यक्रम तथा सेवा प्रवाहको समिक्षा 
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
बाँकेको 'अतिविकट' सिमा बस्तीका घर दैलोमा स्थानीय सरकार
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
बाँकेमै पहिलो पटक बैजनाथमा डिजिटल प्रविधिबाट सेवा प्रवाह 
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’ दूरसञ्‍चार
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्