काठमाडौं : नेपालगन्ज-दिल्ली सिधा हवाई उडान गर्ने विषयलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा एजेण्डा बनाउन सर्बपक्षिय रुपमा माग गरिएको छ । उक्त माग लिएर डेलिगेशनका लागि काठमाडौं पुगेको टोलीले आइतबार गरेको कार्यक्रममा बोल्ने बाँके, बर्दियासहित विभिन्न जिल्लाका संघिय सांसद तथा सरोकारवालाले यस्तो माग गरेका हुन् ।
कार्यक्रमका बोल्ने बक्ताले नेपालगन्ज-दिल्ली सिधा हवाई उडानले दुबै देशका नागरिकलाई फाईदा पुग्ने बताए । पश्चिम नेपालको आर्थिक समृद्धिमा यसले टेवा पुर्याउने उनीहरुको विश्वास छ । नेपाल सरकारले प्रधानमन्त्रीको भारत भ्रमणमा यसलाई एजेण्डाका रुपमा राख्नुपर्ने उनीहरुले सुझाव दिए ।
उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभाका सांसद सञ्जय गौतम, राप्रपा महामन्त्री एवम् सांसद डा. धवलशम्शेर राणा, माओवादी नेता एवम् सांसद शक्तिबहादुर बस्नेत, एमालेका केन्द्रिय सदस्य एवम् सांसद सुर्य ढकाल, अन्य सांसदहरु दिपा शर्मा, लक्ष्मी तिवारी, शान्ति चौधरी, शोभा ज्ञवाली, जावेदा खातुन, आशा बिक, अब्दुल खान, पूर्वमन्त्री महेश्वरजंग गहतराज, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, पुर्वअध्यक्ष भवानी राणा लगायतले नेपालगन्ज-दिल्ली सिधा हवाई उडान गर्न प्रधानमन्त्री ओलीले आफ्नो एजेण्डामा राख्नुपर्ने बताए ।