नेपालगन्ज : होटल पौवाले नेपालमा मनाइने विभिन्न पर्व र सांस्कृतिक महत्व राख्ने दिनहरुमा परम्परा र संस्कृतीअनुसार ग्राहकहरुलाई परिकार खुवाएर परम्परागत रैथाने खानाहरुको संरक्षण गरिरहेकोछ । होटल पौवाले नयाँ वर्ष, दशैं, तिहार, छठ, महाशिवरात्री, रामनवमी, हरितालिका तीज, माघी जस्ता चाडपर्वहरुमा होटल परिसरमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।
यसैबीच होटल पौवाले दशैं, तिहार र छठ पर्वको अवसरमा देशभर रहेका आफ्ना सबै शाखाहरुमार्फत रैथाने खाना खुवाउँदैछ । ‘दशैं, तिहार, छठको शुभकामना अपार, चाडबाडमा पौवाको स्वस्थ परिकार’ भन्ने नारासहित होटल पौवाल आफ्ना ग्राहकलाई रैथाने खाना खुवाउन लागेको हो । बाँकेको जानकी गाउँपालिका वडा नम्बर–३, मानपुर स्थित होटल पौवाले बाँके, बर्दियाका र छिमेकी राष्ट्र भारतको रुपैडिहासम्म पुगेर निःशुल्क कुपन वितरण गरिरहेकोछ ।
होटल पौवाबाट प्रदान गरिने विभिन्न रैथाने खानाका परिकारहरुको कुपन बनाइ एउटा बक्सबाट स्वस्फुर्त उपभोक्तालाई निकाल्न दिइन्छ र त्यसमा लेखिएको खानका परिकार देशभरीका कुनैपनि शाखाबाट निःशुल्क खान पाइने होटल पौवाका पब्लिक रिलेसन म्यानेजर नेत्रप्रसाद भण्डारीले जानकारी दिए ।
यो शाखाबाट १२ सय सर्वसाधरणलाई पौवाको रैथाने खानाका परिकार खुवाउने उद्देश्यका साथ तीन वटा टोली यतिबेला बाँके र बर्दियाका विभिन्न ठाउँमा पुगिरहेकोछ । ती टोलीले होटल पौवा र यसले प्रदान गर्ने सेवासुविधा तथा खानाका परिकारहरुको समेत प्रर्बद्धन गरिरहेको छ नै निशुल्क प्राप्त हुने कुपनबाट उपभोक्तालाई पौवाप्रति आर्कषित गरिरहेकोछ ।
बाँकेमा नयाँ वर्षको दिनदेखि आफ्नो सेवा सञ्चालनमा ल्याएको होटल पौवामा रेष्टुरेण्ट, क्याविन, बैंकट हल, नेपाली किचेनसहित आफ्नो सेवा प्रदान गरिरहेकोछ । पाँच तारे होटल बनाउने लक्ष्यसहित पौवाले यतिबेला ९० बढी कोठा, स्वीमिङ्ग पुल निर्माणको काम समेत अघि बढाएको पब्लिक रिलेसन म्यानेजर भण्डारीले बताए ।
‘नेपाली आतिथ्यता, संस्कृतिको जर्गेना’ नाराका साथ होटल पौवाले विभिन्न चाडपर्वहरुमा कार्यक्रमको आयोजना गर्दै आएको उनको भनाइ छ । पौवाका शाखा रहेका स्थानहरुमा बसोबास गर्ने जाती विशेषको परिकार तयार गरी ग्राहकहरुलाई सेवा दिइरहेको पौवाले आगामी दिनमा पनि संस्कृति जर्गेना गर्न विभिन्न कार्यक्रम गर्ने बाँके स्थित होटल पौवाका म्यानेजर गिरिराज पाण्डेले जानकारी दिए । ‘चाडबाड लक्षित हामीले सुरु गरेको यो अभियानमा कुपन प्राप्त गर्ने ग्राहकले असोज ६ गतेदेखि कार्तिक १० गतेसम्म पौवाको कुनैपनि शाखामा पुगेर सेवा प्राप्त गर्न सक्नुहुनेछ’ म्यानेजर पाण्डेले भने ।
चिकेन चिल्ली, भेज तथा ननभेज नेपाली थाली, विरयानी, मरौटी चिकेन, काथे रोल र चिकेन पौवा लागायतका पौवामा उपलब्ध हुने विभिन्न परिकारहरु कुपन प्राप्त गर्ने ब्यक्तिले निःशुल्क उपभोग गर्नसक्ने फुड एण्ड बेभरेज म्यानेजर भोला शर्मा न्यौपानेले जानकारी दिए । उनका अनुसार आईतबार नेपालगन्जका विभिन्न स्थानमा पुगी पव्लिक रिलेसन म्यानेजर नेत्रप्रसाद भण्डारी, स्टोर किपर कृष्ण कोइराला र खेम रोकायको टोलीले पौवाको निःशुल्क कुपन वितरण गरेको हो । बाँकेसहित देशभर होटल पौवाको १७ वटा शाखा रहेका छन् । थप दुई शाखा विस्तारको क्रममा रहेकाछन् ।