डुडुवा (बाँके) : डुडुवा गाउँपालिकाले शुक्रबार १९ औँ गाउँ सभा गरेको छ । सभाले अर्धवार्षिक प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन गरेको छ । उक्त सभामा अध्यक्ष नरेन्द्रकुमार चौधरीले अर्धवार्षिक प्रगति र चालु आर्थिक वर्षको संशोधन बजेट तथा कार्यक्रम प्रस्तुत गरे ।
अध्यक्ष चौधरीले डुडुवामा निर्माणाधिन स्टेचु अफ शिव, पिकनिक स्पट, होमस्टे सञ्चालन, साँस्कृतिक प्रवद्र्धन र ज्येष्ठ नागरिकलाई न्यानो सामाग्री वितरण लगायतका कार्यक्रमको करिव तीन करोड बढीको बजेट थप गरि शंसोधन गरेको प्रस्तुत गरे । कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, वन तथा वातावरण, लघु उद्यम विकास कार्यक्रम, विकास निमार्ण, संस्थागत विकास क्षेत्रबाट उपलब्ध प्रगतिबारे जानकारी गराएका थिए ।
उनले गाउँपालिकाले बेतहनी स्वास्थ्य चौकीमा स्थापना गरेको आधारभुत अस्पताल र हरिमिनियामा निमार्णाधिन कोल्ड स्टोरको यही माघदेखि सञ्चालन गर्ने भन्दै डुडुवाका नागरिकलाई सहज र शुलभ सेवा उपलब्ध गराउनेतर्फ विशेष ध्यान दिएको बताए । डुडुवाले देशकै नमुनाको रुपमा काम गर्दै आएको दाबी गर्दै विगतका वर्षदेखि डुडुवा लिजा र स्वास्थ्य क्षेत्र लगायत मुल्यांकनमा प्रथम स्थान हासिल गरेको बताए ।
यहाँका केही विपक्ष समुहले विभिन्न वहानामा बदनाम मात्र गर्ने गरेकाले त्यस्ता भ्रामक प्रचारतर्फ नलाग्न सबैलाई उनले आग्रह गरे । गाउँसभा सचिव तथा प्रमुख प्रशासकिय अधिकृत अशोककुमार पाण्डेयले सञ्चालन गरेको सभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वरी कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँ, कार्यपालिका सदस्य, वडासदस्य, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
