Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • निकुञ्ज क्षेत्रमा दिनहुँ बाघको आक्रमणबाट मानव जीवन असुरक्षित बन्दै गइरहेकोमा कांग्रेसको चिन्ता 
निकुञ्ज क्षेत्रमा दिनहुँ बाघको आक्रमणबाट मानव जीवन असुरक्षित बन्दै गइरहेकोमा कांग्रेसको चिन्ता  राज्यले उच्च गम्भिरताका साथ लिनुपर्ने आग्रह 
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, पुस २५, २०८२
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बीरेन्द्रप्रसाद कँडेललाई शुक्रबार ध्यानाकर्षण पत्र बुझाइँदै ।

नेपालगन्ज : निकुञ्ज क्षेत्रमा दिनहुँ बाघको आक्रमणबाट मानव जीवन असुरक्षित बन्दै गइरहेको अवस्थालाई राज्यले उच्च गम्भिरताका साथ लिनुपर्ने कांग्रेसले आग्रह गरेको छ । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ ले शुक्रबार बाँके राष्ट्रिय निकुञ्ज कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो आग्रह गरेको हो । 

क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषणराज केसीले निकुञ्जका प्रमुख संरक्षण अधिकृत बीरेन्द्रप्रसाद कँडेललाई बुझाएको ध्यानाकर्षण पत्रमा हालसम्म झण्डै आधा दर्जनभन्दा बढी निर्दोष नागरिकहरूले बाघको आक्रमणबाट अकालमा ज्यान गुमाइसकेको अवस्था अत्यन्तै दुःखद, चिन्ताजनक र मानव सुरक्षाको दृष्टिकोणले गम्भिर विषय बनेको उल्लेख छ । बाघको आक्रमणका कारण निरन्तर रूपमा सर्वसाधारण नागरिकले अकालमा ज्यान गुमाउनु परिरहेको घटनाप्रति कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर १ बाँकेको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ । 

भिडियो हेर्नुस् :

हालै राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ सौरी निवासी ६१ वर्षीय मरिचमान भण्डारीको बाघको आक्रमणबाट निधन भएको थियो । उक्त बाघको तत्काल पहिचान गरी नियन्त्रणमा लिई सुरक्षित स्थानमा स्थानान्तरण गर्न, साथै मानव क्षतिको न्यूनीकरणका लागि विशेष र प्रभावकारी पहल गर्न कांग्रेस क्षेत्र नम्बर १ ले माग गरेको छ । बाघको आक्रमणबाट अकालमा ज्यान गुमाउन पुगेका स्वर्गिय भण्डारीको परिवारलाई प्रचलित कानुन बमोजिम तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायमार्फत आवश्यक पहल गरिदिन अनुरोध गरिएको छ । 

Sauri-1767978762.jpg
‘भविष्यमा यस्ता दुःखद घटनाहरू दोहोरिन नदिन बाघ लगायत अन्य जंगली जनावरबाट हुने मानविय क्षतिको न्यूनीकरणका लागि वैज्ञानिक मापदण्ड अपनाई, निकुञ्ज क्षेत्र वरपर बसोबास गर्ने नागरिकहरूलाई ढुक्क, सुरक्षित र निर्भिक रूपमा बाँच्न पाउने वातावरणको सुनिश्चितता गर्न दीर्घकालीन र प्रभावकारी व्यवस्थापन योजना कार्यान्वयन गरिनु अत्यावश्यक देखिन्छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ । उपरोक्त विषयहरूलाई गम्भिरतापूर्वक मनन् गरी तत्काल आवश्यक कदम चाल्ने कांग्रेसको छ ।

ध्यानाकर्षण पत्र बुझिसकेपछि निकुञ्जका प्रमुख संरक्षण अधिकृत बीरेन्द्रप्रसाद कँडेलले बीरेन्द्रप्रसाद कँडेलले प्रकृति संरक्षण, जैविक विविधताको संरक्षण र वन्यजन्तु संरक्षणको काम निकै चुनौतीपूर्ण रहेको भन्दै संरक्षित वन्यजन्तुबाट हुने क्षति रोक्न सबै निकायबीच हातेमालो जरुरी रहेको बताए । ‘कुनै सिंगो निकाय एक्लैले गरेर सम्भव छैन, सबै तह, र तप्कामा रहेका बीच हातेमालो गर्न जरुरी छ,’ उनले भने ‘राप्ती सोनारी-१ सौरीमा मरिचमान भण्डारीको अकल्पनीय दुःखद घटना भयो ।’ 

Sauri-2-1767978761.jpg
मृतकका परिवारलाई राहत दिने प्रक्रिया अगाडी बढिसकेको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए । ‘तत्काल राहत कोषबाट काज किरिया खर्च भनेर ५० हजार दिईसकेका छौं, अर्को आय, आर्जन कोषबाट ५० हजार हामीले दिइसकेका छौं, निकट भविष्यमा हामीले १० लाख रुपैयाँ पनि दिनेछौं,’ उनले भने । भविष्यमा यस्ता घटना दोहोरिन नदिन नियमित गस्ती, पेट्रोलिङ, सचेतना अभियान लगायतका काम गरिने बताए । 

कांग्रेस क्षेत्र नम्बर १ ले शुक्रबार नै जिल्ला प्रशासन कार्यालय बाँकेमा पुगेर प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङलाई पनि ध्यानाकर्षण पत्र बुझाउँदै आवश्यक पहल गरिदिन आग्रह गरेको छ । यस्तै बाघको आक्रमणबाट निधन भएका स्वर्गिय भण्डारीको निवास राप्ती सोनारी-१ सौरीमा पुगेर मृतकप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

सो क्रममा नेपाली कांग्रेस प्रदेश सभा-१ ‘ख’ का सभापति बलराम शर्मा, क्षेत्रीय सचिव खुमबहादुर बस्नेत, नेपाल पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष रुद्र सुवेदी, नेपाल प्रेस युनियन  बाँकेका निर्वतमान अध्यक्ष अर्जुन ओली लगायतको उपस्थिती रहेको थियो । 

Shradanjali-1767978763.jpg

Cdo-lai-Gyapan-1767978760.jpg

सम्बन्धित समाचार :

बाघको आक्रमण : मृतकका परिवारलाई तत्काल राहत दिन माग

बाघको आक्रमणबाट बाँकेको कुसुममा भण्डारीको मृत्यु
 


प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२  २३:००
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' :  खत्री
'राजनीतिक सेटिङका आधारमा प्रधानन्यायाधीश नियुक्ति गरियो' : खत्री शुक्रबार, जेठ ८, २०८३
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
रवि, जिबीसहित प्रतिवादीको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता शुक्रबार, जेठ ८, २०८३
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने
'रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ' : सभापति लामिछाने शुक्रबार, जेठ ८, २०८३
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस
वडा सचिवलाई धम्की दिने माथि कारबाही गर्न सिफारिस शनिबार, जेठ २, २०८३
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार
जेनजी अभियन्ताद्वारा संविधान संशोधन बहसमा सहभागी हुन अस्वीकार शुक्रबार, जेठ १, २०८३
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन बिहीबार, वैशाख ३१, २०८३
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल
निर्वाचन आयोगले अर्को वर्ष स्थानीय तह र प्रदेश सभा निर्वाचन सँगसँगै गर्न थाल्यो छलफल बिहीबार, वैशाख ३१, २०८३
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची
संसद्‌मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
संघीय सरकारको मन्त्रालय १८ कायम
संघीय सरकारको मन्त्रालय १८ कायम बुधबार, वैशाख ३०, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्