Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • विश्वप्रकाशको आगमनले उत्साह, बाँकेका तीनै क्षेत्र जित्ने कांग्रेसको उद्घोष
विश्वप्रकाशको आगमनले उत्साह, बाँकेका तीनै क्षेत्र जित्ने कांग्रेसको उद्घोष बाँकेको तीनै क्षेत्रका कांग्रेस उम्मेदवार एउटै मञ्चमा  
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, माघ २७, २०८२

नेपालगन्ज : चुनावको मुखमा नेपालगन्जमा मंगलबार आएका नेपाली कांग्रेसका केन्द्रिय उपसभापति विश्वप्रकाश शर्माको दमदार भाषणले बाँकेका कांग्रेसीहरुमा एक खालको उत्साह जागेको छ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचन नजिकिदै गर्दा नेपाली कांग्रेसले केन्द्रबाट उपसभापति शर्मालाई नेपालगन्ज खटाएको हो ।

पश्चिम नेपालको प्रमुख केन्द्रका रुपमा रहेको नेपालगन्ज सहित शर्माले अन्य जिल्लाका कार्यक्रमलाई पनि सम्बोधन गरेका छन् । शर्माको भाषण सुनेर ठुलो संख्यामा उपस्थित भएका कांग्रेसीहरु उत्साहका साथ आ-आफ्ना वडामा फर्केका छन् । शर्माको उत्साहपूर्ण भाषणले आफुहरुमा उर्जा मिलेको उपस्थित कांग्रेसीहरुको प्रतिक्रिया थियो ।

‘जेनजी ‘मुभमेन्ट’ पछि साँच्चिकै बद्लिएको पार्टी नै नेपाली कांग्रेस होँ’ : उपसभापति शर्मा

'विश्वप्रकाश शर्माको भाषणले सबैलाई उत्साहित बनाएको छ, उहाँको आगमनले हाम्रो पार्टीको माहोल राम्रो बनायो,' पार्टीका जिल्ला सदस्य एवम् युवा नेता अमृत आचार्यले भने । नेपाली कांग्रेस बाँकेले मंगलबार नेपालगन्जमा गरेको बृहत जिल्ला भेलालाई बाँकेका तीन वटै निर्वाचन क्षेत्रका कांग्रेस उम्मेदवारहरुले पनि एउटै मञ्चबाट सम्बोधन गरेका थिए । बाँकेका तीनै क्षेत्रमा चुनाव जित्ने नेपाली कांग्रेसले उद्घोष पनि गरेको छ । 

‘उपलब्धी जोगाउँदै काँग्रेस देश बदल्ने अभियानमा छ’ : अमरसिंह पुन 
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले प्राप्त उपलब्धी जोगाउन काँग्रेसको विकल्प नरहेको बताए । देशको व्यवस्था नै रहने–नरहने अन्यौलता सिर्जना भएको उनको टिप्पणी छ । यस्तो संकटपूर्ण अवस्थामा काँग्रेसलाई जिताएमात्रै उपलब्धिहरुको संस्थागत गर्न सकिने उनले उल्लेख गरे । 

बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार समेत रहेका सभापति पुनले वर्तमान राजनीतिक परिस्थिती संवेदनशील मोडमा पुगेको भन्दै लोकतान्त्रिक उपलब्धी संरक्षण अहिलेको मुख्य चुनौती रहेको धारणा राखे । ‘सिंगो देश अहिले संकटमा छ, व्यवस्था नै रहने–नरहने अन्यौलता छ,’ उनले भने, ‘यस्तो अवस्थामा प्राप्त उपलब्धिहरु जोगाउन काँग्रेसको विकल्प छैन ।’ प्रदेश सभापति पुनले पछिल्लो समय उठिरहेका सामाजिक तथा राजनीतिक आन्दोलनप्रति संकेत गर्दै ‘जेन–जी आन्दोलन’ले उठाएका मागहरु काँग्रेसकै पहलमा सम्बोधन हुँदै आएको दाबी गरे ।

काँग्रेस समयअनुसार परिवर्तन हुँदै देश रूपान्तरणको अभियानमा सक्रिय रहेको उनको भनाई थियो । पार्टीलाई परिवर्तनको संवाहक शक्तिका रूपमा प्रस्तुत गर्दै कार्यकर्तालाई आगामी निर्वाचनमा अझ एकजुट भएर लाग्न आग्रह गरे । बाँके ऐतिहासिक र भावनात्मक सम्बन्ध रहेको स्मरण गराउँदै पुनले पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको सपना पूरा गर्ने दायित्व आफूले लिएको बताए । ‘यो सुशील कोइरालाको गृह जिल्ला हो, उहाँको सपना अधुरो छ । त्यो पूरा गर्ने जिम्मेवारी मेरो हो,’ उनले भने, ‘कोइरालाले अधुरो छाडेका काम पूरा गर्न म प्रतिबद्ध छु ।’

पुनले निर्वाचनलाई केवल सत्ता प्राप्तीको माध्यम नभई लोकतन्त्र सुदृढ गर्ने अवसरका रुपमा लिनुपर्ने धारणा व्यक्त गरे । उनले पार्टीका सबै तहका नेता–कार्यकर्तालाई इमान्दारिता, समर्पण र एकताका साथ चुनावी अभियानमा जुट्न आह्वान गरे । कार्यकर्ताको सक्रियता र जनतासँगको सम्बन्ध नै निर्वाचन जित्ने मुख्य आधार हुने उनको विश्वास थियो ।

amar-sing-pun_npj-sava-1770741022.jpeg
‘रुखमै भोट हाल्न पाउँदा कार्यकर्ता उत्साहित छन्’ : गौडेल
यस्तै कांग्रेस बाँकेका सभापति एवम् बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले लामो समयपछि काँग्रेसी कार्यकर्ता तथा मतदातामा नयाँ उत्साह पैदा भएको बताए । उम्मेदवार गौडेलले अहिलेको राजनीतिक परिस्थिती काँग्रेसका लागि अनुकूल बनेको उल्लेख गर्दै पार्टीप्रति जनविश्वास पुनः स्थापित भइरहेको दाबी गरे ।

‘लामो समयपछि काँग्रेसीले रुखमै भोट हाल्ने अवस्था बनेको छ, यसले काँग्रेसी कार्यकर्ता मात्र होइन, आम जनतालाई समेत उत्साहित बनाएको छ,’ उनले भने । पछिल्ला राजनीतिक घटनाक्रम र पार्टीभित्र देखिएको एकता तथा सक्रियताले कार्यकर्तामा आत्मविश्वास बढाएको उनको भनाइ छ । काँग्रेसले जनताको विश्वास जित्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै आगामी दिनमा भ्रष्टाचारमुक्त समाज निर्माणलाई प्राथमिकतामा राखिने बताए ।

‘हामी भ्रष्टाचारमुक्त समाज निर्माण गर्नेछौं, विधिको शासन कायम गरिनेछ,’ गौडेलले भने । देशलाई सही मार्गमा अघि बढाउन काँग्रेस नेतृत्वको सरकार अपरिहार्य रहेको उनको भनाइ थियो । वर्तमान चुनौतीपूर्ण परिस्थितीमा लोकतान्त्रिक मूल्य र मान्यतालाई मजबुत बनाउन काँग्रेसको नेतृत्व आवश्यक रहेको बताए । ‘देशमा सुशासन, पारदर्शिता र विधिको शासन कायम गर्न काँग्रेस नेतृत्वको सरकारको विकल्प छैन,’ उनले भने ।

पार्टी नेतृत्वमा आएको परिवर्तनले काँग्रेसलाई नयाँ ढंगले अघि बढाएको गौडेलको भनाइ छ । उनले पार्टीका महामन्त्री गगन थापा सभापति बनेपछि काँग्रेसको कार्यशैली र सोचमा परिवर्तन आएको उल्लेख गरे । ‘गगनकुमार थापा सभापति बनेपछि काँग्रेस बद्लिएर आएको छ,’ उनले भने । गौडेलले आगामी निर्वाचनलाई लोकतन्त्र सुदृढ गर्ने अवसरका रूपमा लिन आग्रह गर्दै कार्यकर्तालाई एकताबद्ध भएर निर्वाचनमा जुट्न आह्वान गरे । काँग्रेसले जनताको अपेक्षा अनुरूप नीति तथा कार्यक्रम अघि बढाउने उनले विश्वास व्यक्त गरे ।

Narayan-Prashad-Gaudel_NPJ-sava-1770741088.jpeg
‘जनताको विश्वास टुट्न दिने छैन’ : कोइराला
यसैगरी काँग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुधान्शु कोइरालाले पार्टी र जनताले राखेको विश्वासलाई कुनैपनि हालतमा टुट्न नदिने प्रतिबद्धता व्यक्त गरे । उनले सुशासन र पारदर्शितामार्फत जनताको सेवा गर्ने आफ्नो प्राथमिकता रहेको बताए । संविधान पिता तथा त्यागी नेता सुशील कोइरालाको निर्वाचन क्षेत्रमा चुनाव लड्न पाउनु आफ्नो लागि ठूलो सौभाग्य भएको उल्लेख गर्दै कोइरालाले उक्त क्षेत्रको राजनीतिक इतिहास र जनभावनालाई सम्मान गर्दै अघि बढ्ने धारणा राखे ।

सुशिल कोइरालाले स्थापित गरेको इमानदार राजनीति, त्याग र समर्पणको मार्गलाई आत्मसात गर्दै आफू अघि बढ्ने उनले बताए । कोइरालाले नेपाली काँग्रेसभित्र आएको परिवर्तनले कार्यकर्तामा नयाँ उत्साह थपिएको उल्लेख गरे । जेन–जी आन्दोलनले पार्टीलाई समयअनुकूल रूपान्तरणतर्फ अघि बढाएको भन्दै उनले अहिले पार्टी संगठन थप सक्रिय र सशक्त हुँदै गएको दाबी गरे ।

उनका अनुसार कार्यकर्ताको एकता, सक्रियता र योजनाबद्ध अभियान सञ्चालन गर्न सके चुनावी विजय सुनिश्चित हुने विश्वास व्यक्त गरे । ‘हामीले थोरै मात्र थप मिहिनत गरेर सही रणनीति अपनाउन सके जित सुनिश्चित छ,’ उनले भने, ‘पार्टी भित्र देखिएको उत्साह र एकताले सकारात्मक परिणाम ल्याउने आधार तयार भएको छ ।’ कोइरालाले पार्टी नेतृत्वप्रति पनि विश्वास व्यक्त गर्दै नेपाली काँग्रेसका प्रदेश सभापति अमरसिंह पुन बाँकेबाट निर्वाचन लड्नु जिल्लाकै गौरव भएको बताए ।

सभापति पुनको नेतृत्वलाई मार्गदर्शनका रूपमा लिँदै संगठन सुदृढीकरण र चुनावी अभियानलाई थप प्रभावकारी बनाउने कोइरालाले बताए । ‘हामीले सक्षम अभिभावक नेतृत्व पाएका छौं, जसले हामीलाई सही दिशा दिनेछ,’ उनले भने । उनले निर्वाचनलाई केवल राजनीतिक प्रतिस्पर्धाको रूपमा मात्र नभई जनताको विश्वास जित्ने अवसरका रुपमा लिनुपर्ने धारणा व्यक्त गरे ।

जनतासँग प्रत्यक्ष जोडिएर उनीहरूको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै उनले पारदर्शी र उत्तरदायी शासनमार्फत विकास र समृद्धि हासिल गर्ने लक्ष्य रहेको बताए । कोइरालाले बाँके क्षेत्र नम्बर २ को समग्र विकास, सुशासन र स्थायित्वका लागि आफूले स्पष्ट योजना र प्रतिबद्धता लिएर चुनावी मैदानमा उत्रिएको बताउँदै कोइरालाले जनताको साथ र विश्वासले आफूलाई थप जिम्मेवार बनाएको उल्लेख गरे । 

Shudhansu-Koirala_NPJ-Sava-1770741145.jpeg
 


प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  २२:२२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड  
स्वच्छ र निष्पक्ष रुपले निर्वाचन भएको सरोकारवालाको जोड   आइतबार, चैत ८, २०८२
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो
सांसदको शपथ र सरकार गठनको बाटो खुल्यो बिहीबार, चैत ५, २०८२
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक
समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक सोमबार, चैत २, २०८२
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली
निर्वाचन आयोगमा दलहरुले बुझाए समानुपातिक सांसदको नामावली आइतबार, चैत १, २०८२
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन्
देशभरबाट ४ दलले समानुपातिकमा १ हजार भोट पनि पाएनन् शुक्रबार, फागुन २९, २०८२
किशोरी साहको रिटमा सुनुवाइ सकियो
किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला बुधबार, फागुन २७, २०८२
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम
दुई तिहाइको लागि रास्वपालाई २ सीट कम बुधबार, फागुन २७, २०८२
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने !
रास्वपाले समानुपातिक मतको आधारमा ५७ सिट पाउने ! बुधबार, फागुन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्