Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव सबै शाखामा स्वाद उत्सव, नयाँवर्षको पूर्व सन्ध्यामा शुभकामना साँझ आयोजना गरिदै
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, चैत २४, २०८२

नेपालगन्ज : होटल पौवा प्रा.लि.ले आफ्नो गौरवमय १० वर्ष पूरा गरेको छ । पौवाले १० वर्षअघि चैत २५ गतेका दिन स्वदेशी लगानी, सामूहिक स्वामित्व र नेपाली आतिथ्य सँस्कृतिलाई आधार बनाएर नेपाली हस्पिटालिटीको घोषणा गर्दै आफ्नो सेवा आरम्भ गरेको थियो । नेपाली स्वाद, नेपाली आतिथ्य र नेपाली परिकारलाई देश विदेशमा ब्राण्डीङ गर्ने लक्ष्य लिएर सेवा दिँदै आएको पौवाले १० औँ वार्षिक उत्सवको अवसरमा देशभर रहेका सम्पूर्ण शाखाहरूमा स्वाद उत्सव कार्यक्रम आयोजना गर्न लागेको मंगलबार नेपालगन्जमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

होटल पौवा प्रा.लि.का अध्यक्ष दुर्गा भण्डारीले विगत १० वर्षदेखी दिदै आएको सेवाबारे जानकारी गराएका हुन् । यही चैत्र २६, २७ र २८ गते (तीन दिन) सम्म सञ्चालन हुने उक्त उत्सवमा होटल पौवाका सबै शाखामा विशेष अतिथि सत्कारसहित नेपाली रैथाने स्वाद लिएर ग्राहकहरूलाई छुट्टै अनुभव र आनन्द प्रदान गर्ने कार्यक्रम राखिएको होटल पौवाका ब्राण्डिङ विभाग प्रमुख विष्णुप्रसाद भण्डारीले जानकारी दिए ।

कार्यक्रममा सहभागी हुन देशभरका शाखाहरूबाट ४० हजारभन्दा बढी निमन्त्रणापत्र वितरण गरिएको भण्डारीले बताए । ‘पौवाको उत्कृष्ट आतिथ्यलाई स्वीकार गर्दै आमन्त्रित सबै महानुभावहरू उत्सवमा सहभागी हुनुहुने हाम्रो अपेक्षा छ,’ उनले भने । रुपन्देहीको सालझण्डीस्थित सानो घरको सात कोठाबाट प्रारम्भ भएको चेन होटलको सेवा भैरहवाबाट होटल पौवाको नामले देशका विभिन्न क्षेत्रमा विस्तार हुँदै गएको छ ।

छोटो अवधिमै नेपाली आतिथ्य क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्दै हाल देशका विभिन्न स्थानमा २० वटा शाखा मार्फत पौवाले सेवा प्रदान गर्दै आएको छ । ‘जहाँबाट नेपाली आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल नाराका साथ अघि बढिरहेको पौवाले नेपाली भाषा, सँस्कृति तथा रैथाने खानाको संरक्षण र प्रवद्र्धनमा विशेष जोड दिँदै आएको छ ।

वार्षिक उत्सवकै अवसरमा कम्पनीले आफ्ना लगानीकर्ता तथा सहयात्रीहरूसँग भावी रणनीति र विस्तार योजनाबारे छलफल गर्ने उद्देश्यले ‘बितायौं बालापन’ अवधारणामा चैत्र २८ गते भैरहवा शाखामा लगानी सम्मेलन समेत आयोजना गर्ने जनाएको छ । एक दशकसम्म प्राप्त अभूतपूर्व विश्वासका आधारमा शताब्दी चुम्ने लक्ष्य ‘मिसन १००’ लाई सफल बनाउन सो लगानी सम्मेलन आयोजना गरिएको हो ।

‘मिसन १००’ संख्यात्मक लक्ष्य मात्र नभएर व्यवस्थापन क्षमता, ब्राण्ड विश्वसनीयता र संस्थागत परिपक्वताको परीक्षण भएको ब्राण्डिङ विभाग प्रमुख भण्डारीले बताए । ‘मिसन १००’ अन्तर्गत गुणस्तर, प्रणाली, प्रविधि, मानव संसाधन विकास र नेपाली हस्पिटालिटी ब्राण्डलाई अन्तर्राष्ट्रिय मापदण्ड सहितको स्तरमा उक्लिने दिशामा अघि बढ्ने योजना रहेको पौवाले जनाएको छ ।

 होटल पौवा सञ्जालमा हाल झण्डै १ हजार भन्दा बढी कर्मचारी कार्यरत छन्, भने २ सय ५० भन्दा बढी लगानीकर्ताको सहभागिता रहेको कम्पनीले जनाएको छ । कम्पनीले आगामी दिनमा देशका विभिन्न स्थानमा थप शाखा विस्तार गर्दै नेपाली आतिथ्यलाई अझ व्यापक रूपमा प्रवद्र्धन गर्ने योजना अघि बढाएको छ ।

नेपाली कला सँस्कृति र परम्परालाई विविध कार्यक्रमहरु मार्फत प्रवद्र्धन गर्दै आएको होटल पौवाले नेपाली नयाँ वर्ष २०८३ को स्वागत पनि विशेष कार्यक्रम सहित गर्ने तयारी गरेको होटल पौवा, नेपालगन्जमा महा प्रबन्धक गिरीराज पाण्डेले जानकारी दिए । नयाँवर्षको स्वागतमा चैत ३० गतेको साँझ पौवा नेपालगन्ज शाखामा स्थानीय तथा ख्यातिप्राप्त राष्ट्रिय कलाकारबाट सांगितिक कार्यक्रम सहित ‘शुभकामना साँझ-२०८३’ आयोजना हुने पाण्डेले बताए ।

यही चैत ३० गते साँझ नेपालगन्जमा हुने ‘शुभकामना साँझ-२०८३’ मा ख्यातीप्राप्त आधुनिक गायक कमल खत्री र गायीका समिक्षा अधिकारीको प्रस्तुती रहने उनले बताए । ‘चर्चित प्रस्तोता समिरमान श्रेष्ठको उदघोषणमा सञ्चालन हुने कार्यक्रममा स्थानीय मोहिनी डान्स ग्रुपको साँगितिक प्रस्तुती रहनेछ भने गायक प्रिन्स ठकुरीको समेत प्रस्तुती रहनेछ,’ उनले भने ।

पौवाले नेपाली मौलिक परम्परामा आधारित विभिन्न जाति, जनजातिका चार्डपर्वमा विशेष कार्यक्रम गर्दै नेपाली सँस्कृति र परम्पराको संरक्षण गर्दै आएको छ । महाप्रबन्धक पाण्डेका अनुसार दशैपछिको पूर्णीमाको सराय नाच, तिहारको देउसी भैला, माघीको खिचडी, महाशिवरात्रीमा शीव भजन जस्ता पर्वहरुमा ग्राहकहरुको उपस्थितीमा पौवाका शाखाहरुमा विशेष उत्सव हुने गरेको छ ।

 कम्पनीले वार्षिक उत्सवको अवसरमा आयोजना हुने ‘स्वाद उत्सव’ कार्यक्रम तथा ‘शुभकामना साँझ-२०८३’मा सहभागी भई नेपाली स्वाद र आतिथ्यको अनुभव तथा मनोरञ्जन लिन सम्पूर्ण ग्राहक तथा सरोकारवालालाई सार्वजनिक रुपमा समेत आमन्त्रण गरेको छ ।  


प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  १९:३७
प्रतिक्रिया दिनुहोस्
थप समाज
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन   शुक्रबार, जेठ ८, २०८३
लुम्बिनी प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम स्वीकृत
लुम्बिनी प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम स्वीकृत शुक्रबार, जेठ ८, २०८३
भारतीय पर्यटक आकर्षित गर्न ‘कर्णाली टुरिजम् मिट-२०२६’ सुरु
भारतीय पर्यटक आकर्षित गर्न ‘कर्णाली टुरिजम् मिट-२०२६’ सुरु शुक्रबार, जेठ ८, २०८३
३० अंक बढ्यो सेयर बजार, सबै सूचक वृद्धि
३० अंक बढ्यो सेयर बजार, सबै सूचक वृद्धि बुधबार, जेठ ६, २०८३
बजेट खर्चमा लुम्बिनी प्रदेश सरकार कमजोर
बजेट खर्चमा लुम्बिनी प्रदेश सरकार कमजोर आइतबार, जेठ ३, २०८३
नेपालगन्ज बजारमा किनमेल गर्ने उपभोक्ता बढे
नेपालगन्ज बजारमा किनमेल गर्ने उपभोक्ता बढे शनिबार, वैशाख २६, २०८३
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल शनिबार, वैशाख १२, २०८३
'नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज' फेस्टिभलको तयारी अन्तिम चरणमा 
'नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज' फेस्टिभलको तयारी अन्तिम चरणमा  बिहीबार, वैशाख १०, २०८३
एक सय भन्दाबढीको सामान खरिद गर्दा भन्सार गर्नुपर्ने निर्णय स्वागतयोग्य
एक सय भन्दाबढीको सामान खरिद गर्दा भन्सार गर्नुपर्ने निर्णय स्वागतयोग्य बुधबार, वैशाख ९, २०८३
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्