Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
अर्थ
  • Home
  • अर्थ
  • एक सय भन्दाबढीको सामान खरिद गर्दा भन्सार गर्नुपर्ने निर्णय स्वागतयोग्य
एक सय भन्दाबढीको सामान खरिद गर्दा भन्सार गर्नुपर्ने निर्णय स्वागतयोग्य
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, वैशाख ९, २०८३

नेपालगन्ज : नेपाल सरकारले मित्रराष्ट्रबाट एक सयभन्दा बढी मूल्यका सामान खरिद गर्दा अनिवार्य भन्सार प्रक्रिया लागू गर्ने निर्णय गरेकोमा हामी हार्दिक स्वागत तथा उच्च सम्मान व्यक्त गर्दछौँ ।

यो निर्णय सीमापार व्यापारलाई निरुत्साहित गर्ने नभई वैध, पारदर्शी र व्यवस्थित व्यापार प्रणालीलाई संस्थागत गर्ने दूरदर्शी कदम हो । यसले स्वदेशी बजार संरक्षण, राजस्व अभिवृद्धि, अनुशासित व्यापार संस्कृतिको विकास तथा राष्ट्रिय अर्थतन्त्रको आधार सुदृढ पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएका छौँ ।

नेपालगन्ज उद्योग वाणिज्य संघ सधैं विधि, नीति, कानुन र स्थापित प्रक्रियाको पक्षमा दृढतापूर्वक उभिँदै आएको जिम्मेवार संस्था हो । राज्यद्वारा लागू गरिएका सकारात्मक नीतिहरूको सफल कार्यान्वयनमा निजी क्षेत्रको सहकार्य, जिम्मेवारीबोध र सक्रिय सहभागिता अपरिहार्य रहने हाम्रो स्पष्ट धारणा रहेको छ ।

राष्ट्र निर्माण केवल सरकारी दायित्व मात्र होइन, यो नागरिक, व्यवसायी र राज्यबीचको साझा उत्तरदायित्व हो । सीमा सुरक्षा, भन्सार अनुशासन तथा राजस्व संरक्षणका लागि खटिएको सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत नम्बर ३० गणले हाल देखाएको सक्रियता अत्यन्तै प्रशंसनीय छ ।

विशेषतः सशस्त्र प्रहरी उपरीक्षक भीम चन्द ज्यूको नेतृत्वमा भन्सार नाकामा देखिएको कडाइ, पारदर्शिता, निष्पक्षता र कार्यकुशलता राष्ट्रसेवाको उत्कृष्ट उदाहरण बनेको छ । कानुनको अक्षरशः पालना गराउने उहाँको दृढता, प्रशासनिक दक्षता र राष्ट्रप्रतिको निष्ठाले सम्पूर्ण जिम्मेवार निकायलाई प्रेरणा दिएको छ । यस्ता कर्तव्यनिष्ठ राष्ट्रसेवकहरूप्रति हार्दिक सम्मान, उच्च प्रशंसा तथा धन्यवाद व्यक्त गर्दछौँ ।

सीमावर्ती जिल्लाहरू, विशेषतः नेपालगन्ज क्षेत्रका सम्पूर्ण व्यवसायी महानुभावहरूलाई उपभोक्तामैत्री सेवा, गुणस्तरीय सामग्री तथा सर्वसुलभ मूल्यमा वस्तु उपलब्ध गराई स्थानीय बजारलाई अझ विश्वासिलो, प्रतिस्पर्धी र सुदृढ बनाउन हार्दिक अनुरोध गर्दछौँ । जब स्थानीय बजारमा उचित मूल्य, गुणस्तर र विश्वास कायम हुन्छ, तब उपभोक्ताको आकर्षण स्वदेशी बजारतर्फ स्वतः बढ्छस व्यापार फस्टाउँछ, रोजगारी विस्तार हुन्छ र पूँजी देशभित्रै परिचालित हुन्छ ।

आज राष्ट्रहित, आर्थिक स्वाधीनता र आत्मनिर्भर भविष्यको प्रश्नमा प्रत्येक नागरिक, व्यवसायी तथा सरोकारवाला पक्षले गम्भीरतापूर्वक सोच्नुपर्ने समय आएको छ । राष्ट्रप्रेम केवल नारामा सीमित विषय होइनस यो व्यवहार, अनुशासन, कर तिर्ने संस्कार, कानुन पालनाको चेतना तथा स्वदेशी उत्पादनप्रतिको सम्मानमार्फत प्रकट हुने उच्च नागरिक भावना हो ।

जब हामी स्वदेशी उत्पादनको प्रयोग, बिक्री वितरण र प्रवद्र्धनलाई प्राथमिकता दिन्छौँ, तब राष्ट्रिय उद्योगधन्दा बलियो बन्छ, युवा शक्तिका लागि रोजगारी सिर्जना हुन्छ, उद्यमशीलता फस्टाउँछ र अर्थतन्त्रको मेरुदण्ड सुदृढ बन्छ । आफ्नै उत्पादनलाई सम्मान गर्नु भनेको आफ्नै श्रम, सीप, स्वाभिमान र भावी पुस्ताको समृद्धिलाई सम्मान गर्नु हो ।

साथै, कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, अवैध रूपमा मूल्यवृद्धि गर्ने, तस्करीजस्ता राष्ट्रघाती गतिविधिमा संलग्न हुने, जनतालाई शोषण गर्ने सुदखोरीमा संलग्न जोसुकैमाथि कानुनअनुसार कडाभन्दा कडा कारबाही हुनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ ।

कानुन सबैका लागि समान हो, र कानुनी राज्यव्यवस्थामा कुनै व्यक्ति, समूह वा प्रभाव विशेषाधिकारको दायराभन्दा माथि हुन सक्दैन । वैध व्यापारको संरक्षण र अवैध गतिविधिको नियन्त्रण बिना समुन्नत अर्थतन्त्रको परिकल्पना सम्भव हुँदैन ।

वर्तमान महँगीबाट प्रभावित आम नागरिकलाई राहत दिन सरकारले कर तथा राजस्व संरचनाको समयानुकूल पुनरावलोकन गरी व्यावहारिक सहुलियतका उपाय अवलम्बन गर्नु पनि उत्तिकै आवश्यक देखिन्छ । नीति कठोर मात्र होइन, न्यायपूर्ण, सन्तुलित र जनमुखी पनि हुनुपर्छ ।

आजको आवश्यकता आरोप होइन सहकार्य, विरोध होइन विवेक, स्वार्थ होइन राष्ट्रहित, र विभाजन होइन साझा प्रतिबद्धता हो । नागरिक, व्यवसायी र सरकार एउटै लक्ष्यमा एकताबद्ध भए मात्र आत्मनिर्भर, समुन्नत र समृद्ध नेपाल निर्माणको सपना यथार्थमा परिणत हुनेछ ।

राष्ट्रप्रेमको साँचो स्वरूप यही हो–आफ्नो देशको उत्पादनलाई माया गर्ने, आफ्नै बजारलाई बलियो बनाउने, कानुनको सम्मान गर्ने र समृद्ध नेपालको अभियानमा आ–आफ्नो स्थानबाट इमानदार योगदान दिने । यही भावनासहित सबै पक्षबीच सहकार्य, समन्वय र समृद्धिको वातावरण निर्माण होस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछौँ । 


प्रकाशित मिति: बुधबार, वैशाख ९, २०८३  १४:४६
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
सेयर बजार १८ अंकले घट्यो, ३ कम्पनी १५ प्रतिशत बढे
सेयर बजार १८ अंकले घट्यो, ३ कम्पनी १५ प्रतिशत बढे मंगलबार, वैशाख ८, २०८३
सुरु भयो पौवा 'स्वाद उत्सव'
सुरु भयो पौवा 'स्वाद उत्सव' बिहीबार, चैत २६, २०८२
दुई दिनमा नेप्सेले जोड्यो ९४ अंक, सबै उप-समूहमा हरियाली
दुई दिनमा नेप्सेले जोड्यो ९४ अंक, सबै उप-समूहमा हरियाली बिहीबार, चैत २६, २०८२
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव मंगलबार, चैत २४, २०८२
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती सोमबार, चैत २३, २०८२
'वैदेशिक रोजगारीसम्बन्धी गुनासा व्यवस्थापन गर्न चुनौती' : मन्त्री साह
'वैदेशिक रोजगारीसम्बन्धी गुनासा व्यवस्थापन गर्न चुनौती' : मन्त्री साह बुधबार, चैत १८, २०८२
१९ अंक बढ्यो नेप्से, खुम्चियो कारोबार
१९ अंक बढ्यो नेप्से, खुम्चियो कारोबार मंगलबार, चैत १७, २०८२
वाटरपार्कमा गरिदै ‘नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल’ 
वाटरपार्कमा गरिदै ‘नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल’  मंगलबार, चैत १७, २०८२
लोकप्रीय
  • Week
  • Month
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
'रेडियो प्रेमी वान' श्याम गिरीको कला 'योगा डान्स'
'रेडियो प्रेमी वान' श्याम गिरीको कला 'योगा डान्स'
नयाँ रणनीति बनाउन देउवा पक्षका पूर्व केन्द्रीय सदस्यको भेला
नयाँ रणनीति बनाउन देउवा पक्षका पूर्व केन्द्रीय सदस्यको भेला
आगोमा जलेर २ जनाको मृत्यु
आगोमा जलेर २ जनाको मृत्यु
कांग्रेस क्षेत्र नम्बर १ बाँकेको बैठकद्धारा शर्माको राजीनामा अस्वीकृत
कांग्रेस क्षेत्र नम्बर १ बाँकेको बैठकद्धारा शर्माको राजीनामा अस्वीकृत
बैजनाथ गाउँपालिकाले ३६ जना बड्घर र चौकीदारलाई बाँड्यो साईकल
बैजनाथ गाउँपालिकाले ३६ जना बड्घर र चौकीदारलाई बाँड्यो साईकल
वाटरपार्कमा गरिदै ‘नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल’ 
वाटरपार्कमा गरिदै ‘नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल’ 
किन लम्बियो 'डिएलए' बाँकेको नयाँ नेतृत्व चयन प्रक्रिया ?
किन लम्बियो 'डिएलए' बाँकेको नयाँ नेतृत्व चयन प्रक्रिया ?
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्