Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
अर्थ
  • Home
  • अर्थ
  • बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, जेठ ८, २०८३

बाँके (बैजनाथ) : बाँकेको बैजनाथ गाउँपालिकाले किसानलाई ७० प्रतिशत अनुदानमा कृषि यान्त्रीकरण वितरण गरेको छ । ‘किसानसँग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत गाउँपालिकाले ९५ जना किसानलाई बिद्युतीय ‘चारा मेशिन’ वितरण गरेको हो । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन गरेको २० लाख रुपैयाँबाट उक्त मेशिन वितरण गरेको हो ।

गाउँपालिका कार्यालय रामपुरमा शुक्रबार अध्यक्ष प्रकाशबहादुर शाहीले किसानहरुलाई मेशिन हस्तान्तरण गरे । किसानहरुलाई चारा मेशिन हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष शाहीले किसानको आवश्यकता अनुसार कृषि यान्त्रीकरण वितरणमा जोड दिइएको बताए ।

‘बैजनाथ गाउँपालिका क्षेत्रमा धेरै संख्यामा किसानहरु कृषि पेशामा आवद्ध हुनुहुन्छ, किसानलाई केही सहयोग गर्न सक्यौं भने कृषि क्रान्तिबाट आर्थिक क्रान्ति गर्न सकिन्छ, उहाँहरुको जिविकोपार्जन हुने, आय आर्जनसँग जोडिने, उत्पादन बढाउने र स्वरोजगार हुने त्यो लक्ष्यका साथ हामीले किसानसँग पालिका प्रमुख कार्यक्रम सञ्चालन गरेका हौं,’ उनले भने ।

हेर्नुस् भिडियो रिपोर्ट : 

२०७९ सालदेखी लगातार चौथो वर्षसम्म आईपुग्दा किसानसँग पालिका प्रमुख कार्यक्रम अन्तर्गत कृषि यान्त्रीकरण र प्रविधिसँग किसानलाई जोड्ने काम गरिरहेको अध्यक्ष शाहीले बताए । किसानसँग पालिका प्रमुख कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले कार्यविधि बनाएको उल्लेख गर्दै उनले बैजनाथमा किसानले कुनै न कुनै सामान पाएको बताए ।

अनुदानमा प्राप्त गरेको सामानलाई राम्रोसँग उपयोग गर्न उनले आग्रह गरेका छन् । ‘मेशिन जसले लगेको छ, उसको घरमा मेशिन देखियोस्, तपाईलाई प्रोत्साहनका लागि हामीले मेशिन दिएको हो,’ शाहीले भने, ‘मेशिनलाई सुरक्षितका साथ घरमा राख्नुहोला, कसैलाई बेच्ने वा कसैलाई दिने काम नगर्नुहोला ।’ 

यस्तै उपाध्यक्ष निर्मला रोकायले किसानको हितका लागि र जिविकोपार्जनमा सहजताको लागि गाउँपालिकाले किसानसँग पालिका प्रमुख कार्यक्रम राखेको बताइन् । ‘यो कार्यक्रमले किसानलाई पक्कैपनि प्रत्यक्ष रुपमा लाभ भएको हामीले अनुभुति गरेका छौं, किसान दाजुभाई दिदी बहिनीहरुले ७० प्रतिशत अनुदानमा लिएको यान्त्रीकरणबाट धेरै लाभ लिएको अनुभुति हामीहरुले किसानहरुबाट नै पाएका छौं,’ उनले भनिन्, ‘किसानलाई आत्मनिर्भर बनाउने किसिमका कामहरु पनि जोड्दै गएका छौं र हाम्रो कार्यकालसम्म निरन्तर रुपमा राखेर किसानलाई कृषिमार्फत आर्थिक क्रान्तिमा जोडेर लैजानेछौं ।’

स्थानीय सरकारले किसानको साथमा रहेको कुराको अनुभुति गराउन ठुलो मात्राको बजेटलाई गाउँपालिकाले कृषिमा लगानी गरेको प्रष्ट्याइन् । कार्यपालिका सदस्य एवम् आर्थिक विकास समितिका संयोजक फरिदुद्धिन हलवाईले कृषि क्षेत्रलाई माथी उठाउन गाउँपालिकाले वार्षिक रुपमा करोडौं रुपैयाँ विनियोजन गरेर काम गर्दै आएको बताए । गाउँपालिकाको पशु शाखा प्रमुख बालकृष्ण चौधरीका अनुसार किसानसँग पालिका प्रमुख कार्यक्रम अन्तर्गत अनुदानमा मेशिन वितरण गर्नुअघि सार्वजनिक रुपमा सूचना जारी गरेर किसानसँग निवेदन माग गरिएको थियो ।

किसानबाट १ सय ७३ वटा निवेदन प्राप्त भएकोमा विभिन्न मापदण्ड अनुसार ९५ जना किसान छनोटमा परेको शाखा प्रमुख चौधरीले बताए । गाउँपालिकाबाट ७० प्रतिशत अनुदानमा बिद्युतीय चारा मेशिन पाएपछि किसानहरु खुसी भएका छन् । 

गाउँपालिकाले किसानका लागि अलग्गै कार्यक्रम राखेर विभिन्न अनुदान दिदै आएकोमा उनीहरु दंग छन् । गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० बाट किसानसँग पालिका प्रमुख कार्यक्रम सञ्चालनमा ल्याएको हो । त्यसयता हरेक वर्ष करोडौं रुपैयाँ बजेट विनियोजन गरेर गाउँपालिकाले किसानका लागि ७० प्रतिशत र शत प्रतिशत अनुदानका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।


प्रकाशित मिति: शुक्रबार, जेठ ८, २०८३  २१:२९
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
लुम्बिनी प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम स्वीकृत
लुम्बिनी प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम स्वीकृत शुक्रबार, जेठ ८, २०८३
भारतीय पर्यटक आकर्षित गर्न ‘कर्णाली टुरिजम् मिट-२०२६’ सुरु
भारतीय पर्यटक आकर्षित गर्न ‘कर्णाली टुरिजम् मिट-२०२६’ सुरु शुक्रबार, जेठ ८, २०८३
३० अंक बढ्यो सेयर बजार, सबै सूचक वृद्धि
३० अंक बढ्यो सेयर बजार, सबै सूचक वृद्धि बुधबार, जेठ ६, २०८३
बजेट खर्चमा लुम्बिनी प्रदेश सरकार कमजोर
बजेट खर्चमा लुम्बिनी प्रदेश सरकार कमजोर आइतबार, जेठ ३, २०८३
नेपालगन्ज बजारमा किनमेल गर्ने उपभोक्ता बढे
नेपालगन्ज बजारमा किनमेल गर्ने उपभोक्ता बढे शनिबार, वैशाख २६, २०८३
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल
नेपालगन्जमा पहिलो पटक स्ट्रिट फुड एन्ड बेभरेज फेस्टिभल शनिबार, वैशाख १२, २०८३
'नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज' फेस्टिभलको तयारी अन्तिम चरणमा 
'नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज' फेस्टिभलको तयारी अन्तिम चरणमा  बिहीबार, वैशाख १०, २०८३
एक सय भन्दाबढीको सामान खरिद गर्दा भन्सार गर्नुपर्ने निर्णय स्वागतयोग्य
एक सय भन्दाबढीको सामान खरिद गर्दा भन्सार गर्नुपर्ने निर्णय स्वागतयोग्य बुधबार, वैशाख ९, २०८३
लोकप्रीय
  • Week
  • Month
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
नेपालगन्जमा संचारकर्मीका लागि 'एआई अभिमुखीकरण तालिम'
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्