नेपालगन्ज : नेपालगन्ज क्षेत्रका लागि ओमोडा एन्ड जेकूको आधिकारिक वितरक सिद्धार्थ लिंक प्रा.लि. ले बहुप्रतिक्षित तथा अत्याधुनिक इलेक्ट्रिक एसयूभी नयाँ ओमोडा ई–५ प्रो ( Omoda E5 Pro) बुधबार नेपालगन्जमा सार्वजनिक गरेको छ । यस अघि नै १,५०० भन्दा बढी युनिट सडकमा सञ्चालनमा आइसकेको ओमोडा ई–५ को सफल यात्रालाई निरन्तरता दिँदै कम्पनीले अझ उन्नत प्रविधि, प्रिमियम डिजाइन र आधुनिक ड्राइभिङ अनुभवसहित नयाँ ई–५ प्रो नेपाली बजारमा ल्याएको हो ।
बाँके अटोमोबाइल्स एशोसिएसनका अध्यक्ष नरेन्द्र ओलीको प्रमुख आतिथ्यता तथा उद्योग वाणिज्य संघ बाँकेका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी वलीको विशिष्ट आतिथ्यतामा आयोजित विशेष समारोहबीच नयाँ ओमोडा ई–५ प्रोको औपचारिक लन्च गरिएको थियो । कम्पनीका अनुसार नयाँ ई–५ प्रोमा ५०.७ किलोवाट आवर (kWh) क्षमताको ब्याट्री, ९९ किलोवाट (kW) क्षमताको इलेक्ट्रिक मोटर तथा २८८ एनएम टर्क रहेको छ । यसले एकपटकको पूर्ण चार्जमा करिब ३५० किलोमिटर रेन्ज प्रदान गर्ने बताइएको छ ।
१९१ एमएम ग्राउन्ड क्लियरेन्स र १८ इन्चका अलोय ह्विलका कारण यो नेपाली सडकका लागि समेत उपयुक्त रहेको कम्पनीको दाबी छ । गाडीको बाह्य डिजाइनमा फ्युचरिस्टिक डिजाइन, बोल्ड फ्रन्ट फेसिया, एरोडाइनामिक प्रोफाइल तथा फ्यान्टम विङ टेललाइट समावेश गरिएको छ । त्यस्तै भित्री भागमा प्रिमियम केबिन, इलेक्ट्रिक सनरुफ तथा अत्याधुनिक प्रविधिको संयोजन रहेको कम्पनीले जनाएको छ ।
सुरक्षाका दृष्टिले गाडीमा १९ भन्दा बढी एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS) फिचर तथा ५४० डिग्री सराउन्ड भ्यू क्यामेरा प्रणाली समावेश गरिएको छ, जसले चालकलाई थप सहज र सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्ने विश्वास गरिएको छ । कम्पनीले नयाँ ओमोडा ई–५ प्रोको मूल्य सिंगल टोन भेरियन्टका लागि ५१ लाख ५९ हजार रुपैयाँ तथा डबल टोन भेरियन्टका लागि ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ ।
साथै, लन्चिङको विशेष अवसरमा एक दिनका लागि मात्र लागू हुने गरी ४९ लाख ९९ हजार रुपैयाँको विशेष अफर पनि सार्वजनिक गरिएको छ । त्यसैगरी, गाडी खरिद वा बुकिङ गर्ने ग्राहकले एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स सुविधा समेत प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
देशभरका आधिकारिक शोरुममार्फत बुकिङ खुला गरिएको यो नयाँ ईभीले नेपाली बजारमा विद्युतीय सवारी साधनको प्रतिस्पर्धालाई थप तीव्र बनाउने अपेक्षा गरिएको छ । नेपालगन्ज तथा आसपासका ग्राहकले गनापुर–६ मा रहेको ओमोडा एन्ड जेकूको आधिकारिक शोरुममा टेस्ट ड्राइभ, जानकारी तथा बुकिङ गर्न सक्ने जनाइएको छ।