नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८३/०८४ का लागी नयाँ नितिमा कृषि उत्पादन देखी बजारीकरण सम्मको लिएको छ । कृषि उत्पादनमा आत्मनिर्भरको अवस्थामा रहेको खजुराले उत्पादन गरेका कृषि बस्तुलाई खजुरामै विक्रि गर्ने र अन्य शहरसम्म पुगाउन आवश्यक कार्य गर्न निति बनाएरै बजेट विनियोजन गरि काम गर्ने योजना बनाएको हो ।
कृषिको सम्भाव्यता अध्ययन गरि बनाइएको योजनालाई वडा स्तरसम्मका प्राथमिकीकरणमा रहेका बाली तथा तरकारी पकेट उत्पादन देखि बजारीकरण गर्ने कार्यक्रमलाई कार्यान्वयनमा ल्याइने खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले बताए ।
कषि क्षेत्रलाई प्रतिस्पर्धि र उत्पादन मुखी बनाउन कषि सडक, विद्युतिकरण, सिचाई, हाट बजार, संकलन केन्द्र र प्रशोधन केन्द्र निर्माण र व्यवस्थापन गर्न तर्फ पालिका सरकार अघि बढ्ने अध्यक्ष विकले जनाए । प्रविधिको प्रयोगद्वारा अर्गानिक तरकारी उत्पादनलाई प्राथमिकता दिदै आइपिएम कृषक पाठशाला र सिकाई केन्द्र विस्तार गरि उनिहरुलाई आवश्यक कृषि सामाग्री उपलब्ध गराइन गरि नितिमा उल्लेख गरिएको छ ।
पोषण बगैचा निर्माण कार्यक्रम वी-ग्रपसँंग सहकार्य गर्दै पोषण युक्त अर्गानिक तरकारी करेसाबारी संचालनलाई निरन्तरता दिनको साथै विस्तार गरिने योजना नितिमा उल्लेख गरिएको खजुरा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर पौडेलले जनाए । खेति योग्य जमिन बाँझो राख्ने किसानलाई उत्पादन गर्न प्रोत्साहन गर्न योजना बनेका छन प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए ।
जमिन बाँझो राख्ने किसानको डाटा तयार गरि आवश्यक पहल समेत गरिने पालिकाले जनाएको छ । जसका लागी गाउँ गाउँमा कृषक समुह बनाई परिचालन गरिने कृषि शाखा प्रमुख भगवति खड्का घर्तिमगरले बताइन । किसानलाई यतिकै अनुदान नदिएर जसले उत्पादन गर्छ उसैले मुल्याङकनका आधारमा अनुदान पाउने गरि व्यवस्था मिलाइने खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले बताइन ।
उपाध्यक्ष मल्लले यसको लागी निति बनाएरै हामिले काम गर्ने जनाइन । दुध, अण्डा, माछामा आत्मनिर्भर भई व्यवसायिकरण र बजारीकरण गर्न उपयुक्त पहल र बजेटको व्यवस्थापन गरिने अध्यक्ष विकले जनाए । पशुपंक्षी उत्पादनलाई प्रोत्साहन गर्न पशुपंक्षी सम्भाव्यता अध्ययन योजनालाई कार्यान्वयन गर्न पहल गरिने निति पालिकाले लिएको छ ।
पशपंक्षी फार्म तथा कृषकहरूलाई आवश्यक दाना तथा घाँसको विउ वितरण गरिने जसले उत्पादनमा वृद्धि ल्याउने विस्वास लिइएको कृषि शाखा प्रमुख खड्काले जनाइन । पशुनश्ल सुधारको लागि भइरहेको निःशुल्क कृत्रिम गर्भाधानलाई निरन्तरता दिने समेत पालिकाले नितिमा उल्लेख गरेको छ । पशु सेवा शाखा र मातहतका सेवा केन्द्रहरूबाट अति आवश्यक र आकस्मिक प्रकृतिका आधारभुत औषधिहरू कृषकलाई निःशुल्क उपलव्ध गराउने व्यवस्था मिलाइनेछ ।
खजुरामा कृषकहरूले उत्पादन गरेका पशुहरूको खरिद बिक्री तथा बजारीकरण गर्न पशु हाट बजार उपयुक्त समयमा आयोजना गरिने भएको छ । पशु पंक्षीहरूको स्वास्थ्य परिक्षण तथा उपचार गर्न घरदैलो शिबिरहरूलाई निरन्तरता दिइने निति तथा कार्यक्रममा उल्लेख छ ।
दुध उत्पादन गनें कृषक, कृषकसमुह र विशेष गरि सहकारीलाई पनिर छुर्पि बनाउने तालिमका साथै आबश्यक मेशनरी औजार उपलब्ध गराइने गरि नितिमै उल्लेख गरिएको शाखा प्रमुख खड्काले जनाइन । उत्पादित सामग्री खेर जान नदिन शीत भण्डारलाई पुर्णता दिइनुपर्नेमा स्थानियलले माग छ ।
कृषि उत्पादनको जोखिम कम गर्न कृषि बीमा र बजार सुनिश्चित गर्न न्यूनतम समर्थन मूल्य तोक्ने गरि नितिमा समावेस गरिनुपर्नेमा किसानहरुको जोड छ ।