Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Dursanchar: News Portal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
राजनीति
  • Home
  • राजनीति
  • माधवरामको त्याग, निष्ठा र साधारण जीवन शैली
माधवरामको त्याग, निष्ठा र साधारण जीवन शैली
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, मंसिर ८, २०७८

कोहलपुर, मंसिर ८ : नेपाली समाजमा पढेलेखेका व्यक्ति धेरैजसो जागिर खाने सोचमा हुन्छन् । जागिर खाएर टन्न पैसा कमाउने र त्यसपछि राजनीति वा समाजसेवाको बाटोलाई रोज्ने प्रवृत्ती नै बसिसकेको छ । तर, यही समाजमा यस्ता व्यक्तिपनि छन, जसले पढेर जागिर होईन, आफ्नो सम्पूर्ण जीवन राजनीति राजनीतिमा ब्यथित गरिरहेका छन् ।

यस्तै मध्येका एक उदाहरणीय ब्यक्तित्व हुन, माधवराम खत्री । जसले पढेर जागिर खाने र सुविधाजनक हिसाबले बस्ने सोच कहिल्यै राखेनन् । माधवरामले राजनीतिक र सामाजिक क्षेत्रमा पुर्याएको योगदान अरुका लागि पनि प्रेरणादायी बनेको छ । फलस्वरुप, उनी नेपाली कांग्रेसको कुशल संगठनकर्ताको रुपमा स्थापित नै भइसकेका छन् । 

दाङको गोल्टाकुरीमा २०२७ साल मंसिर ५ गते जन्मिएका माधवरामले कर्मथलो भने बाँकेलाई नै बनाए । राज्यको हरेक सेवा सुविधाबाट बञ्चित रहेको बाँकेको क्षेत्र नम्बर १ बाट उनले त्याग र निष्ठाको राजनीति गर्न ठुलै संर्घष गर्नुपर्यो । २०४३ सालमा बालमितेरी माध्यामिक बिद्यालय भोजपुर दाङमा कक्षा ९ बाट बिद्यार्थी राजनीतिमा छिरेका उनलाई राजनीतिको नसाले छोएपनि पढाई रोकिएन ।

राजनीति र समाजसेवा एक अर्काका परिपुरक हुन भन्ने मान्यता बोकेका उनले करिव दुई दशक अघि नै स्नातकोत्तर तह(एम.बिए) उर्तीण गरेका थिए । माधवरामसँगै पढेका धेरै जना ब्यक्ति अहिले सरकारी उच्च पदमा छन् । तर, उनी कांग्रेसको संगठन बनाउन कै लागि चारतारे झण्डा बोकेर गाउँ गाउँमा पसे । 

बाँकेको साविक खासकुश्मा गाउँ विकास समिति वडा नम्वर ५ (भम्का) हाल राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ का स्थायी बासिन्दा रहेका माधवराम राजनीतिमा यसरी सक्रिय भए, नेपाली काँग्रेसको विभिन्न भातृ संगठनमा आवद्ध हुदै पार्टीको मुल राजनीतमा स्थापित भए । बिद्यार्थी राजनीतिका क्रममा उनी २०४५ सालमा नेपाल बिद्यार्थी संघको दाङ–नेपालगन्ज सम्पर्क समितिको सचिव भएर काम गरे । २०४६ सालको जनआन्दोलनमा भुमिगत भएर बहुदल प्राप्तिका लागी आन्दोलनमा सक्रिय भएका थिए ।

२०४८ सालमा झापामा नेपाली काँग्रेसको महाधिवेशनमा पर्यवेक्षकको रुपमा सहभागी भए । २०४९ सालमा नेपाली कांग्रेसको जिल्ला सदस्य भएर तत्कालिन महादेवपुरी गाविसको टिकट वितरण गरी निर्वाचन जिताए । २०५० सालमा नेपाल बिद्यार्थी संघ बाँकेको अध्यक्षमा उनी निर्वाचित भएका थिए । नेविसंघको कार्यकाल सफलता पुर्वक सम्पन्न गरेपछि भने उनी पार्टीको मुल राजनीतिमा छिरेका हुन् । पटक-पटक महाधिवेशन प्रतिनिधी र महासमिति सदस्यमा उनको अनुभव छ ।

पार्टीको १२ औं र १३ औं महाधिवेशनबाट २ पटक बाँके क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापतिमा निर्वाचित भएका माधवरामले राजनीतिका क्रममा कुनैपनि लाभकारी पद लिएनन् । पार्टी संगठनलाई बलियो बनाउनमै उनले आफ्नो समय खर्चिए । नेपाली काँग्रेस पटक–पटक सरकारमा गएपनि उनी पार्टीकै काममा सक्रिय भए । यसले उनको राजनीतिलाई झन् निखारता ल्यायो । राजनीतिमा उनले धेरै त्याग गरे ।

उनी विधि, विधान र नियम कानुनभन्दा बाहिर गएर कहिल्यै काम गर्दैनन् र अरुलाई पनि गर्न दिदैनन्, यो उनको मुख्य विशेषता हो । माधवरामको साधारण जीवन शैली, त्याग र निष्ठाबाट आम कार्यकर्ता पनि प्रभावित छन् । जसले गर्दा उनी राजनीतिक उचाई झन् लम्किरहेका छन् । पार्टीभित्र उनको कुसल नेतृत्व क्षमता, इमान्दारिता, लगनशिलता भएका कारण आम कांग्रेस कार्यकर्ताले उनको मुल्यांकन गरिरहेका छन् ।

‘मैले अहिले सम्म कुनैपनि लाभकारी पद लिएको छैन, सधै पार्टीकै काममा बिताए, पार्टी संगठनलाई विस्तार गर्ने काममै सक्रिय भएर लागे, मैले पार्टीमा कति योगदान गरेको छु वा छैन त्यो कुराको मुल्यांकन मेरा आदरणीय नेता कार्यकर्ताले गर्नु भएकै होला,’ उनी भन्छन् ।

माधवरामको राजनीतिमा जति लगानी छ, त्यतिकै योगदान सामाजिक क्षेत्रमा पनि छ । तर, उनले आफ्नो प्रचार नै त्यति गर्दैनन् । काम गरेर परिणाम ल्याउने, त्यति प्रचार नगर्ने उनको स्वभाव छ । त्यसकारण उनले गरेका धेरैजसो काम बाहिर आउँदैन । कार्यकर्तालाई गफ दिने, ढाँट्ने, ठग्ने उनको बानी छैन । माधवराम जे बोल्छन्, त्यो काम गर्छन् र जे काम गर्न सक्दैनन्, त्यो कुरा मात्र बोल्दैनन् । 

उनको कामलाई तल्लो स्तरका नेता, कार्यकर्ताले मात्र प्रत्यक्ष अनुभुती गर्छन् । ‘पार्टीभित्र त्यस्ता मान्छेहरु पनि छन, जसले अरुले गरिदिएको कामको आफुले गरेको भनेर प्रचार गर्छन्, तर माधवराम आफैले गरेका कामको पनि प्रचार गर्दैनन, उनको कति योगदान छ भन्ने कुरा त हामीले मुल्यांकन गरिरहेका छौं,’ कार्यकर्ता भन्छन् ।  

बाढी पीडित, सुकुम्बासी, भुमिहिन, मुक्त कमैयाका समस्या समाधानका लागी उनले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा निभाएको भूमिका अविष्मरणीय रहेको कार्यकर्ता सम्झिन्छन् । माधवरामले क्षेत्र नम्बर १ मा थुप्रै पटक बाढी पीडित, सुकुम्वासी, भुमिहिन तथा थारु बस्तीमा स्वास्थ्य शिविर सञ्चालन गरिसकेका छन् । बाढीको बिपत्ती, महामारी, आगलागी घटनामा पीडितको औषधी उपचारका साथै विभिन्न राहत तथा क्षतिपुर्ती वितरणका लागि सरकारी तथा गैर सरकारी निकायमा समन्वय गर्नेदेखी आफै पुगेर पीडामा मल्हम लगाउने काम गर्छन, उनी । ‘हामीले राजनीति मात्र गर्ने होईन, कार्यकर्ता र जनताका पीरमर्का पनि बुझिदिनुपर्छ,’ माधवराम भन्छन् ।

आफ्नो क्षेत्रको शिक्षालाई माथी उठाउन माधवरामले गरेको योगदान अविष्मरणीय छ । गाउँमा बिद्यालय नहुँदा साविक खासकुश्मा–५ भम्का गाउँमा रहेको गरिव, विपन्न तथा सिमान्तकृत समुदाय (खुना)का छोराछोरीहरु बर्खायामको समयमा डुंगा तरेर वारीपारी गर्नुपर्ने बाध्यता थियो । नदी वारपार गर्ने बिद्यार्थीको अवस्था देखेर माधवरामले भम्का गाउँमै हरिशिद्ध प्राथमिक बिद्यालय स्थापना गराए ।

‘माधवरामले गाउँमै स्कुल स्थापना गरिदिएपछि गरिव, विपन्न तथा सिमान्तकृत समुदायका छोराछोरीलाई धेरै राहत भएको थियो, यसबाट उनीहरु कक्षा ५ सम्म आफ्नै गाउँमा पढेर माथिल्लो कक्षा पढ्न गाउँ बाहिरको स्कुल जान पाएका थिए,’ भम्का गाउँका स्थानीय बासिन्दा भन्छन् ।

माधवरामको योगदान यतिमा मात्र सिमित छैन । राप्तीसोनारीको वडा नम्बर १ कुसुममा रहेको कुसुमेश्वर उच्च माध्यामिक बिद्यालयमा कक्षा १२ सम्मको पढाई सञ्चालन गर्न व्यवस्थापन समितिलाई निकै हम्य–हम्य परिरहेको थियो । बिद्यालयमा कक्षा १२ सम्मको अनुमती लिन स्नातकोत्तर तह उर्तीण गरेको स्थानीय व्यक्तिको शैक्षिक प्रमाणपत्र चाहिने भयो । त्यतिबेला यिनै माधवराम आफ्ना सम्पुर्ण शैक्षिक प्रमाणपत्र सम्बन्धित निकायमा पेश गरेर कुसुममा उच्च मावि सञ्चालन गर्न ऐतिहासिक काम गरेका थिए । माधवरामकै योगदानका कारण अहिले उच्च शिक्षाका लागि त्यस क्षेत्रका बिद्यार्थी बाहिर जानु परेको छैन ।

त्यति मात्र होईन, उक्त बिद्यालयका लागि माधवरामको परिवारले १४ विघा जग्गा दान दिएको छ । उनका पिताले दान दिएको जग्गाको आम्दानीबाट दशकौं अघिदेखी निजी स्रोतका शिक्षकलाई तलब खुवाउनेदेखी बिद्यालयको हरेक समस्या टार्ने गरिन्छ । आफ्नो घर खर्च चलाउनलाई माधवरामलाई पैतृक सम्पत्तीले पुगेकै छ । त्यसकारण उनले राजनीतिलाई कमाउने माध्यम कहिल्यै बनाएनन् । बरु अप्ठ्यारोमा परेका ब्यक्ति र संस्थालाई सहयोग र दान गर्छन् ।

माधवरामले बाँके, क्षेत्र नम्बर १ अन्तर्गत पर्ने कोहलपुर, राप्तीसोनारी र नरैनापुरका विभिन्न ठाउँमा पुर्वाधार विकासको काममा पनि अगुवाई गर्दै आएका छन् । आफ्नो क्षेत्रमा बिद्युत, सडक, नाला, पक्की पुल, झोलुंगे पुल जस्ता भौतिक पुर्वाधार निर्माण गर्न, वन्यजन्तुको क्षति नियन्त्रणका लागि सम्बन्धित निकायमा पहल गर्नुका साथै आफ्ना कार्यकर्ताको सुख, दुःखमा उनले दिनरात साथ दिईरहेका छन् । 

राप्तीसोनारीको बैजापुर कुम्भरदेखी भम्का हुदै दाङको कालाकाटेसम्म जोड्ने हुलाकी सडक निर्माणका लागी उनले जिल्लादेखी केन्द्रसम्म धेरै पटक धाएका थिए । फलस्वरुप, उक्त सडक अहिले निर्माणाधिन अवस्थामा छ । ‘यो सडकका लागी मैले धेरै पटक मन्त्री र सचिव कहाँ धाएको थिए, त्यो सक्रियताले सडक बन्ने कामको सुरुवात भएको छ,’ उनी सम्झिन्छन् ।

यस्तै राप्ती सोनारी २ कचनापुरदेखी कम्दी जोड्ने सडक निर्माणमा पनि खत्रीको योगदान प्रशंसनीय छ । ‘कचनापुरबाट कम्दी जोड्ने यो सडक निकै छोटो दुरिमा छ, यसले ग्रामिण क्षेत्रका जनतालाई राहत मिलेको छ ।’ बाढी पीडितलाई समान रुपले राहत वितरण, अव्यवस्थित बसोबासको व्यवस्थापन, नरैनापुर र राप्तीसोनारीमा बिद्युतीकरण गर्न माधवरामले पहल गर्दै आएका छन् । ‘अहिले सम्म मैले राजनीतिक दलको नेताको हैसियतले यति कामहरु गरेको छुँ,’ उनी भन्छन् ‘पार्टी संगठनलाई अझ चुस्त र अझ चलायमान बनाउन यसपटक मलाई पुनः क्षेत्रीय सभापतिमा निर्वाचित गराउन म सबैलाई हार्दिकता पुर्वक आग्रह गर्दछु ।’

आफ्ना कार्यकर्तालाई दुःख पर्दा माधवराम खुलेरै साथ दिन्छन । पार्टीको काम र समाजसेवाका क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप नेपाली काँग्रेसले उनलाई अघिल्लो प्रतिनिधी सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर १ बाट सांसदको उम्मेदवार बनाएको थियो । उक्त निर्वाचनमा तत्कालिन नेकपा एमाले र माओबादी केन्द्र मिल्दापनि माधवरामले थोरै मत अन्तरले हार ब्यहोर्नु परेको थियो । त्यतिबेला पार्टीभित्रैका ब्यक्तिले गरेको अन्तर्घातको पीडा उनलाई अहिले पनि  छ । 

पार्टीलाई अप्ठ्यारो परेको बेला र फरक पार्टीसँग लड्नुपर्ने बेलामा आफ्नै पार्टीका उम्मेदवारलाई हराउने अन्र्तघातीलाई यस पटक  कार्यकर्ताले राम्ररी मुल्यांकन गर्नुपर्ने माधवराम बताउँछन् । प्रतिनिधी सभा चुनाव हारेपनि पार्टीको काममा भने उनी कहिल्यै थाकेनन् । बरु उत्तिकै जोश र जाँगर छ ।

माधवराम भन्छन्, ‘क्षेत्र नम्बर १ मा पार्टीका लागि मैले गरेको योगदानको मुल्यांकन स्वयं कार्यकर्ताले गर्नु भएकै छ, त्यसकारण मलाई एक चोटी क्षेत्रीय सभापतिको जिम्मेवारीमा पुर्याउनु हुनेछ भन्नेमा म आशावादी छु ।’ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत क्षेत्र नम्बर १ को निर्वाचनमा सभापति पदका लागि उनले बुधबार उम्मेदवारी दर्ता गराइसकेका छन् । माधवरामले क्षेत्र नम्बर १ मा यसपटक ह्याट्रीक गर्ने निश्चित भइसकेको कांग्रेस नेता, कार्यकर्ता बताउँछन् । 
 


प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  २०:०६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
‘राजनीतिक स्थिरता, सुशासन र विकासका लागि मुलुकका दुई ठूला दलको नेतृत्वमा सरकार’ : शंकर पोखरेल
‘राजनीतिक स्थिरता, सुशासन र विकासका लागि मुलुकका दुई ठूला दलको नेतृत्वमा सरकार’ : शंकर पोखरेल शनिबार, वैशाख २०, २०८२
‘एमाले हाँगा बिनाको पार्टी हो’ : घनश्याम भुसाल
‘एमाले हाँगा बिनाको पार्टी हो’ : घनश्याम भुसाल शनिबार, वैशाख २०, २०८२
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित  शनिबार, वैशाख २०, २०८२
अचानक स्थगित गरियो मन्त्रिपरिषद् बैठक
अचानक स्थगित गरियो मन्त्रिपरिषद् बैठक शुक्रबार, वैशाख १९, २०८२
जसपा नेतृ सिंहले नाँच्दा पड्काएको पेस्तोल बरामद 
जसपा नेतृ सिंहले नाँच्दा पड्काएको पेस्तोल बरामद  बिहीबार, वैशाख १८, २०८२
सरकारसँग सहमतिपछि जिल्ला फर्किदै शिक्षक
सरकारसँग सहमतिपछि जिल्ला फर्किदै शिक्षक बिहीबार, वैशाख १८, २०८२
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम पक्राउ
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम पक्राउ बुधबार, वैशाख १७, २०८२
जनमत र नाउपाबीच आज गरिदै एकता घोषणा 
जनमत र नाउपाबीच आज गरिदै एकता घोषणा  बुधबार, वैशाख १७, २०८२
माओवादी अध्यक्ष दाहालले गरे सहिद परिवारका बालबालिकाको अभिभावकत्व ग्रहण
माओवादी अध्यक्ष दाहालले गरे सहिद परिवारका बालबालिकाको अभिभावकत्व ग्रहण मंगलबार, वैशाख १६, २०८२
लोकप्रीय
  • Week
  • Month
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका केन्द्र प्रमुखको कार्यशाला 
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका केन्द्र प्रमुखको कार्यशाला 
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
कफी र थारु समुदायका खानेकुरा अब 'थारु हाउस' मा
कफी र थारु समुदायका खानेकुरा अब 'थारु हाउस' मा
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’ अर्जुन ओली
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’ अर्जुन ओली
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्