Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
समाज
  • Home
  • समाज
  • राप्ती नदीमा अवैध उत्खनन्, क्रसर उद्योगको बील प्रयोग गरेर निकासी
राप्ती नदीमा अवैध उत्खनन्, क्रसर उद्योगको बील प्रयोग गरेर निकासी
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, पुस १५, २०७८
राप्ती नदीबाट अवैध रुपमा नदीजन्य सामाग्री लिन पुगेका ट्याक्टर र  कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको टिपर ।  

बाँके (कचनापुर) : जिल्लाका नदी तथा खोलामा अवैध रुपमा उत्खनन् हुने क्रम बढेको छ । स्थानीयका अनुसार तस्करले नदी तथा खोलाबाट अवैध उत्खनन गरेको नदीजन्य सामाग्रीलाई नेपालगन्ज र कोहलपुरतर्फ निकासी गर्दै आएका छन् ।

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ स्थित राप्ती नदीको माथेवास–खैरना घाटबाट अचेल दिनहुँजसो अवैध उत्खनन् भइरहेको स्थानीयले जानकारी दिएका छन् । उक्त स्थानबाट अवैध रुपमा उत्खनन् गरिएको नदीजन्य सामाग्रीलाई क्रसर उद्योगबाट ‘बैध’ बनाएर निकासी गर्ने गरिएको स्थानीय बताउँछन् । 

‘नदी र खोलामा उत्खनन् गर्न अहिले प्रतिवन्ध छ, तर, तस्करले ट्याक्टर र टिपर प्रयोग गरेर दिन दहाडै नदीजन्य सामाग्री ओसार्ने काम गरिरहेका छन्,’ एक स्थानीयले नाम नछाप्ने शर्तमा भने ‘नदीबाट ओसारेर माथेवासमा ल्याउँछन्, शक्तिमाँ क्रसर उद्योग माथेवासबाट भ्याट बील तयार गरेर कोहलपुर र नेपालगन्जमा निकासी गर्छन् ।’ 

उक्त क्षेत्रमा नदीजन्य सामाग्री उत्खनन् गर्नका लागि राप्ती सोनारी गाउँपालिकाले हरेक वर्ष ठेक्का लगाउने गरेको छ । यसवर्ष पनि गाउँपालिकाले ठेक्का सञ्चालनको प्रक्रिया अगाडी बढाइसकेको छ । तर, ठेक्का स्वीकृत हुन बाँकी छ । स्थानीय प्रहरीको समेत मिलेमतोमा नदीजन्य सामाग्री अवैध रुपमा उत्खनन् भएको स्थानीय बासिन्दाको दाबी छ । नजिकै रहेको प्रहरी चौकीलाई बारम्बार खबर गर्दा समेत बेवास्ता भएको स्थानीयको गुनासो छ । 

‘अवैध उत्खनन् भइरहेको ठाउँबाट प्रहरी चौकी कचनापुरको दुरि एक किलोमिटर मात्रै छ, खबर गर्दा प्रहरीले उल्टो सूचना लिग गर्छ,’ ती स्थानीयले भने ‘जिल्लाको सिडिओदेखी एसपीसम्मलाई यस विषयमा जानकारी गराउँदा र सामाग्री अवैध ओसार पसारमा संलग्न सवारी साधनको नम्बर टिपाउँदा पनि पक्राउ पर्दैनन् ।’ माथेवास-खैरनाघाट दैनिक रुपमा दर्जनौं टिपर र ट्याक्टरले अवैध रुपमा सामाग्री ओसार्ने गरेको स्थानीय बताउँछन् । 

स्थानीय प्रत्यक्षदर्शीका अनुसार बुधबार बिहान मात्र भे१ख ३३४७ र भे१ख ३०४५ नम्बरका दुई वटा टिपरले नदीबाट अवैध रुपमा नदीजन्य सामाग्री ल्याएर क्रसर उद्योगको भ्याट बीलसहित कोहलपुर जादै थिए । स्थानीयले सम्पूर्ण विवरणसहित उक्त टिपरको नम्बर समेत प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीलाई फोन गरेर टिपाए । तर, ती दुबै टिपर सहज रुपमै कोहलपुर प्रवेश भए । बुधबार दिउँसो पनि राप्ती नदीबाट अवैध सामाग्री बोकेर ६ वटा टिपर त्यसरी नै स्थानीय क्रसर उद्योगबाट भ्याट बील लिएर कोहलपुर सहजै प्रवेश गरेको प्रत्यक्षदर्शीले सुनाए । 

राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले गाउँपालिका क्षेत्रभित्रका नदी र खोलामा अहिले बिक्री प्रयोजनका लागि नदीजन्य सामाग्री उत्खनन्मा रोक लगाइएको बताए । ‘बिक्री प्रयोजनका लागि अहिले नदीजन्य सामाग्री उत्खनन् बन्द गरिएको छ, सामाग्री उत्खनन् गर्नका लागि हामीले ठेक्का खोलिसकेका छौं, तर ठेक्का सम्झौता अझै भइसकेको छैन,’ उनले भने । गाउँपालिकाको बोर्ड बैठकको निर्णयले स्थानीय जनतालाई घर बनाउनका लागि भने नदीजन्य सामाग्री संकलन गर्न अनुमति दिइएको शाहीले सुनाए । ‘बिक्री गर्ने प्रयोजनका लागि कसैले पनि अबैध रुपमा उत्खनन् गरेको जानकारी हामीलाई छैन,’ उनले थपे । 

बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीले राप्ती सोनारीका नदी तथा खोलाबाट अबैध उत्खनन गरेर क्रसर उद्योगको भ्याट बील प्रयोग गरी निकासी गरिरहेको भन्ने सूचना आफुलाई प्राप्त भएपछि कारबाही प्रक्रिया अगाडी बढाउन प्रहरीलाई निर्देशन दिएको बताए । ‘नदीबाट अबैंध उत्खनन गरेको सामाग्री क्रसर उद्योगको बील प्रयोग गरी कोहलपुर र नेपालगन्जमा निकासी गरिरहेको सूचना पाएपछि मैले नियन्त्रण गर्नका लागि एसपी साबलाई भनेको हुँ,’ खत्रीले भने ‘सम्बन्धित गाउँपालिकासँग बुझेर अबैध उत्खनन् विरुद्ध एक्सनमा जाने कुरा भएको छ ।’ 

इलाका प्रहरी कार्यालय कार्यालय कोहलपुरले अवैध उत्खनन्मा संलग्न एउटा टिपरलाई भने बुधबार बेलुकातिर नियन्त्रणमा लिएको जनाएको छ । भे१ख ३२३१ नम्बरको टिपरलाई नियन्त्रणमा लिइएको कोहलपुर प्रहरीले जानकारी दिएको छ । अवैध निकासीमा संलग्न अन्य टिपरलाई भने प्रहरीले छाडेको छ ।  


प्रकाशित मिति: बिहीबार, पुस १५, २०७८  ०९:४८
प्रतिक्रिया दिनुहोस्
थप समाज
कारागार कर्मचारीको बद्मासी, एउटाको कैद अर्कोसँग असुल 
कारागार कर्मचारीको बद्मासी, एउटाको कैद अर्कोसँग असुल  आइतबार, जेठ ८, २०७९
फेर्दैछ नेपालगन्ज उपमहानगरले मुहार 
फेर्दैछ नेपालगन्ज उपमहानगरले मुहार  आइतबार, असोज ३, २०७८
बीस वर्षअघि भारत गएर वेपत्ता भएका थिए, अहिले फेला परे नारायण
बीस वर्षअघि भारत गएर वेपत्ता भएका थिए, अहिले फेला परे नारायण सोमबार, भदौ १४, २०७८
पर्यटक पर्खिदै बाँके राष्ट्रिय निकुञ्ज 
पर्यटक पर्खिदै बाँके राष्ट्रिय निकुञ्ज  आइतबार, भदौ १३, २०७८
पाटेबाघ संरक्षण गर्न पाईलै पिच्छे चुनौती
पाटेबाघ संरक्षण गर्न पाईलै पिच्छे चुनौती शुक्रबार, भदौ ११, २०७८
यस्तो बन्दैछ भेरी अस्पताल
यस्तो बन्दैछ भेरी अस्पताल शुक्रबार, भदौ ११, २०७८
लोकप्रीय
  • Week
  • Month
आधारभुत रेडियो पत्रकारिता तालिम सुरु 
आधारभुत रेडियो पत्रकारिता तालिम सुरु 
महिनावारी सचेतनाका लागि खजुरामा विशेष कार्यक्रम 
महिनावारी सचेतनाका लागि खजुरामा विशेष कार्यक्रम 
राप्ती सोनारीमा आधारभुत पत्रकारिता तालिम सुरु
राप्ती सोनारीमा आधारभुत पत्रकारिता तालिम सुरु
तनहुँको मादी पुलबाट जीप खस्दा तीन जनाको मृत्यु 
तनहुँको मादी पुलबाट जीप खस्दा तीन जनाको मृत्यु 
मनिपाल अस्पतालका चिकित्सक सहितको टोली नेपालगन्जमा 
मनिपाल अस्पतालका चिकित्सक सहितको टोली नेपालगन्जमा 
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
मृतकका आफन्तले कुसुममा पुनः गरे सडक अवरुद्ध,  रोकिए सयौं सवारी साधन
मृतकका आफन्तले कुसुममा पुनः गरे सडक अवरुद्ध, रोकिए सयौं सवारी साधन
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
बैजनाथ गाउँपालिका उपाध्यक्ष रोकायले आफ्नै कार्यालयमा गरिन तालाबन्दी
बैजनाथ गाउँपालिका उपाध्यक्ष रोकायले आफ्नै कार्यालयमा गरिन तालाबन्दी
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
Narainapur Gaupalika ko Jari Sandesh new Narainapur Gaupalika ko Jari Sandesh new
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: dursanchar.news@gmail.com
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

dursanchar.marketing@gmail.com
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज
    Dursanchar: News Portal
    फेसबुक पेज
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्