Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
दूरसञ्‍चार खोज
  • Home
  • दूरसञ्‍चार खोज
  • पाटेबाघ संरक्षण गर्न पाईलै पिच्छे चुनौती
पाटेबाघ संरक्षण गर्न पाईलै पिच्छे चुनौती
अर्जुन ओली
अर्जुन ओली शुक्रबार, भदौ ११, २०७८
पाटेबाघ : फाइल तस्बिर

नेपालगन्ज : सरकारले अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिवद्धता अनुरूप पाटेबाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ असार २८ गते बाँके राष्ट्रिय निकुञ्ज स्थापना गर्यो । निकुञ्ज स्थापनाको एक दशकमा बाघको संख्या अपेक्षित रुपले त बढ्यो । सन् २०१० मा निकुञ्ज स्थापना हुँदा ४ वटामा सिमित रहेको पाटेबाघ सन् २०१८ मा गणना गर्दा २१ पुग्यो । अहिले त्यो संख्या पनि बढेर गएको निकुञ्जका अधिकारी बताउँछन् ।

वर्षेनी संख्या बढिरहँदा पाटेबाघ संरक्षणमा पनि अनेकौं चुनौती थपिदै गएको छ । बाघको संख्या बढेपनि बासस्थान क्षेत्र विस्तार गर्न कठिनाई हुनु, चोरी शिकार नियन्त्रण नहुनु, आहारा प्रजाती बढाउन समस्या हुनु, मानव र बाघबीच द्धन्द्ध हुनु, निकुञ्ज क्षेत्रमा विकासका पुर्वाधार निर्माण गरिनु, घाईते बाघको तत्काल उद्दार गरेर राख्ने ठाउँ अभाव हुनु संरक्षणका चुनौती हुन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाह भन्छन्, ‘निकुञ्जमा पाटेबाघको संख्या बढेर गएको हाम्रो अनुमान छ, त्यसकारण बाघको बासस्थान र आहारा प्रजाती ब्यवस्थापनलाई जोड दिईरहेका छौं ।’ उक्त निकुञ्ज बाँके, दाङ र सल्यानसम्म ५ सय ५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यि तीन वटै जिल्लाको अधिकांस भू-भागलाई निकुञ्जको मध्यवर्ती क्षेत्रले छोएको छ ।

निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने बाँकेको राप्तीसोनारी, बैजनाथ र कोहलपुर, दाङको बबई र दंगिसरण तथा सल्यान कालिमाटीमा दर्जनौं मानव बस्ती छन् । निकुञ्जको मध्यवर्ती क्षेत्र बाँकेको बालापुर र खड्गवार गाउँमा दुई वर्षअघि बाघले स्थानीयलाई आक्रमण गरी मारेको थियो । त्यतिबेला घाँसकाट्न गाउँ नजिकैको जंगलमा गएका बेला बाघले आक्रमण गरेको थियो । त्यसयता भने बाघले कुनैपनि घटना नगराएको निकुञ्ज प्रशासनले जनाएको छ ।

‘बाँके राष्ट्रिय निकुञ्जभित्र बाघ अहिले आफ्नै प्राकृतिक बासस्थानमा रमाईरहेको छ,’ सहायक संरक्षण अधिकृत एवम् सूचना अधिकारी महेश न्यौपानेले भने ‘आहारा प्रजाती बढेपछि आफ्नै बासस्थानमा बस्न रुचाउँछ, त्यसकारण बाघको आहारा बढाउने काम निकुञ्जले गरिरहेको छ, त्यसकारण बाघको संख्या पनि बढिरहेको छ ।’ आहारा प्रजाति बढेपछि बाघको संख्या स्वतः बढ्ने उनी बताउँछन् ।

बाघको संख्या बढेसँगै संरक्षणमा भने अनेक चुनौती रहेको सहायक संरक्षण अधिकृत न्यौपानेको भनाई छ । पाटेबाघलाई मनपर्ने आहारा चौका र चित्तल हो । चौका र चित्तलको संख्या पनि निकुञ्जभित्र अत्यकि रुपले बढेको सम्वद्ध अधिकारीहरु बताउँछन् ।  विश्वमै लोपउन्मुख अवस्थामा रहेको पाटेबाघ र आहारा प्रजाती संरक्षणका लागि विभिन्न काम गरिरहेको निकुञ्जले जनाएको छ ।

निकुञ्जले तारबार, पोखरी, वनपथ, घाँसे मैदान, मचान, सुरक्षा पोष्ट लगायत पुर्वाधार निर्माण गरेको प्रमुख संरक्षण अधिकृत शाहले सुनाए । ‘बाघ हेर्न आउने पर्यटकका लागि धेरै पुर्वाधार तयार भईसकेका छन्, अझै कतिपय पुर्वाधार बनाउने योजनामै छौं,’ अन्तरक्रियामा उनले केहीदिन अघि सुनाएका थिए । सन् २०२० मा निकुञ्जले आन्तरिक र बाह्य पर्यटक भित्र्याउने तयारी गरिरहँदा कोरोना महामारीले सबै योजना प्रभावित बन्न पुगेको थियो ।

महामारी नियन्त्रणमा आएपछि बाघ हेर्न आउने पर्यटक लक्षित कार्यक्रम अगाडी बढाउने निकुञ्जको तयारी छ ।   सन् २०१८ गरिएको गणना अनुसार नेपालमा पाटेबाघको संख्या २ सय ३५ रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । विभागका अनुसार पर्सा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघ पाईन्छ ।

सन् २०१८ मा गरिएको गणना अनुसार पर्सामा १८, चितवनमा ९३, बाँकेमा २१, बर्दियामा ८७ र शुक्लाफाँटामा १६ रहेको छ । निकुञ्ज विभागले सन् २०२२ सम्म बाघको संख्या बढाएर २ सय ५० पुर्याउने लक्ष्य राखेको छ । निकुञ्ज विभागका सूचना अधिकारी हरिभद्र आचार्यले आगामी पुससम्म देशभर रहेका निकुञ्जमा बाघ गणना कार्य सुरु गरिने बताए । ‘सन् २०१० मा १ सय २१ रहेको बाघको संख्या २०१८ मा आईपुग्दा २ सय ३५ पुग्यो,’ उनले भने ‘सन् २०२२ मा बाघको संख्या २ सय ५० पुर्याउने विभागको लक्ष्य छ, त्यो लक्ष्य अवश्य पुरा हुन्छ ।’

उनका अनुसार विभागले हरेक ४/५ वर्षको फरकमा बाघ गणना गर्छ । आगामी पुसदेखी बैशाखसम्म बाघ गणना कार्य सम्पन्न गरेर तथ्यांक सार्वजनिक गर्ने विभागको तयारी छ । बाघको संख्या बढेपनि बासस्थान क्षेत्र विस्तार गर्न कठिनाई, बढ्दो चोरी शिकार, आहारा पुर्याउन समस्या, मानव र बाघबीचको द्धन्द्ध, निकुञ्ज क्षेत्रभित्र विकासका पुर्वाधार निर्माण, घाईते बाघको तत्काल उद्दार गरेर राख्ने ठाउँ अभाव हुँदा संरक्षणमा चुनौती थपिने गरेको विभागका सूचना अधिकारी आचार्य बताउँछन् । 


प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  २२:३३
#बाँके राष्ट्रिय निकुञ्ज
प्रतिक्रिया दिनुहोस्
थप दूरसञ्‍चार खोज
कारागार कर्मचारीको बद्मासी, एउटाको कैद अर्कोसँग असुल 
कारागार कर्मचारीको बद्मासी, एउटाको कैद अर्कोसँग असुल  आइतबार, जेठ ८, २०७९
राप्ती नदीमा अवैध उत्खनन्, क्रसर उद्योगको बील प्रयोग गरेर निकासी
राप्ती नदीमा अवैध उत्खनन्, क्रसर उद्योगको बील प्रयोग गरेर निकासी बिहीबार, पुस १५, २०७८
फेर्दैछ नेपालगन्ज उपमहानगरले मुहार 
फेर्दैछ नेपालगन्ज उपमहानगरले मुहार  आइतबार, असोज ३, २०७८
बीस वर्षअघि भारत गएर वेपत्ता भएका थिए, अहिले फेला परे नारायण
बीस वर्षअघि भारत गएर वेपत्ता भएका थिए, अहिले फेला परे नारायण सोमबार, भदौ १४, २०७८
पर्यटक पर्खिदै बाँके राष्ट्रिय निकुञ्ज 
पर्यटक पर्खिदै बाँके राष्ट्रिय निकुञ्ज  आइतबार, भदौ १३, २०७८
यस्तो बन्दैछ भेरी अस्पताल
यस्तो बन्दैछ भेरी अस्पताल शुक्रबार, भदौ ११, २०७८
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस प्रदेश सभापति पुनले खजुरामा खोल्दै नागरिक सम्पर्क कार्यालय
कांग्रेस प्रदेश सभापति पुनले खजुरामा खोल्दै नागरिक सम्पर्क कार्यालय
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्