Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • कारागार कर्मचारीको बद्मासी, एउटाको कैद अर्कोसँग असुल 
कारागार कर्मचारीको बद्मासी, एउटाको कैद अर्कोसँग असुल 
अर्जुन ओली
अर्जुन ओली आइतबार, जेठ ८, २०७९

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित दैलेखी बंगालाका सुन्दर हरिजन (चमार)को रोल्पा कारागारमा केहीदिन अघि ‘शंकास्पद’ मृत्यु भयो । कारागारको रेकर्डमा भने उनको नाम विजय विक्रम शाह देखियो । 

कर्मचारीले मृत्युबारे खबर गरेपछि परिवारका सदस्यहरु अलमलमा परे । रोल्पा पुगेर परिवारले शवको पहिचान गरेपछि मात्र मृतक ब्यक्ति सुन्दर नै भएको पुष्टी भयो । विजय विक्रमको नाममा परिवारले सुन्दरको शव बुझेर नेपालगन्ज ल्याए । मृतकको शव अहिले नेपालगन्जमा छ, तर परिवारले दाहसंस्कार गर्न मानेका छैनन् । परिवारले कारागारभित्र सुन्दरको सट्टा विजय विक्रम कसरी लेखियो भनेर चासो राखेपछि घटना रहस्यमय बनेको छ । 

Nepalgunj Karagar1653242325.jpg

चोरी र ‘नकदजनी’ चोरी मुद्दामा सुन्दरले जेल सजाय पाएका थिए । परिवारका अनुसार उनी १६ वर्षको छँदा प्रहरीले चोरीको अभियोगमा पक्राउ गरी नाबालकमाथी मुद्दा चलाएको थियो । त्यसपछि बाँके जिल्ला अदालतले सुन्दरमाथी एउटा मुद्दामा १ वर्ष कैद र १० हजार जरिवाना तथा अर्कोमा ३ महिना कैद र ५० हजार जरिवानाको फैसला गर्यो । 

अदालतको फैसला अनुसार उनी जरिवाना बुझाएमा २०७७ पुस २३ गते जेल मुक्तहुने थिए । कारागार प्रशासनका अनुसार जरिवाना बुझाउन नसकेपनि उनी २०७८ असार १० गते जेलमुक्त हुने निश्चित थियो । तर, उनी छुट्ने समय आउनु भन्दा करिव डेढ महिना अघि अर्थात् २०७७ मंसिर ८ गते उनको अचानक रोल्पा कारागार सरुवा गरियो । 

त्यतिबेला नेपालगन्ज कारागार प्रशासनले सुन्दर र विजय विक्रमसहित ५ जनालाई रोल्पा सरुवा गर्यो । तर, रोल्पा कारागार प्रशासनले सुन्दरलाई जेलमै राखेर उनको नाममा विजय विक्रमलाई छाडेको रहस्य बाहिर आएको छ ।

Kaidi Sundar harijan Death Kagaj1653242959.jpg

कारागारमा सजाय काट्न बाँकी रहेका विजय विक्रम सुन्दरको नाममा छुटे । विजय विक्रमको नाममा सजाय काटिरहेका सुन्दर पाँच दिनअघि रोल्पा कारागारको शौचालयभित्र झुण्डिएको अवस्थामा फेला परेपछि घटनाले नयाँ मोड लिएको हो । 

मृतकका परिवारले कर्मचारीको मिलेमतोमा सुन्दरलाई अर्काको नाममा जेलमा राख्ने काम गरेको र मृत्यु हुनुमा पनि कसैको संलग्नता रहेको आरोप लगाएका छन् । मृतकका दाई राजकुमारले भाईको मृत्यु भएको र कारागारका कर्मचारीले विजय विक्रमलाई कागजी रुपले जवरजस्ती आफ्नो भाई बनाउन खोजेको बताए ।

‘मलाई कारागारका कर्मचारीले तिम्रो भाई विजय विक्रमशाहको मृत्यु भएको छ, शवलिन आउ भनेर फोन गरेपछि म छांगाबाट खसेझै भए,’ उनले भने ‘मैले मेरो भाईको नाम विजयविक्रम होईन भनेपछि कर्मचारीले मृतकको फोटो देखाए र त्यसपछि मृतक मेरो भाई भएको पुष्टी भयो ।’

कारागार प्रशासनका अनुसार विजय विक्रम अहिले कारागार बाहिर छन् । कर्मचारीले गरेको बद्मासी अहिले सुन्दरको मृत्यु भएपछि खुल्दा रोल्पा र नेपालगन्ज कारागारमा खैला बैला मच्चिएको छ । 

कारागार ब्यवस्थापन विभागले निर्देशक झरेन्द्र चापागाईको संयोजकत्व छानविन समिति बनाइसकेको छ । छानविनका लागि संयोजक चापागाई नेपालगन्ज आइपुगेका छन् । ‘हाम्रो सिस्टम भनेको कैदीलाई जेलमा राख्ने हो, तोकिएको सजाय बाहेक कसैलाई एक दिनपनि राख्न कानुनले दिदैन,’ उनले भने ‘तर यो घटनामा एउटाको सजाय अर्कोले पाएको देखियो, के कति कारणले यस्तो भयो, कहाँ निर कस्ले गल्ती गर्यो, त्यसको छानविन हुन्छ ।’

Kaidi Sundar harijan Death Kagaj 21653242959.jpg

सुन्दरको सरुवा गर्ने नेपालगन्ज कारागारका तत्कालिन जेलर देवेन्द्र श्रेष्ठ र सुन्दरको नाममा विजय विक्रमलाई जेलमुक्त गर्ने रोल्पा कारागारका कमला घिमिरेको अन्यत्र सरुवा भइसकेको छ । नेपालगन्ज कारागारका जेलर रामकुमार सोनकरले आफु जिम्मेवारीमा आउनुभन्दा अगाडीको घटनाक्रम भएकाले यसबारेमा सबै कुराको जानकारी आफुलाई नभएको बताए ।

कारागारमा रहेका कैदी सुन्दर हरिजन, विजय विक्रम शाहसहित ५ जनाको २०७७ मंसिर ८ गते नेपालन्जबाट रोल्पा सरुवा भएको देखिएको जानकारी दिए । ‘त्यतिबेला पाँच जना कैदीको सरुवा भएको अभिलेखमा देखिन्छ,’ उनले भने । 

रोल्पाका रागारका जेलर विशाल खनालले धेरै कैदी बसेको ठाउँमा यस्ता घटना हुनु सामान्य कुरा भएको प्रतिक्रिया दिए । ‘कैदी सुन्दर हरिजनलाई कारागारभित्रको शौचालयमा झुण्डिएको अवस्थामा फेला पारेका हौं,’ उनले टेलिफोनमा भने ‘एउटाको नाममा अर्कोले सजाय पाउनुमा डाटा इन्ट्रीका क्रममा मिस्टेक भएको हुन सक्छ ।’ कारागार भित्र यस्ता घटना भइरहने खनालले बताए ।

घटनाको सत्य तथ्य छानविन नहुँदा सम्म र दोषीलाई कारबाही नहुँदासम्म शवको अन्त्येष्टी नगर्ने मृतकका परिवार तथा आफन्तले बताएका छन् । मृतकको शव नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा राखिएको छ । -नागरिकन्युज डटकमबाट साभार 


प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  २३:३८
प्रतिक्रिया दिनुहोस्
थप समाज
राप्ती नदीमा अवैध उत्खनन्, क्रसर उद्योगको बील प्रयोग गरेर निकासी
राप्ती नदीमा अवैध उत्खनन्, क्रसर उद्योगको बील प्रयोग गरेर निकासी बिहीबार, पुस १५, २०७८
फेर्दैछ नेपालगन्ज उपमहानगरले मुहार 
फेर्दैछ नेपालगन्ज उपमहानगरले मुहार  आइतबार, असोज ३, २०७८
बीस वर्षअघि भारत गएर वेपत्ता भएका थिए, अहिले फेला परे नारायण
बीस वर्षअघि भारत गएर वेपत्ता भएका थिए, अहिले फेला परे नारायण सोमबार, भदौ १४, २०७८
पर्यटक पर्खिदै बाँके राष्ट्रिय निकुञ्ज 
पर्यटक पर्खिदै बाँके राष्ट्रिय निकुञ्ज  आइतबार, भदौ १३, २०७८
पाटेबाघ संरक्षण गर्न पाईलै पिच्छे चुनौती
पाटेबाघ संरक्षण गर्न पाईलै पिच्छे चुनौती शुक्रबार, भदौ ११, २०७८
यस्तो बन्दैछ भेरी अस्पताल
यस्तो बन्दैछ भेरी अस्पताल शुक्रबार, भदौ ११, २०७८
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्