Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
बुधबार, चैत १५, २०७९
Dursanchar: News Portal
Radio add Radio add
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
IME Add IME Add
समाज
  • Home
  • समाज
  • कारागार कर्मचारीको बद्मासी, एउटाको कैद अर्कोसँग असुल 
कारागार कर्मचारीको बद्मासी, एउटाको कैद अर्कोसँग असुल 
अर्जुन ओली
अर्जुन ओली आइतबार, जेठ ८, २०७९

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित दैलेखी बंगालाका सुन्दर हरिजन (चमार)को रोल्पा कारागारमा केहीदिन अघि ‘शंकास्पद’ मृत्यु भयो । कारागारको रेकर्डमा भने उनको नाम विजय विक्रम शाह देखियो । 

कर्मचारीले मृत्युबारे खबर गरेपछि परिवारका सदस्यहरु अलमलमा परे । रोल्पा पुगेर परिवारले शवको पहिचान गरेपछि मात्र मृतक ब्यक्ति सुन्दर नै भएको पुष्टी भयो । विजय विक्रमको नाममा परिवारले सुन्दरको शव बुझेर नेपालगन्ज ल्याए । मृतकको शव अहिले नेपालगन्जमा छ, तर परिवारले दाहसंस्कार गर्न मानेका छैनन् । परिवारले कारागारभित्र सुन्दरको सट्टा विजय विक्रम कसरी लेखियो भनेर चासो राखेपछि घटना रहस्यमय बनेको छ । 

Nepalgunj Karagar1653242325.jpg

चोरी र ‘नकदजनी’ चोरी मुद्दामा सुन्दरले जेल सजाय पाएका थिए । परिवारका अनुसार उनी १६ वर्षको छँदा प्रहरीले चोरीको अभियोगमा पक्राउ गरी नाबालकमाथी मुद्दा चलाएको थियो । त्यसपछि बाँके जिल्ला अदालतले सुन्दरमाथी एउटा मुद्दामा १ वर्ष कैद र १० हजार जरिवाना तथा अर्कोमा ३ महिना कैद र ५० हजार जरिवानाको फैसला गर्यो । 

अदालतको फैसला अनुसार उनी जरिवाना बुझाएमा २०७७ पुस २३ गते जेल मुक्तहुने थिए । कारागार प्रशासनका अनुसार जरिवाना बुझाउन नसकेपनि उनी २०७८ असार १० गते जेलमुक्त हुने निश्चित थियो । तर, उनी छुट्ने समय आउनु भन्दा करिव डेढ महिना अघि अर्थात् २०७७ मंसिर ८ गते उनको अचानक रोल्पा कारागार सरुवा गरियो । 

त्यतिबेला नेपालगन्ज कारागार प्रशासनले सुन्दर र विजय विक्रमसहित ५ जनालाई रोल्पा सरुवा गर्यो । तर, रोल्पा कारागार प्रशासनले सुन्दरलाई जेलमै राखेर उनको नाममा विजय विक्रमलाई छाडेको रहस्य बाहिर आएको छ ।

Kaidi Sundar harijan Death Kagaj1653242959.jpg

कारागारमा सजाय काट्न बाँकी रहेका विजय विक्रम सुन्दरको नाममा छुटे । विजय विक्रमको नाममा सजाय काटिरहेका सुन्दर पाँच दिनअघि रोल्पा कारागारको शौचालयभित्र झुण्डिएको अवस्थामा फेला परेपछि घटनाले नयाँ मोड लिएको हो । 

मृतकका परिवारले कर्मचारीको मिलेमतोमा सुन्दरलाई अर्काको नाममा जेलमा राख्ने काम गरेको र मृत्यु हुनुमा पनि कसैको संलग्नता रहेको आरोप लगाएका छन् । मृतकका दाई राजकुमारले भाईको मृत्यु भएको र कारागारका कर्मचारीले विजय विक्रमलाई कागजी रुपले जवरजस्ती आफ्नो भाई बनाउन खोजेको बताए ।

‘मलाई कारागारका कर्मचारीले तिम्रो भाई विजय विक्रमशाहको मृत्यु भएको छ, शवलिन आउ भनेर फोन गरेपछि म छांगाबाट खसेझै भए,’ उनले भने ‘मैले मेरो भाईको नाम विजयविक्रम होईन भनेपछि कर्मचारीले मृतकको फोटो देखाए र त्यसपछि मृतक मेरो भाई भएको पुष्टी भयो ।’

कारागार प्रशासनका अनुसार विजय विक्रम अहिले कारागार बाहिर छन् । कर्मचारीले गरेको बद्मासी अहिले सुन्दरको मृत्यु भएपछि खुल्दा रोल्पा र नेपालगन्ज कारागारमा खैला बैला मच्चिएको छ । 

कारागार ब्यवस्थापन विभागले निर्देशक झरेन्द्र चापागाईको संयोजकत्व छानविन समिति बनाइसकेको छ । छानविनका लागि संयोजक चापागाई नेपालगन्ज आइपुगेका छन् । ‘हाम्रो सिस्टम भनेको कैदीलाई जेलमा राख्ने हो, तोकिएको सजाय बाहेक कसैलाई एक दिनपनि राख्न कानुनले दिदैन,’ उनले भने ‘तर यो घटनामा एउटाको सजाय अर्कोले पाएको देखियो, के कति कारणले यस्तो भयो, कहाँ निर कस्ले गल्ती गर्यो, त्यसको छानविन हुन्छ ।’

Kaidi Sundar harijan Death Kagaj 21653242959.jpg

सुन्दरको सरुवा गर्ने नेपालगन्ज कारागारका तत्कालिन जेलर देवेन्द्र श्रेष्ठ र सुन्दरको नाममा विजय विक्रमलाई जेलमुक्त गर्ने रोल्पा कारागारका कमला घिमिरेको अन्यत्र सरुवा भइसकेको छ । नेपालगन्ज कारागारका जेलर रामकुमार सोनकरले आफु जिम्मेवारीमा आउनुभन्दा अगाडीको घटनाक्रम भएकाले यसबारेमा सबै कुराको जानकारी आफुलाई नभएको बताए ।

कारागारमा रहेका कैदी सुन्दर हरिजन, विजय विक्रम शाहसहित ५ जनाको २०७७ मंसिर ८ गते नेपालन्जबाट रोल्पा सरुवा भएको देखिएको जानकारी दिए । ‘त्यतिबेला पाँच जना कैदीको सरुवा भएको अभिलेखमा देखिन्छ,’ उनले भने । 

रोल्पाका रागारका जेलर विशाल खनालले धेरै कैदी बसेको ठाउँमा यस्ता घटना हुनु सामान्य कुरा भएको प्रतिक्रिया दिए । ‘कैदी सुन्दर हरिजनलाई कारागारभित्रको शौचालयमा झुण्डिएको अवस्थामा फेला पारेका हौं,’ उनले टेलिफोनमा भने ‘एउटाको नाममा अर्कोले सजाय पाउनुमा डाटा इन्ट्रीका क्रममा मिस्टेक भएको हुन सक्छ ।’ कारागार भित्र यस्ता घटना भइरहने खनालले बताए ।

घटनाको सत्य तथ्य छानविन नहुँदा सम्म र दोषीलाई कारबाही नहुँदासम्म शवको अन्त्येष्टी नगर्ने मृतकका परिवार तथा आफन्तले बताएका छन् । मृतकको शव नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा राखिएको छ । -नागरिकन्युज डटकमबाट साभार 

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  २३:३८
प्रतिक्रिया दिनुहोस्
थप समाज
चैते दशैँको अवसरमा शक्तिपीठमा भक्तजनको घुइँचो
चैते दशैँको अवसरमा शक्तिपीठमा भक्तजनको घुइँचो बुधबार, चैत १५, २०७९
प्रधानमन्त्री निवास बालुवाटारमा मिटरब्याजी पीडितको धर्ना 
प्रधानमन्त्री निवास बालुवाटारमा मिटरब्याजी पीडितको धर्ना  मंगलबार, चैत १४, २०७९
गण्डकीले दियो चैते दसैंमा सार्वजनिक बिदा
गण्डकीले दियो चैते दसैंमा सार्वजनिक बिदा सोमबार, चैत १३, २०७९
बैजनाथ ४ मा नवनिर्मित नवदुर्गा भगवती मन्दिर उद्घाटन 
बैजनाथ ४ मा नवनिर्मित नवदुर्गा भगवती मन्दिर उद्घाटन  आइतबार, चैत १२, २०७९
उपमेयर राई हिरासतमै नबसेर धरौटीमा छुटे !
उपमेयर राई हिरासतमै नबसेर धरौटीमा छुटे ! शनिबार, चैत ११, २०७९
नेपाल प्रहरीको आइजिपीमा वसन्त कुँवर नियुक्त
नेपाल प्रहरीको आइजिपीमा वसन्त कुँवर नियुक्त शुक्रबार, चैत १०, २०७९
मन्त्रिपरिषद् बैठक आज बस्दै, आईजीपी नियुक्त गर्ने तयारी
मन्त्रिपरिषद् बैठक आज बस्दै, आईजीपी नियुक्त गर्ने तयारी शुक्रबार, चैत १०, २०७९
सामुदायिक रेडियोको राष्ट्रिय सम्मेलन राजधानीमा सुरु
सामुदायिक रेडियोको राष्ट्रिय सम्मेलन राजधानीमा सुरु बुधबार, चैत ८, २०७९
आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा
आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा मंगलबार, चैत ७, २०७९
Baijanath Gaupalika ko Jari Sandesh Baijanath Gaupalika ko Jari Sandesh
लोकप्रिय
  • Week
  • Month
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका खत्री निर्वाचित
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका खत्री निर्वाचित
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल 
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल 
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा देखियो उत्साह
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा देखियो उत्साह
बैजनाथमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, सर्बसाधारणलाई राहत
बैजनाथमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, सर्बसाधारणलाई राहत
उपमेयर राई हिरासतमै नबसेर धरौटीमा छुटे !
उपमेयर राई हिरासतमै नबसेर धरौटीमा छुटे !
चैते दशैँको अवसरमा शक्तिपीठमा भक्तजनको घुइँचो
चैते दशैँको अवसरमा शक्तिपीठमा भक्तजनको घुइँचो
मेरो कथा
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप  दूरसञ्‍चार
विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' ! दूरसञ्‍चार
अन्तर्वार्ता
‘मतको उच्च मुल्यांकन गर्दै भावनाको कदर गर्नेछु’
‘मतको उच्च मुल्यांकन गर्दै भावनाको कदर गर्नेछु’ दूरसञ्‍चार
‘क्याम्पसमा बिद्यार्थीका तमाम समस्यालाई उठान गर्नेछु’
‘क्याम्पसमा बिद्यार्थीका तमाम समस्यालाई उठान गर्नेछु’ दूरसञ्‍चार
‘मलाई विश्वास छ, मतदाता सबैले जिताउनु हुनेछ’
‘मलाई विश्वास छ, मतदाता सबैले जिताउनु हुनेछ’ दूरसञ्‍चार
Duduwa Gaupalika ko Jari Sandesh Duduwa Gaupalika ko Jari Sandesh
Rapti Sonari Gaupalika Khola ko Suchana Rapti Sonari Gaupalika Khola ko Suchana
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५१३२६३४३

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५१३२६३४३

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज Dursanchar: News Portal
फेसबुक पेज
Dursanchar: News Portal
© Dursanchar: News Portal - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्