Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
समाज
  • Home
  • समाज
  • जेन-जी आन्दोलनको दाग अझै नमेटिएको एउटा न्यायालय
जेन-जी आन्दोलनको दाग अझै नमेटिएको एउटा न्यायालय
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, भदौ २, २०८३

नेपालगन्ज : जेन-जी आन्दोलनमा आगजनी गरिएका जिल्लाका अधिकांस सरकारी कार्यालयहरु रंगरोगन भएर पनि प्रयोगमा आईसकेका छन् । ति कार्यालयमा जेन-जी आन्दोलनको ‘दाग’ लगभग मेटिसकेको छ । तर, उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा भने अझैपनि जेनजी आन्दोलनकै झल्को देखिन्छ ।

आन्दोलनका क्रममा आगजनी गरिएका अदालतका भौतिक संरचनाले राज्यलाई गिज्याईरहेका छन् । जेन-जी आन्दोलन भएको ११ महिना बितिसक्दा पनि अदालत परिसर अहिले पनि ‘खण्डहर’ जस्तै देखिन्छ । आगजनीबाट धेरै क्षति भएको इजलासको पश्चिमतर्फको भवनलाई भत्काएर नयाँ बनाउने योजना अलपत्र अवस्थामा छ । 

२०८२ भदौं २४ गते आन्दोलनकारीको समुहले इजलासको महत्वपूर्ण कागजातसहित भवनमा आगजनी गरेको थियो । आगजनीमा परेको उक्त भवनको परिक्षण गर्दा प्राविधिक टोलीले तत्कालका लागि प्रयोग गर्न नमिल्ने सुझाव दियो । भवन मर्मतमा धेरै बजेट खर्च लाग्ने प्राविधिक टोलीको सुझाव दिएपछि अदालत प्रशासन नयाँ भवन बनाउने निस्कर्षमा पुग्यो । यसका लागि सम्बन्धित निकायसँग बजेट माग गरिएको थियो । तर, अहिलेसम्म बजेटको टुंगो नलाग्दा भवन निर्माणको योजना अलपत्र परेको कर्मचारी बताउँछन् ।

अरुलाई न्याय दिने निकाय आफै राज्यबाट अन्यायमा परिरहेको छ । अदालतका वरिष्ठतम न्यायाधीस बामदेव ज्ञवाली आगजनीमा परेको भवन प्रयोग गर्न नमिल्ने भएपछि नयाँ बनाउन खोजिएको र निर्माण गर्नका लागि बजेट सुनिश्चित नभएको बताउँछन् । आफुहरुसँग भवन नहुँदा अदालतको काम प्रभावित हुदै आएको उनले सुनाए । 

‘आगजनीमा परेको भवन प्रयोग गर्न मिल्ने अवस्थामा छैन, ठाउँ अभावका कारण हामीले सबै इजलास कक्ष सञ्चालन गर्न सकिरहेका छैनौं,’ ज्ञवालीले भने, ‘प्राविधिकको स्टिमेट अनुसार आगजनीमा परेको भवनलाई मर्मत गर्ने खर्च र नयाँ बनाउने खर्च बराबर हुने देखियो, त्यसकारण पुरानो भवनलाई भत्काएर नयाँ बनाउने निस्कर्षमा पुगेका हौं ।’ आगजनीमा परेको अदालतका कोठाहरु मर्मत गर्न पनि बजेट अभाव भएको उनले सुनाए । 

तुलसीपुर उच्च अदालत नेपालगन्ज इजलासका निमित्त रजिष्टार गम्भिर रानाक्षेत्री भवन अभावका कारण साँघुरो कोठाबाट सेवा दिनु परिरहेको बताउँछन् । ‘ठुलो भवन आगजनीमा परेपछि साँघुरो कोठाबाट सेवा दिदै आएका छौं,’ उनले भने, ‘बाँके र बर्दियाका सेवाग्राहीलाई साघुँरा कोठाबाट सेवा दिनुपर्ने अवस्था छ ।’ साघुँरो कोठा भएका कारण विशेषगरी मुद्दा फाँटमा सेवा दिन एकदमै असहज भइरहेको यहाँका कर्मचारी बताउँछन् । 

इजलासका शाखा अधिकृत एवम् सूचना अधिकारी बलबहादुर बिष्टले सुरुमा भवन मर्मत गरेर सञ्चालनमा ल्याउने तयारी भएपनि प्राविधिकको सल्लाह अनुसार नयाँ बनाउन खोजिएको बताए । ‘भवन निर्माणका लागि हामीले सरकारसँग बजेट माग गरेका हौं, यो वर्ष भवन निर्माणका लागि बजेट आएको निश्चित छैन,’ बिष्टले भने ।

आगजनी हुनुभन्दा अगाडी अदालतमा चार वटा इजलास कक्ष सञ्चालनमा रहेका थिए । आगजनी पछि तीन वटा इजलास कक्षलाई मात्र मर्मत गरेर प्रयोगमा ल्याइएको छ । ‘तीन वटा इजलास कक्षलाई मर्मत गरेर प्रयोगमा ल्यायौं, तर एउटा इजलास कक्षमा धेरै क्षति पुगेको थियो, त्यसमा बजेट धेरै लाग्ने भएको हुँदा मर्मत गर्न सकेनौं,’ सूचना अधिकारी बिष्टले भने, ‘एउटा इजलास कक्ष अहिले पनि बन्द अवस्थामा छ ।’ 

जेन-जी आन्दोलनका क्रममा जलेका इजलास कक्षहरु पूर्ण रुपले सञ्चालन हुन नसक्दा कामकाज प्रभावित हुन पुगेको कर्मचारीहरु बताउँछन् । आन्दोलनका क्रममा ७ सय ५३ थान जलेका मुद्दाहरु मध्ये सबै मुद्दाको मिसिल खडा गरेपनि पूर्ण भने नरहेको अदालतले जनाएको छ । कर्मचारीका अनुसार अधिकांस मिसिलमा अत्यावश्यक कागजात नै छैनन् । मिसिल पुरा गर्न सम्बन्धित कार्यालयबाट पुर्नप्राप्ती गर्नुपर्ने ब्यवस्था छ ।


 


प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३  ११:५५
प्रतिक्रिया दिनुहोस्
थप समाज
लुम्बिनीमा ‘एन्टी स्नेक भेनम’ भ्याक्सिन अभाव
लुम्बिनीमा ‘एन्टी स्नेक भेनम’ भ्याक्सिन अभाव आइतबार, साउन ३१, २०८३
बैजनाथको शिक्षामा सुधारिदै गुणस्तर
बैजनाथको शिक्षामा सुधारिदै गुणस्तर मंगलबार, साउन २६, २०८३
कारागार कर्मचारीको बद्मासी, एउटाको कैद अर्कोसँग असुल 
कारागार कर्मचारीको बद्मासी, एउटाको कैद अर्कोसँग असुल  आइतबार, जेठ ८, २०७९
राप्ती नदीमा अवैध उत्खनन्, क्रसर उद्योगको बील प्रयोग गरेर निकासी
राप्ती नदीमा अवैध उत्खनन्, क्रसर उद्योगको बील प्रयोग गरेर निकासी बिहीबार, पुस १५, २०७८
फेर्दैछ नेपालगन्ज उपमहानगरले मुहार 
फेर्दैछ नेपालगन्ज उपमहानगरले मुहार  आइतबार, असोज ३, २०७८
बीस वर्षअघि भारत गएर वेपत्ता भएका थिए, अहिले फेला परे नारायण
बीस वर्षअघि भारत गएर वेपत्ता भएका थिए, अहिले फेला परे नारायण सोमबार, भदौ १४, २०७८
पर्यटक पर्खिदै बाँके राष्ट्रिय निकुञ्ज 
पर्यटक पर्खिदै बाँके राष्ट्रिय निकुञ्ज  आइतबार, भदौ १३, २०७८
पाटेबाघ संरक्षण गर्न पाईलै पिच्छे चुनौती
पाटेबाघ संरक्षण गर्न पाईलै पिच्छे चुनौती शुक्रबार, भदौ ११, २०७८
लोकप्रीय
  • Week
  • Month
गरुड सेक्युरिटिजले गर्यो बागेश्वरी मन्दिरमा सरसफाई 
गरुड सेक्युरिटिजले गर्यो बागेश्वरी मन्दिरमा सरसफाई 
राप्ती सोनारी-६ का 'सुडेनी'लाई दोसल्ला ओढाएर सम्मान 
राप्ती सोनारी-६ का 'सुडेनी'लाई दोसल्ला ओढाएर सम्मान 
नेपालगन्ज उद्योग वाणिज्य संघको साधारण सभा स्थगन गर्न अन्तरिम आदेश
नेपालगन्ज उद्योग वाणिज्य संघको साधारण सभा स्थगन गर्न अन्तरिम आदेश
प्रेस युनियन बाँकेको १३ औँ अधिवेशन भदौं ६ मा गर्ने तयारी
प्रेस युनियन बाँकेको १३ औँ अधिवेशन भदौं ६ मा गर्ने तयारी
बैजनाथको शिक्षामा सुधारिदै गुणस्तर
बैजनाथको शिक्षामा सुधारिदै गुणस्तर
थापालाई नेपालगन्ज उद्योग वाणिज्य संघमा उम्मेदवार बनाउने निर्णय
थापालाई नेपालगन्ज उद्योग वाणिज्य संघमा उम्मेदवार बनाउने निर्णय
चप्परगौरी–चुनाहा घाटमा झोलुंगे पुलको ठेक्का 
चप्परगौरी–चुनाहा घाटमा झोलुंगे पुलको ठेक्का 
गरुड सेक्युरिटिजले गर्यो बागेश्वरी मन्दिरमा सरसफाई 
गरुड सेक्युरिटिजले गर्यो बागेश्वरी मन्दिरमा सरसफाई 
राप्ती सोनारी-६ का 'सुडेनी'लाई दोसल्ला ओढाएर सम्मान 
राप्ती सोनारी-६ का 'सुडेनी'लाई दोसल्ला ओढाएर सम्मान 
नेपालगन्ज उद्योग वाणिज्य संघको साधारण सभा स्थगन गर्न अन्तरिम आदेश
नेपालगन्ज उद्योग वाणिज्य संघको साधारण सभा स्थगन गर्न अन्तरिम आदेश
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीबीचको समन्वयमा समस्याको निरुपन’
‘जनप्रतिनिधि र कर्मचारीबीचको समन्वयमा समस्याको निरुपन’ दूरसञ्‍चार
‘कसैले पनि दवाव दिएको अनुभुति छैन’
‘कसैले पनि दवाव दिएको अनुभुति छैन’ दूरसञ्‍चार
‘किसानसँग पालिका प्रमुख कार्यक्रममा गरेको लगानीको प्रतिफल आईरहेको छ’
‘किसानसँग पालिका प्रमुख कार्यक्रममा गरेको लगानीको प्रतिफल आईरहेको छ’ दूरसञ्‍चार
Home Add Home Add
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०
कर्पोरेट कार्यालय : हनुमानथान, काठमाडौं

सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्