Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘महाधिवेशनको तिक्तता भुलेर पार्टी संगठनमा लाग्नुपर्छ’
‘महाधिवेशनको तिक्तता भुलेर पार्टी संगठनमा लाग्नुपर्छ’
दूरसञ्‍चार
दूरसञ्‍चार शनिबार, माघ १, २०७८

राजेन्द्र कुमार श्रेष्ठ
नेपालको इतिहास हेर्ने हो भने नेपालको सबै भन्दा पुरानो लोकतान्त्रिक मुल्य र मान्यतामा आधारीत विपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमसेर, कृष्णप्रसाद भट्टराई जस्ता आर्दश पुरुषको विचार धाराबाट सु-संगठित राजनीतिक पार्टी हो नेपाली कांग्रेस । लोकतन्त्रिक हिसाबले हेर्नै हो भने अहिले भइरहेका विभिन्न राजनीतिक दलका महाधिवेशनबाट पृथक रहेको कुरा पनि स्पष्ट छ ।

स्थापना कालदेखि विभिन्न कालखण्डमा देशमा अत्यन्तै विषम परिस्थिति आउँदा देशको बागडोर समाल्ने जिम्मा पनि नेपाली कांग्रेसको रहदै आएको इतिहास छ । चाहे त्यो १०४ वर्ष लामो जहानीय राणा शासन विरुद्धको २००७ सालको प्रजातान्त्रिक आन्दोलनको अगवाइ, २०१७ सालको राजा महेन्द्रले गरेको कु विरुद्धको विद्रोह, २०३६ सालको जनमत संग्रहको नेतृत्व २०४२ सालका पञ्चायत विरुद्धको सत्याग्रहको अगुवाई २०४६ सालमा ३० वर्षे निरंकुश पञ्चायती व्यवस्थालाई जरैदेखि उखेल्ने जनआन्दोलन होस् चाहे त्यो १० वर्षे माओवादी जनयुद्धलाई विश्राम लगाई शन्ति प्रक्रियामा ल्याउँदा होस् या २०६२/६३ सालमा झण्डै २ सय ५० वर्ष पुरानो राजतन्त्र फाल्ने दोस्रो जनआन्दोलन होस् या त  २०७२ सालमा ‘नेपालको संविधान २०७२’ जारी गर्दा नेपाली कांग्रेसले नेतृत्वदायी भुमिका खेलेर देशलाई निकास दिई आफुलाई आर्दश पार्टी सावित गरेको कुरा सर्वविदितै छ ।

म पनि नेपाली कांग्रेसको लोकतान्त्रिक आर्दशलाई आत्मासात गरी विद्यालय जीवनमा कक्षा ८ मा बर्दियामा अध्ययन गर्दादेखि सक्रिय रुपमा नेपाल बिद्यार्थी संघबाट नेपाली कांग्रेसको राजनीति सुरु गरे पश्चात यही राजनितिक यात्राका क्रममा २०४२ सालमा तत्कालिन कोहलपुर गाविस हालको कोहलपुर नगरपालिकामा बसाई सराई गरेर आएदेखि पार्टीका विभिन्न तह र तप्कामा रही निरन्तर रुपमा संगठन निर्माणका लागी खटिइरहेको छु । 

२०४६ को जनआन्दोलनमा सक्रिय रुपमा सहभागी रहदै देशमा राजनीतिक परिवर्तन सँगै निरन्तर रुपमा नेपाली कांग्रेसका कार्यकर्ताका रुपमा समाज र देशका लागी खटिरहे । यसै क्रममा २०५४ को स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट तत्कालिन कोहलपुर गाविस अध्यक्षको आधिकारीक उम्मेदवार गराइयो । निर्वाचनमा अपेक्षाकृत नतिजा नआएता पनि निरन्तर रुपमा पार्टी र समाजप्रति इमान्दारिताका साथ सक्रिय रहिरहे । देशमा माओवादी जनयुद्धका क्रममा निर्भिक भएर निरन्तर रुपमा पार्टीका कार्यकर्ता संरक्षण र संगठन विस्तारमा लागिरहे । 

२०६२/६३ का जनआनदोलनका क्रममा कोहलपुर क्षेत्रमा नेतृत्वहरुसँग सहकार्य गर्दै अहोरात्र खटेको कुरामा तपाईहरु जानकार हुनुहुन्छ । २०६२/६३ को आनदोलन पछि देशमा शन्ति प्रक्रिया सुरु भएपछि २०६४ सालमा कोहलपुर उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भए पश्चात सार्वजनिक पदमा बसेर काम गर्ने सुनोलौ अवसर प्राप्त भयो । यसअघि कोहलपुर उद्योग वाणिज्य संघमा रहेका बेथितीलाई व्यवस्थापन गर्ने र कोलपुरमा प्रथम औधोगिक व्यापार मेला तथा कोहलपुर महोत्सव सफलता पुर्वक यसै कार्यकालमा सबैको साथ र सहयोगबाट सम्पन्न गर्न सफल भयौं । 

त्यस पश्चात प्रत्येक उद्योग वाणिज्य संघको निर्वाचनमा पार्टीको तर्फबाट दिइएको संयोजकको भुमिका सक्रिय रुपमा निर्वाह गर्दै पटक-पटक पार्टीको आधिकारीक उम्मेदवारलाई जिताउन सफल भएको कुरा यहाँहरुलाई जानकारी नै छ । पार्टीको १२ औं महाधिवेशन बाट जिल्ला कार्यसमितिको सदस्य निर्वानचित भई सफलतापुर्वक एक कार्यकालको जिम्मेवारी निर्वाह गरे । म जिल्ला कार्यसमितिको सदस्य भइसकेको भएतापनि राजनीतिक महत्वकांंक्षा र मर्यादाक्रमलाई थाती राखी कोहलपुर नगरमा पार्टी संगठनलाई सुढृढ र मजबुत गराउनुपर्ने आवश्यकतादेखि कोहलपुर नगरको पार्टी संगठन विस्तार गर्न लागेको कुरा उल्लेख गर्दछु । 

नेपाली काँग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा पार्टी संगठन मजबुत गर्न नेतृत्वमा पुग्न र पार्टीको आगुवाइ गर्ने चाहना जो कोहिमा पनि हुनु स्वभाविक हुन्छ । लोकतान्त्रिक पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुनुले आन्तरिक लोकतन्त्रलाई अझ मजबुत बनाउँछ । यसलाई अन्यथा लिनु हुदैन र मैले पनि लिएको छैन । पार्टीको आन्तरिक प्रतिस्पर्धामा न कसैको हार हुन्छ, न त कसैको जित हुन्छ । त्यो त सिंगो पार्टीको जित हुन्छ । पार्टीको नेतृत्व लिने क्रममा कोही विजेता हुन्छन् भने कोही जनता र पार्टी सदस्यहरुले चाहँदा चाहदै पनि विभिन्न कारणले उपविजेता हुन्छन् ।

जसको एक पात्र म पनि हुँ । म नगर अधिवेशनमा उपविजेता भएपनि अधिवेशनबाट आएको परिणामलाई सहर्ष स्वीकार गर्दै निर्वाचित कोहलपुर नगर कार्यसमिति तथा कोहलपुर नगरका १५ वटै वडाका सभापति, पदाधिकारी, सदस्यहरु र क्षेत्रिय प्रतिनिधिहरु सबैमा हार्दिक बधाईका साथ सफल कार्यकालको शुभकामना दिन चाहन्छु । पार्टी संगठन सुढृढ र मजबुत बनाउने कार्यमा अग्रसर रहनु हुनेछ, भन्ने विश्वास लिएको छु । नगर कार्यसमितिको यस अभियानमा मेरो निरन्तर साथ सहयोग, समर्थन र सहकार्य रहने कुरा जानकारी गराउँदछु ।

यति खेर सिङ्गो देश तीनै तहको निर्वाचनको तयारीमा छ । यसैक्रममा नेपाली कांग्रेस पनि निर्वाचनको हिस्सेदार रहनेछ । पार्टीको आन्तरिक प्रतिस्पर्धाको क्रममा भएका रोस र रिसलाई बिर्सिएर जनता माझ जाने बेला आएको छ । म पनि मेरो व्यक्तिगत तर्फबाट आन्तरिक प्रतिस्पर्धामा भएका तिक्ततालाई बिर्सिएर अब हुने तीनै तहको निर्वाचनमा कम्युनिष्ट पार्टीको अराजक भ्रष्ट शासन शैलीका विरुद्ध नेपाली कांग्रेस पार्टीका लागि निरन्तर खटिनेछु । 

आम जनतामा हाम्रो पार्टीको बलियो उपस्थिती हुँदा हुँदै पनि विगतका निर्वाचनमा जित्दा जित्दै पनि हार व्यहोर्नु परेको तितो यथार्थ छ । व्यक्तिवादी सोच, अहंमता, हामी भित्रको बेमेल, खुट्टा तान्ने प्रवृत्ती, चुनावमा टिकट नपाउँदाको रोस, कुण्ठाको राजनीति जस्ता विविध कारणले जनप्रतिनिधी हुनबाट बञ्चित भयौं । जसको फलस्वरुप कम्युनिष्ट अराजकता, भ्रष्टाचार र अनियन्त्रित शासन शैलीको सिकार हुन आम नेपाली जनता बाध्य भएका छन् । यसका विरुद्धमा तीनै तह स्थानीय, प्रदेश र संघको निर्वाचन नेपाली कांग्रेसले जित्नुपर्ने बाध्यकारी परिस्थिती छ । 

हामी सम्पुर्ण कांग्रेसप्रति आस्था राख्ने साथीहरु एकजुट भएर पार्टीको आधिकारीक उम्मेदवारलाई विजय बनाएर विधीको शासन सञ्चालन गरी आम जनताका न्युनतम आवश्यकताको सुरक्षित अनुभुती गराउनुछ । यो पार्टी विजेता र उप-विजेता हुने दुबैको हो । अन्य निर्वाचनमा दुबै पक्ष एक भएर लागी पार्टीलाई जिताउनु पर्दछ ।

वडा र नगर कार्यसमितिमा उप-विजेता हुनु भएका सबै साथीहरुलाई १४ औं महाधिवेशनको तिक्तता भुलेर विजेता भएका साथीहरुलाई सहयोग गर्न र विजय भएकाहरुले उपविजेता भएकाहरुलाई साथमा लिएर पार्टी संगठनमा लाग्नुपर्नेछ । यस महाअभियानमा प्रत्येक नेपाली कांग्रेसका क्रियाशिल साथीहरु, नवनिर्वाचित साथीहरु लगायत म पनि जोडिने प्रतिज्ञा गर्दै हार्दिक अपिल गर्दछु ।

अन्त्यमा, मलाई यस १४ महाधिवेशनका क्रममा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग गर्ने र गर्न असमर्थ रहनु हुने सबैलाई आभार व्यक्त गर्न चाहन्छु । पुनश्च : म पदमा नरहेता पनि पार्टी संगठन, पार्टीका साथीहरु र आम नगरिकहरुको सेवा र सहयोगको लागि जुन सुकै समयमा पनि तत्पर रहनेछु ।

म पदमा नरहेतापनि पार्टी संगठन, पार्टीका साथीहरु र आम नगरिकहरुको सेवा र सहयोग र पार्टी हितका लागि जुन सुकै समयमा पनि तत्पर रहनेछु । १५ वटै वार्डमा विजयी हुनुभएका वडा सभापति ज्यूहरुले आफ्नो निकटतम प्रतिस्पर्धी साथीलाई तत्कालै सदस्यमा मनोनयन गरी मर्यादा क्रममा दोस्रोमा राख्नुहुन अनुरोध गर्दछु ।

नगर सभापति र वडा सभापतिज्यूहरुले समिति विस्तार गरी सदस्यहरु मनोनयन गर्दा टोल, लिङ्ग र जातलाई मिलाई प्रतिस्पर्धीसँग समन्वय गरी विस्तार गर्नको लागि पनि अनुरोध गर्दछु, यसमा विशेष भूमिका निर्वाचितहरुको नै हुनेछ । यसरी कार्य समिति विस्तार गर्दा पार्टी बलियो हुने र १४ औं महाअधिवेशनको तिक्तता पनि कम हुने, अब हुने तीनै तहको निर्वाचनमा पार्टीले अग्रणी रुप लिने छ भन्ने विश्वास लिएको छु । 

हाल कोभिड-१९ को सक्रमण तिब्र गतिमा बढी रहेको हुँदा सामाजिक दुरी कायम राखी स्वास्थ्य मापदण्ड अपनाई पार्टी संगठन तथा आफ्नो दैनिक क्रियाकलापमा लाग्नु हुन अनुरोध गर्दछु । जय नेपाल ! 

(श्रेष्ठ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत कांग्रेस कोहलपुर नगर निर्वाचनमा सभापति पदका उपविजेता हुन् ) 


प्रकाशित मिति: शनिबार, माघ १, २०७८  १७:५८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सक्किने बाटो तय गर्नु बिडम्वना
कांग्रेस सक्किने बाटो तय गर्नु बिडम्वना बुधबार, पुस ३०, २०८२
'कांग्रेस भित्रको आन्तरिक द्धन्द्धको परिणाम निष्पट्ट उजाडै-उजाड मात्र हो'
'कांग्रेस भित्रको आन्तरिक द्धन्द्धको परिणाम निष्पट्ट उजाडै-उजाड मात्र हो' बुधबार, पुस २३, २०८२
'नरैनापुरलाई सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ'
'नरैनापुरलाई सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ' बुधबार, पुस ९, २०८२
'यदुवंशी' बन्ने दुस्साहस कसैले गर्ने छैन 
'यदुवंशी' बन्ने दुस्साहस कसैले गर्ने छैन  बुधबार, मंसिर २४, २०८२
ज्ञानेन्द्र शाह, आफूलाई नियन्त्रणमा राख्नुस् !
ज्ञानेन्द्र शाह, आफूलाई नियन्त्रणमा राख्नुस् ! आइतबार, चैत १७, २०८१
'जनताका चाहनालाई नजरअन्दाज गरिनु लोकतान्त्रिक गणतन्त्रका लागि हितकर होईन'
'जनताका चाहनालाई नजरअन्दाज गरिनु लोकतान्त्रिक गणतन्त्रका लागि हितकर होईन' बिहीबार, भदौ १३, २०८१
नेपाल मात्र होईन बिश्व नै भावुक भए.........
नेपाल मात्र होईन बिश्व नै भावुक भए......... शनिबार, असार १, २०८१
‘कानूनको अज्ञानता क्षम्य हुँदैन’: सिद्धान्त
‘कानूनको अज्ञानता क्षम्य हुँदैन’: सिद्धान्त बुधबार, पुस १८, २०८०
अगुवाहरूलाई सोच्ने फुर्सद कहाँ छ र ?
अगुवाहरूलाई सोच्ने फुर्सद कहाँ छ र ? मंगलबार, पुस १७, २०८०
लोकप्रीय
  • Week
  • Month
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
सिपमुलक ब्याग, झोला बनाउने तालिम समापन 
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
बैजनाथले किसानलाई वितरण गर्यो बिद्युतीय चारा मेशिन  
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
प्रथम खजुरा गोल्डकप : ३ लाख बढी बचत, हिसाव सार्वजनिक
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
सञ्चारकर्मीका लागि दिइएको ‘एआई अभिमुखीकरण’ तालिम समापन
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
बाख्रा चराउन जंगल गएका महिला लुटिए, कुटपिटबाट गम्भिर घाइते
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
नेपालगन्जमा हुँदै भेट्रान फुटसल प्रतियोगिता
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
बैजनाथको च्यामालाई ‘नमुना थारु गाउँ’ घोषणा-(फोटो फिचर)
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्