Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ज्ञानेन्द्र शाह, आफूलाई नियन्त्रणमा राख्नुस् !
ज्ञानेन्द्र शाह, आफूलाई नियन्त्रणमा राख्नुस् !
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, चैत १७, २०८१

नेपालगन्ज : वीपी न राजावादी थिए, न मार्क्सवाद । राजनीतिमा उनी प्रजातान्त्रिक समाजवादी थिए । साहित्यमा उनकै भाषामा अराजकतावादी । वीपीलाई राजावादी मान्ने हो भने, कुन अर्थमा राजावादी थिए भने, उनी त्रिभुवन, महेन्द्र, बीरेन्द्र, ज्ञानेन्द्र जस्ता सक्रिय राजतन्त्र होइन, कहिल्यै गल्ती नगर्ने बेलायतको जस्तो संवैधानिक राजतन्त्र चाहन्थे ।

उनी स्पष्ट थिए, जनताका सुख दुःख मुलुकको कार्यकारी र निर्वाचित प्रधानमन्त्रीले हेर्छ, दोष पाए उसैले पाउँछ, राजा त खोपीका देउता भएर बस्ने हो । उनको यस्तो विचारलाई राजा महेन्द्र र वीरेन्द्रले कुठाराघात गरे । त्यसैले गणतन्त्रको आधार महेन्द्रले २०१७ साल पुस १ गते नै बनाइसकेका थिए, २०६५ जेठ १५ गते त नेपाली नागरिकले त्यसलाई हिम्मतसाथ कार्यान्वयन गरेका हुन् ।

जेल डायरीमा वीपीले सक्रिय लेनिनको भनाइ उद्धृत गर्दै राजतन्त्रलाई तानाशाहीको संज्ञा दिएका छन, ‘तानाशाही सत्ता त्यो हो जसले बलपूर्वक असिमित शक्ति सञ्चयन गरेको हुन्छ र जसलाई कुनै चिजले वा कुनै कानूनले नियन्त्रित गर्दैन । यसको उदाहरण २०८१ चैत्र १५ गते पुर्बराजाको पुरानै रबैया ।  

वीपी कोइरालालाई प्रधानमन्त्री पदको शपथ खुवाउँदै राजा महेन्द्र
डायरीमा वीपीले महेन्द्रलाई मात्र होइन पृथ्वीनारायण शाहलाई समेत कडा टिप्पणी गरेका थिए । ‘महेन्द्र फेरि एक पटक पृथ्वीनारायण शाह बनेका छन्- रैथाने शासक नभएर एउटा बाहिरी आक्रमणकर्ता ।’ चिहानबाट मुर्दा लाश उठाउन खोज्ने । बिदा भइसकेको राजतन्त्र फर्काउने स्वर उठिरहेका बेला ‘राजा आऊ, देश बचाऊ’ भन्दै कुदिरहेकाहरूलाई आमनागरिकले सोध्न चहान्छन । किन फर्काउने राजतन्त्र? कसलाई राजा बनाउन फर्काउने ?

उनीहरूको आरोप छ- राजा नभएर राष्ट्रियता कमजोर भयो रे, देश नै नरहने भयो रे, एक जना राजा भए पुग्नेमा धेरै राजा भए रे, भ्रष्टाचार बढ्यो रे, राजावादीहरू गणतन्त्र पक्षधरलाई यस्तै आरोप लगाएर पुर्बराजा  ज्ञानेन्द्रलाई नारायणहिटी फर्काउन चाहन्छन् । ज्ञानेन्द्र पनि यिनले राजगद्धीमा विराजमान गराइदिन्छन् भनेर नेपालगन्ज, भारतको लखनउ हुँदै पोखराबाट काठमाडौ निर्मल निवासभित्र रैती हरुसँग बसेर योजना बनाए ।

लोकतन्त्रमा विश्वास गर्ने नेताहरुबाट पटक-पटक सार्बजनिक रूपमा अब्हान गरिएको छ । राजा हुन चाहेको भए गणतन्त्र छ, मिल्दैन । आफूलाई नियन्त्रणमा राख्नुस् । दल खोलेर चुनाव उठ्ने इच्छा हो भने स्वागत छ । किनकी आमनेपाली नागरिक सरह नै ज्ञानेन्द्रले पनि दल खोल्न वा पुरानै दलहरूबाट चुनाव उठ्न पाउँछन् ।

कसलाई चाहिएको छ राजतन्त्र ? हिजो त्यही संस्थाको वरिपरी रहेर हुर्के, बढेका बाबुआमा सित दरबारमा टीका थाप्नेहरूलाई चाहिएको होला । आजका तन्नेरी पुस्ता राजाको जेठो छोरा राजा हुने (छोरी पनि होइन) परम्परामा टिकेको राजतन्त्र किमार्थ चाहँदैन । किनकी व्यक्तिगत स्वतन्त्रता र लोकतन्त्र अपरिहार्य छ भन्नेमा युवा पुस्ता सचेत देखिन्छ । सबैसित औंला ठड्याएर प्रश्न गर्ने तन्नेरी पुस्ता प्रश्न सोध्न त के बोल्न पनि नपाउने राजतन्त्रको पक्षमा छ भनेर कल्पना समेत गर्न सकिंदैन । 

‘अहिले धेरै जना राजा भए’ भन्ने टिप्पणी लोकतान्त्रिक शासन व्यवस्था र संरचना नरुचाउनेहरूको फोस्रो आरोप मात्र हो । यहाँ राजाहरू छैनन, जनताका प्रतिनिधि मात्र छन । लोकतान्त्रिक प्रणालीमा यसै अनुसार खडा भएका संस्था र संरचनाहरू हुन्छन् । आवधिक चुनावबाट सरकार बन्छ । पाँच वर्षका लागि संसद्बाट चुनिएका राष्ट्रपति छन । 

मधेशबाट एक जना यादवको छोरो (डा. रामवरण  यादव) र भोजपुरमा जन्मेकी महिला (विद्या भण्डारी)  तनहुँका एक जना बृद्ध लोकतन्त्रमा लामो संघर्ष गरेका (रामचन्द्र पौडेल) राष्ट्र प्रमुख बन्न सक्नु लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाकै देन हो । हो, अहिले विकृति र समस्या नदेखिएको होइन् । भ्रष्टहरू छन् भने तिनलाई कानूनले पाता कस्ने हो, गणतन्त्र नै उल्टाएर राजतन्त्र ब्युँताउने होइन । राजतन्त्र विना नेपाल रहँदैन भन्नेहरूले बुझुन् । के अहिले नेपाल भन्ने देश छैन ? राजा नभए पनि देश हामी सितै छ, रहि रहन्छ । जय नेपाल !      


प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १४:४४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सक्किने बाटो तय गर्नु बिडम्वना
कांग्रेस सक्किने बाटो तय गर्नु बिडम्वना बुधबार, पुस ३०, २०८२
'कांग्रेस भित्रको आन्तरिक द्धन्द्धको परिणाम निष्पट्ट उजाडै-उजाड मात्र हो'
'कांग्रेस भित्रको आन्तरिक द्धन्द्धको परिणाम निष्पट्ट उजाडै-उजाड मात्र हो' बुधबार, पुस २३, २०८२
'नरैनापुरलाई सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ'
'नरैनापुरलाई सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ' बुधबार, पुस ९, २०८२
'यदुवंशी' बन्ने दुस्साहस कसैले गर्ने छैन 
'यदुवंशी' बन्ने दुस्साहस कसैले गर्ने छैन  बुधबार, मंसिर २४, २०८२
'जनताका चाहनालाई नजरअन्दाज गरिनु लोकतान्त्रिक गणतन्त्रका लागि हितकर होईन'
'जनताका चाहनालाई नजरअन्दाज गरिनु लोकतान्त्रिक गणतन्त्रका लागि हितकर होईन' बिहीबार, भदौ १३, २०८१
नेपाल मात्र होईन बिश्व नै भावुक भए.........
नेपाल मात्र होईन बिश्व नै भावुक भए......... शनिबार, असार १, २०८१
‘कानूनको अज्ञानता क्षम्य हुँदैन’: सिद्धान्त
‘कानूनको अज्ञानता क्षम्य हुँदैन’: सिद्धान्त बुधबार, पुस १८, २०८०
अगुवाहरूलाई सोच्ने फुर्सद कहाँ छ र ?
अगुवाहरूलाई सोच्ने फुर्सद कहाँ छ र ? मंगलबार, पुस १७, २०८०
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
मेयर कप क्रिकेटमा लायन किङ्स विजयी ‎
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
सम्झनामा वरिष्ठ गायक स्वर्गिय कमल बिके 'निर्मोही'
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
जनताको घर दैलोमा पुगेर धन्यवाद दिदै उम्मेदवार कोइराला
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्