Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
राजनीति
  • Home
  • राजनीति
  • 'जनताका चाहनालाई नजरअन्दाज गरिनु लोकतान्त्रिक गणतन्त्रका लागि हितकर होईन'
'जनताका चाहनालाई नजरअन्दाज गरिनु लोकतान्त्रिक गणतन्त्रका लागि हितकर होईन'
मेघराज ओली
मेघराज ओली बिहीबार, भदौ १३, २०८१

नेपालगन्ज : नेतृत्वलाई आर्दशका कुराले मात्रै जनताले अब मान्ने अवस्था  छैन । अबको जनताले परिणाम त्यो पनि युगा अनुसारको तीब्र परिणाम खोज्दै छ । यही जनताको तीब्र चाहना नबुझ्दा या बुझेर पनि शिर्ष नेतृत्वले बुझ पचाउँदा नेपाली जनजीवनमा सामाजिक बिस्फोटहरू उत्पन्न हुने सम्भावना दिन प्रतिदिन बढ्दै आएको घटनाक्रमले देखाउँदै आएका छन् । जनतामा सर्बत्र निराशाका कालाबादलहरु लामो समयदेखी मडारी रहेका छन् । नागरिकमा धैर्यताको बाँध टुट्ने अवस्थामा पुग्दैछ । समाजको हरेक तहमा देशका नेतृत्वकर्ताका क्रियाकलाप बाट जनता वाक्क दिक्क भएको चित्र देखिन्छ ।

जनता र यो मुलुकको कायापलटका लागि केही गरौं भन्ने भिजनसहित आएका युवा नेतृत्वलाई पनि त्यही पुरातनवादी चिन्तनले ग्रस्त नेतृत्वको छायाँले सत्ता र शक्तीको बलमा ओझेल पारिदाँ नयाँ युगका नयाँ युवाहरुको मनोविज्ञान समकालिन नेतृत्वहरु प्रति अविश्वासी र अझ उदेकलाग्दो देखिन्छ । हिजो सम्म भगवान झै लाग्ने शिर्ष नेतृत्वप्रति जनताले घृणा गर्न थालेका छन् ।

उदाहरण नै उदाहरण मध्य पछिल्लो टुंडिखेल  गौरापर्वको भब्य कार्यक्रममा देशको प्रधानमन्त्री र पुर्बप्रधानमन्त्रीप्रति जनताले पोखेको आवेगपुर्ण आक्रोशबाट पनि जनताको मनोविज्ञान कता जादैछ भन्ने बुझ्न सकिन्छ । यद्यपी, सो घटनालाई राम्रो भन्न सकिदैन तर नेतृत्वकर्ताले जनताका चाहनालाई लामो समयदेखि नजरअन्दाज गर्दाको परिणामबाट यस्ता अप्रिय घटनाको जन्म हुन्छ भन्ने कुरालाई पनि नजरअन्दाज गरिनु लोकतान्त्रिक गणतन्त्रका लागि र स्वयं नेतृत्वका लागी  हितकर होईन ।

हामीले स्वीकार गर्नुपर्छ  यतिबेला समाजको हरेक तहमा जताततै उकुस–मुकुस छ । यो जटिल अवस्थाको फाईदा उठाउने तत्वलाई शिर्ष नेतृत्वका कार्यब्यवहार बाटै मलजल भएका छन् । देश र जनताको जीवनस्तर जतिसुकै ओरालो लागेर भिरबाट खस्न थालेपनि अनेकौं–अनेक हथकण्डा अपनाएरै भएपनि जीवन रहुञ्जेल सत्ता र शक्तीको साँचो आफ्नै खल्तीमा राख्ने हरेक पार्टीका शिर्ष नेतृत्वको निरंकुश ब्यक्तिवादी चिन्तनले लोकतान्त्रिक गणतन्त्र समेत दिनदिनै बदनाम हुँदै आएको छ ।

नेतृत्वको जीवनस्तर दिनको दुई गुणा रातको चौगुणा हिसाबले परिवर्तन हुँदै जाने तर ती नेताले शासन गरेका जनताको जीवन स्तर अत्यन्तै कहाली लाग्दो अवस्थामा पुग्नुलाई अवश्य पनि लोकतन्त्र भनिदैन । यस्तो त दलाल पुँजीवादीतन्त्र भएन र ? राजनीतिक स्वतन्त्रता मात्रै लोकतन्त्र होईन । राजनीति स्वतन्त्रता सँग–सँगै जनताको जीवनस्तर र देशको दु्रत गतिमा प्रगति लोकतान्त्रिक गणतन्त्रको अभिन्न सर्त हो ।

यही सर्तका आधारशिलामा टेकेर मुलुकका मुख्य पार्टीहरुले बेला-बेलामा ठुला-ठुला आन्दोलन गरेका हुन् भन्ने कुरालाई समकालिन नेतृत्वहरुले सत्ता र शक्तिको मात लागेर भुलिदिँदा लोकतन्त्र कतै भंगालोमा पर्ने त होईन ? भन्ने चिन्ता यत्र–तत्र–सर्बत्र जाग्न थालेको स्थितीलाई अब ढाकछोप गरेर लुकाउन खोज्नु  मुर्खता शिवाय अरु केही हुन सक्दैन ।

समकालिन नेतृत्वहरुले नेतृत्व हस्तान्तरण गर्न पनि नसक्ने र जनताको चाहानालाई बुझन पनि नसक्ने यहीँ अवस्था रहिरहने हो भने धमिलो पानीमा माछा मार्ने तत्वले भरपुर फाईदा उठाउँदै आक्रोशित जनता जगाउन सक्दैनन् भन्ने आधार छैन ।  यस्तो अप्रिय अवस्था आएको खण्डमा सत्ता र शक्तीका लागि जस्तोसुकै अवस्था आएपनि जस्तोसुकै सम्झौता गर्न खप्पिस हाम्रा दुस्शित चिन्तनले ग्रस्त शिर्ष नेतृत्वहरुको स्थिती बंगलादेशकी शक्तिशाली शासक शेख हसिनाको झैँ नहोला भन्न सकिदैन ।

अतः छोटा बढा सबै नेतृत्वकर्ताले समय छदै सच्चिने की सक्किने भन्ने कुरालाई अत्यन्त गम्भिरताका साथ मनन गर्दै जनताका मनोविज्ञानलाई इमानदारीका साथ समयमै आत्मसात गर्दै  लोकतान्त्रिक पद्धतीलाई साँच्चिकै जनविश्वासिलो शासन बनाउन  सक्किने होईन सच्चिनका लागि अझ बढी गम्भिर हुन जरुरी छ ।  (ओली समसामयिक विषयमा रहेर लेखहरु लेख्छन् । उनी दूरसञ्चार डटकमका प्रधान सम्पादक हुन् ।)


प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  २१:४५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सक्किने बाटो तय गर्नु बिडम्वना
कांग्रेस सक्किने बाटो तय गर्नु बिडम्वना बुधबार, पुस ३०, २०८२
'कांग्रेस भित्रको आन्तरिक द्धन्द्धको परिणाम निष्पट्ट उजाडै-उजाड मात्र हो'
'कांग्रेस भित्रको आन्तरिक द्धन्द्धको परिणाम निष्पट्ट उजाडै-उजाड मात्र हो' बुधबार, पुस २३, २०८२
'नरैनापुरलाई सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ'
'नरैनापुरलाई सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ' बुधबार, पुस ९, २०८२
'यदुवंशी' बन्ने दुस्साहस कसैले गर्ने छैन 
'यदुवंशी' बन्ने दुस्साहस कसैले गर्ने छैन  बुधबार, मंसिर २४, २०८२
ज्ञानेन्द्र शाह, आफूलाई नियन्त्रणमा राख्नुस् !
ज्ञानेन्द्र शाह, आफूलाई नियन्त्रणमा राख्नुस् ! आइतबार, चैत १७, २०८१
नेपाल मात्र होईन बिश्व नै भावुक भए.........
नेपाल मात्र होईन बिश्व नै भावुक भए......... शनिबार, असार १, २०८१
‘कानूनको अज्ञानता क्षम्य हुँदैन’: सिद्धान्त
‘कानूनको अज्ञानता क्षम्य हुँदैन’: सिद्धान्त बुधबार, पुस १८, २०८०
अगुवाहरूलाई सोच्ने फुर्सद कहाँ छ र ?
अगुवाहरूलाई सोच्ने फुर्सद कहाँ छ र ? मंगलबार, पुस १७, २०८०
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्