Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • 'कांग्रेस भित्रको आन्तरिक द्धन्द्धको परिणाम निष्पट्ट उजाडै-उजाड मात्र हो'
'कांग्रेस भित्रको आन्तरिक द्धन्द्धको परिणाम निष्पट्ट उजाडै-उजाड मात्र हो'
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, पुस २३, २०८२

नेपालगन्ज : लोकतान्त्रिक आन्दोलनको अगुवा दल नेपाली कांग्रेस अहिले इतिहासकै सबैभन्दा गम्भिर मोडमा उभिएको छ । नियमित महाधिवेशन र विशेष महाधिवेशन पक्षका आ-आफ्नै दम्भ र अहंकारी   अडानका कारण  पार्टी कमजोर मात्र होईन, मृत्यु शैयामा छ्ट्पटाउने  स्थितीमा पुग्दैछ ।

परिवर्तित समकालिन राजनीतिक घटनाक्रमले नेपाली जनताको मनोविज्ञानबाटै कमजोर हुदै गएको कांग्रेसलाई पार्टीभित्रको पछिल्ला गतिविधीले सच्याउने होइन, सक्काउने निश्चित देखिन्छ । कांग्रेस नेतृत्वदेखि आम कांग्रेसजन सम्मले यदुवंशी लडाइको यो हटलाई संयमित हुँदै ‘सेफ ल्याण्डिङ’ गराउनेतर्फ गम्भिर नबन्ने हो भने सक्किनुको विकल्प रहदैन ।

हेक्का रहोस् यदुवंशी युद्धले न कोही हार्यो, न कसैले जित्यो । हार्यो त केबल सिंगो यदुवंशले नै हार्यो । अनि बाँच्यो त केवल इतिहास मात्र बाँच्यो । नेपालको लोकतान्त्रिक आन्दोलनको यात्रामा ऐतिहासिक विरासत बनाएको नेपाली कांग्रेस जस्तो पार्टीका नेतृत्वदेखि आम कांग्रेसजनले इतिहास मात्र बचाउने खेल खेल्ने होईन, पार्टी हितलाई हृदयमा  राख्ने हो, भने  यदुवंशीको युद्ध र त्यसको परिणामलाई स्मरण गर्न जरुरी छ ।

पार्टी भित्रको आन्तरिक द्वन्द्वरुपी युद्धको परिणाम निस्पट्ट उजाड नै उजाड हो भन्ने कुरा समय मै बुझ्न आवश्यक छ । वंश युद्धमा भगवान श्री कृष्ण अनि उनका छोरा प्रधुम्न सहित एक-एक गर्दै अनेकौं अनेक  महारथीहरु सक्किएको इतिहास छ, भने हामी त केवल सामान्य वैचारिक धरातलको जगमा उभिएका सामान्य मनुष्य मात्र हौं । यस्ता प्रतियोगिता आन्तरिक रुपमा खेल्नका निम्ति परिवारको आन्तरिक रिति-थिती विधिले निश्चित समय दिएको अवश्य हुन्छ । त्यहाँ पाउ तहदेखि शिर तह सम्मका नेतृत्वले सहमती अथवा रिति-थिती अनि विधिमा रहेर खेल्दा महाउत्तम होला की भन्ने मेरो सानो मस्तिष्कको चिन्ता र चासो हो ।

त्यसैले भन्छु, यदुवंशको युद्ध जस्तो कसैले नजित्ने सिंगो कांग्रेसले हार्ने जस्तो द्वन्द्वात्मक अप्रिय प्रतियोगिता सार्बजनिक रुपमा नखेल्नु नै सिंगो कांग्रेसका लागि हितकर होला भन्ने हामी जस्ता भुइँ मान्छेको आग्रह पुर्वाग्रह विहिन  निष्छल चिन्ता र चासो मात्र  हो । हुन त  निःस्वार्थ, सन्तुलित चिन्तनलाई  ओझेलमा पारिएको समकालिन अवस्थामा यी कुराप्रति गाम्भिर्यता देखाउने फुर्सद त बिरलैलाई होला ।

छ त केवल आग्रह अनि पुर्वाग्रही चिन्तन मात्र सन्तुलन पुर्ण अभिव्यक्तिको डर यस्तो कित्ताकाटको अवस्थामा अलि बढी हावी हुन्छ होला । तर, सबैले सन्तुलन गुमायो भने वंशको यात्रा एक्लो हुन सक्छ एक्ला-एक्लै हिड्दा शक्तिशाली बन्न सकिदैन । जस्तोसुकै विमती भएपनि बैचारिक घर सिगार्ने यात्रा सँग सँगै भयो, भने त्यो घर र त्यस घरको परिवारलाई कसैले हल्लाउन सक्दैन ।

घरभित्र रहेको कलहका बिषयमा सार्बजनिक रुपमा अत्यन्तै तल्लो स्तरमा उत्रिएर गरिने वाद-विवादको द्वन्द्वले अझ भयानक युद्ध निम्त्याउँछ । जुन युद्धले यदुवंशीकै हाल बनाउँछ । यदुवंशी चिन्तनले खरानी बन्ने यात्रा मात्र तय गर्दछ, भन्ने कुरा सत्य हो । यो ऐतिहासिक संकटको बेला आम कांग्रेस नेतृत्व अनि कांग्रेसजनको सत्बुद्धी बेलैमा आओस् यहीँ कामना गर्दछु । जय नेपाल !


प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  १८:५६
प्रतिक्रिया दिनुहोस्
थप विशेष
कांग्रेस सक्किने बाटो तय गर्नु बिडम्वना
कांग्रेस सक्किने बाटो तय गर्नु बिडम्वना बुधबार, पुस ३०, २०८२
'नरैनापुरलाई सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ'
'नरैनापुरलाई सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ' बुधबार, पुस ९, २०८२
'यदुवंशी' बन्ने दुस्साहस कसैले गर्ने छैन 
'यदुवंशी' बन्ने दुस्साहस कसैले गर्ने छैन  बुधबार, मंसिर २४, २०८२
ज्ञानेन्द्र शाह, आफूलाई नियन्त्रणमा राख्नुस् !
ज्ञानेन्द्र शाह, आफूलाई नियन्त्रणमा राख्नुस् ! आइतबार, चैत १७, २०८१
'जनताका चाहनालाई नजरअन्दाज गरिनु लोकतान्त्रिक गणतन्त्रका लागि हितकर होईन'
'जनताका चाहनालाई नजरअन्दाज गरिनु लोकतान्त्रिक गणतन्त्रका लागि हितकर होईन' बिहीबार, भदौ १३, २०८१
नेपाल मात्र होईन बिश्व नै भावुक भए.........
नेपाल मात्र होईन बिश्व नै भावुक भए......... शनिबार, असार १, २०८१
‘कानूनको अज्ञानता क्षम्य हुँदैन’: सिद्धान्त
‘कानूनको अज्ञानता क्षम्य हुँदैन’: सिद्धान्त बुधबार, पुस १८, २०८०
अगुवाहरूलाई सोच्ने फुर्सद कहाँ छ र ?
अगुवाहरूलाई सोच्ने फुर्सद कहाँ छ र ? मंगलबार, पुस १७, २०८०
लोकप्रीय
  • Week
  • Month
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
एमालेमा विशेष महाधिवेशन बोलाउन हस्ताक्षर सुरू
एमालेमा विशेष महाधिवेशन बोलाउन हस्ताक्षर सुरू
सभामुख अर्यालले सम्हाले कार्यभार
सभामुख अर्यालले सम्हाले कार्यभार
कांग्रेसले थाल्यो १५ औं महाधिवेशनको तयारी
कांग्रेसले थाल्यो १५ औं महाधिवेशनको तयारी
कांग्रेस महासमिति सदस्य शाह र प्रदेश प्रतिनिधि यादवमाथी कारबाही सिफारिस
कांग्रेस महासमिति सदस्य शाह र प्रदेश प्रतिनिधि यादवमाथी कारबाही सिफारिस
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस क्षेत्र नम्बर १ बाँकेको बैठकद्धारा शर्माको राजीनामा अस्वीकृत
कांग्रेस क्षेत्र नम्बर १ बाँकेको बैठकद्धारा शर्माको राजीनामा अस्वीकृत
नेपालगन्जमा खुल्यो १५ करोडको लगानीमा 'होटेल कान्तिपुर प्लाजा'
नेपालगन्जमा खुल्यो १५ करोडको लगानीमा 'होटेल कान्तिपुर प्लाजा'
बैजनाथ गाउँपालिकाले ३६ जना बड्घर र चौकीदारलाई बाँड्यो साईकल
बैजनाथ गाउँपालिकाले ३६ जना बड्घर र चौकीदारलाई बाँड्यो साईकल
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्