Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • 'यदुवंशी' बन्ने दुस्साहस कसैले गर्ने छैन 
'यदुवंशी' बन्ने दुस्साहस कसैले गर्ने छैन 
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, मंसिर २४, २०८२

नयाँ दिल्ली : समकालिन नेपालका राजनीतिक दलहरू मध्ये आफ्नो बैचारिक जगमा टेकेर बदलिदा घटनाक्रमसँगै समय अनुसार लोकतान्त्रिक मूल्य र मान्यतामा कुनै किसमको आँच नपुग्ने गरि समयको गतिलाई बुझ्न सक्ने दल जसले जे–जे भनेपनि अहिलेसम्म नेपाली कांग्रेस नै हो ।

नेपाली कांग्रेसको स्थापना आफैंमा असाधारण क्रान्तिकारी कदम थियो । पुर्बाग्रही सोचबाट मुक्त रही सत्यको धरातलमा उभिने चेष्टा गर्ने हो भने स्थापनाकाल देखि आजपर्यन्त नेपाली कांग्रेस विशिष्ट राष्ट्रिय सम्पदाको रूपमा जबरजस्त स्थापित छ । तर, दलको शीर्ष तहमा बसेर बागडोर सम्हालेका नेताहरूलाई आत्मबोध कहिले काहीं नभएको अनुभुति हुँदा  लाखौं लाख कांग्रेसजनको मन खिन्न हुन्छ भन्ने कुरा नेतृत्वले बुझ्न भने  जरुरी छ ।

कांग्रेसको राजनीतिक विचारधारा, यसले अनवरत गरेको संघर्षको लामो श्रृंखला, आजसम्मको राजनीतिक विकासक्रम र उपलब्धी, यसको संस्थागत व्यक्तित्व र राष्ट्रिय र अन्तर्राष्ट्रिय पहिचान, आठ दशक लामो इतिहासमा जीवन गुमाउने प्रातः स्मरणीय शहिदहरू, त्याग र संघर्षको दौरान सर्वश्व गुमाउने अग्रजहरू र फराकिलो छहारी भएर बसेको नेतृत्व हाम्रा बहुमूल्य सम्पदा हुन् । प्रजातान्त्रिक शासन प्रणाली र यसप्रतिको गहिरो निष्ठा हाम्रो मूल चरित्र र विशेषता हो ।

हामीलाई हेक्का छ कि छैन ? हामीलाई सचेत नेपालीहरूले जब–जब देशमा र पार्टीको आन्तरिक जीवनमा संकट आएको बेला बडो विश्वास गरेर प्रश्न गर्दै आएका छन् । यस्ता खबरदारीयुक्त  प्रश्नहरुले पार्टी नेतृत्वलाई सही मार्गमा हिड्न प्रेरणा दिन्छ । पार्टीको हरेक तहको नेतृत्व तहमा रहनेहरु सके आमनेपाली जनताको छहारी बन्न सक्नुपर्छ । नसके कम्तीमा पार्टीका सम्पूर्ण सदस्यको साझा छहारी बन्न आवश्यक छ ।

पछिल्ला दिनहरूमा शिर्ष तहका नेतृत्वहरु दलभित्रको सानो झुण्ड वा स्वार्थ समूहको संरक्षक बन्ने प्रयत्न गरेको देख्नु दुखद हो । आशा गरौं यो ऐतिहासिक १५ औँ महाधिवेशन पछि आउने नेतृत्वहरु साझा बन्नेछन् । आजको खुला प्रश्न अनि चिन्ता र चासोको बिषय पनि यहीँ हो । देश र जनता, राजनीतिक प्रणाली र आफ्नो पार्टीलाई केन्द्र बिन्दुमा राख्ने कि सत्ता र शक्तिस्वार्थ मात्र ? आज हरेक तहमा छलफल चलाउनुपर्ने महत्वपूर्ण बिषय भएको छ ।

हामी महाधिवेशन उन्मुख हुँदै जाँदा राष्ट्रव्यापी बहसको प्रमुख एजेण्डा यही हुनुपर्छ र हुनेछ । र, यस सन्दर्भमा कसैप्रति ‘मोलाहिजा’ राखिनु हुदैन । हाम्रा अग्रजहरूले हाम्रा लागि छाडेर गएको राजनीतिक पुँजी र सम्पदा सिध्याएर आउने पुस्ताका लागि केही पनि बाँकी नराख्ने अधिकार हामीसँग छ कि छैन ? अबको महाधिवेशनले यसको छिनोफानो गर्नुपर्छ । खासगरी नयाँ पुस्ताका साथीहरू यस विषयमा गम्भीर र सचेत हुनुपर्छ । 

महाभारतमा एउटा प्रसंग छ, ‘कृष्ण–गान्धारी संवाद’ । लडाइँ जितेर गौरवान्वित बनेका बासुदेव श्रीकृष्ण र प्रियजन गुमाएर व्यथित एवम् व्याकुल भएकी गान्धारीबीचको संवाद मार्ग दर्शक, यूगीन र कालजयी छ । जब गान्धारी कृष्णलाई आक्रोशपूर्ण प्रश्न गर्छिन्, हे कृष्ण तिमीले यत्रो युद्ध किन गरायौं, कुरु वंशलाई सखाप किन पार्र्यौ, मेरा प्रिय छोराहरूको प्राण किन लियौ, यत्रो लीला किन रच्यौ ? तब कृष्ण विनम्रतापूर्वक तर बडो स्पष्ट जवाफ दिन्छन्, ‘हे महारानी सुन, जब राजनीति गर्नेहरू आफ्नो कर्तव्य र उत्तरदायित्व प्रति गम्भीर र संवेदनशील हुदैँनन्, तब सरोकारवालाले प्रतिवाद गर्छ र त्यो प्रतिवाद अन्ततः विद्रोहमा परिणत हुन्छ, महाभारतमा यही भएको हो ।’

वास्तवमा महाभारत घट्नुको चुरो यही थियो । यसमा दुर्योधनको अति महत्वाकांक्षा, कर्णको दुर्योधनप्रतिको अन्ध निष्ठा र धृतराष्ट्रको पुत्रमोहले बलियो जग हालेको थियो । ५२ सय वर्षअघिको त्यो घटना र कृष्णको निष्कर्ष आजपनि उत्तिकै सान्दर्भिक र प्रेरणादायी छ । आधुनिक राजनीतिमा त्यसका साना ठूला संस्करणहरू थपिएका छन् । नेपाल यसको अपवाद छैन ।

जनअधिकारका लागि कठिन संघर्ष अनि बलिदानी गरेको लोकतान्त्रिक आन्दोलनको मियो दल नेपाली कांग्रेस पनि यस्ता समस्याबाट अछुतो बन्न सकिरहेको छैन । यि कुरालाई आत्मबोध गर्दै सच्चिने संकल्प सहितको हरेक तहमा जरोदेखि टुप्पो सम्म १५ औँ महाधिवेशनको नेतृत्व  आउनुपर्दछ भन्ने कांग्रेसप्रति चिन्ता र चासो राख्ने नेपाली जनता र कांग्रेसजनको अपेक्षा हो ।

पूर्णरुपमा रुपान्तरितको बदलिँदो नेतृत्व अनि बलियो कांग्रेसको जनअपेक्षा बुझेर रुपान्तरणको रोडम्याप अँगाल्दै कांग्रेस गर्भिलो अनि निर्णायक अवस्थालाई जीवन्त राख्नु नै सुनौलो इतिहासलाई न्याय गर्नु हो भन्ने तर्फ कुनैपनि तहका नेतृत्व गम्भिर बन्न सक्नुपर्छ । अब ‘सच्चिने कि सक्किने’ ? यि दुई अवस्थाको संघारमा कांग्रेस उभिएको अवस्था छ ।  

आशा गरौं, विश्वास गरौं अनि भरोसा पनि गरौं र सकारात्मक खबरदारी गर्न पनि किमार्थ नचुकौं अवश्य पनि नेतृत्व सच्चिने छ, सच्चिनेछौ । यदुवंशी बन्ने दुस्साहस कसैले गर्ने छैन । हेक्का रहोस् अहिलेको राजनीतिक घटनाक्रम २०४६ दशकको  गणेशमानको लौरोको अवस्थामा  कांग्रेस छैन । सबैको जय होस !

-राजिवगान्धी हस्पिटल नयाँ दिल्लीबाट


 


प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  २३:१०
प्रतिक्रिया दिनुहोस्
थप विशेष
कांग्रेस सक्किने बाटो तय गर्नु बिडम्वना
कांग्रेस सक्किने बाटो तय गर्नु बिडम्वना बुधबार, पुस ३०, २०८२
'कांग्रेस भित्रको आन्तरिक द्धन्द्धको परिणाम निष्पट्ट उजाडै-उजाड मात्र हो'
'कांग्रेस भित्रको आन्तरिक द्धन्द्धको परिणाम निष्पट्ट उजाडै-उजाड मात्र हो' बुधबार, पुस २३, २०८२
'नरैनापुरलाई सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ'
'नरैनापुरलाई सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ' बुधबार, पुस ९, २०८२
ज्ञानेन्द्र शाह, आफूलाई नियन्त्रणमा राख्नुस् !
ज्ञानेन्द्र शाह, आफूलाई नियन्त्रणमा राख्नुस् ! आइतबार, चैत १७, २०८१
'जनताका चाहनालाई नजरअन्दाज गरिनु लोकतान्त्रिक गणतन्त्रका लागि हितकर होईन'
'जनताका चाहनालाई नजरअन्दाज गरिनु लोकतान्त्रिक गणतन्त्रका लागि हितकर होईन' बिहीबार, भदौ १३, २०८१
नेपाल मात्र होईन बिश्व नै भावुक भए.........
नेपाल मात्र होईन बिश्व नै भावुक भए......... शनिबार, असार १, २०८१
‘कानूनको अज्ञानता क्षम्य हुँदैन’: सिद्धान्त
‘कानूनको अज्ञानता क्षम्य हुँदैन’: सिद्धान्त बुधबार, पुस १८, २०८०
अगुवाहरूलाई सोच्ने फुर्सद कहाँ छ र ?
अगुवाहरूलाई सोच्ने फुर्सद कहाँ छ र ? मंगलबार, पुस १७, २०८०
लोकप्रीय
  • Week
  • Month
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
बाँके-३ मा रास्वपाका सुनार निर्वाचित 
बाँके-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका चौधरी निर्वाचित
बाँके-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका चौधरी निर्वाचित
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्