Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • 'नरैनापुरलाई सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ'
'नरैनापुरलाई सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ'
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, पुस ९, २०८२

बाँकेको पुर्वी-दक्षिण क्षेत्रमा अवस्थित छ, नरैनापुर गाउँपालिका । तत्कालिन ६ वटा गाविसहरु (गंगापुर, मटेहिया, कालाफाँटा, नरैनापुर, लक्ष्मणपुर र कटकुइँया) मिलेर गाउँपालिका बनेको हो । यस गाउँपालिका धार्मिक, प्राकृतिक, साँस्कृतिक र ग्रामिण तथा कृषि पर्यटनका हिसाबले अत्यन्तै सम्भावना भएको क्षेत्र मानिन्छ । चुरे पहाड, वनजंगल, धार्मिक स्थल, बहुसाँस्कृतिक सम्पदा र ग्रामीण जीवनशैली यहाँका प्रमुख विशेषता हुन् । यिनै विशेषताले नरैनापुरलाई सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने आधार प्रदान गरेको छ । यद्यपी, पर्याप्त प्रचार–प्रसारको अभावले यहाँको पर्यटन सम्भावना अझै पूर्ण रूपमा उजागर हुन सकेको छैन । 

नरैनापुरमा पर्यटन सम्भावना

(क) धार्मिक पर्यटन
नरैनापुरमा रहेको सन्तानेश्वर महादेव मन्दिर यहाँको चर्चित धार्मिक पर्यटकीय स्थल हो । पदयात्रासँगै मन्दिर दर्शन गर्न जाने स्वदेशी र विदेशी पर्यटकको यहाँ प्रायः भिड नै लाग्छ । यसका साथै नरैनापुरमै रहेको गोर्वधनधाम, मुस्लिम समुदायको आस्थाको केन्द्र शैयद नूर खलिफा सहित विभिन्न मन्दिर तथा मजारहरु यहाँका धार्मिक पर्यटकीय स्थल हुन् । यि धार्मिक पर्यटकीय स्थलले धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न मद्दत गरेका छन् ।

(ख) प्राकृतिक पर्यटन
नरैनापुरको उत्तर क्षेत्रमा वनजंगल र चुरे पहाड पुर्व–पश्चिममा फैलिएको छ । उत्तरमा चुरे पहाड र वन जंगलको मनोरम दृश्य, दक्षिण–पश्चिममा राप्ती नदीको किनार, बीचमा रहेका हरियाली फाँटहरु र जैविक विविधता नरैनापुरका प्राकृतिक पर्यटकीय स्थल हुन् । यहाँ पुगेर प्राकृतिक सम्पदासँग रमाउँदै पदयात्रा, वनभोज, प्रकृतिको अवलोकन, फोटोग्राफी, अध्ययन भ्रमण गर्न सकिन्छ । शहर, बजारको कोलाहल वातावरणबाट टाढा रहनका लागि नरैनापुरको यो शान्त वातावरण उपयुक्त गन्तब्य बन्ने देखिन्छ ।

 (ग) साँस्कृतिक पर्यटन
नरैनापुरमा मधेसी, मुस्लिम तथा अन्य समुदायको बसोबास रहेको छ । सबै समुदायका लोक सँस्कृति, भाषा, भेषभूषा, रहनसहन, खानपान र परम्परा साँस्कृतिक पर्यटनका आकर्षण हुन् । यस्ता गतिविधि संरक्षण गर्दै प्रस्तुत गर्न सके साँस्कृतिक पर्यटनको विकास गर्न सकिने सम्भावना रहेको छ ।

(घ) ग्रामिण तथा कृषि पर्यटन
पछिल्लो समयमा ग्रामिण तथा कृषि पर्यटन पनि आर्कषक गन्तब्य बन्न थालेको छ । शहरबाट गाउँमा आएर बस्न रुचाउने, ग्रामिण क्षेत्रमा उत्पादन भएका अग्र्यानिक बस्तुहरु खान मन पराउने पारखीहरु छन् । ग्रामिण जीवनशैली, खेतीपाती, पशुपालन, स्थानीय उत्पादन र परम्परागत खानामा धेरैको रुची बढ्दो छ । यसका लागि नरैनापुरमा सामुदायिक होमस्टेहरु सञ्चालन गरेर ग्रामिण तथा कृषि पर्यटनलाई प्रर्बद्धन गर्न सकिने सम्भावना छ । यसले स्थानीय बासिन्दालाई रोजगारी सिर्जना गर्नमा सहयोग पुर्याउने देखिन्छ ।

मिडियाको भूमिका :
नरैनापुरमा पर्यटकीय सम्भावना धेरै छ । पछिल्लो समयमा नरैनापुरको पर्यटनले मिडियामा स्थान पाउन थालेको छ । तरपनि, अझै राष्ट्रिय तथा स्थानीय मिडियामा नरैनापुरको पर्यटनबारे प्रचार–प्रसार गर्न आवश्यक छ । स्थानीय स्तरमा रहेका एफ.एम. रेडियो, पत्रपत्रिका, टेलिभिजन, अनलाइन समाचार पोर्टल र सामाजिक सञ्जालमार्फत नरैनापुरको पर्यटन विकासको प्रचार–प्रसार गर्नुपर्छ । 

(क) पर्यटन स्थलको परिचय 
मिडियाले नरैनापुरमा रहेका धार्मिक, प्राकृतिक र साँस्कृतिक स्थलहरूको पहिचान र परिचय दिनुपर्छ । मिडियामार्फत नै नरैनापुरको पर्यटन गतिविधि देश–विदेशसम्म पुग्नेछ । स्थानीय रेडियो, पत्रपत्रिका, टेलिभिजन, अनलाइन पोर्टलमार्फत प्रचार गर्दा पर्यटकको चासो बढ्नेछ ।

(ख) सकारात्मक छवि निर्माण
नरैनापुरको पर्यटनको विषयमा सकारात्मक रुपमा समाचार, फोटो, भिडियो र बृत्तचित्र सामाग्रीहरु प्रस्तुत गर्दा त्यस क्षेत्रको छवि राम्रो बन्नेछ । यसले नरैनापुरलाई बाँके जिल्लाको ‘घुम्न योग्य ठाउँ’ भन्ने सन्देश देश तथा विदेशसम्म फैलाउँनेछ ।

(ग) स्थानीय सँस्कृति र पहिचान संरक्षण
मिडियाले स्थानीय भाषा, भेषभूषा, खानपान, लोक सँस्कृति, नाचगान र परम्परालाई उजागर गरी साँस्कृतिक पर्यटन प्रवर्द्धन गर्न सक्छ । यसले सँस्कृति संरक्षणमा समेत सहयोग पुर्याउँछ । 

(घ) डिजिटल माध्यमको प्रयोग
सामाजिक सञ्जाल (फेसबुक, युटुब, टिकटक, इन्ष्ट्राग्राम) प्रयोग गरेर कम खर्चमा धेरै मानिससम्म नरैनापुरको पर्यटन सम्बन्धी सूचना पुर्याउन सकिन्छ । यसले युवा पुस्तालाई पर्यटनमा आकर्षित गर्दछ ।

(ङ) लगानी आकर्षण
नरैनापुरको पर्यटन सम्बन्धी सामाग्रीहरु मिडियामा आएपछि निजीक्षेत्र, गैरसरकारी संस्था र सरकारी निकायको ध्यान जानेछ । यसले स्थानीय स्तरमा पर्यटन लक्षित होटल, रिसोर्ट, होमस्टे लगायत क्षेत्रमा लगानी भित्र्याउन मद्दत गर्दछ ।

(च) स्थानीय सरकारको दायित्व  
नरैनापुरको पर्यटकीय क्षेत्रको विकास गर्नमा स्थानीय सरकारको दायित्व र भूमिका अत्यन्तै महत्वपूर्ण रहेको छ । कतिपय पर्यटकीय स्थलको विकास गर्नमा नरैनापुरको स्थानीय सरकारले गरेको योगदान सह्रानिय छ । तर, अझैपनि पर्याप्त मात्रामा पुर्वाधारहरु बन्न सकेका छैनन् । निर्माण भएका पुर्वाधारलाई दिगो रुपले संरक्षण गर्नुपर्ने चुनौती छ । बाटोको असुविधाका कारण कतिपय धार्मिक पर्यटकहरु चाहेर पनि पुग्न नसक्ने स्थिती रहेको छ । नरैनापुरका पर्यटकीय स्थलसम्म पुग्नका लागि भरपर्दो बाटोको सुविधा, धार्मिक पर्यटकीय स्थलहरुमा पर्याप्त मात्रामा धर्मशाला, खानेपानी, बिद्युत लगायतका पुर्वाधारहरु निर्माण गर्नु पर्दछ । यसका लागि स्थानीय सरकारको पहल कदमी आवश्यक छ । धन्यवाद !

(रिपोर्ट (आधारपत्र) प्रस्तुतकर्ता नागरिक दैनिकका पत्रकार हुन् । नेपाल पत्रकार महासंघ बाँकेले नरैनापुर गाउँपालिकाको सहकार्यमा २०८२ पुस ९ मा आयोजना गरेको कार्यक्रममा यो रिपोर्ट प्रस्तुत गरिएको हो ।)


 


प्रकाशित मिति: बुधबार, पुस ९, २०८२  २३:५१
प्रतिक्रिया दिनुहोस्
थप विशेष
कांग्रेस सक्किने बाटो तय गर्नु बिडम्वना
कांग्रेस सक्किने बाटो तय गर्नु बिडम्वना बुधबार, पुस ३०, २०८२
'कांग्रेस भित्रको आन्तरिक द्धन्द्धको परिणाम निष्पट्ट उजाडै-उजाड मात्र हो'
'कांग्रेस भित्रको आन्तरिक द्धन्द्धको परिणाम निष्पट्ट उजाडै-उजाड मात्र हो' बुधबार, पुस २३, २०८२
'यदुवंशी' बन्ने दुस्साहस कसैले गर्ने छैन 
'यदुवंशी' बन्ने दुस्साहस कसैले गर्ने छैन  बुधबार, मंसिर २४, २०८२
ज्ञानेन्द्र शाह, आफूलाई नियन्त्रणमा राख्नुस् !
ज्ञानेन्द्र शाह, आफूलाई नियन्त्रणमा राख्नुस् ! आइतबार, चैत १७, २०८१
'जनताका चाहनालाई नजरअन्दाज गरिनु लोकतान्त्रिक गणतन्त्रका लागि हितकर होईन'
'जनताका चाहनालाई नजरअन्दाज गरिनु लोकतान्त्रिक गणतन्त्रका लागि हितकर होईन' बिहीबार, भदौ १३, २०८१
नेपाल मात्र होईन बिश्व नै भावुक भए.........
नेपाल मात्र होईन बिश्व नै भावुक भए......... शनिबार, असार १, २०८१
‘कानूनको अज्ञानता क्षम्य हुँदैन’: सिद्धान्त
‘कानूनको अज्ञानता क्षम्य हुँदैन’: सिद्धान्त बुधबार, पुस १८, २०८०
अगुवाहरूलाई सोच्ने फुर्सद कहाँ छ र ?
अगुवाहरूलाई सोच्ने फुर्सद कहाँ छ र ? मंगलबार, पुस १७, २०८०
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्