Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • प्रेस युनियन र प्रेस स्वतन्त्रता 
प्रेस युनियन र प्रेस स्वतन्त्रता 
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, भदौ २०, २०८०

दिलीप पौडेल : 

नेपाल प्रेस युनियन लोकतन्त्रमा आस्था राख्ने लोकतन्त्रवादी श्रमजीवि पत्रकारहरूको छाता संस्था हो । वि.सं. २०४८ साल जेठ १३ गते स्थापना भएको यस संस्थाले श्रमजीवि पत्रकारको हक, हित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, ट्रेड युनियन अधिकार, लोकतन्त्रको प्रवद्र्धन तथा सम्बद्र्धन, मानव अधिकारको रक्षा साथै पत्रकारिताको पेशागत सुरक्षाका लागि वकालत र काम गर्दै आइरहेको छ ।

अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) को सदस्य रहेको प्रेस युनियन प्रजातन्त्रको पुर्नस्थापनापछि लोकतन्त्रवादी पत्रकारलाई संगठित गर्दै उनीहरूको ज्ञान, सीप, अधिकारका पक्षमा वकालत गर्दै आएको छ । बहुलतामा हुर्किएको प्रेस स्वतन्त्रताका आधारभूत मूल्य, मान्यतालाई अक्षुण्ण राख्दै पत्रकारितामा आएका नयाँ आयामलाई नेपाली पत्रकारितामा समाहित गर्न क्रियाशील छ ।

आमसञ्चार क्षेत्रको विकासका लागि चाहिने ऐन, कानुन, नीति, नियम, पत्रकार आचारसंहिता बनाउन, श्रमजीवि पत्रकार ऐन कार्यान्वयन, प्रेसमैत्री वातावरण सिर्जना गर्न, सञ्चारकर्मीहरूको पेशागत र भौतिक सुरक्षाको प्रत्याभूति दिलाउनका युनियनले अभियान सञ्चालन गर्दै आएको छ ।

लोकतन्त्रका न्यूनतम मूल्य र मान्यतालाई स्थापित गर्न युग सुहाउँदो पत्रकारिताको अभ्यास गराउन युनियनले भूमिका निर्वाह गरिरहेको छ । स्वतन्त्र सञ्चार, मानवअधिकारको सर्वस्वीकार्य सिद्धान्त, आवधिक निर्वाचन, मिडिया बहुलवाद र लोकतान्त्रिक व्यवस्था सुदृढ हुनुपर्छ भन्ने युनियनको मान्यता छ । स्वदेशमा मात्र नभएर नेपाल तथा प्रवासमा रहेका नेपाली श्रमजीवि सञ्चारकर्मीहरूलाई संगठित श्रमजीवीका पक्षमा काम गर्दै आइरहेको छ ।

नेपाल प्रेस युनियनमा देशभरिका करिब ८ हजार पत्रकार आबद्ध छन् । देशका ७७ वटै जिल्लामा प्रेस युनियनका शाखा, ८ वटा सञ्चार प्रतिष्ठान शाखा, २ उपशाखा, ३ विदेश शाखा, ७ प्रदेश समिति, १ उपत्यका तथ प्रतिष्ठान प्रदेश समिति रहेका छन । नेपाल प्रेस युनियनको ११९ सदस्यीय केन्द्रीय समिति र ५ सदस्यीय लेखा समिति रहेको छ ।

आमसञ्चार माध्यमममा कार्यरत श्रमजीवि पत्रकारहरूको हक, हित र सम्मानको रक्षा तथा उनीहरूको सर्वाङ्गीण विकासमा क्रियाशील रहने लक्ष्य लिएको प्रेस युनियन श्रमजीवि पत्रकारहरूको पेशागत सुरक्षालाई सुनिश्चित गर्न, आम लोकतन्त्रवादी पत्रकारहरूलाई एकताबद्ध र संगठित गर्दै उनीहरूको ज्ञान, सीप र अधिकारका पक्षमा वकालत गर्न प्रतिबद्ध छ । साथै, लोकतन्त्रवादी पत्रकारहरूको दक्षता अभिवृद्धि गरी, बहुलतामा हुर्किएको प्रेस स्वतन्त्रताका आधारभूत मूल्य मान्यतालाई अक्षुण्ण राख्दै विश्व पत्रकारितामा आएका नयाँ आयाम र अभ्यासलाई नेपाली पत्रकारितामा समाहित गर्न युनियनले क्रियाशील रहने लक्ष्यसमेत लिएको छ । नेपाल ट्रेड युनियन कांग्रेससँग वैचारिक ऐक्यबद्धताका साथ स्वायत्त र सशक्त प्रजातान्त्रिक संस्थाका रूपमा युनियनलाई स्थापिन गर्ने युनियनले प्रण गरेको छ ।

युनियनले पत्रकारिताका माध्यमबाट बहुलवादमा आधारित लोकतन्त्रको संरक्षण र सम्वद्र्धनमा योगदान पुयाउने, आमसञ्चार माध्यममा कार्यरत पत्रकारहरूलाई संगठित गरी व्यावसायिक नेतृत्व प्रदान गर्दै उनीहरूको हक, अधिकार प्रवद्र्धन तथा संरक्षण गर्न क्रियाशील रहने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, विचार र सूचनाको हकको पक्षमा क्रियाशील रहने उद्देश्य लिएर काम गर्दै आएको छ ।

श्रमजीवि पत्रकारहरूको उचित श्रम अभ्यास र पेशा तथा रोजगारीको अधिकारको संरक्षणका लागि नेतृत्व प्रदान गर्ने, पत्रकारिता क्षेत्रसँग सम्बन्धित राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा क्रियाशील संघ संस्थाहरूसँग सम्बन्ध विस्तार गर्ने तथा विभिन्न देशका संघ संस्थाहरू तथा प्रतिनिधिहरूबीच व्यावसायिक सीप एवं क्षमता अभिवृद्धिलगायतका कार्यक्रम आदान–प्रदान गर्ने काम पनि गर्दै आएको छ ।

पत्रकारिता क्षेत्रसँग सम्बन्धित विषयमा बैठक, भेला, सभा, सम्मेलन, गोष्ठी, अन्तक्र्रिया, प्रशिक्षणलगायत अन्य विभिन्न रचनात्मक गतिविधिहरू सञ्चालन गर्ने, उत्तरदायी, मर्यादित र जिम्मेवार पत्रकारिताको संस्थागत विकासमा क्रियाशील हुँदै स्वतन्त्र प्रेसको विश्वव्यापी मर्म, मान्यता, आचरण र आदर्शलाई परिपालन गर्ने काममा पनि युनियन सक्रिय छ ।

लोकतन्त्रवादी पत्रकारको छाता संस्था हुनुको नाताले नेपाल प्रेस युनियनले प्रेस स्वतन्त्रताको पक्षमा वकालत गर्दै आइरहेको छ । सुरक्षित पत्रकारिताका लागि प्रेस स्वतन्त्रता आवश्यक छ । प्रेस स्वतन्त्रता पत्रकारले बिना रोकतोक सूचना तथा विचार स्वतन्त्र रूपमा सञ्चार माध्यममार्फत् प्रकाशन तथा प्रसारण गर्न पाउने हक हो । पत्रकारले सुरक्षित महसुस गरेर ढुक्कसँग लेख्न, बोल्न पाउने विषयमात्र नभएर नागरिकको अभिव्यक्ति स्वतन्त्रतासँग पनि प्रेस स्वतन्त्रता जोडिएको छ ।

पत्रकार सूचनाका संवाहक हुन् । नागरिकलाई सुसूचित गर्ने दायित्व सञ्चार क्षेत्रको हो । त्यसैले प्रेस स्वतन्त्रता नागरिकको सुसूचित हुन पाउने अधिकारसँग पनि सम्बन्धित छ । प्रेस स्वतन्त्रता भएन भने पत्रकारले समाजदेखि राज्यका निकायमा भएका विकृति, विसंगति, भ्रष्टाचारलगायत आम सरोकारका सूचनालाई बाहिर ल्याउन सक्दैन । त्यसका लागि पनि पत्रकारका लागि प्रेस स्वतन्त्राको महत्व अझै बढी महत्व छ ।

प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा नभएर आम नागरिक र लोकतान्त्रिक प्रणालीलाई व्यवस्थित बनाउन सघाउने विषय पनि हो । मुलुकको लोकतान्त्रिक व्यवस्थालाई सुदृढ र मजबुत बनाउनका लागि प्रेस स्वतन्त्र हुनुपर्छ । प्रेस स्वतन्त्रताको दायरा फराकिलो हुनुपर्छ । प्रेस स्वतन्त्रता हनन् भएको अवस्थामा पत्रकारले निर्वाध रूपमा पत्रकारिता गर्न सक्दैनन् । प्रेस स्वतन्त्रता हनन हुँदा विभिन्न डर, धाक, धम्की, गिरफ्तारी, यातना सहनुपर्ने अवस्था हुनसक्छ । सेल्फ सेन्सरसीपको अवस्था सृजना भयो भने यसले विचारलाई पनि मार्छ । यस्तो अवस्थामा आम नागरिकले थाहा पाउनुपर्ने सूचनाहरू सञ्चारकर्मीले बाहिर ल्याउन सक्दैनन् ।

विशेषगरी नेपालको सन्दर्भमा सरकारी पक्ष, राजनीतिक दर स्वार्थ समूहहरूले प्रेस स्वतन्त्रताको हनन् गरेको पाइन्छ । आफू अनुकूल समाचार प्रकाशन–प्रसारण नभएमा वा लुकाउन खोजिएका सूचना बाहिर आएमा पत्रकारमाथि भौतिक आक्रमण गर्नेसम्मका घटना भएका छन् । राजनीतिक नेतृत्व, राज्य र राज्यका निकाय प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध हुने हो भने पत्रकारले प्रेस स्वतन्त्रताको अनुभूति गर्दै आफ्नो पेशागत दायित्व पूरा गर्न सक्छ ।

नेपालमा संविधानमा नै प्रेस स्वतन्त्रताको सुनिश्चित गरिएको छ । संविधानअनुसार बन्नुपर्ने ऐन कानुन प्रेसमैत्री अ बन्न सकेका छैनन् । पत्रकारको दायित्व सत्य सूचना सकेसम्म चाँडो पाठक, स्रोता या दर्शकसामू पुयाउने हो । प्रेस स्वतन्त्रता भएन र रिर्पोटिङको क्रममा विभिन्न बाधा अवरोध भयो सृजना भने पत्रकारले पेशागत दायित्व पूरा गर्न सक्दैन ।

प्रेस स्वतन्त्रता हनन हुँदा पेशागत धर्म पूरा हुन सक्दैन नागरिक सूचनाबाट बञ्चित हुन्छन् । स्वार्थ समूहको प्रभावले पनि धेरै सूचनाहरू गोप्य राखिएको हुन्छ । ती सूचना बाहिर ल्याए स्वार्थ समूहका ठूला डिल भत्किन सक्छन् । ती सूचनामा पहुँच राखेर श्रोतबाट पुष्टी गरेर बाहि ल्याउने जिम्मेवारी पत्रकारको भएकाले पनि धेरै चुनौती छ ।

प्रेस स्वतन्त्रता भएन भने सूचनामा पहुँच पुयाउन कठिन हुन्छ । यस्तो अवस्थामा नेपालको सन्दर्भमा सूचनाको हक प्रयोग गर्ने गरिएको छ । सूचनाको हक प्रयोग गर्दा पनि कतिपय सूचना पाउन कठिन हुन्छ । राज्यका निकाय प्रेसप्रति जवाफदेही हुने हो भने सूचना पाउन पनि सहज हुन्छ । त्यसमा पत्रकारले आफ्नो पत्रकारिताको व्यावसायिक मर्यादामा बसेर दायित्व पूरा गर्न सक्छन् ।

प्रेस स्वतन्त्रताले पेशागत सफलता प्राप्त गर्न टेवा त पुग्छ साथै भ्रष्टाचार, अनियमितता न्यूनीकरण गर्दै शुसासन कायम गर्न सहयोग पुग्छ । सरकारले गरेका गलत आम समुदायमा पुयाउँदा जनमत गुम्ने भएकाले शासकहरू सकेसम्म सूचना लुकाउन चाहान्छन् । ती सूचनालाई बाहिर ल्याउने पत्रकारको दायित्व हो ।

प्रेस स्वतन्त्रतामाथिका यस्ता विविधखाले आक्रमणका प्रवृत्तिहरूलाई निरुत्साहित गर्नका लागि अभियान नै थाल्नु पर्ने अवस्था छ । डिजिटल सुरक्षा, मिडिया साक्षरताका अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता सृजना भएको छ । प्रेस स्वतन्त्रता पत्रकारको मात्र विषय होइन, नागरिकहरूको सुसूचित हुन पाउने संवैधानिक हकलाई स्थापित गर्ने माध्यम पनि हो ।

प्रेस स्वतन्त्रता र विधिको शासन भएको अवस्थामा सञ्चार क्षेत्र र पत्रकारमाथि कुनै प्रकारको प्रेस स्वतन्त्रता उलंघनका घटना भएपनि कानुनी दायरामा ल्याउन सम्भव हुन्छ । यस्तो अवस्थामा ढुक्कसँग सञ्चार कर्म सक्ने अवस्था आउँछ । नेपाली पत्रकारिता क्षेत्र अझै पनि सुरक्षाका दृष्टिकोणले सन्तोष गर्नसकिने अवस्थामा छैन । पत्रकार माथि भौतिक हमला र पेशागत असुरक्षा कायम छ ।

पत्रकारहरू त्रासमा कामगर्न बाध्य छन् । सत्य र तथ्य आम सञ्चारका माध्यमबाट बाहिर ल्याउने पत्रकारको दायित्व हो । यसबाट विचलित नभई पत्रकारिताको व्यावसायिक धर्म पूरा गर्नका लागि पनि पत्रकारका लागि प्रेस स्वतन्त्रताको आवश्यकता छ । पछिल्लो समय सूचना प्रविधिमा आएको विकासले इन्टरनेटमा आधारित चुनौतीले प्रेस स्वतन्त्रता उल्लंघनका घटना पनि थपिएका छन् ।

समाचार लेखेकै आधारमा विद्युतीय अपराधअन्र्तगत मुद्दा दायर गरेर पत्रकारहरूलाई निरुत्साहित गर्ने, अपमानित गर्ने काम हुँदै आएको छ । सामाजिक सञ्जालका कारण पनि पत्रकारिता र प्रेस स्वतन्त्रतामा चुनौती थपिएको छ । पत्रकारले डिजिटल प्ल्याटर्फ विशेष गरी अनलाइनमा प्रकाशन गरिएका समाचार चित्त बुझेन भने विद्युतीय अपराध ऐनलाई आकर्षित गरेर पत्रकारलाई पक्राउ गर्ने, प्रहरीले मुद्दा चलाउने घटना पनि भएका छन् ।

नेपाल पत्रकार महासंघमा सूचिकृत भएका आधारमा २०७९ मा करिब ५० भन्दा बढी प्रेस स्वतन्त्रता हनन्का घटना भएका छन् । यसले पत्रकारको मनोबल खस्किएको छ । वर्तमानमा सबैको हातहातमा एण्ड्रोइड मोबाइल छ । सूचनाको भोक मोबाइलबाट छिनछिनमै उपभोग गरिरहेका छन् । प्रविधिको विकासले पछिल्लो समय ‘फेक न्यूज’ सञ्चार क्षेत्रका लागि चुनौती थपिएको छ । ‘फेक न्यूज’ र ‘एलो जर्नालिज्म’ ले पत्रकारिताप्रतिको जनविश्वासमा प्रश्न उठेको छ ।

सामाजिक सञ्जालले मिडियाको विश्वसनीयता घटाउँदै लगेको छ । सामाजिक सञ्जालबाट सूचना सम्प्रेषण गर्न सहज देखिन्छ । यसले नागरिक पत्रकारितालाई बढावा दिएको छ । तर, गलत सूचना सम्प्रेषण हुँदा पत्रकारिताको विश्वसनीयतामाथि प्रश्न उठेको छ ।

सञ्चार साक्षरताको अभावमा सामाजिक सञ्जालमा आएका सूचनालाई समाचारको रूपमा हेर्ने परिपाटीले गलत सूचना सम्प्रेषणको अपजस सञ्चार क्षेत्रले लिनु परेको छ । यसका लागि साक्षरता आवश्यक छ । कपितय पत्रकार र मिडियाले पूर्वाग्रही नभई सूचना सम्प्रेषण गर्दा प्रेस स्वतन्त्रता उल्लंघनका घटना हुने गरेका छन् । प्रविधिको विकाससँगै विभिन्न क्षेत्रबाट प्रेस स्वतन्त्रतामा चुनौती थपिए पनि नेपाल प्रेस युनियनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा दृढ भएर काम गर्दै आएको छ ।

(लेखक नेपाल प्रेस युनियनका महासचिव हुन् । प्रेस युनियन बाँकेले पहिलो पटक प्रकाशनमा ल्याएको स्मारिका 'समृद्धिका लागि सञ्चार' बाट यस लेख साभार गरिएको हो । )


प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १०:०४
प्रतिक्रिया दिनुहोस्
थप विशेष
कांग्रेस सक्किने बाटो तय गर्नु बिडम्वना
कांग्रेस सक्किने बाटो तय गर्नु बिडम्वना बुधबार, पुस ३०, २०८२
'कांग्रेस भित्रको आन्तरिक द्धन्द्धको परिणाम निष्पट्ट उजाडै-उजाड मात्र हो'
'कांग्रेस भित्रको आन्तरिक द्धन्द्धको परिणाम निष्पट्ट उजाडै-उजाड मात्र हो' बुधबार, पुस २३, २०८२
'नरैनापुरलाई सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ'
'नरैनापुरलाई सम्भावनायुक्त पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ' बुधबार, पुस ९, २०८२
'यदुवंशी' बन्ने दुस्साहस कसैले गर्ने छैन 
'यदुवंशी' बन्ने दुस्साहस कसैले गर्ने छैन  बुधबार, मंसिर २४, २०८२
ज्ञानेन्द्र शाह, आफूलाई नियन्त्रणमा राख्नुस् !
ज्ञानेन्द्र शाह, आफूलाई नियन्त्रणमा राख्नुस् ! आइतबार, चैत १७, २०८१
'जनताका चाहनालाई नजरअन्दाज गरिनु लोकतान्त्रिक गणतन्त्रका लागि हितकर होईन'
'जनताका चाहनालाई नजरअन्दाज गरिनु लोकतान्त्रिक गणतन्त्रका लागि हितकर होईन' बिहीबार, भदौ १३, २०८१
नेपाल मात्र होईन बिश्व नै भावुक भए.........
नेपाल मात्र होईन बिश्व नै भावुक भए......... शनिबार, असार १, २०८१
‘कानूनको अज्ञानता क्षम्य हुँदैन’: सिद्धान्त
‘कानूनको अज्ञानता क्षम्य हुँदैन’: सिद्धान्त बुधबार, पुस १८, २०८०
अगुवाहरूलाई सोच्ने फुर्सद कहाँ छ र ?
अगुवाहरूलाई सोच्ने फुर्सद कहाँ छ र ? मंगलबार, पुस १७, २०८०
लोकप्रीय
  • Week
  • Month
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव
होटल पौवाले मनाउँदै १० औँ वार्षिक उत्सव
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
एमालेमा विशेष महाधिवेशन बोलाउन हस्ताक्षर सुरू
एमालेमा विशेष महाधिवेशन बोलाउन हस्ताक्षर सुरू
सभामुख अर्यालले सम्हाले कार्यभार
सभामुख अर्यालले सम्हाले कार्यभार
कांग्रेसले थाल्यो १५ औं महाधिवेशनको तयारी
कांग्रेसले थाल्यो १५ औं महाधिवेशनको तयारी
कांग्रेस महासमिति सदस्य शाह र प्रदेश प्रतिनिधि यादवमाथी कारबाही सिफारिस
कांग्रेस महासमिति सदस्य शाह र प्रदेश प्रतिनिधि यादवमाथी कारबाही सिफारिस
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस युवा नेता कोइरालाले दिए मतदातालाई धन्यवाद
कांग्रेस क्षेत्र नम्बर १ बाँकेको बैठकद्धारा शर्माको राजीनामा अस्वीकृत
कांग्रेस क्षेत्र नम्बर १ बाँकेको बैठकद्धारा शर्माको राजीनामा अस्वीकृत
नेपालगन्जमा खुल्यो १५ करोडको लगानीमा 'होटेल कान्तिपुर प्लाजा'
नेपालगन्जमा खुल्यो १५ करोडको लगानीमा 'होटेल कान्तिपुर प्लाजा'
बैजनाथ गाउँपालिकाले ३६ जना बड्घर र चौकीदारलाई बाँड्यो साईकल
बैजनाथ गाउँपालिकाले ३६ जना बड्घर र चौकीदारलाई बाँड्यो साईकल
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्