Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • ‘कोहलपुरमा भित्री रुपमा कांग्रेसको माहोल राम्रो छ’
‘कोहलपुरमा भित्री रुपमा कांग्रेसको माहोल राम्रो छ’
दूरसञ्‍चार
दूरसञ्‍चार आइतबार, वैशाख २५, २०७९

यही बैशाख ३० गते स्थानीय तहको निर्वाचन आउँदै गर्दा कोहलपुरमा चुनावी सरगर्मी बेस्सरी बढेको छ । नेपाली कांग्रेसको तर्फबाट कोहलपुर नगर प्रमुखमा पूर्णप्रसाद आचार्य र उपप्रमुखमा संगिता सुवेदी उम्मेदवार छन । कोहलपुर नगरपालिकाको समग्र विकासका लागि आचार्य र सुवेदी योग्य र सक्षम भएको कांग्रेसले जनाएको छ । कोहलपुर नगरपालिकाको १५ वटै वडामा कांग्रेसका उम्मेदवारहरु मतदाता शिक्षासहित यतिखेर प्रचार प्रसारमा ब्यस्त छन । कोहलपुरको चुनावी माहोल, चुनाव जित्न कांग्रेसको तयारी लगायत विविध विषयमा रहेर नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका कांग्रेस नेता एवम थारु समुदायका अगुवा फुलाराम थारुसँग गरिएको संवाद :-

उम्मेदवारसँगै तपाई पनि घरदैलोमा पुगिरहनु भएको छ, कोहलपुरमा कांग्रेसप्रति मतदाताको दृष्टिकोण कस्तो पाउनु भएको छ ?

नेपाली कांग्रेस संघर्षशिल पार्टी हो । नेकपा एमालेले ३० बर्ष सम्म स्थानीय तहमा जिम्मेवारी पाउँदा पनि केही उपलब्धी हासिल गर्न नसकेको सबैलाई थाहा भएकै कुरा हो । यो कुरा कोहलपुरका जनताले प्रत्यक्ष रुपमा महसुस गरि नै सकेका छन । नेकपा एमालेलाई निकै आशा गरेर कोहलपुरबासीले जिताएकै हुन, तर उसले काम गर्न नसक्ने प्रमाणित गरिसकेकाले कांग्रेसप्रति नै जनलहर रहेको छ । 

यहाँ कांग्रेसले गठबन्धन गर्न किन सकेन ?
कोहलपुरमा नेपाली कांग्रेसको बाहुल्यता रहेको छ । कोहलपुरमा यसभन्दा अगाडीको निर्वाचनमा माओवादीले वडा नम्बर ४ मा मात्र जित हासिल गरेको थियो । यस्तो अवस्थामा हामीले माओबादीलाई अगाडी सार्न चाहेनौं । उपप्रमुख मात्र पद पाउने भन्ने कुरा आएपछि हामीले एक्ला एक्लै प्रतिस्पर्धामा जाने कुरामा सहमत भएका हौं ।

गठबन्धन बनाउँदा प्रमुख पद कांग्रेसले पाउने अवस्थामा मात्र गर्ने भन्ने कुरा कोहलपुर क्षेत्रमा रहेका कांग्रेसीहरुको भएकाले सबैको मतको कदर गर्दै गठन गर्न सकिएन । अर्को कुरा कोहलपुरमा नेपाली कांग्रेसको बर्चश्व पनि उच्च रुपमा रहेको छ । यो कुरा सबैले मनन् गरेकै कुरा हो । 

कोहलपुरको निर्वाचनलाई कसरी हेरिरहनु भएको छ ?
कोहलपुरको निर्वाचनप्रति धेरै जनाको चासो र चिन्ता छ । त्यसमा पनि नेपाली कांग्रेसको जनलहर उलर्दो रहेको छ । बिहानदेखि बेलुकासम्म मतदाताहरुले हौसला थपिरहेका छन् । हाम्रा उम्मेदवारलाई फुलमालाले स्वागत गरेका छन् । यस्तो देख्दा लाग्छ, नेपाली कांग्रेसको जित निश्चित छ ।

कोहलपुरका मतदाताले सक्षम र जिम्मेवारपुर्ण नेपाली कांग्रेसकै युवा उम्मेदवारलाई जिताउँछन्, भन्ने कुरामा कसैको दुई मत छैन । बाहिरी रुपमा प्रतिस्पर्धा जस्तो देखिएपछि भित्री रुपमा कांग्रेसको माहोल राम्रो छ । 

कोहलपुरको नगर प्रमुख र उपप्रमुख पदका उम्मेदवार कत्तिको योग्य हुनुहुन्छ ?
योग्य भएकै कारणले प्रमुख पदका उम्मेदवार पुर्ण प्रसाद आचार्य र उपप्रमुख पदका उम्मेदवार संगिता सुवेदी अहिले चुनावी मैदानमा हुनुुुहुन्छ । उहाँहरु लगायत कोहलपुर नगरपालिकाका १५ वटै वडाका सबै नेपाली कांग्रेसका उम्मेदवार सक्षम हुनुहुन्छ ।

प्रमुख र उपप्रमुखको शैक्षिक र व्यवहारिक जीवनशैलीले नै मतदातालाई आकर्षित गरेको छ । किनभने अबको समयमा यस्तै जोशिला र जाँगरिला युवाको खाचो स्थानीय तहमा रहेको छ । जुन कुरा मतदाताले बुझिसकेका छन् । 

कोहलपुरमा जनताले कांग्रेसलाई भोट किन दिने ?
कोहलपुरमा ७७ वटै जिल्लाका व्यक्तिहरु बसोबास गर्छन् । ति बसोबास गर्ने स्थानीयले नेपाली कांग्रेसका जोशिला र जाँगर भएका युवा नेतृत्व मन पराएका छन् ।

युवाले विकासका काममा साझेदारी गर्न सक्छन्, भन्ने विश्वास हामीले पनि दिलाएका छौं र यो कुरा मतदाताहरुले पनि स्विकार गर्नुपर्छ । त्यसकारण यसपट अत्याधिक मतका साथ कोहलपुरका सबै वडा र प्रमुख तथा उपप्रमुख पनि नेपाली कांग्रेसले जित्छ । कोहलपुर क्षेत्रको समग्र विकास गर्नका लागि नेपाली कांग्रेसलाई जिताउनुको विकल्प छैन । 

नगर प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवारले जित्नु भयो भने कोहलपुरका लागि मुख्य रुपमा के काम गर्न आवश्यक छ ?
कोहलपुरमा कांग्रेस उम्मेदवारले जितेमा पर्यटन र पुर्वाधार विकासलाई जोड दिनुपर्छ । औद्यागिक क्षेत्रको रुपमा कोहलपुरलाई परिचित गराउनुपर्छ । यसका साथै शिक्षा, स्वास्थ्य, खेलकुद तथा कृषी क्षेत्रलाई प्राथमिकता दिएर काम गर्न आवश्यक छ । 


प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  २१:४५
#स्थानीय तह निर्वाचन-२०७९
प्रतिक्रिया दिनुहोस्
थप विशेष
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' शनिबार, फागुन १६, २०८२
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' मंगलबार, फागुन ५, २०८२
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' शनिबार, साउन १०, २०८२
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ बिहीबार, साउन ८, २०८२
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ बुधबार, साउन ७, २०८२
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’ सोमबार, साउन ५, २०८२
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’ शनिबार, साउन ३, २०८२
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ शनिबार, साउन १९, २०८१
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ शुक्रबार, साउन १८, २०८१
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्