Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
मेरो कथा
  • Home
  • मेरो कथा
  • परिवार र समाजको गलत सोचलाई बदल्ने मोहम्मदी
परिवार र समाजको गलत सोचलाई बदल्ने मोहम्मदी
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, भदौ ११, २०७८

नेपालगन्ज : राजनीतिमा सक्रिय रहेका उनका श्रीमानको अल्पायुमै निधन भयो । त्यसपछि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ एकलैनी निवासी मोहम्मदी सिद्धिकीको संघर्षका दिनहरु सुरु भए । श्रीमानको प्रेरणाकै कारण उनले समाजसेवा र राजनीतिको बाटो रोजेकी हुन् । तर, रोजेको बाटोमा हिड्न मोहम्मदीलाई त्यति सहज नै भएन । जब उनी बाहिर निस्कन खोज्थिन्, परिवारले घरभित्रै आफ्नो बन्धनमा राख्न चाहन्थ्यो । घर र समाजभन्दा बाहिर निस्केपछि ईस्लाम धर्मको ‘खिलाप’ हुने परिवारको गलत बुझाई थियो । तर, घर परिवारको यस्तो बुझाई धेरै दिन टिकेन । 

निकै संघर्षपछि उनी २०४९ सालमा परिवार र समुदायको बन्धनबाट बाहिर निस्कन सफल भईन् । श्रीमानले छाडेर गएका अधुरो काम पुरा गर्नकै लागि राजनीति र विशेष गरी मुस्लिम महिलाको अधिकारका लागि समाजसेवालाई सँगै अगाडी बढाईन् । मानव अधिकार र समाज सेवाको क्षेत्रबाट उनले आफ्नो नाम राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरसम्म लेखाउन सफल भईन् ।

राजनीतिक यात्राबाट वडाअध्यक्ष, उप-मेयरको उम्मेदवार हुदै संविधान सभा सदस्य जस्तो गरिमामय पदमा पुगिन् ।  तर, उनले विश्वब्यापी रुपमा नयाँ भेरियन्टका रुपमा फैलिएको कोरोना महामारीलाई भने जित्न सकिनन् । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा शनिबार बेलुकी साढे ७ बजेतिर उनको निधन भयो । 
मुस्लिम समुदायभित्र, त्यो पनि एकल महिलालाई राजनीति र समाजसेवा गर्न त्यति सहज थिएन ।

परिवारभित्रै संघर्ष गरेर बाहिर निस्कन सफल भएकी मोहम्मदी बिस्तारै समुदायको नकारात्मक सोचलाई पनि चिर्दै अघि बढिन् । राजनीति र सामाजिक क्षेत्रबाट मुस्लिम महिलालाई सशक्तीकरण गर्न सुरु गरेकी थिईन् उनी । ‘घर परिवार र समाजबाट बाहिर आउन नमिल्ने मान्यता थियो, म बाहिर आएर केही गर्न चाहन्थ्ये, त्यसमा सासुको सहमति पाउन गाह्रो हुन्थ्यो, तरपनि म परिवारबाट बाहिर निस्कन सफल भएँ र समुदायमा पनि छिर्न सकेकी हुँ,’ उनले केही समयअघि यही कुरा भनेकी थिईन् ।   

सिलाई कटाई सम्बन्धी सीप सिकेकी उनीसँग प्रमाणपत्र भने थिएन् । तत्कालिन नारी विकास नामक सामाजिक संस्थाबाट प्रमाणपत्र लिएपछि मोहम्मदीले मुस्लिम महिलालाई प्रशिक्षण दिन थालिन् । हातमा सिप भएपछि मुस्लिम महिला आत्मनिर्भर बन्न सक्छन् र उनीहरु बाहिर निस्कन सक्छन् भन्ने सोचका साथ उनले प्रशिक्षण दिदै गईन् । ‘घर बाहिर निस्कन नसक्ने धेरै मुस्लिम महिलालाई मैले प्रशिक्षण दिए, सिलाई कटाईको प्रशिक्षण पाएपछि धेरै जना आत्मनिर्भर बने र उनीहरु बिस्तारै बाहिर आए र मुस्लिम महिलाको पक्षमा आफै वकालत गर्न थाले,’ उनले आफ्नो संघर्ष सुनाउँदै भनेकी थिईन् ।

२०४९ मै उनले नारी कल्याण समाज बाँकेको सचिव भएर काम गरिन् । समाजसेवा र राजनीतिमा सक्रिय भईरहँदा मोहम्मदीलाई परिवारले सहमति दिएपनि समुदायले स्वीकार गर्न सकेन् । मुस्लिम समुदायभित्रैबाट उनीविरुद्ध विभिन्न षडयन्त्र सुरु भयो । डर, धम्की र त्रास दिएर उनको सामाजिक र राजनीतिक यात्रामा बारम्बार अवरोध पुर्याउन खोजियो । उनी बारम्बार समुदायबाट मानसिक हिंसामा परिन् । तरपनि उनले हिम्मत हारिनन् ।

‘म आफै संघर्ष गरेर बाहिर निस्केको मुस्लिम महिला थिएँ, यो काम हाम्रै समुदायका पुरुषलाई मन परेन, झन् अरु मुस्लिम महिलालाई पनि बाहिर ल्याउन खोजेपछि मलाई डर, धम्की दिएर हतोत्साहित गर्न खोजियो, म निडर भएर अभियानमा लागिरहे ।’ 

ईस्लाम धर्मको अपब्याख्या गरेर समुदायका केही ब्यक्तिले उनलाई बहिस्कार सम्म गर्न भ्याए । तर, यहाँका आमनागरिक समाजको आँखा अगाडी उनी ‘चम्किलो तारा’ झै उदाउँदै अगाडी बढिन् । उनको संघर्षको मुल्यांकन स्वरुप नेपाली कांग्रेसले उम्मेदवार बनायो र २०४९ सालमा तत्कालिन नेपालगन्ज नगरपालिका वडा नम्बर ९ को वडाअध्यक्षमा निर्वाचित भईन् ।

‘त्यतिबेला मुस्लिम समुदायबाट चुनाव लड्ने सायद म देशकै पहिलो महिला थिए हुँला, मुस्लिम समुदायबाट महिलालाई अगाडी ल्याउनु हुदैन, यिनीहरु ईस्लामको खिलापमा जान्छन् भन्ने गलत मान्यता ब्याप्त थियो,’ उनले स्मरण गर्दै भनेकी थिईन् ‘मलाई हराउन चार जना मुस्लिम पुरुषहरु बागी उम्मेदवार बनेपनि मैले उनीहरुलाई पराजित गरिदिए ।’ 
पाँच वर्षसम्म वडाअध्यक्ष भएर काम गरेपछि उनको राजनीतिक उचाई झन् माथी पुग्यो ।

२०५४ सालमा उपमेयरको टिकट पाएपनि चुनाव जित्न सकिनन् । राजनीतिसँगै समाजसेवाको क्षेत्रमा भने काम गरिरहिन् । २०५४ सालमा मानव अधिकारको क्षेत्रमा क्रियाशिल एमनेष्टी इन्टरनेशनलको महिला समुहको केन्द्रिय सदस्य भईन् । यस्तै साउथ एशियन फर ह्युमन राईट्सको केन्द्रिय सदस्यको जिम्मेवारीमा पनि पुगिन् ।

नारी कल्याण समाजमार्फत महिला मानव अधिकारका क्षेत्रमा गरेको कामको अनुभवको आधारमाा मुस्लिम महिलालाई लक्षित गरेर २०६१ सालमा नेपालगन्जमा फातिमा फाउण्डेशन नेपाल नामक सामाजिक संस्था स्थापना गरिन् । मोहम्मदीले त्यसको संस्थापक अध्यक्षको जिम्मेवारी लिईन् । मुस्लिम महिलाको पक्षमा वकालत गर्ने उक्त संस्था सम्भवतः मुलुककै पहिलो भएको उनी बताउँथिन् ।

‘यो संस्था स्थापना भएपछि मुस्लिम महिलाका घरेलु हिंसा सम्बन्धी केश बाहिर आउन थाले, पीडितको न्यायका लागि हामीले वकालत गर्न थाल्यौं,’ उनले भनेकी थिईन् ‘फिल्डमा गएर पीडित महिलाको पक्षमा बोल्दा थ्रेट आउँथ्यो, संस्था नै बन्द गरिदिने धम्की दिन्थ्ये, तर उनीहरुको केही सिप चलेन ।’ 

महिला अधिकारको क्षेत्रमा काम गरिरहँदा उनले नयाँ संविधान निर्माणका लागि तत्कालिन संविधान सभा २०६४ मा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सभासद भएर काम गरिन् । उनी सभासद रहँदा महिला र त्यसमा पनि मुस्लिम महिलाको अधिकारलाई संविधानमा स्पष्ट ब्यवस्था गर्नुपर्ने मुद्दालाई स्थापित गराउन विशेष भुमिका खेल्न सफल भएकी थिईन् । 

फातिमा फाउण्डेशन नेपालको नेतृत्व गरेकी उनलाई कहिल्यै एक्लो भएको महसुस नै भएन् । उनलाई पहिले बहिष्कार गर्ने, डर, धम्की दिने ब्यक्तीले पछिल्लो समयमा सम्मान गर्न थाले । उनले आफ्नो संस्थामा करिव १० हजार मुस्लिम महिलालाई अभियानसँगै जोड्न सफल भएकी छन् । ‘आय आर्जनको कामसँगै महिलालाई हिंसामा पर्न नदिने र हिंसामा परेका महिलालाई न्याय दिलाउने काम हामीले गर्यौ,’ ६५ बर्षिया मोहम्मदीले भनेकी थिईन् ।

महिलालाई सिप मुलक तालिम प्रदान गरेपछि उनीहरु आत्मनिर्भर बन्ने र स्वतः उनीहरुलाई समाजसेवासँगै राजनीतिमा ल्याउन सकिने उनको बुझाई थियो । मुस्लिम महिलालाई परिवार र समुदायबाट बाहिर ल्याउन मोहम्मदीले गरेको संघर्षबाट प्रभावित भएपछि अहिले थुप्रै महिलाहरु बाँकेमा राजनीति र सामाजिक काममा लागेका छन् । गत चैत २८ गतेदेखी अस्पतालमा भर्ना भएकी उनको कोरोना महामारीको दोस्रो लहरका क्रममा गत बैशाख दोस्रो साता निधन भयो ।


 


प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  २०:४४
प्रतिक्रिया दिनुहोस्
थप मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर शनिबार, साउन १७, २०८२
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ शनिबार, जेठ ५, २०८१
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता शनिबार, फागुन २६, २०८०
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  बुधबार, कात्तिक ३०, २०७९
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप  बुधबार, कात्तिक ३०, २०७९
विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' ! सोमबार, कात्तिक २८, २०७९
'राजनीतिक र खेलकुदको संघर्ष' बाट खारिएका सुरेन्द्र हमाल
'राजनीतिक र खेलकुदको संघर्ष' बाट खारिएका सुरेन्द्र हमाल शनिबार, कात्तिक २६, २०७९
‘शालिन ब्यक्तित्व र विकासका कर्मठ’ बादशा कुर्मी
‘शालिन ब्यक्तित्व र विकासका कर्मठ’ बादशा कुर्मी शनिबार, कात्तिक २६, २०७९
कोभिड महामारीमा जनताको सेवामा खटिएकी ‘साहसी’ नमुना
कोभिड महामारीमा जनताको सेवामा खटिएकी ‘साहसी’ नमुना मंगलबार, कात्तिक २२, २०७९
लोकप्रीय
  • Week
  • Month
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्