Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
बुधबार, चैत १५, २०७९
Dursanchar: News Portal
Radio add Radio add
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
IME Add IME Add
मेरो कथा
  • Home
  • मेरो कथा
  • खेलकुद र राजनीतिमा रमाउने सुरेन्द्र
खेलकुद र राजनीतिमा रमाउने सुरेन्द्र
अर्जुन ओली
अर्जुन ओली आइतबार, असोज ३, २०७८

नेपालगन्ज : मानिसका आ–आफ्नै इच्छा र चाहना हुन्छन् । ती इच्छा र चाहना पुरा गर्न मानिसमा दृढ संकल्प हुनैपर्छ । त्यही संकल्पले गर्दा नै धेरै ब्यक्तिले आफुलाई स्थापित गराउन सफल भएका छन् । यस्तै मध्येका एक हुन्, ओलम्पियन एवम् प्रदेश सांसद सुरेन्द्र हमाल ।

जसले खेलकुद र राजनीतिमा दृढ संकल्प लिएर आफुलाई स्थापित गराउन सफल भए । खेलकुद र राजनीति हमाल अहिले लुम्बिनी प्रदेश सभाका सांसदको जिम्मेवारीमा छन् । बाँके, प्रदेश सभा-२(ख)बाट निर्वाचित भएका उनी कांग्रेसको तर्फबाट जिल्लाकै एक्लो सांसद पनि हुन् ।

परिवारका ६ दाजुभाई मध्ये राईलो छोरा हुन्, सुरेन्द्र । नेपालगन्जको घरबारीटोलमा २०१९ सालमा जन्मिएका उनी नेपाली काँग्रेसका सभापति स्वर्गिय रनेन्द्र हमाल (भाईराजा) का राईलो भाई हुन् । १३ वर्षको कलिलो उमेरमै खेलकुद क्षेत्रमा प्रवेश गरेका उनी खेलकुदसँगै बिद्यार्थी राजनीतिमा पनि होमिन पुगे । 

खेलकुदमा संघर्ष गर्दाको परिणाम स्वरुप २०३२ सालमा पहिलो पटक टेवुल टेनिस प्रतियोगितामा सहभागिता जनाए । २०३३ सालमा राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता खेल्ने अवसर हमालले पाए । उनको टोली २०३५ मा टेवुल टेनिस टिम इभेन्टमा तेस्रो, क्रिकेटतर्फ २०३७ सालमा पहिलो भयो । त्यसपछि हमालको ध्यान भारत्तोलन खेलतर्फ मोडियो । प्रथम राष्ट्रिय खेलकुद प्रतियोगिता (२०३८) मा पहिलो, दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता(२०४०) मा पहिलो, धनगढीमा आयोजित प्रथम स्ट्रङगेष्टम्यान(२०४१) मा वेष्ट लिफ्टर भए । 

सिरियाको दमस्कसमा आयोजित ३५ औं एशियन च्याम्पियनसिप(२०४१) मा स्नेचतर्फ तेस्रो, प्रथम दक्षिण एशियाली खेलकुदमा दोस्रो, दोस्रो दक्षिण एशियाली खेलकुदमा दोस्रो, चौथो दक्षिण एशियाली खेलकुदमा तेस्रो, पाँचौं दक्षिण एशियाली खेलकुदमा तेस्रो भएका थिए । 

सिरियाको दमस्कसमा आयोजित ३५ औं एशियन च्याम्पियनसिप(२०४१) मा स्नेचतर्फ तेस्रो, प्रथम दक्षिण एशियाली खेलकुदमा दोस्रो, दोस्रो दक्षिण एशियाली खेलकुदमा दोस्रो, चौथो दक्षिण एशियाली खेलकुदमा तेस्रो, पाँचौं दक्षिण एशियाली खेलकुदमा तेस्रो भएका थिए । 

हमालले २०४५ देखि २०४७ मा दाङ र नेपालगन्जमा आयोजित भारत्तोलनको राष्ट्रिय प्रतियोगितामा पहिलो स्थान हासिल गरेका थिए । यसका साथै भारतको दिल्लीमा आयोजित एशियन खेलकुद(सन् १९८२), लास्एन्जेल्स ओलम्पिक(सन् १९८४) र एशियन गेम बेजिङ(सन् १९९०) मा उनले पोजिसनको लागि डिप्लोमा उपाधी पाएका थिए । हमाल भन्छन्, ‘नेपालगन्जको प्रतियोगितापछि मैले खेल खेल्न छाडे, तर खेलकुदको विकासका लागि व्यवस्थापकिय रुपमा सहभागी हुदै आएको छु ।’ 

हमालको योगदान खेलकुदमा मात्र सिमित रहेन । पारिवारीक पृष्ठभुमीले गर्दा हमाललाई नेपाली काँग्रेसको आर्दश र सिद्धान्तबाट प्रभावित गरायो । ‘मेरो परिवारै राजनीतिक परिवार हो, पञ्चायत कालमा पनि मेरो परिवारमा स्वर्गिय रनेन्द्र हमाल(भाईराजा)हुनुहुन्थ्यो, जसले दशौं वर्ष सम्म नेपाली काँग्रेसमा योगदान पुर्याउनु भयो, त्यसकारण मैले जहिलेपनि खेलकुद र राजनीतिलाई सँग–सँगै लैजाने प्रयास गरे,’ हमालले स्मरण गरे । 

बिद्यार्थी जीवनबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका उनी नेपाल बिद्यार्थी संघको तर्फबाट नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पस स्वतन्त्र बिद्यार्थी युनियनको सचिव हुदै सभापति भएर काम गरे । २०४४ सालमा पार्टीले टिकट दिएपछि स्थानीय निकायको चुनाव लडे ।

बिद्यार्थी जीवनबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका उनी नेपाल बिद्यार्थी संघको तर्फबाट नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पस स्वतन्त्र बिद्यार्थी युनियनको सचिव हुदै सभापति भएर काम गरे । २०४४ सालमा पार्टीले टिकट दिएपछि स्थानीय निकायको चुनाव लडे । ‘पार्टीले आदेश खटाएपछि म वडाको चुनाव लडे, वर्गिय संगठनको चुनाव लडे, युवक संगठनको नगर सभापति भएर काम गरे,’ विगतलाई स्मरण गर्दै हमाल भन्छन् ‘पढेर जागिर खानुभन्दा पनि राजनीतिलाई  सेवकको रुपमा अगाडी बढाउन म अग्रसर भएको हुँ ।’ 

पार्टीले २०४९ सालमा तत्कालिन नेपालगन्ज नगरपालिकाको  उपमेयरको टिकट दियो । ओलम्पियन हमालले नगरपालिकाको उपमेयर जिते र पाँच वर्षसम्म विकास निर्माणको काममा समय बिताए । त्यसपछि पार्टीको विभिन्न पदमा रहेर राजनीति र खेलकुदको व्यवस्थापकिय पक्षलाई सम्हाल्न थाले । रेडक्रसको आजिवन सदस्य समेत रहेका हमालले ३७ औं पटक रक्तदान गरिसकेका छन् । 

खेलकुद, राजनीति र सामाजिक क्षेत्रमा अग्रनी स्थानमा रहेका हमालले ८ वर्षअघि क्यान्सर जस्तो रोगलाई जित्न धेरै संघर्ष गर्नुपरेको थियो । जसका कारण उनी शारिरीक, आर्थिक, मानसिक रुपले पीडित बन्न पुगेका थिए । आन्द्राको क्यान्सर भएर मृत्युको मुखमा पुगेका हमाल लामो उपचार पश्चात अन्ततः बाँच्न सफल भए ।

‘मलाई क्यान्सर लागेपनि सबैका माया, सद्भाव प्रेम पाएर मैले क्यान्सरलाई जित्न सफल भएको हुँ,’ उनी भन्छन्,  ‘सबैको आत्मबल नपाएको भए सायद म बाँच्न सक्ने थिइँन होला ।’ विगतमा राजनीतिक अस्थिरता र कुनैपनि दलको प्राथमिकतामा खेल क्षेत्र नपर्दा ओझेलमा परेको ओलम्पियन हमाल बताउँछन् । 

‘मलाई क्यान्सर लागेपनि सबैका माया, सद्भाव प्रेम पाएर मैले क्यान्सरलाई जित्न सफल भएको हुँ,’ उनी भन्छन्,  ‘सबैको आत्मबल नपाएको भए सायद म बाँच्न सक्ने थिइँन होला ।’ विगतमा राजनीतिक अस्थिरता र कुनैपनि दलको प्राथमिकतामा खेल क्षेत्र नपर्दा ओझेलमा परेको ओलम्पियन हमाल बताउँछन् । 

ओलम्पियन हमाल यस्तो व्यक्तित्व हुन्, जसले नेपालकै पहिलो खेलाडीका रुपमा आफ्नो जीवनमा आधारित आत्मकथा लेख्न सफल भएका छन् । आफ्नो रगत र पसिना बगेको नेपालगन्जलाई छाडेर उनी कतै गएनन् । राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्ष जस्तो उच्च पदमा नियुक्त भएपनि उनी प्रायः नेपालगन्जमै बसेर काम गरे । आफ्नो कार्यकालमा यहाँका खेलकुदको पुर्वाधार जोड्न आवश्यक पर्ने बजेट राखेपबाट ल्याउन सफल भएका थिए ।

उनकै सक्रियतामा नेपालगन्जको रंगशाला क्षेत्रमा भारत्तोलन एकेडमी निर्माण गरिएको हो ।  ‘खेलकुद भनेको पपुलर ठाउँ हो, यो निस्वार्थ पनि हुन्छ , राजनीति पनि निस्वार्थ रुपले लड्नुपर्छ, त्यसकारण मैले जे कुरा सिकेको र भोगेको छु, त्यसलाई व्यवहारमा उतार्न म सधैं कटिवद्ध हुनेछु,’ हमाल भन्छन् ।
 

प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  ०८:५१
प्रतिक्रिया दिनुहोस्
थप मेरो कथा
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  बुधबार, कात्तिक ३०, २०७९
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप  बुधबार, कात्तिक ३०, २०७९
विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' ! सोमबार, कात्तिक २८, २०७९
'राजनीतिक र खेलकुदको संघर्ष' बाट खारिएका सुरेन्द्र हमाल
'राजनीतिक र खेलकुदको संघर्ष' बाट खारिएका सुरेन्द्र हमाल शनिबार, कात्तिक २६, २०७९
‘शालिन ब्यक्तित्व र विकासका कर्मठ’ बादशा कुर्मी
‘शालिन ब्यक्तित्व र विकासका कर्मठ’ बादशा कुर्मी शनिबार, कात्तिक २६, २०७९
कोभिड महामारीमा जनताको सेवामा खटिएकी ‘साहसी’ नमुना
कोभिड महामारीमा जनताको सेवामा खटिएकी ‘साहसी’ नमुना मंगलबार, कात्तिक २२, २०७९
शिक्षक, राजनीतिकर्मी हुदै जनप्रतिनिधीसम्मको यात्रा 
शिक्षक, राजनीतिकर्मी हुदै जनप्रतिनिधीसम्मको यात्रा  शुक्रबार, असोज १४, २०७९
राष्ट्रिय सभामा निर्वाचित हुने युवराज शर्मा को हुन् ?
राष्ट्रिय सभामा निर्वाचित हुने युवराज शर्मा को हुन् ? बुधबार, माघ १२, २०७८
नवनिर्वाचित माओवादी केन्द्रीय सदस्य अञ्जनाका राजनीतिक आरोह-अवरोह
नवनिर्वाचित माओवादी केन्द्रीय सदस्य अञ्जनाका राजनीतिक आरोह-अवरोह सोमबार, पुस १९, २०७८
Baijanath Gaupalika ko Jari Sandesh Baijanath Gaupalika ko Jari Sandesh
लोकप्रिय
  • Week
  • Month
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका खत्री निर्वाचित
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका खत्री निर्वाचित
सामुदायिक रेडियोलाई नीतिगत रूपमा बजेट ब्यवस्थापन गर्न मन्त्री मोदीको निर्देशन
सामुदायिक रेडियोलाई नीतिगत रूपमा बजेट ब्यवस्थापन गर्न मन्त्री मोदीको निर्देशन
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल 
जनमत खसआर्य संघको लुम्बिनी प्रदेश अध्यक्षमा कँडेल 
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा देखियो उत्साह
महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा देखियो उत्साह
बैजनाथमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, सर्बसाधारणलाई राहत
बैजनाथमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, सर्बसाधारणलाई राहत
चैते दशैँको अवसरमा शक्तिपीठमा भक्तजनको घुइँचो
चैते दशैँको अवसरमा शक्तिपीठमा भक्तजनको घुइँचो
मेरो कथा
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप  दूरसञ्‍चार
विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' ! दूरसञ्‍चार
अन्तर्वार्ता
‘मतको उच्च मुल्यांकन गर्दै भावनाको कदर गर्नेछु’
‘मतको उच्च मुल्यांकन गर्दै भावनाको कदर गर्नेछु’ दूरसञ्‍चार
‘क्याम्पसमा बिद्यार्थीका तमाम समस्यालाई उठान गर्नेछु’
‘क्याम्पसमा बिद्यार्थीका तमाम समस्यालाई उठान गर्नेछु’ दूरसञ्‍चार
‘मलाई विश्वास छ, मतदाता सबैले जिताउनु हुनेछ’
‘मलाई विश्वास छ, मतदाता सबैले जिताउनु हुनेछ’ दूरसञ्‍चार
Duduwa Gaupalika ko Jari Sandesh Duduwa Gaupalika ko Jari Sandesh
Rapti Sonari Gaupalika Khola ko Suchana Rapti Sonari Gaupalika Khola ko Suchana
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५१३२६३४३

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५१३२६३४३

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्विटर पेज Dursanchar: News Portal
फेसबुक पेज
Dursanchar: News Portal
© Dursanchar: News Portal - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्