Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • शिक्षक, राजनीतिकर्मी हुदै जनप्रतिनिधीसम्मको यात्रा 
शिक्षक, राजनीतिकर्मी हुदै जनप्रतिनिधीसम्मको यात्रा  ‘राजनीति सिद्धान्त भन्दा स्वार्थ केन्द्रित भइरहेको छ’
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, असोज १४, २०७९

नेपालगन्ज : अचेल उनको ब्यस्तता ह्वात्तै बढेको छ । बिहानदेखी बेलुकासम्म जनताको सेवामै ब्यस्त हुन्छन्, उनी । जानकी गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष टिकानाथ यादवको दैनिक अचेल फरक भइरहेको छ ।

जनप्रतिनिधी भइसकेपछि वडाको समग्र विकासका लागि उनी अहिले सक्रिय छन् । ‘बिहानदेखी बेलुकासम्म जनताकै सेवामा हाजिर हुन्छु, वडालाई समृद्ध बनाउने मेरो सपना छ,’ उनी भन्छन् । वडाअध्यक्ष यादवले जीवनमा धेरै आरोह-अवरोह पार गरिसकेका छन् ।

२०४६ फागुन २१ गते जानकी-५ गुुरुवा गाउँमा पिता सिताराम यादव र माता गुल्बी यादवको कोखबाट जन्मेका उनी परिवारका काईलो छोरा हुन् । यादवले पशुपति बोर्डिङ स्कुल राँझामा कक्षा १० सम्म अध्ययन गरी सोही बिद्यालयबाट २०६१ सालमा एसएलसी उर्तीण गरे । त्यसपछि महेन्द्र नमुना माध्यामिक बिद्यालय नेपालगन्जबाट आई.एस्सी उर्तीण गरे र अध्ययनसँगै समाजसेवामा आवद्ध हुन थाले । 

स्थानीय महेन्द्र बहुमुखी क्याम्पसबाट उनले बिएस्सी उर्तीण गरे । ‘म बिएस्सी अध्ययन गर्दाखेरी नै मलाई राजनीतिको नसाले छोइसकेको थियो, त्यतिखेर नै पार्टीको राजनीतिमा लागेको हुँ,’ उनी सम्झिन्छन् । त्यतिबेला यादव साबिक बेलहरी गाविस वडा नम्बर ५ मा नेपाली कांग्रेसको वडा ईकाइ सचिव भए । 

राजनीतिमा लागेपनि उनले आफ्नो पढाईलाई भने रोकेनन् । भारतको फैजावादस्थित अवध बिश्व बिद्यालयबाट एम.एस्सी उर्तीण गरे । यादवले आईएस्सी उर्तीण गरिसकेपछि अध्ययनसँगै अध्यापनको काम पनि गर्दै आएका थिए । आईएस्सी उर्तीण गरिसकेपछि उनले स्प्रिङडेल एकेडेमी भुजईगाउँ नेपालगन्जमा अध्यापन गरे । त्यसपछि पशुपति बोर्डिङ स्कुल राँझामा अध्यापन गरे । 

यादवले जनता निम्न माध्यामिक बिद्यालय होलिया, आर्दश माध्यामिक बिद्यालय डि.गाउँ खजुरा, मंगलप्रसाद मावि नेपालगन्जका साथै नेपालगन्ज टेक्निकल कलेज, भेरी प्राविधिक शिक्षालय, महेन्द्र बहुमुखी क्याम्पसमा पनि अध्यापन गरे । उनी विज्ञान विषयको शिक्षक थिए । 

कलिलै उमेरमा उनी पार्टीको राजनीतिमा सक्रिय भए । २०६४ सालमा सुशिल कोइरालाको हातबाट सदस्यता लिएर उनी राजनीतिमा सक्रिय भएका थिए । ‘सदस्यता लिइसकेपछि सुशिल दाईलाई जिताउन हामीले अभियान नै चलाएका थियौं, त्यसपछि २०७४ को निर्वाचनमा पनि बादशाह कुर्मी दाईलाई चुनाव जिताउन अभियान चलायौं,’ उनले भने ।

Tika Nath Yadav_Oda Office1664526822.jpg

पार्टीको १४ औं महाधिवेशनमा यादव जानकी गाउँपालिका सचिवमा निर्विरोध निर्वाचित भए । २०७९ सालको स्थानीय तह निर्वाचनमा जानकी गाउँपालिका वडा नम्बर ५ को वडाअध्यक्षका लागि निर्विरोध सिफारिस भएका थिए र वडाअध्यक्षमा निर्वाचित भए । उनी अहिले जानकी गाउँपालिकामा कार्यपालिका (बोर्ड) सदस्य, पुर्वाधार विकास संयोजक तथा गाउँपालिका प्रवक्ताको जिम्मेवारीमा छन् । 

नेपालगन्ज उपमहानगरपालिकासँगै जोडिएपनि जानकी गाउँपालिका विकासबाट अहिलेसम्म पछाडी परेको वडाअध्यक्ष यादव बताउँछन् । ‘यहाँ भौतिक संरचनाको कमी छ, बिद्यालयमा शिक्षाको विकास हुन सकेको छैन, कन्या बिद्यालय छैनन्,’ उनले भने । वडा र गाउँपालिकामा आधुनिक कन्या बिद्यालय स्थापना गर्ने आफ्नो सोच रहेको यादवले बताए ।

‘कन्या बिद्यालय स्थापना गर्न निर्णय गराउने सोच छ, यस विषयमा सबै सकारात्मक हुनुहुन्छ, छोरीहरुको लागि विशेष समतामुलक कार्यक्रम ल्याउने  मेरो योजना छ,’ उनले भने । यादवको विचारमा राजनीति एकदमै जटिल छ । यादव भन्छन्, ‘राजनीति सिद्धान्त भन्दा स्वार्थ केन्द्रित भइरहेको छ ।’


प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  १४:१२
प्रतिक्रिया दिनुहोस्
थप विशेष
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन शुक्रबार, फागुन १, २०८२
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर शनिबार, साउन १७, २०८२
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ शनिबार, जेठ ५, २०८१
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता शनिबार, फागुन २६, २०८०
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  बुधबार, कात्तिक ३०, २०७९
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप 
आमाको प्रेरणाबाट राजनीति थालेका सुदीप  बुधबार, कात्तिक ३०, २०७९
विकासका प्रयाय कम्रेड 'अथक' !
विकासका प्रयाय कम्रेड 'अथक' ! सोमबार, कात्तिक २८, २०७९
'राजनीतिक र खेलकुदको संघर्ष' बाट खारिएका सुरेन्द्र हमाल
'राजनीतिक र खेलकुदको संघर्ष' बाट खारिएका सुरेन्द्र हमाल शनिबार, कात्तिक २६, २०७९
‘शालिन ब्यक्तित्व र विकासका कर्मठ’ बादशा कुर्मी
‘शालिन ब्यक्तित्व र विकासका कर्मठ’ बादशा कुर्मी शनिबार, कात्तिक २६, २०७९
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्