Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
यात्रा
  • Home
  • यात्रा
  • मनै लोभ्याउने जिरी, एक पटक घुम्नै पर्ने ठाउँ
मनै लोभ्याउने जिरी, एक पटक घुम्नै पर्ने ठाउँ
दूरसञ्‍चार
दूरसञ्‍चार शुक्रबार, भदौ ११, २०७८


देवेन्द्र बस्यात 
‘जाऔं है दोलखा’ अभियानका संयोजक तथा दोलखाका पर्यटन अभियन्ता लिलाराम खड्काले पटकपटक दोलखा घुम्न जाने निम्ता गरिरहे। दोलखाली मित्र लिलारामको यो नै पहिलो निम्ता भने होइन। अचेल काठमाडौंलाई कर्मथलो बनाएका उनको जन्मस्थल जिरी हो।  

दाइ संघर्ष बिष्ट, निर ललितप्रिय र म २८ माघ का दिन जीपमा जिरीतर्फ निस्कियौं। दुबै सहयात्री पर्यटन व्यवसायी। नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० सुरु भई सकेको थियो। बीस लाख पर्यटक भित्र्याउने सरकारको महत्त्वाकांंक्षी योजना। केही हप्तामा पर्यटकीय सिजन सुरु हुँदै थियो। पर्यटनकर्मीमाझ उत्साह जागिरहेको थियो। तन, मन, धन सबै लगाएर पर्यटकलाई स्तरीय सेवा दिने योजनाका साथ अहोरात्र खटिरहेका थिए पर्यटन व्यवसायी। यात्रामा हाम्रो कुराकानीको मूल बिषय पर्यटनमै केन्द्रित थियो।     

गफिँदै धुलिखेल पुगेको पत्तै भएन। रुट चयन गर्ने जिम्मा मेरो भागमा। जिरी जान धुलिखेलबाट दुइटा रुट चयन गर्न सकिन्छ। एउटा पाँच खाल, दोलालघाट, खाडीचौर मुडे, चरिकोट हुँदै जाने। अर्को कुशेश्वर, खुर्कोट, मन्थली, भीरकोट मैनापोखरी भएर। तुलनात्मक हिसाबले मुढेको बाटो छोटो पर्छ। तर सबैको सहमतिमा खुर्कोट, मन्थलीको रुट चयन गरियो। मेरा लागि दुबै रुट नौला थिएनन्।

साइकलमा पटकपटक नापेको यो सडकमा नौलो कुरा भनेको तीन जना जीपमा हुइँकिँदै थियौं। कैयन पटक हिँडेको यो बाटोमा साइकल कुदाउने धित मरेको कहाँ छ र? जिपमा हुइँकिँदा पनि कताकता साइकलको झझल्को आइरह्यो। पुराना याद पस्किँदै गएँ सहयात्रीलाई।  
कुशेश्वर महादेव
पशुपतिनाथबाट दुम्जाको दूरी करिब ८० किलोमिटर छ। दुम्जा पूर्वी नेपालबाट काठमाडौँ आवतजावत गर्ने पुरानो पैदलमार्ग। पौराणिक ग्रन्थमा उल्लेख गरिएको सुवर्ण कौशिकी अर्थात सुनकोसी र रोसीको दोभानमा कुशेश्वर मन्दिर छ। कुशेश्वर महादेव आदिलिङगका रुपमा चिनिन्छन्। कुशेश्वर उत्पत्तिबारे विभिन्न किम्बदन्ती र जनश्रुति पाइन्छ। कुशेश्वरको पूजा, आराधना तथा पितृहरूको श्राद्ध गरे २१ पुस्ताको पापबाट मुक्त हुने भनाइ छ।  

कुशेश्वरका विषयमा हिमवतखण्डमा विस्तृत व्याख्या गरिएको छ। विश्वामित्र ऋषिले तपस्या गरेको विश्वामित्र गुफा यहीँ छ। यहाँ महाशिवरात्रि, बालाचतुर्दशी, पुसे औंसीमा श्रद्धालुको भिड लाग्छ।  शीतल बिहानी। बसन्त ऋतु धर्तीमा पदार्पण गर्नै लागेको समय। भकुण्डे कटेपछि पहाडका खोंचबाट सलल्ल बगेको खोला। खोलाका छेउछाउमा हरिया फाँट। बीचका पाटापाटामा पहेंलपुर तोरी। बिछट्टै रमाइलो। रोसी खोलाले सिंचेको मंगलटार देखि सुनकोसीले सिंचेको कुशेश्वर सम्मको पुरै उपत्यका ढकमक्क तोरीले पहेंलपुर थियो।  

काभ्रे र सिन्धुलीको संगमस्थल कुशेश्वरमा बीपी राजमार्ग निर्माण पछि देशका विभिन्न ठाउँबाट भक्तजन तथा पर्यटक जानेक्रम बढ्दो छ। यो स्थल धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण रुपमा विकसित हुँदै गएको छ। दोलालघाटबाट सुनकोसीमा साहसिक जलयात्राको मज्जा लिँदै पनि कुशेस्वर पुग्न सकिन्छ। सप्ताहान्तमा जानेहरूका लागि दा खाना तथा बसोबासका लागि होटल र लज छन्। माछा पारखीका लागि त सुनकोसीका माछाले लोभ्याउँछ नै।  

हामी मन्दिर दर्शन पश्चात् पुनः मुख्य गन्तव्य तर्फ प्रस्थान ग¥्यौं। साइक्लिङ, बाइकिङ, जीप ड्राइभिङ जे गर्दा होस् प्राकृतिक सौन्दर्यले पुलकित बनाउने यो राजमार्गबाट यात्रा गर्दा मेरा आँखा कहिल्यै थाकेनन्। केही वर्षकै अन्तरालमा यहाँ निकै परिवर्तन भइसकेको छ। मूलकोट र खुर्कोटमा हरेक बर्ष नयाँनयाँ होटल खुल्दै छन्। कतिपय होटलको स्तरोन्नति हुँदै गइरहेको छ। कुशेश्वर, मूल्कोट, खुर्कोटका बजारमा नास्ता चाख्ने अवसर चुकाएनौं हामीले।  

खुर्कोटबाट बीपी राजमार्ग छाडेर तामाकोसीको किनार पच्छ््याउँदै मन्थली तर्फ लाग्यौं। रामेछापको सदरमुकाम मन्थली। बजार विस्तारीकरण तीव्र छ। मन्थलीबाट भीरकोटको बाटो भएर हामी जिरीतर्फ उकालिंदै गयौं। दुई पहाडको बीचबाट बहेको कन्चन तामाकोसीको सुन्दरताले निक्कै मुग्ध बनायो। यहाँ हरेक सिजनअनुसार प्रकृतिले रंग भर्छ। एक पटकको यात्रा अपुरो नै लाग्छ। त्यसैले पटकपटक यता बरालिन मन लाग्छ।      

तामाकोसी छाडेर हामी अझ उकालियौं जिरीतर्फ। बाटो चौंडा पार्ने काम तीव्र हुँदै रहेछ। गाडी गुड्दा धुलोले बाटो देख्नै मुस्किल। अब यो कामले कति वर्षमा बिट मार्ला ! सोचनीय नै छ। हाम्रातिर विकाससँगै भोग्नु परेका विनाशका व्यथाका कुरा गर्दै जिरी बजारतर्फ नजिकियौं। काठमाडौंबाट खुर्कोट, मन्थली हुँदै जिरीसम्म आइपुग्दा करिब २१० किमी यात्रा पूरा भएछ।  

दोलखा
समग्रमा दोलखा बाग्मती प्रदेशमा अवस्थित रमणीय जिल्ला हो। दोलखामा कालिन्चोक, मेलुङ, बिगु, गौरीशंकर, वैतेश्वर, शैलुङ र तामाकोसी गरी सात गाउँपालिका तथा भीमेश्वर र जिरी दुई नगरपालिका छन्। दोलखा धार्मिक  तीर्थस्थल, संस्कृति र प्राकृतिक सम्पदाले भरिएको छ। कालिन्चोक भगवती, भीमेश्वरजस्ता प्रसिद्ध तीर्थस्थल, पदयात्राका लागि प्रसिद्ध रोल्वालिङ क्षेत्र, गौरीशंकर संरक्षण क्षेत्र, च्छोरोल्पा ताल लगायत गन्तव्य छन्। आन्तरिक हुन् या बाह्य, दुवै पर्यटकका लािग आकर्षक गन्तव्य हुन् यी ठाउँ।  


प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  २१:४६
प्रतिक्रिया दिनुहोस्
थप यात्रा
'हरियो साउन' मा सन्तानेश्वर महादेव मन्दिर दर्शन
'हरियो साउन' मा सन्तानेश्वर महादेव मन्दिर दर्शन शनिबार, साउन १७, २०८२
'हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु' : पर्यटनमन्त्री आले
'हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छु' : पर्यटनमन्त्री आले मंगलबार, मंसिर २१, २०७८
‘वेष्टर्न टुरिजम मार्ट’ को तयारीबारे सरोकारवालाबीच छलफल 
‘वेष्टर्न टुरिजम मार्ट’ को तयारीबारे सरोकारवालाबीच छलफल  मंगलबार, कात्तिक १६, २०७८
नेपालगन्जमा हुदै नेपालकै पहिलो ‘वेष्टर्न टुरिजम मार्ट’-(भिडियो सहित)
नेपालगन्जमा हुदै नेपालकै पहिलो ‘वेष्टर्न टुरिजम मार्ट’-(भिडियो सहित) शनिबार, कात्तिक ६, २०७८
कोरोनाले बन्द रहेको टीकापुर पार्कमा चहलपहल 
कोरोनाले बन्द रहेको टीकापुर पार्कमा चहलपहल  बिहीबार, असोज २१, २०७८
धवलागिरी हिमाल आरोहन गर्ने पहिलो नेपाली महिलालाई सम्मान
धवलागिरी हिमाल आरोहन गर्ने पहिलो नेपाली महिलालाई सम्मान सोमबार, असोज १८, २०७८
भारतीय पर्यटक लक्षित पर्यटन सूचना केन्द्र प्रयोगविहिन- (भिडियो सहित)
भारतीय पर्यटक लक्षित पर्यटन सूचना केन्द्र प्रयोगविहिन- (भिडियो सहित) आइतबार, असोज १७, २०७८
चितवन राष्ट्रिय निकुञ्जले खोल्यो पर्यटकीय गतिविधि 
चितवन राष्ट्रिय निकुञ्जले खोल्यो पर्यटकीय गतिविधि  आइतबार, असोज १७, २०७८
पोखराको साहसिक खेल बन्जीलाई नेपालगन्जसँग जोड्ने प्रयास- (भिडियो सहित)
पोखराको साहसिक खेल बन्जीलाई नेपालगन्जसँग जोड्ने प्रयास- (भिडियो सहित) बुधबार, असोज १३, २०७८
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
महिलाका लागि १५ दिने सिपमुलक ब्याग, झोला बनाउने तालिम सुरु 
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्