Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
विशेष
  • Home
  • विशेष
  • 'केपी ओलीले मुलुकलाई अनिश्चयको बाटोमा लैजाने प्रयत्न गर्नु भयो'
'केपी ओलीले मुलुकलाई अनिश्चयको बाटोमा लैजाने प्रयत्न गर्नु भयो'
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, कात्तिक २८, २०७९

नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर बाँके क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेस नेतृत्वको गठबन्धनका तर्फबाट प्रतिनिधी सभाका लागि चुनावी मैदानमा छन् ।

नेविसंघको नेतृत्वपछि बाँके, बर्दियामा पार्टी राजनीतिमा लामो समयदेखि क्रियाशिल नेता राठौर सुशील कोइरालापछि बाँकेको प्रतिनिधित्व गर्ने काँग्रेस शीर्ष नेता हुन् । उनीसँग गठबन्धन, राजनीति र निर्वाचन एवं मुद्दाबारे रेडियो नेपालका पत्रकार सन्तोष रेग्मीले कुराकानी गरेका छन् । 

अहिले यहाँहरु गठवन्धन गरेर निर्वाचनमा होमिनु भएको छ । बहुमत नपुग्दा सरकार बनाउन गठवन्धन त ठिकै होला तर निर्वाचनमै गठवन्धन के का लागि ?

कतिपय वुद्धिजीविले काँग्रेसले सत्तामा जानका लागि नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीसंग गठवन्धन गरेको हो भनिरहेका छन् ।

त्यसरी भन्नेमा विपक्षी निकट वुद्धिजीविको संख्या बढी छ । एक अर्थमा उनीहरुले भनेको कुरा पनि गलत छैन किन भने सत्तामा नगइ आफ्नो घोषणापत्र, योजना कार्यान्वयन गर्न सकिँदैन । नीति तथा कार्यक्रम बनाएर देशलाई विकास एवं सुशासनको बाटोमा हिँडाउन सत्तामा जानै पर्छ । संघ र प्रदेशबाट सम्वन्धित क्षेत्रमा बजेट हाल्न सकिंदैन । 

तर सत्तामा जान मात्र गठवन्धन गरिएको होइन । वीपी कोइरालाले २००७ सालको क्रान्तिपछिसंविधानसभाबाट संविधान बन्नुपर्छ भन्नु भएको थियो । तर संविधानसभाबाट संविधान बन्न झण्डै सात दशक कुर्नु पर्यो । नेताले कुनै कुरा बोल्दैमा तत्काल पूरा हुन सक्दैन । त्यसका लागि परिवेश तयार हुनुपर्छ ।

जनताको चेतना विकास हुनुपर्छ । ७० वर्ष लगाएर संघर्ष गरेर, करोडौं खर्च गरेर २–२ पटक संविधानसभाको चुनाव गराएर ल्याइएको संविधान धरापमा पार्न केपी ओलीले जसरी २–२ पटक असंवैधानिक रुपमा संसद विघटन गर्नुभयो । मुलुकलाई नै गम्भीर अनिश्चयको बाटोमा लैजाने प्रयत्न गर्नु भयो । 

तपाईलाई थाहा छ सात दशकको संघर्षपछि हामीले समावेशी संविधान बनाएका हौं । मधेशी, मुस्लिम, जनजाति, थारु, अल्पसंख्यक सबैको हकहित र निश्चित प्रतिनिधित्व सुनिश्चित भएको संविधान मासिन्थ्यो । सबै समुदाय फेरि अधिकारविहीन बनाइन्थे । अर्को अराजकताको अभ्यास हुन्थ्यो ।

काम गरेर वातावरण हुदैनथ्यो । सशस्त्र द्धन्द्धले हामीलाई कति पछाडि पारेको छ । तत्काल नेपाली काँग्रेसको नेतृत्वमा केपी ओलीको असंवैधानिक कदमको विरोधमा दलहरु एकजुट नभएको भए आज मुलुक कुन अवस्थामा पुग्थ्यो कल्पना गर्नुस् त । त्यसबाट मुलुकलाई जोगाएर समृद्ध र समुन्नत नेपाल बनाउने अभियानमा भएका दलहरुले अहिले गठवन्धन गरेका हौं । 

अर्को कुरा हाम्रो संवैधानिक व्यवस्था अनुसार अहिले एउटै दलको बहुमत नआउने देखिन्छ । त्यसैले गठवन्धनमार्फत् नै सरकार चलाउनु पर्ने रमुलुकलाई स्थिरता दिनु पर्ने दायित्व पनि हामीमाथि छ । निर्वाचनपछि हाम्रो गठवन्धनले सरकार बनाउँछ र संविधानको जगेर्ना र कार्यान्वयनमार्फत् सुशासन र समृद्धिसहितका आवश्यकता पूरा गर्छ । 

एमालेले अहिले काँग्रेसले आफूविरुद्ध घेरावन्दी गरेको आरोप लगाएको छ । यहाँ काँग्रेसको केन्द्रीय नेता हुनुहुन्छ । के भन्नुहुन्छ ?

काँग्रेस कसैको विरुद्ध छैन । नेपालमा प्रजातन्त्र र बहुदलीय व्यवस्था स्थापना काँग्रेसकै नेतृत्वमा भएको हो । विभिन्न दलहरुले जनतासामु विभिन्न एजेण्डा लिएर जाउन र जसले बहुमत ल्याउँछ उसैले सरकार चलाओस् र दोश्रो शक्ति प्रतिपक्षमा रहोस् भन्ने काँग्रेसको मूल मान्यता हो । तर के चाँहि स्पष्ट हो भने, जनताको, लोकतन्त्रको, संविधानको,मानवअधिकारकोविरुद्ध लाग्नेको पक्षमा काँग्रेस कहिल्यै पनि हुँदैन ।

२०६४ सालको संविधानसभामा माओवादीसहित कम्युनिष्ट दलसंग अत्यधिक बहुमत थियो । त्यतिबेला संविधान बन्न सकेन । मुलुक एकखाले अनिश्चिततामा जाने अवस्था बन्यो । प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाएर दोश्रो संविधानसभा निर्वाचन गरियो ।

निर्वाचनपछि हाम्रो आदरणीय नेता सुशील कोइरालाको नेतृत्वदायी पहलमा संविधान जारी भयो । वर्तमान संविधानले सबै नेपालीलाई अधिकार सम्पन्न बनाएको छ । मुलुकलाई नयाँ गति दिने मार्गरेखा कोरेको छ ।

यद्यपि, यो संविधान पूर्ण छ भन्ने हाम्रो पनि ठम्याई होइन । मधेशीका, थारुका, मुस्लिमका,दलित, महिला आदिवासी, पछि पारिएका समुदाय, विभिन्न क्षेत्र पक्षका कतिपय विषय नपुगेका होलान । संविधान अपरिवर्तनीय दस्तावेज होइन ।समय र आवश्यकताका आधारमा परिवर्तन गर्दै लैजाने विषय हो । अहिलेसम्मका परिवर्तनलाई जोगाउँदै भएका कमी कमजोरी हटाउँदै अघि बढ्ने हो । 

केपी ओलीले संविधान नै ध्वस्त गर्ने, प्रणाली नै सखाप पार्ने खालका क्रियाकलाप गरेर सुधारको बाटो बन्द गर्नेमात्र होइन प्राप्त उपलब्धि नै सखाप पार्ने प्रयास गर्नुभयो । त्यो अवस्थामाउहाँकै पार्टीका ठूलो संख्याका साँसदसहित काँग्रेस र अरु पार्टीमिलेर ओलीको त्यो अनधिकृत प्रयासमा रोक लगाएको हो ।  त्यसैले हामी कसैका विरुद्ध छैनौं । प्राप्त उपलब्धि संस्थागत गर्दै सुशासनसहित समुन्नति र विकासमा अघि बढ्नेहरुका साथमा छौं । 

यहाँहरुले चाँहि संविधानको संरक्षण, प्राप्त उपलब्धि संस्थागत गर्दै सुशासनसहित समुन्नति र विकासमा अघि बढ्ने कुराको सुनिश्चितता कसरी गर्नुहुन्छ त ? 

हाम्रा आदरणीय नेता सुशील कोइरालाको नेतृत्वदायी भूमिकामा संविधान जारी भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुभयो । उहाँले स्थानीय तहको, प्रदेशको र संघको निर्वाचन गरेर संविधान कार्यान्वयन गर्नु पर्ने, मुलुकलाई गति दिनु पर्ने थियो तर उहाँले त्यसो गर्न सक्नु भएन । 

नेपाली काँग्रेसको १३ औं महाधिवेशन सम्पन्न भएपछि नेता शेरबहादुर देउवा सभापति हुनुभयो । सभापति भएपछि उहाँले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाएर स्थानीय तहको निर्वाचनअघि बढाउनु भयो र मधेश प्रदेशसहित बाँकी स्थानीय तह तथा प्रदेश, प्रतिनिधिसभा एवं राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गराइ संविधान कार्यान्वयन गर्दै मुलुकलाई अघि बढाउनु भयो । 

निर्वाचनमा एमाले नेतृत्वको वाम गठवन्धनले झण्डै दुई तिहाई मत ल्यायो । सरकार बनायो । जनतालाई देखाइएको सुख र समृद्धिको सपना पूरा गर्नु पर्नेमा उक्त सरकारले मुलुकलाई भड्खालोमा हाल्ने प्रयत्न ग¥यो ।

प्रधानमन्त्री ओलीले मुलुकको विकासलाई वर्षौं पछि धकेल्नु भो । देशलाई मात्र होइन आफ्नै पार्टीका नेताहरुमाथि समेततानाशाही लाद्नु भयो । सहयात्री,सहकर्मीमाथि समेत षड्यन्त्र गर्नु भयो । उहाँकै पार्टी विभाजित भयो । र उहाँको पार्टीका वरिष्ठ नेताहरुसहित गठवन्धन बनाएर संविधानको रक्षा र सरकार सञ्चालन गर्नु परेको सबैलाई जानकारी नै छ । भोलिका दिनमा पनि संविधान र व्यवस्थाको संरक्षण गर्नु हाम्रो पहिलो काम हो । 

दोश्रो यहाँ अहिले जे जति विकास भएका छन् । शिक्षाको क्षेत्रमा, स्वास्थ्य, कृषि, सहकारी, यातायात, सञ्चारको क्षेत्रमा त्यो अधिकाँश २०४८ सालको निर्वाचन जितेर काँग्रेसले सरकार बनाएर ल्याएको नीतिको परिणाम हो ।

२०४८ सालअघि नेपालमा कतिवटा टेलिभिजन थियो ? आज कति छन्? हिजो कतिवटा एयरलाइन्स थियो ? आज कति छन् ? हिजो कतिवटा बैंक थियो, आज कति छन् ? यी उदाहरण हुन ।सबै काँग्रेस नेतृत्वले लिएको आर्थिक नीति र शुरु गरेको उदारीकरणका कारण हो । 

नेपालको इतिहासमा सबैभन्दा बलियो दुई तिहाईको शक्तिशाली सरकारको नेतृत्व गर्नु भएका केपी ओलीसंग संविधानमा भएका कमीकमजोरी हटाएर जनतालाई थप अधिकार दिलाउने र मुलुकलाई विकासको मार्गमा अघि बढाउने अवसर थियो । तर उहाँले जनतालाई उखानटुक्का सुनाएर महत्वपूर्ण अवसरखेर फाल्नुभयो ।

उहाँको कार्यकालमा कुनै पनि विकासका संरचनाहरु अगाडी बढेनन् । नयाँ विकास त बढेनन् नै हिजो हामीले बनाएको बाटाघाटा खाल्डा परेका छन् । संरचना जीर्ण भएका छन् । यसलाई नयाँ जीवन दिँदै मुलुकलाई विकासको मार्गमा लैजान वामलोकतान्त्रिकगठवन्धनले जित्नुपर्छ भन्ने मेरो भनाई हो । 

यहाँले काँग्रेसले यसो ग¥यो, उसो ग¥यो भनिरहँदा कहिँ न कहिँ काँग्रेसले गर्नु पर्ने काम गर्न सकेन, गरेन । नेताहरु भ्रष्टाचारमा, आफन्तवादमा केन्द्रित भए । मुलुकको अपेक्षित विकास हुन नसक्नुमा काँग्रेस पनि दोषी छ भन्ने आवाज ठूले सुनिन्छ । के यहाँहरुले ती आवाज सुन्नुभएको छैन ? के काँग्रेस सच्चिनु जरुरी छैन ?  

हेर्नोस् । काँग्रेस सच्चिनु त जरुरी छ । वीपी कोइरालाले जीवन भनेको पाठशाला हो भन्नुभएको छ । उहाँले मर्ने कुराको मलाई अनुभूति भयो पनि भन्नुभएको छ ।उहाँले बनाएको पार्टी हो यो । अर्का नेता सुवर्णशम्सेरले आफ्नो १६ हजार विघा जमिन राष्ट्रियकरण गरेर भूमिसुधार लागू गरेर अघि बढाएको पार्टी हो नेपाली काँग्रेस ।

वीपी कोइराला, सुवर्णशम्सेर, गणेशमानजी, किसुनजी जति पनि हाम्रा नेताहरु हुनुहुन्थ्यो ।उहाँहरु खान पुग्ने परिवारकै सदस्य हुनुहुन्थ्यो । कठोर राणा शासनमा जीवन नै जोखिममा राखेर किन उहाँहरुले २४/२५ वर्षकै उमेरमा नेपाली काँग्रेस पार्टी खोल्नुभयो । माननीय हुनलाई, मन्त्री प्रधानमन्त्री हुनलाई उहाँहरुले पार्टी खोल्नुभएको होइन ।

जनतालाई अधिकार सम्पन्न बनाउनका लागि, गरिब दुःखीहरुको हितका लागि हो । वीपी कोइरालालाई राजाले पञ्चायतकालमा पनि प्रधानमन्त्रीको अफर गरेकै हो । प्रजातन्त्र मास्ने राजाको अफर वीपी कोइरालाले अस्वीकार गर्नुभयो । २०४६ सालको आन्दोलन सफल भएपछि प्रधानमन्त्री बन्न राजाले  आग्रह गर्दा गणेशमान सिंहले आफूले छोडेर कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउनु भएको हो । 

यत्रो संघर्ष गरेर आएको । हिजो राणा फालेको, पञ्चायत फालेको, राजा फालेको पार्टी काँग्रेस । त्योसंगै सहकार्य गरेका अन्य पार्टीहरु जनताको मनमा बस्नु पर्ने हो । तर किन बस्नसकेका छैनन्,अलोकप्रिय भैरहेका छन् ? यो सोचनीय प्रश्न हो ।

नेताले झूठ बोलेका कारण, ढाँटेका कारण दलहरु, नेताहरु अनपपूलर भैरहेको परिस्थिति छ । गर्न नसक्ने काम गर्छु भनेर नेताहरु जनतालाई झुठ बोलेका कारण आज त्यत्रो संघर्ष गरेर आएका पार्टीहरु, नेताहरु भरोसायोग्य कम भएको तपाई हामी सबैले सुनिरहेका छौं, देखिरहेका छौं । नेताले गर्न सक्ने काम गर्छौं भन्ने । नसक्ने काम यति समयमा सक्छौं वा यो काम सकिँदैन भनेर जनतालाई स्पष्ट भन्ने हो भने जनतामा भ्रम हुँदैन । 

तपाईले काँग्रेसमा सुधारको प्रश्न गर्नुभयो । काँग्रेसले गरेका कामहरुलाई, विकासका आधारहरुलाई एउटा निष्कर्षमा पु¥याउनु छ । हामी कानूनी राज्यका लागि, सुशासनका लागि लडेका हौं । जनताले खोजेकोजस्तो सुशासन, कानूनी राज्यको निर्माणमा कहिँ न कहिँ समस्या छ भन्ने हाम्रो बुझाई छ । त्यो पूरा गर्नुपर्छ । आफ्नो ठाउँबाट यसका लागि म प्रतिवद्ध छु । 

यहाँ बाँके क्षेत्र नम्बर ३ बाट जनअनुमोदित हुन गठवन्धनका तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार हुनुहुन्छ । बाँके ३ नै किन रोज्नुभयो भन्ने प्रश्नहरु पनिउठाइएका छन् । के भन्नुहुन्छ यहाँ ?

म सल्यानमा जन्मेको। काठमाडौंमा स्कूल र कलेज पढेको । काठमाडौंमै विद्यार्थी राजनीति गरेको । नेपाल विद्यार्थी संघको नेतृत्वमा पुगेको व्यक्ति । मैले सुखको राजनीति गर्न चाहेको भए काठमाडौंमै पनि गर्न सक्दथेँ । तर पनि बाँके–वर्दियालाई मैले आफ्नो राजनीतिक क्षेत्र बनाएको छु ।

पार्टीको संगठन सुदृढ गर्न र विकासमा अघि बढाउन मैले २० वर्षदेखि बाँके–वर्दियामा राजनीति गरिरहेको छु ।सुशील दाई र मेरो निर्वाचन क्षेत्र एउटै पर्ने भएकाले वर्दियाको सबैभन्दा पछि परेको राजापुर क्षेत्र रोजेको हुँ । हिजो सदरमुकामसंग, मुलुकसंग नजोडिएको राजापुर क्षेत्रमा अहिले देशको सबैभन्दा लामो पूल बनेको छ । त्यहाँ जति पनि विकासकाबनेको छ त्यो मेरो नेतृत्वमा, मेरो पहलमा भएको हो ।

तर गठवन्धनका कारण त्यो क्षेत्र छाड्नु परेकाले नेपालगञ्जको काखमा रहेको ३ नम्बर क्षेत्र विकासमा निकै पछि परेको क्षेत्र रोजेको हुँ । विमानस्थल सारिएपछि यो क्षेत्रले कान्ति गुमाएको छ । कृषिको सम्भाव्य क्षेत्र भए पनि गति पाउन सकेको छैन । भौतिक विकास समस्याग्रस्त छ । त्यसैले यो क्षेत्रको विकास मेरो प्राथमिकता हो । 

विकासका कामचाँहि के के र कसरी कसरी गर्छु भनेर यहाँले मत मागिरहनुभएको छ ? यहाँका स्थानीय चुनावी मुद्दा, योजनाहरु के के छन् ? 

हिजो मैले वर्दियाको राजापुर क्षेत्रमा राजनीति शुरु गर्दा त्यस क्षेत्रका जनतालाई टिकापुरमा, गुलरियामा, नेपालगञ्जमा घर बनाउन नपर्ने अवस्थाको सिर्जना गर्छ‘ भनेको थिए । आज त्यो पूरा भएको छ । बाँकेको क्षेत्र नम्बर ३ मा पहाडबाट झरेका गरिबहरु, दलितहरु बस्दछन् । त्यसैगरी, आदिवासी थारुहरु, मधेशी, मुस्लिम त्यसमा पछि पछि परेको समुदायको यस क्षेत्रमा बसोबास छ । यहाँका स्थानीयलाई नेपालगञ्जमा र कोहलपुरमा घर बनाउन पर्ने अवस्थाको अन्त्य गर्छु । 

१० वर्षदेखिएमालेले जितेकोयो क्षेत्रमा विकासको काम शून्य प्राय छ । यहाँ कृषि, शिक्षा, स्वास्थ्य, यातायात लगायतका क्षेत्रमा विभिन्न आवश्यकता देखिएको छ । यहाँ अधिकाँश किसानहरुको बसोबास भएकाले निर्वाहमुखी खेतीलाई व्यवसायिकतासंग जोड्नु आवश्यक छ । यहाँ सिक्टा र बबईको पानील्याएर सिंचाई प्रवन्ध गर्ने आवश्यकता छ ।

मानखोलामा तटवन्धनको आवश्यकता छ । त्यसको व्यवस्थापनका लागि पहल गर्छु । नेपालगञ्जको धम्बोझीदेखि गुलरियासम्म ४ लेनको सडक बनाउन मेरै पहलमा प्रक्रिया अघि बढेको छ ।

त्यसलाई २ वर्षभित्र सम्पन्न गर्ने, परसपुरदेखि गौघाटसम्मको सडक निर्माणको प्रक्रिया एक वर्षभित्र सम्पन्न गर्ने बैजनाथको सम्झनाचोकदेखि खजुरा आउने बाटो सम्पन्न गर्ने मेरो प्रतिवद्धता छ । खजुराको ३ र ४ नम्बर जोड्ने पेडारी नालाको पुल लगायत विभिन्न पुल पुलेसा निर्माण गर्ने लगायतका अन्य विभिन्न प्राथमिकता मैले तय गरेको छु । 


 


प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  १२:३३
प्रतिक्रिया दिनुहोस्
थप विशेष
राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेश
राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेश बिहीबार, मंसिर २९, २०७९
आयोगले समानुपातिकको अन्तिम सूची आज सार्वजनिक गर्दै
आयोगले समानुपातिकको अन्तिम सूची आज सार्वजनिक गर्दै मंगलबार, मंसिर २७, २०७९
बाँकेबाट तीन महिला नेतृ प्रतिनिधि सभाको समानुपातिक सांसद बन्ने निश्चित 
बाँकेबाट तीन महिला नेतृ प्रतिनिधि सभाको समानुपातिक सांसद बन्ने निश्चित  शनिबार, मंसिर २४, २०७९
दोलखामा एमाले र माओवादी केन्द्र बीच कडा प्रतिस्पर्धा 
दोलखामा एमाले र माओवादी केन्द्र बीच कडा प्रतिस्पर्धा  सोमबार, मंसिर १९, २०७९
काँग्रेस सह-महामन्त्री पाण्डे बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित 
काँग्रेस सह-महामन्त्री पाण्डे बाजुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित  आइतबार, मंसिर १८, २०७९
काँग्रेस उपसभापति गुरुङ स्याङ्जाबाट निर्वाचित
काँग्रेस उपसभापति गुरुङ स्याङ्जाबाट निर्वाचित शनिबार, मंसिर १७, २०७९
बाजुरा, स्याङ्जा र दोलखामा सत्ता गठबन्धनको अग्रता
बाजुरा, स्याङ्जा र दोलखामा सत्ता गठबन्धनको अग्रता शनिबार, मंसिर १७, २०७९
समानुपातिकको मत गणना अन्तिम चरणमा, एमाले अगाडी-(सूची सहित)
समानुपातिकको मत गणना अन्तिम चरणमा, एमाले अगाडी-(सूची सहित) शनिबार, मंसिर १७, २०७९
बढी मत देखिएपछि बाजुराको मतगणना रोकियो
बढी मत देखिएपछि बाजुराको मतगणना रोकियो शुक्रबार, मंसिर १६, २०७९
लोकप्रीय
  • Week
  • Month
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
राप्ती सोनारीमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
‘म पार्टी सभापति भएमा कार्यकर्तालाई अधिकतम न्याय गर्छु’ : सह-महामन्त्री राठौंर 
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
सिक्टाको ‘गुरुवागाउँ’ शाखा नहरमा गरियो पानी परिक्षण
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
चट्याङ लाग्दा बाँकेको राप्ती सोनारीमा महिलाको मृत्यु
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
बाँकेमा मनाइयो राष्ट्रिय धान दिवस 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिइने 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ दूरसञ्‍चार
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ दूरसञ्‍चार
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्