Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • नेपथ्य ब्याण्डका चर्चित गायक गुरुङसँग यसरी गरियो भेटघाट- (फोटो फिचर)
नेपथ्य ब्याण्डका चर्चित गायक गुरुङसँग यसरी गरियो भेटघाट- (फोटो फिचर)
दूरसञ्‍चार
दूरसञ्‍चार मंगलबार, मंसिर २७, २०७९

नेपालगन्ज : नेपालगन्जमा यही मंसर २९ गते हुन लागेको ‘नेपथ्य लाइभ कन्सर्ट’ का लागि यहाँ आइपुगेका नेपथ्य ब्याण्डका चर्चित गायक अमृत गुरुङसँग मंगलबार भेटघाट तथा अभिवादन कार्यक्रम गरिएको छ । मानव सेवा आश्रमको भवन निर्माण एवं अक्षयकोष स्थापनार्थ मानवताका लागि सांगितिक कार्यक्रमको पुर्वसन्ध्यामा गायक गुरुङसहित नेपथ्य परिवारसँग उक्त कार्यक्रम गरिएको हो । 

नेपालको चर्चित ब्याण्ड नेपथ्य ब्याण्डसँगको सहकार्यमा मानवसेवा आश्रमले नेपालगन्ज रंगशालामा उक्त कन्सर्ट आयोजना गर्दैछ । नेपथ्य ब्याण्डका चर्चित गायक गुरुङ, किरण श्रेष्ठ, अर्पण शर्मा सहित प्राविधिक समेत गरि ७० जनाको टोली सोमबार बेलुका नेपालगन्ज आइपुगेको थियो । 

मानवसेवा आश्रम नेपालगन्जको कार्यालय परिसरमा आयोजित कार्यक्रममा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी, आश्रमकी केन्द्रिय सदस्य एवम् अभियन्ता सिर्जना ओली, नेपथ्य लाईभ कन्सर्ट मूल समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठ, दानवीर एवं जग्गादाता जे.के. सिंह, लगायतले गायक गुरुङ, श्रेष्ठ लगायतलाई स्वागत गरेका थिए ।

सो क्रममा बोल्दै गायक गुरुङले भने, ‘नराम्रा मान्छे भएर समाज बिग्रेको रहेनछ, असल मान्छेहरु सक्रिय रुपमा नलागेर नै समाज बिग्रेको जस्तो लाग्यो ।’ धेरै राम्रा मान्छेहरु संसारमा रहेको बताउँदै उनले भने

मनलाई मेरो तर्फबाट धेरै-धेरै नमन छ ।’ मान्छेले गरेका कृति र पुण्यका कुरालाई अर्को पुस्ताले सम्झिने गायक गुरुङले बताए ।

Manavsewa Aashram Meet Programme Photo 21670938923.jpg

आश्रमकी केन्द्रीय सदस्य ओलीले स्वागत गरेको उक्त कार्यक्रममा दानवीर जे.के. सिंह, नेपथ्य लाइभ कन्सर्ट मुल समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठ, वरिष्ठ साहित्यकार सनत रेग्मी, नेपालगन्ज उपमहानगरपालिकाका निर्वतमान उपमेयर उमा थापामगर, केएल दुगड गु्रपका प्रबन्ध निर्देशक प्रदिप छाजेड लगायतले बोलेका थिए । 

मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रममा नेपथ्य लाइभ कन्सर्टका लागि गठित विभिन्न समितिका पदाधिकारी तथा मानवसेवा आश्रमका अभियन्तालाई गायक गुरुङले रुद्राक्षको माला लगाएर सम्मान प्रकट गरेका थिए । 

सहयोगापेक्षी सडक आश्रित मानवहरुको सेवा गर्दै आइरहेको मानव सेवा आश्रमको भवन निर्माण र आश्रितको स्वास्थ्य उपचारका लागि आपतकालिन अक्षयकोष स्थापनार्थ कन्सर्ट गर्न लागिएको हो । गायक गुरुङले मानवता झल्किने र मानवता प्रवद्र्धनमा सहयोग पुग्ने गीतहरु कन्सर्टमा प्रस्तुत गर्नेछन् ।

लाइभ कन्सर्टका लागि मंगलबार (आज) देखी मञ्च व्यवस्थापन लगायतको कार्य अगाडी बढाइएको सुरक्षा तथा समारोेह स्थल व्यवस्थापन समितिका संयोजक जयनारायण शाहले बताए । ‘नेपथ्य लाइभ कन्सर्टका लागि मञ्च व्यवस्थापन लगायतको कार्य अगाडी बढाइएको छ,’ उनले भने ।                                        manav aashram1670954003.jpg

आश्रमले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावक विहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर मानवहरुको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, लालनपालन, संरक्षण, मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।

दानवीर एवं समाजसेवी सिंहले मानव सेवा आश्रमको भवन निर्माणका लागि डुडुवा गाउँपालिका वडा नम्बर ६ मा जग्गा दान गरेपछि भवन निर्माण प्रक्रिया सुरु हुन लागेको छ । सिंगो नेपाल राष्ट्रलाई नै सहयोगापेक्षी सडकआश्रित मानव मुक्त राष्ट्र निर्माण गर्ने महाअभियानसहित मानवसेवा आश्रमले यही बैशाख १ गतेबाट नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १० मा घर भाडामा लिएर सेवा सञ्चालन गरिरहेको छ ।                                                                           aashram1670954048.jpg

Manavsewa Aashram Meet Programme Photo 31670938950.jpg

Manavsewa Aashram Meet Programme Photo 41670938951.jpg

Manavsewa Aashram Meet Programme Photo 81670938955.jpg

Manavsewa Aashram Meet Programme Photo 61670938954.jpg

Manavsewa Aashram Meet Programme Photo 51670938953.jpg

Manavsewa Aashram Meet Programme Photo 71670938954.jpg

भिडियो हेर्नुस् :


प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  १९:२४
प्रतिक्रिया दिनुहोस्
थप विशेष
एक महिनामा आयो एसइइको नतिजा
एक महिनामा आयो एसइइको नतिजा सोमबार, वैशाख २८, २०८३
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित
टर्किस एयरको विमानमा आगलागी, सबै यात्रु सुरक्षित सोमबार, वैशाख २८, २०८३
कोहलपुरमा दुई दिनमा हटाइयो  १ सय ८ घर, टहरा
कोहलपुरमा दुई दिनमा हटाइयो १ सय ८ घर, टहरा सोमबार, वैशाख २८, २०८३
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो
चोरी भएका ६५ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई बुझाइयो आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी आइतबार, वैशाख २७, २०८३
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा शनिबार, वैशाख २६, २०८३
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट
प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट शुक्रबार, वैशाख २५, २०८३
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ शुक्रबार, वैशाख २५, २०८३
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप बिहीबार, वैशाख २४, २०८३
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्