Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • आहा ! कति सुन्दर राप्ती सोनारी-(भिडियो सहित)
आहा ! कति सुन्दर राप्ती सोनारी-(भिडियो सहित)
अर्जुन ओली
अर्जुन ओली सोमबार, पुस ४, २०७९

बाँके(अगैया) : बाँकेको अगैयास्थित राप्ती नदी । प्रकृतिसँग रमाउनेहरुका लागि अहिले यो ठाउँ महत्वपूर्ण गन्तब्य स्थल बनेको छ । राप्ती नदीमा पानीको सतह घटेको छ, तर सफा छ । सिक्टा सिँचाइ आयोजनाका अधिकांस ढोका बन्द छन् ।

केही ढोका खोलेर पानीलाई प्राकृतिक रुपले बग्न दिइएको छ । अधिकांस ढोका बन्द हुँदा राप्ती नदी यतिखेर कुनै ताल जस्तै बनेको छ । हेर्दा लाग्छ, कुनै प्राकृतिक रुपले नै निर्मित ताल हो । राप्ती नदीको यो रमणीय दृश्यले मन आनन्दित हुन्छ ।

राप्तीको सफा पानीभित्र खेलिरहेका विभिन्न प्रजातीका माछा, परिपरी चुरे पहाड र घना जंगलको प्राकृतिक सौन्दर्यता, चरा चुरुङ्गीको मिठो आवाजले जो-कोहीलाई पनि रमाईलो अनुभुति हुन्छ । अर्कोतिर पिकनिक खान टाढा-टाढाबाट आएका युवा युवतीहरु आपसमा रमाईरहेको दृश्यले यहाँ बेग्लै रौनकता दिइरहेको हुन्छ ।

यहाँ नेपालगन्ज, कोहलपुर, दाङ, सल्यान, रोल्पा लगायत ठाउँबाट पिकनिक खान दैनिक रुपमा ठुलो संख्यामा आउने गर्छन् । टाढा-टाढाबाट आएका युवा युवतीहरु राप्ती नदी र वरिपरीको पहाडको रमणीय पृष्ठभुमीलाई साक्षी राखेर सिक्टाको ब्यारेजमा फोटो र सेल्फी खिच्न भ्याई-नभ्याई गर्छन् ।

Rapti Sonari Visit_Dursanchar_21671433959.jpeg

माछाका पारखीहरुका लागि पनि राप्ती सोनारी उत्तम ठाउँ हो । राप्ती नदीकै छेउमा अगैया बजार अवस्थित छ । माछाका पारखीहरु राप्ती सोनारीमा रहेको अगैया बजारमा पुग्छन् अनि माछाको स्वाद चाख्न पाउँछन् । राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ मा पर्ने यो बजारको मुख्य विशेषता भनेको नै राप्तीको माछा हो ।

स्थानीय माछाको स्वाद लिनका लागि पनि यहाँ टाढा-टाढाबाट पनि मानिसहरु आउँछन् । बाँके राष्ट्रिय निकुञ्जसँगै जोडिएको हुँदा राप्ती सोनारी क्षेत्र पर्यापर्यटनका हिसाबले पनि सम्भावना बोकेको ठाउँ मानिएको छ । विश्वकै दुर्लभ वन्यजन्तुहरु बाँके राष्ट्रिय निकुञ्ज अन्तरगत राप्ती सोनारी क्षेत्रका वन, जंगलमा सहजै देख्न सकिन्छ ।

दुर्लभ वन्यजन्तु पाटेबाघको बासस्थान पनि यही राप्ती सोनारीमा रहेको छ । दिन दहाडै राप्ती नदी र मानव बस्ती छेउछाउमा आएर पाटेबाघ घुमिरहेको दृश्य देख्न सकिन्छ । बाघ लगायत अन्य वन्यजन्तुहरु पनि यहाँ प्रशस्त मात्रामा देखिन्छन् । पुर्वपश्चिम राजमार्ग जोडिएको हुँदा यहाँ आउन र जानका लागि सहज मानिन्छ । 

राप्ती सोनारीको वडा नम्बर १ कुसुमदेखी अगैयासम्म राप्ती नदीमा र्याफ्टिङको परिक्षण सफल भइसकेको छ । लुम्बिनी प्रदेश सरकारले यसलाई चाडै कार्यान्वयनमा ल्याउन सकेमा आन्तरिक र बाह्य पर्यटनको पनि प्रचुर सम्भावना देखिन्छ । राप्ती नदीमा गोही लगायत थुप्रै जलचरको बासस्थान रहेको छ ।

अगैयादेखी नजिकै प्रशिद्ध धार्मिक तिर्थस्थल भुवर भवानी मन्दिर छ । यहाँदेखी अर्को धार्मिक स्थल बर्फानी बाबा आश्रम पनि छोटो दुरीमै पर्छ । राप्ती सोनारीमै रहेको रमणीय गाईलेक, खर्चे ताल पनि घुम्न लायक ठाउँ हुन् । समग्रमा राप्ती सोनारी क्षेत्र पर्यटकिय गन्तब्यका रुपमा रहेको ठाउँ हो । संघ, प्रदेश र स्थानीय सरकारले यहाँ अझै केही पर्यटकीय पुर्वाधार निर्माण गर्न आवश्यक छ । अगैयास्थित पिकनिक स्थललाई अझै ब्यवस्थित र फराकिलो बनाउनुपर्छ ।

पिकनिक स्थलमा पर्याप्त मात्रामा शौचालय, खानेपानी, बिद्युत सेवा, गार्डेन जस्ता पुर्वाधार पुर्याउनुपर्ने देखिन्छ । अहिलेसम्म निर्मित भएका संरचनाको संरक्षण र सम्बर्धन गर्न सकेमा राप्ती सोनारीले पर्यटन क्षेत्रमा फड्को नै मार्ने यहाँका स्थानीय बासिन्दाको विश्वास छ । 

Rapti Sonari Visit_Dursanchar_31671433960.jpg

Rapti Sonari Visit_Dursanchar_41671433961.jpeg

Rapti Sonari Visit_Dursanchar_61671433965.jpeg

Rapti Sonari Visit_Dursanchar_51671433965.jpeg

Rapti Sonari Visit_Dursanchar_81671433989.jpeg

Rapti Sonari Visit_Dursanchar_71671433990.jpeg

Rapti Sonari Visit_Dursanchar_91671433993.jpg

Rapti Sonari Visit_Dursanchar_101671433993.jpeg

Rapti Sonari Visit_Dursanchar_121671433996.jpg

Rapti Sonari Visit_Dursanchar_111671433997.jpg

Rapti Sonari Visit_Dursanchar_141671434001.jpeg

Rapti Sonari Visit_Dursanchar_131671434002.jpeg

भिडियो हेर्नुस् :


प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १२:५०
प्रतिक्रिया दिनुहोस्
थप विशेष
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो शुक्रबार, माघ १६, २०८२
सुनको भाउ एकैदिन तोलामा साढे २० हजार बढ्यो
सुनको भाउ एकैदिन तोलामा साढे २० हजार बढ्यो बिहीबार, माघ १५, २०८२
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी नेपालगन्जमा सुरु-(फोटो फिचर)
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी नेपालगन्जमा सुरु-(फोटो फिचर) बुधबार, माघ १४, २०८२
नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी गर्ने तयारी 
नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी गर्ने तयारी  बिहीबार, माघ ८, २०८२
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक बुधबार, माघ ७, २०८२
‘आठौँ प्रादेशिक घरेलु महोत्सव, गायिका सपना र थारु गायक राज कुश्मीको बेजोड प्रस्तुती
‘आठौँ प्रादेशिक घरेलु महोत्सव, गायिका सपना र थारु गायक राज कुश्मीको बेजोड प्रस्तुती बिहीबार, माघ १, २०८२
सिद्धार्थ कटेज नेपालगन्जमा गरिदैँ चौथो ‘मःमः फेस्टिवल’
सिद्धार्थ कटेज नेपालगन्जमा गरिदैँ चौथो ‘मःमः फेस्टिवल’ बुधबार, पुस ३०, २०८२
'आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी'को तयारी पुरा
'आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी'को तयारी पुरा मंगलबार, पुस २९, २०८२
कोहलपुर नगरपालिकाको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा
कोहलपुर नगरपालिकाको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा शुक्रबार, पुस २५, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्