Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
विशेष
  • Home
  • विशेष
  • राप्ती नदीमा निकुञ्जले छाड्यो घडियाल गोही
राप्ती नदीमा निकुञ्जले छाड्यो घडियाल गोही
अर्जुन ओली
अर्जुन ओली बिहीबार, माघ १९, २०७९

बाँके(कुसुम) : बाँके राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्र अन्तरगत पर्ने राप्ती नदीमा ‘दुर्लभ’ घडियाल गोही छाडेको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित बाँसखोली गाउँको नदी किनारमा बिहीबार ८ वटा पोथी र २ वटा भाले गरी १० वटा गोही संरक्षणका लागि छाडिएको हो । 

विश्व सिमसार दिवसको अवसरमा लुम्बिनी प्रदेशका मन्त्री कृष्ण केसी ‘नमुना’, राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाह, निकुञ्जको मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्का, बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारी, राष्ट्रिय प्रकृतिक संरक्षण कोष बर्दियाका प्रमुख डा. रविन कडरिया, नेपाली सेनाका अधिकारी, संरक्षणकर्मी, स्थानीय जनप्रतिनिधी, नागरिक समाजका अगुवा लगायतको उपस्थितीमा नदीमा गोही छाडिएको हो । 

बर्दिया राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा करिव ८ वर्षसम्म हुर्काइएका वयस्क घडियाल गोही बाँके ल्याइएको हो । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भण्डारीले बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत शाहलाई औपचारिक रुपमा गोही हस्तान्तरण गरेका थिए । 

नदीमा गोही छाड्दै लुम्बिनी प्रदेशका मन्त्री केसीले घडियाल गोहीको संरक्षणसँगै पर्यटकलाई भित्र्याउने खालका कार्यक्रम ल्याउनुपर्ने बताइन् । ‘निकुञ्जको माध्यमबाट सिमसार क्षेत्रको कसरी संरक्षण गर्न सक्छौं, यहाँ घडियाल गोहीलाई हेर्ने निहुँमा पर्यटकलाई कसरी भित्र्याउन सक्छौं, यसतर्फ ध्यान पुर्याउन जरुरी छ,’ केसीले भनिन् । 

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत शाहले प्रकृति संरक्षणमा जोड दिदै घडियाल गोहीलाई प्राकृतिक बासस्थानमा ल्याएर छाडिएको बताए । गोही दुई प्रजातीको हुने जानकारी दिदै घडियाल गोही शान्त स्वभावको हुने बताए । ‘मगर प्रजातीको गोही भन्दा यो एकदमै शान्त स्वभावको हुन्छ, यसले मान्छेलाई आक्रमण गर्दैन, यसको आहारा नै माछा हो, सफा पानीमा मात्र यो बस्न रुचाउँछ,’ उनले भने ।

संरक्षित सूचीमा रहेको जन्तुका रुपमा रहेको घडियाल गोहीको शिकार गरेमा वा मारेको ठहर भएमा १ लाखदेखी ५ लाख सम्म जरिवाना वा एक वर्षदेखी १० वर्षसम्म कैद वा दुबै सजाय हुने ब्यवस्था रहेको बताए । ‘नदीमा आश्रिमत हुने समुदायका लागि नियम संगत रुपमा हामीले लाइसेन्स दिएका छौं, तर उनीहरु बल्छी लिएर मात्रै माछा मार्न पाउँछन्, नदीमा जाल प्रयोग गर्न पाउँदैनन,’ उनले भने ‘यदी जाल प्रयोग गरियो भने घडियाल संरक्षणमा बाधा पुग्नेछ ।’

राप्ती सोनारी गाउँपालिका अध्यक्ष पौडेलले राप्ती सोनारीको समृद्धि र विकासका निम्ति पर्यटनलाई जोड्न जरुरी रहेको बताए । उनले भने, ‘हामी सबैको सहकार्यबाट संरक्षणका सवालमा अगाडी बढ्न जरुरी छ, नदीमा आश्रित समुदायको जिविकोपार्जन र संरक्षणको अभियान हासिल गर्न सकिन्छ ।’

Gohi Photo 51675340961.jpg

Gohi Photo 21675340874.jpg

Gohi Photo1675340876.jpg

Gohi Photo 31675340875.jpg


प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १८:१२
प्रतिक्रिया दिनुहोस्
थप विशेष
राष्ट्र बैंकको आग्रह, 'तिहार बिदामा पनि बैंकिङ सेवा दिनु'
राष्ट्र बैंकको आग्रह, 'तिहार बिदामा पनि बैंकिङ सेवा दिनु' शनिबार, कात्तिक १, २०८२
भोटेकोशीको १९ करोड रूपैयाँ बराबरको १० प्रतिशत सेयर जेनजीका नाममा एउटा समूहले लियो
भोटेकोशीको १९ करोड रूपैयाँ बराबरको १० प्रतिशत सेयर जेनजीका नाममा एउटा समूहले लियो सोमबार, असोज २७, २०८२
सेयर बजारमा भारी गिरावट, कारोबार बढ्यो
सेयर बजारमा भारी गिरावट, कारोबार बढ्यो आइतबार, असोज २६, २०८२
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप  शनिबार, असोज २५, २०८२
बाँकेमा दुई करोडभन्दा बढीका खसीबोका बिक्री
बाँकेमा दुई करोडभन्दा बढीका खसीबोका बिक्री बुधबार, असोज २२, २०८२
जलविद्युत आयोजनामा क्षति भएसँगै शेयर मूल्यम गिरावट
जलविद्युत आयोजनामा क्षति भएसँगै शेयर मूल्यम गिरावट बुधबार, असोज २२, २०८२
अन्तिम समयमा सर्‍यो निगमको भैरहवा-काठमाडौंको चार्टर्ड फ्लाइट
अन्तिम समयमा सर्‍यो निगमको भैरहवा-काठमाडौंको चार्टर्ड फ्लाइट आइतबार, असोज १९, २०८२
लुम्बिनीमा शहरीकरणसँगै बढ्दो जनघनत्व 
लुम्बिनीमा शहरीकरणसँगै बढ्दो जनघनत्व  शनिबार, असोज ११, २०८२
अर्थ मन्त्रालयका सबै टिप्पणी आजदेखि डिजिटल स्वीकृतिबाट
अर्थ मन्त्रालयका सबै टिप्पणी आजदेखि डिजिटल स्वीकृतिबाट शुक्रबार, असोज १०, २०८२
लोकप्रीय
  • Week
  • Month
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्