Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • महिलाले उत्पादन गरेका बस्तु प्रवर्द्धन गर्न प्रदेश स्तरिय प्रर्दशनी गरिने
महिलाले उत्पादन गरेका बस्तु प्रवर्द्धन गर्न प्रदेश स्तरिय प्रर्दशनी गरिने ‘महिलाभित्र भएको सिपलाई बाहिर ल्याउन प्रर्दशनी महत्वपूर्ण हुन्छ' : भवानी राणा
दूरसञ्‍चार
दूरसञ्‍चार बुधबार, फागुन ३, २०७९

नेपालगन्ज : नेपालगन्जमा ‘लुम्बिनी प्रदेश स्तरिय’ महिला उद्यम प्रर्दशनी गरिने भएको छ । महिला उद्यमीले उत्पादन गरेका बस्तुको प्रवर्द्धन तथा बजारीकरण गर्नका लागि यही फागुन ५ गतेदेखी ९ गतेसम्म छैटौं संस्करण गर्न लागिएको हो ।

आयोजक महिला उद्यमी संघ नेपाल बाँकेले बुधबार नेपालगन्जमा पत्रकार सम्मेलन गरेर प्रदर्शनीबारे जानकारी दिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित बागेश्वरी मन्दिरको चिल्ड्रेन पार्कमा प्रर्दशनी सञ्चालन हुने संयोजक सावित्री बस्नेतले जानकारी दिइन्  ।

उनका अनुसार प्रदर्शनीको लुम्बिनी प्रदेशकी आन्तरिक मामिला, कानुन तथा  सहकारी मन्त्री कृष्णा केसी ‘नमुना’ ले उद्घाटन गर्ने छिन् । उक्त प्रर्दशनीमा बाँकेसहित पाल्पा, रुपन्देही, कपिलवस्तु, रोल्पा, प्युठान, रुकुम, दाङ्ग, बर्दिया र सुर्खेतका महिला उद्यमीले उत्पादन गरेका वस्तुहरु प्रर्दशनीमा राखिने उनले बताइन् ।

Mahila Udhami Press meet 21676465951.jpg

महिला उद्यमीले उत्पादन गरेका थाकलका हाते ब्याग, साँस्कृतिक पहिचान झल्किने पोशाक, प्लाष्टिकको विकल्पमा वातावरणमैत्री सालको पातको टपरी, स्थानीय उद्योगीद्धारा तपार पारिएको छालाको जुत्ता चप्पल, महिला सहकारीद्धारा सञ्चालित बेसार खेतीको उत्पादन, कला साहित्य, चाडपर्वमा पाईने र बनाइने नेपाली साँस्कृतिक परिकारको उत्पादन, लसुन र टिमुरको अचार छोप मेलाको आर्कषण रहेको आयोजकले जनाएको छ ।

संयोजक बस्नेतका अनुसार नव उद्यमी उत्पादन गर्न बिद्यार्थीहरुलाई बिक्री वितरण गर्न सिकाउन बिद्यार्थीको स्टल समेत राखिनेछ । प्रर्दशनीमा सानो लगानीबाट महिला उद्यमी बन्न सफल महिला उद्यमीहरुलाई सम्मान गरिने संयोजक बस्नेतले बताइन् ।

२०६० सालमा स्थापना भएको संघमा ६२ जना महिला उद्यमीहरु सदस्य छन् । संघले २०७२ सालदेखी प्रर्दशनी गर्न थालेको हो । संघ बाँकेका अध्यक्ष निरुपमा रस्तोगीले महिला उद्यमीहरुको सिप प्रर्दशन र उत्पादित बस्तु बजारीकरण गर्नका लागि प्रदर्शनी गर्न लागिएको बताईन् । 

‘यो हाम्रो छैटौं संस्करण हो,’ उनले भनिन् ‘प्रर्दशनीमार्फत महिलाको उत्पादनलाई प्रवर्द्धन गर्नु हो ।’ नेपालगन्ज उपमहानगरपालिका कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय बाँकेको आर्थिक सहयोगमा गरिने उक्त प्रर्दशनीमा ५० भन्दा बढी स्टल रहने भएका छन् । 

पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका निर्वतमान केन्द्रिय अध्यक्ष भवानी राणाले महिलाभित्र धेरै सिप भएपनि त्यसलाई बाहिर ल्याउन नसकेको बताइन् । ‘महिलाभित्र भएको सिपलाई बाहिर ल्याउनमा यस्तो प्रर्दशनी महत्वपूर्ण हुन्छ,’ उनले भनिन् । 

बाँकेका महिला उद्यमीले उत्पादन गरेका बस्तुको काठमाडौंमा धेरै माग भइरहेको राणाले बताइन् । ‘नेपाली महिला उद्यमीले उत्पादन गरेका केही सामानहरु थाईल्याण्डसम्म पुर्याउने गरिएको छ, विदेशमा समेत माग बढेको छ,’ राणाले भनिन् । महिलाले उत्पादन गरेका सामाग्रीको बजारीकरण गर्न ठुलो समस्या रहेको उनको भनाई छ । 

संघका केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्मा पराजुलीले महिलाले उत्पादन गरेका बस्तुको राम्ररी बजारीकरण हुन नसकेको बताइन् । महिला उद्यमीको उत्पादन बजारीकरण गर्नकै लागि संघले हरेक वर्ष प्रर्दशनी गर्दै आएको उनले जोड दिइन् । पत्रकार सम्मेलनमा नेपालगन्ज उपमहानगरपालिकाका निर्वतमान उपमेयर उमा थापामगर, महिला उद्यमी संघका पदाधिकारी तथा सदस्यहरु लगायतको सहभागिता रहेको थियो । 


प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १८:४२
प्रतिक्रिया दिनुहोस्
थप विशेष
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो
सुन आज २० हजार ५ सयले ओरालो लाग्यो शुक्रबार, माघ १६, २०८२
सुनको भाउ एकैदिन तोलामा साढे २० हजार बढ्यो
सुनको भाउ एकैदिन तोलामा साढे २० हजार बढ्यो बिहीबार, माघ १५, २०८२
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी नेपालगन्जमा सुरु-(फोटो फिचर)
दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी नेपालगन्जमा सुरु-(फोटो फिचर) बुधबार, माघ १४, २०८२
नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी गर्ने तयारी 
नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी गर्ने तयारी  बिहीबार, माघ ८, २०८२
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक
नेपालगन्ज महोत्सवमा कलाकारको बेजोड प्रस्तुती, झुमे दर्शक बुधबार, माघ ७, २०८२
‘आठौँ प्रादेशिक घरेलु महोत्सव, गायिका सपना र थारु गायक राज कुश्मीको बेजोड प्रस्तुती
‘आठौँ प्रादेशिक घरेलु महोत्सव, गायिका सपना र थारु गायक राज कुश्मीको बेजोड प्रस्तुती बिहीबार, माघ १, २०८२
सिद्धार्थ कटेज नेपालगन्जमा गरिदैँ चौथो ‘मःमः फेस्टिवल’
सिद्धार्थ कटेज नेपालगन्जमा गरिदैँ चौथो ‘मःमः फेस्टिवल’ बुधबार, पुस ३०, २०८२
'आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी'को तयारी पुरा
'आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी'को तयारी पुरा मंगलबार, पुस २९, २०८२
कोहलपुर नगरपालिकाको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा
कोहलपुर नगरपालिकाको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा शुक्रबार, पुस २५, २०८२
लोकप्रीय
  • Week
  • Month
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
एमाले नेता धितालले बाँकेका सिडिओलाई दिए धम्की
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
बाँकेमा मतदान शान्तिपूर्ण सकियो, कति प्रतिशत मत खस्यो ?
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
निर्वाचनको सम्पूर्ण तयारी पूरा, मतदानको ब्यग्र प्रतिक्षामा मतदाता-(फोटो फिचर)
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
जाँचबुझ आयोगले बुझायो सरकारलाई प्रतिवेदन
बाँके २ मा एमालेका राई निर्वाचित 
बाँके २ मा एमालेका राई निर्वाचित 
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
शुधान्सु कोइरालालाई उम्मेदवार यादवको समर्थन
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन शुधान्सुलाई मतदाताको सुझाव
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
भुजइँगाउँमा सुधान्शु पुग्दा मतदाता उत्साहित
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
बाँके क्षेत्र नम्बर २ मा भोलि कांग्रेसको बृहत मोटरसाईकल र्याली
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
घर दैलो तथा टोल भेटघाटमार्फत प्रचार-प्रसार तीब्र बनाउँदै पुन
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्