Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
Search Here
विशेष
  • Home
  • विशेष
  • ‘क्याम्पसमा बिद्यार्थीका तमाम समस्यालाई उठान गर्नेछु’
‘क्याम्पसमा बिद्यार्थीका तमाम समस्यालाई उठान गर्नेछु’
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, फागुन २९, २०७९

टिकाकुमारी शाही
अध्यक्ष पदको उम्मेदवार
मध्यपश्चिम बिश्व बिद्यालयको आंगिक क्याम्पस बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनको तयारी तिब्र रुपले अगाडी बढेको छ । आगामी चैत ३ गते हुन लागेको निर्वाचनमा नेपाल बिद्यार्थी संघको तर्फबाट टिकाकुमारी शाहीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी छन् । निर्वाचनका सन्दर्भमा अध्यक्ष पदका उम्मेदवार शाहीसँग दूरसञ्चार डटकमका लागि गरिएको संवाद :-

स्ववियु निर्वाचनमा तपाईको उम्मेदवारी किन ?
म बागेश्वरी क्याम्पस मात्र होइन अन्य विश्व विद्यालयका स्ववियु सभापतिको उम्मेदवार मध्य छात्रा उम्मेदवार एक्लो हुँ । म बिगत चार वर्षदेखि बागेश्वरी बहुमुखी क्याम्पसमा विद्यार्थीहरुको हकहित मात्र होईन, बुलन्द आवाज उठाउँदै आएकी छु ।

निर्वाचन नजिक आउँदै गर्दा कत्तिको ब्यस्तता बढेको छ ?
निर्वाचनको बेलामा मात्र नभएर अरु समयमा पनि म बिद्यार्थीका हिकहितका निम्ति ब्यस्त भएकै हुन्छु । चुनाव आईसकेपछि ब्यस्त हुनु स्वभाविक कुरा हो । म सबै साथीहरुलाई भेटेर आफ्ना कुरा राख्ने कोसिस गरिरहेकी छु । 

बिद्यार्थी आन्दोलनमा तपाईको अनुभव कस्तो छ ?
बिद्यार्थीहरुका विविध समस्याहरुको उठान गर्ने मेरो जिम्मेवारी हो । मैले विगतमा पनि यस खालका आवाजलाई बुलन्द गर्दै आएको सबैलाई जानकारी नै छ । त्यसमा पनि अन्य संगठनका मेरा प्रतिस्पर्धामा उत्रनु भएका साथीहरुको सामु म अब्बल छु । मैले धेरै कुराम संघर्ष गर्दै आएकी छु । छात्रा शौचालयका कुरा, सेनेटरी प्याडका समस्या, पुस्तकालयका समस्या मात्र होइन आम छात्राहरुको लागि क्याम्पसमा देखिने समस्याको उठान गर्ने जिम्मेवार मेरो हो र गर्छु यो मेरो अठोट पनि हो । त्यसमा पनि छात्र दाजु भाईका पनि तमाम समस्यालाई उठान गरेर साझा मुद्दालाई उठाई क्याम्पस प्रशासनसँग राम्रो कुरामा सहयोग र नराम्रो कुरामा खबरदारी गर्ने मेरो प्रतिबद्धता छ ।

निर्वाचनमा होमिदै गर्दा तपाईले बिद्यार्थीमाझ के, कस्ता एजेण्डा प्रस्तुत गर्नु भएको छ ?
आम विद्यार्थीको माझ घुलमिल भएको र सबैको साथ र सहयोग पाएकी छु । त्यसमा पनि हाम्रो क्याम्पसमा ७०÷८० प्रतिशत छात्रा संख्या छ त्यसकारण छात्राका समस्या र आवाजलाई उठान गरेर हरेक समस्यालाई समाधान गर्दै मध्यपश्चिम विश्व विद्यालयको बाँके जिल्लामा एक मात्र आंगिक क्याम्पस भएकाले यसको स्तर उन्नती गर्न, क्याम्पसमा देखिएका समस्याको समधान गर्न शैक्षिक उन्नयनको लागि पहल गर्न, विद्यार्थी छात्राबासको व्यवस्था गर्न र आम विद्यार्थीको लागि छुट्टाएको छात्रबृत्ति लाई सबैको पहुँचमा ल्याउने र व्यवस्थित गर्न मेरो उम्मेदवारी हो  त्यसकारण मलाई मतदान गर्ने आधार यी नै हुन् । म उम्मेदवार हुदै गर्दा मैले क्याम्पसमा बिद्यार्थीका तमाम समस्यालाई उठान गर्नेछु ।

अन्त्यमा, तपाई निर्वाचित हुनु भयो भने क्याम्पसको के-के कुरामा सुधार ल्याउनु हुन्छ ?
म स्ववियु सभापति होइन कि आम बिद्यार्थी साथीहरू लगायत क्याम्पस प्रशासनको अगाडी स्वयं सेवक भएर काम गर्ने मेरो प्रण छ । मैले जिते भने सर्बप्रथम म छात्राबास निर्माणको पहल गर्नेछु । अव्यवस्थित छात्रबृत्ति वितरणलाई व्यवस्थित र समयमा पाउने वातावरण निर्माण गर्ने, हरेक संकायका समस्यालाई केलाएर अल्पकालिन मध्येकालिन र दीर्घकालिन योजना तयार गरी काम गर्ने प्रशासनसँग हातेमालो गर्दै आम विद्यार्थीका समस्या समाधान गर्ने, स्थानीय सरकारसँग समन्वय गरि क्याम्पसमा आर्थिक जोहो गर्ने, क्याम्पसमा दुर्गमबाट अध्ययन गर्न आएका विद्यार्थी साथीहरूका समस्या केलाउने र तुरुन्त समस्या समधान गर्न पहल गर्नेछु ।


 


प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १०:३२
प्रतिक्रिया दिनुहोस्
थप विशेष
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' शनिबार, फागुन १६, २०८२
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' मंगलबार, फागुन ५, २०८२
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' शनिबार, साउन १०, २०८२
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ बिहीबार, साउन ८, २०८२
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ बुधबार, साउन ७, २०८२
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’
‘बैजनाथ गाउँपालिकालाई समृद्धिसँग जोड्दैछौं’ सोमबार, साउन ५, २०८२
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’
‘सबैको सहयोगले राप्ती सोनारीको समृद्धि र विकास हुन्छ’ शनिबार, साउन ३, २०८२
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’
‘जनप्रतिनिधि र कर्मचारीको बीचमा समन्वय हुन अत्यन्तै आवश्यक छ’ शनिबार, साउन १९, २०८१
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’
‘स्थानीय सरकारसँग जनताको आशा र अपेक्षा धेरै छ’ शुक्रबार, साउन १८, २०८१
लोकप्रीय
  • Week
  • Month
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
मेयर बिष्टले स्वच्छाचारी ढंगले डोजर चलाएको जय बागेश्वरीको आरोप
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
बर्दिया बढैयातालको टेसनपुरलाई बनाइँदै नमुना गाउँ
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
सञ्चार मन्त्रालय अन्तरगतका पदाधिकारी स्वतः पदमुक्त
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
'जग्गा प्रशासन' सम्बन्धी सेवा दिन राप्ती सोनारी छनोटमा
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
सार्वजनिक जवाफदेहिता बढाउन नागरिक समाज, पत्रकार र सरोकारवालालाई प्रशिक्षण
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
खजुरा गोल्डकप : उद्घाटन खेलमा गोर्खा ब्वाइज र संकटाबीच हुने
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
रणबम गण र राप्ती सोनारीको निःशुल्क स्वास्थ्य शिविर 
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
प्रथम खजुरा गोल्डकपमा सेमिफाइनल समिकरण पूरा
मेरो कथा
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन
असत्यका विरुद्ध खरो रुपमा उत्रने कमरुद्धिन दूरसञ्‍चार
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
अन्तर्वार्ता
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ'
'बाँकेका तीनै उम्मेदवार निर्विवादित, निष्कलंक र सरल व्यक्तित्व हुनुहुन्छ' दूरसञ्‍चार
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन'
'मतदाताले मलाई जिताउनुहुन्छ, मैले यहाँहरुको भरोसा टुट्न दिने छैन' दूरसञ्‍चार
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधि सभा निर्वाचन-२०८२
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2026 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्