Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
विशेष
  • Home
  • विशेष
  • यस्तो बन्दैछ नेपालगन्जमा 'अत्याधुनिक’ टर्मिनल भवन
यस्तो बन्दैछ नेपालगन्जमा 'अत्याधुनिक’ टर्मिनल भवन टर्मिनल भवन बनेपछि अन्तराष्ट्रिय उडानमा थप बल पुग्ने पर्यटन ब्यवसायीको विश्वास 
दूरसञ्‍चार
दूरसञ्‍चार सोमबार, जेठ १, २०८०

नेपालगन्ज : नेपालगन्ज बिमानस्थल कार्यालय परिसरमा ‘अत्याधुनिक टर्मिनल भवन’ निर्माण कार्य चलिरहेको छ । बिमानस्थल कार्यालयको २० वर्षे गुरुयोजना अनुसार करिव ३ अर्ब रुपैयाँको लागतमा अत्याधुनिक टर्मिनल भवनसहित रनवे, पार्किङ एरिया लगायत पुर्वाधार निर्माण कार्य सुरु भएको हो ।

 उक्त निर्माण कार्यका लागि ‘शर्मा एण्ड कम्पनी’ ले ठेक्का सम्झौता गरेर काम अगाडी बढाइरहेको छ ।  ठेकेदार कम्पनीका अनुसार अत्याधुनिक टर्मिनल भवनको काम सन् २०२२ डिसेम्बर १६ बाट सुरु भएर २०२५ डिसेम्बर १५ मा सम्पन्न गरिनेछ ।

टर्मिनल भवनसँगै मापदण्डअनुसार भन्सार, अध्यागमन, क्वारेन्टाइन सहित आन्तरिक र अन्तराष्ट्रिय दुबै किसिमका हवाई उडानका लागि निर्माण हुने सम्बद्ध अधिकारीले बताएका छन् । नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले नेपालगन्ज बिमानस्थलको गुरुयोजना अनुसार अत्याधुनिक टर्मिनल भवनसहित भौतिक पुर्वाधारका कामहरु भइरहेको बताएका छन् ।

‘गुरुयोजना अनुसार नै नेपालगन्जमा टर्मिनल भवन निर्माण कार्य चलिरहेको छ, हामीले नेपालगन्ज बिमानस्थलको रनवे १८ सय मिटर पुर्यायौं, अझै ७ सय मिटर रनवे थप्नुपर्नेछ, यो सबै काम गुरुयोजना अनुसार भएको हो,’ उनी भन्छन् । गुरुयोजना अनुसार टर्मिनल भवन करिव ८ हजार वर्गफिट स्क्वायरमा निर्माण गर्न लागिएको महानिर्देशक अधिकारीले सुनाए ।

ठेकेदार कम्पनीका प्रतिनिधी सौरभ शर्मा दुई तल्ला सहितको अत्याधुनिक टर्मिनल भवन निर्माणको काम तोकिएको समय अगाडी नै सम्पन्न गर्ने बताउँछन् । ‘आगामी भदौं महिनासम्म स्टकचरको काम सम्पन्न गर्ने र त्यसपछि त्यसपछि फिनिसिङको काम गर्न हामीलाई एक/डेढ वर्ष जति लाग्न सक्छ, तोकिएको समयभन्दा ५/६ महिना अगाडी विमानस्थल कार्यालयलाई भवन हस्तान्तरण गरिसक्ने हाम्रो लक्ष्य छ,’ उनी भन्छन् ।

केही समयअघि निर्माण सामाग्रीको अभाव सिर्जना भएपनि अहिले करिव एक चौथाई जति निर्माण सामाग्री ‘स्टक’ राखिएको शर्माले बताए । निर्माणाधिन टर्मिनल भवनको सँस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराती सहित उच्च अधिकारीले गत फागुनमा स्थलगत निरीक्षण गरेका थिए । त्यस क्रममा मन्त्री किरातीले निर्माण कम्पनीलाई तोकिएको समयभित्र काम सम्पन्न निर्देशन दिदै गुरुयोजना अनुसार काम सम्पन्न भएपछि नेपालगन्ज बिमानस्थलबाट अन्र्तराष्ट्रिय उडान गर्न बाटो खुल्ने बताएका थिए । 

अत्याधुनिक टर्मिनल भवन बनेपछि नेपालगन्जबाट अन्तराष्ट्रिय उडानमा थप बल पुग्ने यहाँका पर्यटन ब्यवसायीले विश्वास गरेका छन् । निर्माण कार्य गर्दा गुणस्तरमा ध्यान दिनुपर्ने उनीहरुको सुझाव छ । पर्यटन ब्यवसायीको संस्था नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देलले नेपालगन्ज-दिल्ली सिधा हवाई उडान गर्ने विषयमा पटक पटक आवाज उठाउँदै आएको र अत्याधुनिक टर्मिनल भवन बनेपछि सहज हुने बताए ।

‘नेपालगन्ज बिमानस्थलको स्तरोन्नती हुन आवश्यक थियो, जसरी अत्याधुनिक टर्मिनल भवन बन्दैछ, यसले नेपालगन्जलाई अन्तराष्ट्रिय उडानसँग जोड्न मद्धत गर्नेछ ।’ नाट्टाकै अगुवाईमा नेपालगन्ज-पोखरा उडान सुरु गरिएको थियो । त्यसपछि बुद्ध एयरले आफ्नो नियमित तालिका अनुसार उडान भर्दै आएको छ । 


प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १४:०५
प्रतिक्रिया दिनुहोस्
थप विशेष
राष्ट्र बैंकको आग्रह, 'तिहार बिदामा पनि बैंकिङ सेवा दिनु'
राष्ट्र बैंकको आग्रह, 'तिहार बिदामा पनि बैंकिङ सेवा दिनु' शनिबार, कात्तिक १, २०८२
भोटेकोशीको १९ करोड रूपैयाँ बराबरको १० प्रतिशत सेयर जेनजीका नाममा एउटा समूहले लियो
भोटेकोशीको १९ करोड रूपैयाँ बराबरको १० प्रतिशत सेयर जेनजीका नाममा एउटा समूहले लियो सोमबार, असोज २७, २०८२
सेयर बजारमा भारी गिरावट, कारोबार बढ्यो
सेयर बजारमा भारी गिरावट, कारोबार बढ्यो आइतबार, असोज २६, २०८२
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप  शनिबार, असोज २५, २०८२
बाँकेमा दुई करोडभन्दा बढीका खसीबोका बिक्री
बाँकेमा दुई करोडभन्दा बढीका खसीबोका बिक्री बुधबार, असोज २२, २०८२
जलविद्युत आयोजनामा क्षति भएसँगै शेयर मूल्यम गिरावट
जलविद्युत आयोजनामा क्षति भएसँगै शेयर मूल्यम गिरावट बुधबार, असोज २२, २०८२
अन्तिम समयमा सर्‍यो निगमको भैरहवा-काठमाडौंको चार्टर्ड फ्लाइट
अन्तिम समयमा सर्‍यो निगमको भैरहवा-काठमाडौंको चार्टर्ड फ्लाइट आइतबार, असोज १९, २०८२
लुम्बिनीमा शहरीकरणसँगै बढ्दो जनघनत्व 
लुम्बिनीमा शहरीकरणसँगै बढ्दो जनघनत्व  शनिबार, असोज ११, २०८२
अर्थ मन्त्रालयका सबै टिप्पणी आजदेखि डिजिटल स्वीकृतिबाट
अर्थ मन्त्रालयका सबै टिप्पणी आजदेखि डिजिटल स्वीकृतिबाट शुक्रबार, असोज १०, २०८२
लोकप्रीय
  • Week
  • Month
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो
बाघले आक्रमण गर्दा बाँकेमा पुरुषको ज्यान गयो
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'युएनभी' सिसी क्यामेरा प्रयोगबारे नेपालगन्जमा वर्कसप 
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
'प्रतिनिधि सभा विघटन गर्नु नै महाभुल' : राष्ट्रिय सभा सदस्य शर्मा
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
सुर्खेती समाज बाँके र नेपालगन्ज नेशनल हस्पिटलबीच सम्झौता
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
जेन–जी आन्दोलनबाट क्षतिग्रस्त कार्यालयलाई बैजनाथ गाउँपालिकाको सहयोग
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
होटल सिटी प्यालेसमा जब सुरु भयो, ‘नेपालगन्ज सांस्कृतिक सन्ध्या’  
मेरो कथा
बिरामीको उपचारमा रमाउने डाक्टर
बिरामीको उपचारमा रमाउने डाक्टर अर्जुन ओली
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
अन्तर्वार्ता
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ'
'हाम्रा हरेक सूचनालाई जनता समक्ष सार्वजनिक गर्छौ' दूरसञ्‍चार
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’
‘कठिनाईलाई छिचोल्दै जिम्मेवारी सम्हालिरहेकी छु’ दूरसञ्‍चार
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’
‘राप्ती सोनारीमा विधी, प्रक्रिया र पद्धति अपनाएर काम गरिराखेका छौं’ दूरसञ्‍चार
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्