Top Navigation
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापन
  • हाम्रो टीम
  • युनिकोड
Dursanchar: News Portal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • अन्य
    • यात्रा
    • दूरसञ्‍चार खोज
    • कला/साहित्य
    • अन्तर्वार्ता
    • विचार
    • ब्लग
    • दूरसञ्‍चार टिभी
    • प्रविधी
    • पाठक विचार
    • रोचक समाचार
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
Search Here
समाज
  • Home
  • समाज
  • सरसफाइकर्मीको सुरक्षा र मर्यादामा गम्भीर हुन आग्रह
सरसफाइकर्मीको सुरक्षा र मर्यादामा गम्भीर हुन आग्रह
दूरसञ्‍चार
दूरसञ्‍चार बिहीबार, असोज ४, २०८०
बाल्मिकी समुदायले भोग्नु परेका समस्याबारे जानकारी दिदै बाल्मिकी समाज बाँकेका अध्यक्ष जगदिश बाल्मिकी ।

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकामा सरसफाइ व्यवस्थापनमा ६ सय भन्दा बढी व्यक्तिहरु आवद्ध रहेतापनि उनीहरुको सुरक्षा र मर्यादाको विषयगम्भीर रहेको एक अध्ययनले देखाएको छ ।  ‘एशिया प्रशान्त क्षेत्रमा सरसफाइमा सबैको पहुँच अभिबृद्धि’ कार्यक्रमअन्तर्गत एशियाली विकास बैंक (एडिबी)ले गरेको अध्ययनले यो खुलासा गरेको हो ।

सेप्टिक ट्यांक सफाइ, शौचालयहरुको व्यवस्थापन र सञ्चालन तथा ढल प्रणालीको मर्मत सम्भार तथा दिसाजन्य लेदो व्यवस्थापनमा उपमहानगरपालिकाका बाल्मिकी समुदायको सेवामा निर्भर रहेको देखिएको छ । 

एडिबीले उपमहानगरभित्रका १ सय ६२ सरसफाइकर्मीमा गरेको सर्वेक्षणको नतिजा सार्वजनिक गर्दै बैंकका परामर्शदाता समाजशास्त्री दिपक पाण्डेले भने, ‘दिसाजन्य लेदो व्यवस्थापनमा सामेल कामदारमध्ये ८० प्रतिशत बाल्मिकी समुदायका पाइएको छ । 

पत्रकारहरुलाई अध्ययनबारे जानकारी दिन नेपालगन्जमा आयोजित कार्यक्रममा बोल्दै उनले सरसफाइकर्मीहरुको सुरक्षाका लागि गम्भीर कदम उठाउनुपर्ने आवश्यकता औंल्याए । ‘नगरको सरसफाइमा लाग्ने कर्मचारीहरूलाई सामाजिक रुपमा हेर्ने दृष्टिकोणमा पनि विभेद छ,’ उनले भने । अध्ययनका क्रममा सरसफाइजन्य कार्यको ४७ प्रतिशत हिस्सा दलित समुदायको देखिएको छ ।

त्यसैगरी अधिकांश सफाइकर्मीहरू दैनिक ज्यालादारी कामदारको रुपमा कार्यरत छन्, जसले गर्दा उनीहरुको पारिवारिक र सामाजिक सुरक्षाको अवस्था दयनीय देखिएको छ ।अध्ययनले करिब ८३ प्रतिशत कामदारहरु करार सम्झौता वा नियुक्तीपत्र विना नै काम गरिरहेको देखाएको छ ।

Sarsafai1695304433.jpg

यस्तो काममा सम्लग्न व्यक्तिहरू मध्ये ६१ प्रतिशतको आम्दानी १५ हजार भन्दाकम छ, जुन सरकारले निर्धारण गरेको न्यूनतम ज्यालाभन्दा पनि कम रकम हो । यस्तो रकम पनि उनीहरुले काम गर्न नसकेको दिनमा नपाउने गरेको देखिएको छ । 

परियोजना अन्तर्गत कामदारहरुको अवस्था सुधार गर्नका लागि विभिन्न पहलहरु बढाइएको जानकारी आयोजकहरुले दिएका छन् । यस क्रममा कामदार मैत्रीप्रविधिको विकासका लागि नविनतम सोच भएका कम्पनीहरुको छनौट गरिएको र सफाइकर्मीको काममा सहयोगी हुने यन्त्रहरुको विकासमा चारवटा कम्पनी छनौट भई कार्य गरिरहेको परियोजनाका सामाजिक इन्जिनियर डा. शंकर ढकालले बताए ।

‘प्रविधिको विकास गरी कामदारहरुको कामलाई सहज बनाउन सक्यौं भने उनीहरुको समाजमा मर्यादा बढाउन सकिन्छ,’ उनले भने । सफाइकर्मीहरुको अवस्था र सामाजिक सोचमा व्यापक सुधारको आवश्यकतालाई मध्यनजर गरी आयोजनाले एकीकृत विकास समाज नेपाल र नेपाल वातावरण पत्रकार समूह मार्फत ब्यवहार परिवर्तन सम्बन्धी सचेतना अभियान सुरु गरेको छ ।

यस क्रममा विभिन्न प्रचारात्मक कार्यहरू मार्फत सरसफाइकर्मीहरूको आवश्यकता र उनीहरू प्रतिको सामाजिक दृष्टिकोणलाई सकारात्मक मोड दिनपहल अघि बढाइने परियोजनाका टिम लिडर निमेष रेग्मीले बताए ।  नगरका सरसफाइकर्मीको अवस्था सम्बन्धी अध्ययनसँगै परियोजनाले नेपाल सरकारका लागि केही सुझावहरु पनि दिएको छ ।

जस अन्तर्गत नगर स्तरीय नीतितयार गरी सरसफाइ कर्मचारीलाई व्यवस्थित र मर्यादित गर्ने, दिसाजन्य लेदो व्यवस्थापनमा पेसाजन्य सुरक्षाका प्रावधानहरुमा ध्यान दिने, वास शाखा गठन गर्ने, दिसाजन्य लेदोको व्यवस्थापनका लागि व्यवस्थापन केन्द्र स्थापना गर्ने, यस्तो सेवा प्रदायकहरुलाई सूचीकृत गरी परिचयपत्र उपलब्ध गराउने, कामदारहरुलाई पेसागत जोखिम सम्बन्धी तालिमको व्यवस्था गर्ने, प्रविधिको प्रयोग तथा स्वास्थ्य उपचार लगायतका सुझावहरु रहेका छन् ।

नेपालका दुई नगरहरु भरतपुर र नेपालगन्जमा नमूनाको रुपमा अघि बढाइएको परियोजनाले दुबै नगरहरुलाई सरसफाइ व्यवस्थापनमा सघाउने लक्ष्य लिइएको छ । परियोजनाबाट आएका सिकाइलाई आधार बनाउँदै नेपाल सरकारलाई आवश्यक नीतिगत र कानुनी व्यवस्था सुधारका लागि सिफारिस गरिने आयोजकहरुले जनाएको छ । 

उक्त कार्यक्रममा बाल्मिकी समाजका अध्यक्ष जगदीश बाल्मिकी, सफाई कामदारहरु मालती बाल्मिकी, माया बाल्मिकी र माया तामाङले सफाइकर्मीका समस्याका बारेमा पत्रकारहरुलाई जानकारी गराएका थिए । 


प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १९:३६
प्रतिक्रिया दिनुहोस्
थप समाज
मृतकका आफन्तले कुसुममा पुनः गरे सडक अवरुद्ध,  रोकिए सयौं सवारी साधन
मृतकका आफन्तले कुसुममा पुनः गरे सडक अवरुद्ध, रोकिए सयौं सवारी साधन बिहीबार, वैशाख २५, २०८२
विद्युत प्रसारण लाईन बस्तीमाथि परेको भन्दै बानियाभारका स्थानीय आन्दोलित
विद्युत प्रसारण लाईन बस्तीमाथि परेको भन्दै बानियाभारका स्थानीय आन्दोलित बिहीबार, वैशाख २५, २०८२
मृतकका परिवारलाई उचित क्षतिपुर्ति माग्दै कोहलपुरमा प्रर्दशन 
मृतकका परिवारलाई उचित क्षतिपुर्ति माग्दै कोहलपुरमा प्रर्दशन  बिहीबार, वैशाख २५, २०८२
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध बुधबार, वैशाख २४, २०८२
कोहलपुरका भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई पुर्जा बाँड्न थालियो
कोहलपुरका भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई पुर्जा बाँड्न थालियो शनिबार, वैशाख २०, २०८२
विश्व प्रेस स्वतन्त्रता दिवस : नेपालगन्जमा प्रभातफेरी गरियो
विश्व प्रेस स्वतन्त्रता दिवस : नेपालगन्जमा प्रभातफेरी गरियो शनिबार, वैशाख २०, २०८२
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती शुक्रबार, वैशाख १९, २०८२
१२ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै कोहलपुर नगरपालिका
१२ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै कोहलपुर नगरपालिका शुक्रबार, वैशाख १९, २०८२
राप्ती नदीमा डुबेर बालकको मृत्यु 
राप्ती नदीमा डुबेर बालकको मृत्यु  शुक्रबार, वैशाख १९, २०८२
लोकप्रीय
  • Week
  • Month
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका केन्द्र प्रमुखको कार्यशाला 
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका केन्द्र प्रमुखको कार्यशाला 
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
सम्पत्ती दान गरेर खुसीमा बाँचेको सिंह दम्पत्ती
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु, राजमार्ग अवरुद्ध
कफी र थारु समुदायका खानेकुरा अब 'थारु हाउस' मा
कफी र थारु समुदायका खानेकुरा अब 'थारु हाउस' मा
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
लुम्बिनीमा मदरसाको विकास र मूल प्रवाहीकरण गर्न पहल 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
खासकुश्मा खानेपानी अध्यक्षमा भण्डारी निर्वाचित 
मेरो कथा
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’
एमाले बाँकेका उपसचिव उम्मेदवार किशोर भन्छन्, ‘पार्टीलाई बलियो बनाउन दिनरात खटिनेछु’ दूरसञ्‍चार
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता
मानवीय सेवा गरेर समाजमा उदाएकी सरिता दूरसञ्‍चार
केही नयाँ गरि देखाउने किशोरको अठोट 
केही नयाँ गरि देखाउने किशोरको अठोट  अर्जुन ओली
अन्तर्वार्ता
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’
‘जनताका आवश्यकतालाई परिपुर्ति गर्दै विकास र समृद्धिसँग जोड्दैछौं’ दूरसञ्‍चार
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’
‘संघभित्रको ब्याप्त बेथिती अन्त्य गरेर देखाउँछौं’ अर्जुन ओली
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’
‘बिद्यार्थीलाई हामी ब्यवहारिक शिक्षा, उचित मुल्यांकन पद्धति र समयमा रिजल्ट दिन्छौं’ अर्जुन ओली
सम्पर्क ठेगाना

दूरसञ्‍चार मिडिया नेटवर्क प्रा.लि.

नेपालगन्ज, बाँके ( लुम्बिनी प्रदेश )
ईमेल: [email protected]
फोन नं: ९८५८०२९०३०

प्रधान सम्पादक

मेघराज ओली

विज्ञापनका लागि

[email protected]
९८५८०२९०३०

सूचना विभाग दर्ता नम्बर : २८९८/२०७८-०७९

मेनु
  • विशेष
  • राजनीति
  • समाज
  • मेरो कथा
  • स्वास्थ्य
  • अर्थ
  • विश्व
  • खेल
  • प्रतिनिधी र प्रदेश सभा निर्वाचन-२०७९
  • ट्विटर पेज Dursanchar: News Portal
    फेसबुक पेज
    Dursanchar: News Portal
    © 2025 Dursanchar: News Portal. All Rights Reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्